अंक ७३ ने.सं. ११३३ थिंलाथ्व त्रयोदशी बुधवाः २०६९ पुष ११ गते बुधवार Dec 26, 2012
इन्भर्टर जीवन शैली
इन्भर्टर जीवन शैली
राज श्रेष्ठ
हामी दैनिक १० घण्टाको लोडसेडिङ्को मारमा छौँ । विद्युत् प्राधिकरण यसको अवधि अझ बढ्न सक्ने भन्छन् । दुई तीन वर्ष अघिसम्म आम नेपालीले नामै नसुनेको एउटा विद्युतीय उपकरण यतिखेर हाम्रो आवश्यकता हुन आएको छ । कति चाँडो इन्भर्टर नामधारी यो वस्तु हाम्रो जीवनको अभिन्न अङ्ग भइसकेछ । बजारमा यसको विक्री ह्वात्तै बढेकोछ । आधारभूत आवश्यकता भइसकेको छ, यो वस्तु । जो भेटिन्छ, ऊ इन्भर्टर किन्न दौडिएको छ । गृहिणीहरू आफ्नो श्रीमान्लाई भन्दै गरेकी भेटिन्छ, “यसपाली त एउटा इन्भर्टर जसरी पनि किन्नै पर्छ है, भन्द्या’छु ।’’
दक्षिणको छिमेकी देश भारतलाई साधुवाद छ, नेपाली उपभोक्ताको आयले धान्न सक्ने मूल्यमा इन्भर्टर उपलब्ध गराइ दिएकोमा । आवश्यकता अनुसार बजारमा विभिन्न कम्पनीका थरिथरिका इन्भर्टरहरू पाइन्छन् ( तीनओटा सिएफ्एल् चिम बल्ने, सोलार प्यानल सहितको, कम्प्युटर, टिभी, पानी तान्ने मेसिन चलाउन सक्नेसम्मको क्षमता भएका । पच्चिससय देखि सुरू हुँदै सवालाख रूपैँयासम्मका, मध्यम वर्गदेखि उच्चसम्म, आ–आप्mनो हैसियतअनुसार सबैले किन्न सक्ने । अझ निम्न वर्गको पहुँच हुने गरी सस्तैमा लोडसेडिङ् भगाउन चाहनेहरूका लागि उत्तरको छिमेकी देश चिन आफ्ना आश्चर्यजनक उत्पादनहरूका साथमा रिचार्जेबल इमर्जेन्सी एल्इडी ल्याम्पहरू काठमाडौंका असन, महाबौद्ध र सडकका पूmटपाथ भरी सयौँ आकर्षक डिजाइनमा उपस्थित छ । हुन त इन्भर्टरका सिएफ्एल् चिमहरूमा पनि चिन कै उत्पादन बढी छन्, क्यारे ।
यस अर्थमा ठूलै गुण लगाएका छन् छिमेकी देशहरू भारत र चिनले हामीलाई । लोडसेडिङ्को यो कहाली लाग्दो रातमा, सिएफ्एल् चिमको मधुरो उज्यालोमा, चार्ज सकिन लागेको मोबाइल फोनमा, गुलाम अलीको क्लासिकल आवाजमा रम्दै, चिया कफीको चुस्की लिंदै ‘अपनी धुन में रहता हूं, मै भी तेरे जैसा हूं’ सुन्नुको मज्जा नै बेग्लै । अनिश्चित सुदूर भविष्यलाई नियाल्दै ‘ओ पिछले रुट के साथी, अब की बरस मैं तन्हा हूं’ सुन्नुको अनुभव शब्दमा वर्णन गर्न सकिन्न ।
एफ्एम् रेडियोको क्रेज फेरि बढेको छ । एक से एक प्रतिस्पर्धी कार्यक्रम लिएर एफ्एम् रेडियो स्टेसनहरू थुप्रैको मोबाइलफोन भएर बज्न थालेका छन् । सडक, माइक्रोबस, कार्यालय र घर डेरा जहाँसुकै युवा र अधबैँसे धेरैका कानमा इयरफोन झुन्डिएका देखिन्छन् । माइक्रोबसको पत्यारलाग्दो कुराई, घण्टौँको ट्राफिक जाम, कार्यालयका फुर्सदिला क्षण, साँझमा घरडेरामा लोडसेडिङ्को बेला, साथीको रूपमा आइदिन्छ, एफ्एम । एफ्एम् सुविधा भएका मोबाइलफोनले नयाँ जीवन दिएको छ, एफ्एम् रेडियोलाई । साँझ निस्पट्ट अँध्यारोमा मेरो अगाडि एक युवाजोडी एक अर्काका हात समात्दै हिडिरहेका हुन्छन् । उनीहरूको मोबाइलफोनबाट ‘सुन्दा नि रमाइलो लाग्ने’ एउटा गीत बजिरहेको छ ( ‘साइनिङ् अन द सेड इन सन लाइक अ पर्ल अप अन द ओसन, कम एन्ड फिल मि, हां हिल मि ... तो क्यूं ना मैं भी कहे दुं कहे दुँ, हुआ मुझे भी प्यार हुआ ... ।’ सुमधुर सङ्गीतसँगै मन बहकिने रोमान्टिक गीत । कन्डक्टरको मोबाइलफोन देखि मस्त युवतीका आइपोडसम्मको बाटो हुँदै थुप्रै पटक यो गीतले मेरो कानमा ठक्कर दिइसकेको छ । यो गीत मेरो मेमोरी कार्डमा डाउनलोड नगरी भएको छैन । त्यसो त मेरो मेमोरी कार्ड गुलाम अली र जगजीत सिंहका गजलहरूले फुललोडेड् छन् । एफ्एम् सुन्न मन नलागेको बेला छानीछानी मोबाइलफोनमा एमपिथ्री गाना सुन्ने मलाई बानी परिसकेको छ ।
लोडसेडिङ्को सबभन्दा ठूलो मार त टिभी कार्यक्रमहरूले पो खेपिरहेकाछन् । टेलिभिजनका चर्चित सिरियलहरू कुन्नि कुनबेला पखेटा लगाएर उडिसकेका छन् । अटुट् रूपमा दिनै पिच्छे सिरियल हेर्ने युवती र गृिहणीहरूको दैनिकी परिवर्तन भएको छ । बत्ती आएको बेला टिभीका पर्दामा आक्कलझुक्कल मात्र देखिन्छन्, सिरियलका कलाकारहरू अचेल । सिआइडीले मुम्बइको कुन इलाकामा अनुसन्धान गर्दैछन्, थाहा छैन । एक्कै चोटी राती सवा दस बजे टिभी अन् गर्न पुग्दछु र नितान्त भिन्दै च्यानलमा आपूmलाई पाउँदछु । (फेसन टिभीमा चाँही होइन नि !)
यतिखेर प्राधिकरणको प्रसारण लाइनको विद्युत् कतिखेर मेरो कोठामा झुल्कन आउँछ भनेर म प्रतिक्षारत छु । लोडसेडिङ्को सेड्युलले काम गर्न छोडेको तीनचार दिन भइसक्यो । कुनबेला बत्ती आउँछ, मैले हेक्का राख्न छाडिसकेँ । तर सधँै मलाई बत्तीको प्रतिक्षा भने रहन्छ । फेसबुकमा साथीहरूलाई भेट्नु छ, उनीहरूको भावनासँग आफ्नो भावना साट्नु छ, कसैको फोटो कमेन्ट गर्नु छ, कसैलाई नयाँ साथी बनाउनु छ, कसैको साथी बन्ने प्रस्तावलाई स्वीकृति दिनु छ । इमेल पठाउनु छ, इमेलको जवाफ दिनु छ । फेसबुक भित्र एउटा छुट्टै संसार छ, मेरो । इन्टरनेट भित्र एउटा छुट्टै ब्रम्हाण्ड छ, मेरो । एक घण्टा, सवा एक घण्टासम्म म त्यही संसार, त्यही ब्रम्हाण्ड भित्र हुन्छु । यतिखेर सवा दस बजेको हुनुपर्दछ । अब छिट्टै नै अर्कै छुट्टै संसारमा पस्ने तयारी गरिरहेको हुन्छु म । टिभी अन् गर्छु । अतितको इतिहासलाई वर्तमानमा अनुभव गर्न म चाहन्छु ।
यतिबेला सधैँ मेरो रोजाइमा एउटै च्यानल पर्दछ ( फक्स हिस्ट्री च्यानल । ६० को दशकमा तत्कालीन सोभियत सङ्घ र संयुक्त राज्य अमेरिका बीचको शीतयुद्ध उत्कर्षमा थियो । रुसीहरूले पृथ्वीको कक्षमा मानव निर्मित पहिलो कृत्रिम उपग्रह ‘स्पुटनिक’ सफलताका साथ प्रक्षेपण गरेका थिए । अमेरिकाका लागि यो पर्लहार्वरको आक्रमण जत्तिकै थियो । राष्ट्रपति जोन एफ् केनेडी ‘चन्द्रमामा मानवसहितको अन्तरिक्षयान सफलतापूर्वक उतार्न अमेरिकाले सम्पूर्ण शक्ति लगाउने छ’ भन्ने घोषणा गर्दछ ।
सोच्दैछु, अमेरिकाबाट हजारौँ मील टाढा, दक्षिण एसियाको सबभन्दा विपन्न देश नेपालमा बसेर चन्द्रमाको कुरा गर्नु अर्थहीन लाग्दछ । मलाई सम्झना आउँछ, धेरै पहिलेको, म भरखरको ठिटो हुँदो हुँ । त्यसताका हेरेको एक नेपाली चलचित्रको जसमा नायक रविन्द्र खड्का रक्सीको बोतल हातले हल्लाउँदै, मात्तिदैँ लभटे«जेडीमा गाउँदै हिँड्छ ( “मान्छे चढ्यो जूनमा कसरी मानूँ म ? (चाहिने कुरा हो ?) मैले जून छुन खोज्दा डढी सक्या’छु । मान्छे जति परदेशिदा कल्ले रोक्यो र ? ज्यान गए जान्छ को पो जिउँदो देख्छु यहाँ ?”
(चलचित्र : मायाप्रीति) । एक्काइसौँ शताब्दीको यो दशक मान्छेले मङ्गलग्रहमा पाइला टेक्नेछ । मलाई भने जीउनका लागि आधारभूत आवश्यकताको जोहो गर्दै फुर्सद छैन र क्रमशः आपूmलाई ढुङ्गे युगको अन्धकारतिर फर्कदै गएको आभास हुन्छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete