सन्दर्भ ज्यापु दिवस
डा. पंच नारायण महर्जन
सर्वप्रथम नवौं ज्यापु दिवसको शुभकामना । आदिवासीहरूको संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासको लागि आवाज बुलन्द गर्दै आइरहेका आदिवासी ज्यापुहरूको लागि राष्ट्रले दिएको यो एउटा ठूलो मान्यता हो, अनि त्यसलाई दृढतापूर्वक राम्ररी प्रयोगमा ल्याउने समग्र ज्यापुहरूको लागि एउटा ठूलो अवसर, चुनौति र कर्तव्य पनि हो । यो मान्यता सरकारले त्यतिकै दिएको होइन यसको पछाडि लुकेको छ आदिवासी÷ जनजाति आन्दोलनको एउटा ठूलो भूमिका । त्यसैले सरकारले दिएको यो मान्यतालाई ज्यापुहरूले मात्र होइन सम्पूर्ण नेवारहरूले एउटा आत्म सम्मान र गौरवको रुपमा लिनुपर्छ । यदि त्यसो भएन भने हामीले गर्दै आइरहेको आदिवासी÷जनजाति आन्दोलनको कुनै मुल्य रहने छैन । यदि राष्ट्रले दिएको यो “राष्ट्रिय ज्यापु दिवस’ लाई आलोचना गर्ने, कम आँक्ने र कुनै प्रकारले नराम्रो दृष्टिले कसैले काम ग¥यो भने उसले आपूmलाई आदिवासी होइन भन्ने सिद्ध गर्न खोजेको भन्न सकिन्छ, किनभने त्यस्तो कार्यले ब्राम्हणवादी सोच ‘एक भाषा, एक धर्म र एक राष्ट्र’ नीतिलाई सहयोग गर्छ । यसको सन्दर्भमा विचार गर्दा तीनवटा कुरा फेला पारें । ती तीनवटा कुराहरू हुन — १. यो किन ज्यापु दिवस मात्र भयो नेवाः दिवस किन भएन २. ज्यापु दिवसलाई कांग्रेसीकरण गर्न लाग्यो रे । ३. ज्यापु दिवसको निरन्तरता कति सम्भव छ ?
यो किन ज्यापु दिवस भयो किन नेवा दिवस भएन भनेर प्रश्न गर्नु कुनै ठूलो कुरा होइन जस्तो लाग्छ । बरु यदि हामी सबै नेवारहरू मिलेर नेवाः दिवसको लागि माग गर्न सकिन्छ, माग गरुं । तर, यो होइन कि नेवार समाजमा विद्यमान छब्बीस जातिहरूको धर्म (हिन्दु र बौद्ध) संस्कृतिलाई एक आपसमा आलोचना गर्नु र विरोध गर्नु अनि अरूको आत्मसम्मानमा चोट पु¥याउने । नेवाः समाज भित्रको सबै जात जातिभित्र एक आपसमा भातृत्व भावना, सरसल्लाहको भावना, सम्मानको भावना, हस्तेमा हइस्तेको भावना भए मात्र नेवाः एकता हुनसक्छ, यो कुरालाई सबै नेवारहरूले अनुभूति गर्न सक्नुपर्छ । त्यसो भएन भने विरोधिहरूले फाईदा लिन खोज्छ, त्यो भयो भने हाम्रो समाजमा ठूलो पहिरो नजाला भन्ने शंका नगर्ने ठाउँ रहन्न । बरु हामीले अरू जातिको दिवस मनाउन सहयोग गरुँ । अनि चाहियो भने ‘नेवाः दिवस’ पनि मनाउँ । यसो भन्दा एउटा प्रश्न उठ्न सक्छ नेपालभित्र १२५ भन्दा बढी जात जातिहरू छन, ती सबैको दिवस मनाउन सम्भव छ ? यदि सबै जातिहरूले माग ग¥यो भने, कोशिस ग¥यो भने सम्भव नहोला र ! नगरी हुन्छ र ? यदि नेपाल देशलाई बहुधार्मिक, बहु सांस्कृतिक, बहुभाषिक अनि समावेशी भन्ने हो भने हाम्रो एउटा पहिलेदेखिको चरित्र छ– एक आपसमा आलोचना गर्ने, विरोध गर्ने, खुट्टा तान्ने तर अरुलाई केही गर्न नसक्ने । जस्तो कि पहिले हामीले एक आपसमा उँच–नीचको व्यवहार गर्दै आइरहेका छौ, तर अरूको विरोध गर्न सक्दैनौं । त्यस्तै अहिले लोकतन्त्र आइसक्दा पनि हामी एक जना नेवार भएर ज्यापु दिवसको आलोचना गरिरहेका छौं । तर हामीले विदेशी धर्म क्रिश्चियन धर्मलाई सरकारले किन राष्ट्रिय मान्यता दियो भन्न सक्दैनौं । त्यस्तै मुश्सिलम धर्म । हामीलाई थाहा छ मुसलमान हरूलाई हामीकहाँ व्यापार गराउन मल्ल राजाहरूले प्रवेश गराएका हुन । अनि मुसलमानहरू कहिलेदेखि नेपालको आदिवासी भयो । अनि अर्को कुरा, मुसलमान भन्दा पछि नेपाल प्रवेश गरेका तामांग र लामाहरू हुन । यहाँ अर्को प्रश्न आएको छ– मुसलमानभन्दा पछि आएका आदिवासी भए मुसलमानहरू किन भएन ? यहाँ मेरो बहस को आदिवासी हो को होइन भन्ने होइन एउटा सन्दर्भमात्र आएको हो, मैले भन्न खोजेको यति मात्र हो विदेशीहरूलाई राष्ट्रले दिएको मान्यतालाई विरोध गर्न सक्दैन तर नेवारभित्रको एउटा जातिको विरोध गर्न सक्छ, हाम्रो चरित्र भनेको, यो एउटा मेरो ठूलो सरोकारको विषय हो । यदि यसरी भयो भने नेवाः एकताको लक्ष्य कसरी पूरा गर्ने केवल भावनात्मक सिवाय । त्यसैले मेरो एउटा भावना ज्यापु दिवस मात्र होइन, नायो दिवस पनि मनाउँ, द्यःला दिवस पनि मनाउँ, गुभाजु दिवस पनि मनाउँ .... सबैको दिवस मनाउँ, अनि सबैले सबैलाई सहयोग गरुं, हस्तेमा हाइस्ते गरुँ । नभए सक्नेले गरुँ, नसक्नेलाई सहयोग गरुँ, विरोध नगरुँ ।
पेशाले म एकजना राजनीतिक विश्लेषक अनि “नेवाः राजनीतिक अभियान मंच” को सदस्य पनि हुँ । मलाई लाग्छ नेवारहरू पछाडि पर्नाका कारण, राज्यले नेवारहरूलाई बहिस्करणमा पारेको कारण भनेको नेवारहरू राजनीतिक क्षेत्रमा पछाडि परेकोले हो, नेवारहरूले राष्ट्रिय राजनीतिमा ध्यान नदिएकोले हो । मानिस प्राकृतिक रुपले नै राजनीतिक प्राणी हुन, त्यसैले मानिस स्वभावैले नै राजनीतिक प्राणी हुन । त्यसैले विभिन्न मानिसहरू विभिन्न राजनीतिक विचार- धाराले प्रभावित भएर विभिन्न राजनीतिक संस्थामा आकर्षित भएर त्यो राजनीतिक संस्थाबाट आफ्नो व्यक्तिगत, समुदाय वा जातिको हित र विकासको चाहना गर्नु पनि स्वाभाविक हो । त्यस्तै विभिन्न व्यक्तिहरूले विभिन्न राजनीतिक पार्टीमा लागेर ती राजनीतिक पार्टीबाट आफ्नो समुदायको हित गर्न प्रयास गर्छ । त्यस्तै नै एकजना ज्यापुको छोरा नेपाली कांग्रेसको नेता भयो वा मंत्री भयो भनेर अनि उसले आफ्नो समुदाय (ज्यापु)को संस्कृति विकासको लागि सरकारको तर्फबाट आर्थिक सहयोग दिलाएर सहयोग ग¥यो भनेर कांग्रेसीकरण गर्न लाग्यो भन्नु भनेको एक जना ज्यापुको छोरालाई राजनीति नगर्न चेतावनी दिएको त होइन । होइन भने नेवारहरू कोहि पनि कांग्रेस हुनुहुन्न कम्युनिष्टमात्र हुनुपर्छ भनेको हो कि अथवा कांग्रेस बाहेक जुनसुकै पार्टीको भए पनि हुन्छ भनेको हो कि । होइन भने अहिले नेवाः पार्टी खुलिसक्यो, किन भन्न सकेन त नेवाः पार्टी बाहेक अरु कुनै पनि पार्टीमा लाग्नु हुन्न । होइन, नेवारहरू कम्युनिस्ट मात्र हुनुपर्छ भन्ने हो भने मसँग एउटा प्रश्न छ नेवाः कम्युनिस्ट भन्नेहरूको सरकार हुँदा नेवाः संस्कृतिलाई के ग¥यो त ? कम्युनिस्ट सरकारको पालामा कुमारी जात्राको बजेट घटाएर झगडाको जात्रा बनाएको पनि हेरिसकें। त्यसैले को कुन पार्टीमा लागेको छ भन्ने ठूलो कुरा होइन, कसले कति योगदान ग¥यो भन्ने मुल्यांकन गर्नुपर्छ । यदि नेवारहरू सबै कम्युनिस्ट हुनुपर्छ भन्ने सोचाइ हावि भयो भने ‘नेवाः एकता’ असम्भव छ । त्यस्तै ज्यापु महागुथिका नेताहरू र पत्रकारहरूले पनि नेवाः समाजलाई असर पर्ने किसिमको भाषण, वक्तव्य र समाचार सम्प्रेसन नगरे राम्रो हुन्छ ।
ज्यापु दिवसलाई सरकारले राष्ट्रिय स्तरको मान्यता दियो त्यसलाई हामीले भित्री हृदयदेखि स्वागत गरेर धुमधामले मनाउँदै आइरहेको नौ वर्ष भयो । यसलाई हामीले निरन्तरता दिन सक्नुपर्छ, सकेन भने यसको कुनै मुल्य हुँदैन । अनिमात्र हामीले ILO 169 भनेर आवाज उठाउँदै आइरहेको सार्थक हुन्छ । अनि हामीले पछि पछि झन राम्ररी दिवस मनाउन सरकारलाई ठूलो दवाव दिन सकिन्छ साथै सरकारले पनि यसलाई निरन्तरता दिन्छ । तर आजको हाम्रो समाजले नयाँ राजनीतिक, सरकारी, सामाजिक र आर्थिक चुनौतिको सामना गरिरहनु परेको छ । आधुनिकिकरणको प्रभाव नराम्ररी परिरहेको छ । आधुनिकिकरणको साथै अगाडि बढ्ने रणनीति अपनायो भने मात्र ज्यापु दिवसलाई निरन्तरता दिनसक्छ, होइन भने सक्दैन । त्यसो भनेको सबै ज्यापुहरू राजनीतिक रुपले अगाडि बढ्न सक्नु प¥यो, आर्थिक रुपले अगाडि बढ्नु प¥यो, राज्यको हरेक क्षेत्रमा सहभागि हुन सक्नु प¥यो, त्यो सबै गर्न सक्ने देखिन्छ कि देखिन्न एकचोटि विचार गरुँ । जसरी नेपालको कुल जनसंख्यामा नेवारहरूको संख्या १३,२१,९३३ छ । त्यसमा ज्यापुहरूको संख्या ४४ प्रतिशत अर्थात् ५,८१,६५० (पुरानो तथ्यांक अनुसार) लिन सकिन्छ । नेपालको कूल जनसंख्या अनुसार २.२ प्रतिशत छ । तर ज्यापुहरूको प्रतिशत सरकारी कार्यालयमा ४,२५,००० कर्मचारीमा कति प्रतिशत छ ? सरकारी सुरक्षा निकायमा ६१,१७७ प्रहरी, सैनिक क्षेत्रमा ९५,००० सैनिक भएको ठाउँमा ज्यापुहरू कति छन ? त्यस्तै सरकारी शिक्षालयमा २,२२,००० र विश्वविद्यालयमा ७,८४१ शिक्षक भएको ठाउँमा कति ज्यापुहरू छन ? आर्थिक क्षेत्रमा भन्ने हो भने कति ज्यापुहरूको हातमा कति व्यापार, बैंकिंग क्षेत्रमा कति छ, औद्योगिक क्षेत्रमा कति छ ? सबै ठाउँमा ज्यापुहरूको समानुपातिक प्रतिनिधित्व कसरी गराउने, त्यस ठाउँमा पु¥याउन कसरी सक्षम बनाउने, यी सबै कुरालाई महसुस गरी ज्यापु समाज अगाडि बढ्यो भने मात्र ज्यापु दिवसले निरन्तरता पाउन सक्छ । ज्यापु दिवस मनाउन एउटा संस्थाले पहल गरिरहेको छ भने त्यसलाई सक्षम बनाउने काम ज्यापु समाजको हो, त्यो भनेको ज्यापु महागुथिको नाइकेहरूको हो । देशको राजनीतिक रुपान्तरण गर्ने काम राजनीतिक नेताहरूको हो भने सामाजिक रुपान्तरण गर्ने काम सामाजिक नेताहरूको हो । त्यो भनेको ज्यापु समाजलाई रुपान्तरण गर्ने, बलियो बनाउने भनेको ज्यापु समाज अर्थात ज्यापु महागुथिका नेताहरूको दायित्व हो, उहाँहरूको दायित्व भनेको भाषणमात्र गर्ने होइन । यदि यी सबै कुरालाई मनन गरी ज्यापु समाज अगाडि बढ्न सकेमात्र ज्यापुहरूले ज्यापु दिवसलाई निरन्तरता दिन सक्छ, अनि सरकारले दिएको राष्ट्रियस्तरको मान्यताको सार्थकता हुन्छ नभए ज्यापु दिवस भनेर देशभर धिमे बाजा बजाउँदैमा केही हुनेवाला छैन । त्यसैले मेरो एउटा सानो सुझाव यति मात्र छ कि सबभन्दा पहिले ज्यापुहरूलाई शतप्रतिशत शिक्षित बनाउँ, शतप्रतिशत आर्थिक रुपले सवल बनाउँ, राजनीतिक रुपले सवल बनाउने काम गर्नु पर्छ ज्यापु समाजका नेताहरूले ।
No comments:
Post a Comment