अंक ७६ ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते बुधवार Jan 16, 2013
महिना समयको एकाई Part 2
लब लाल प्रधान
जनवरी ३१ क्रिश्चियन दुई मुखे सूर्य देबता यानसको नाममा छ । फरवरी २८, २९ Leap Year मा अन्तिम, चोख्याउँने महिना ।
यो बिश्वभरि फैलिएको छ । आफ्नो सम्बतहुनेहरुले पनि पत्रोचार गर्नको लागि यो सम्बतको मिति राख्न बाध्य भईराखेको छ । यो युरोप, अमेरिका भरि फैलिएको र कार्यालयहरुमा प्रयोग गरिन्छ ।
बिक्रम सम्बत राजा बिक्रमादित्यबाट शुरु गरिएको हो । यसको दुई भाग छ । एक लुनार क्यालेण्डर, जसमा पुर्णिमाको भोलीपल्ट सूर्योदय बेला प्रतिपदादेखि पुर्णिमासम्म एक महिना हुन्छ । त्यसैले यो २९अथबा ३० को दिन हुन सक्छ (Variable days month) । अर्को भाग सोलार क्यालेण्डर, जुन सूर्य मेष राशी पसेको दिनलाई बैशाख १ गते मान्दछ, जुन अहिले चैत्र ४ गते सरिसकेको छ र मेष राशीमा बसेसम्म बैशाख महिना हुन्छ । यी महिनाहरु २९,३०, ३१, ३२ दिनको हुन सक्छ । (Variable days month)। महिनाका नामहरु यस प्रकार गरिएका छन् ।
बैशाख :– बिशाखा नक्षत्र बाट बनाएको छ ।
जेष्ठः– जेष्ठा नक्षत्र बाट बनिएको छ ।
आषाढः– पुर्बी आषाढा नक्षत्र बाट बनिएको छ ।
श्रावणः– श्रवण नक्षत्र बाट बनिएको छ ।
भाद्रः– पुर्बी भाद्रपदा नक्षत्र बाट बनिएको छ ।
आश्वीनः– अश्विनी नक्षत्र बाट बनिएको ।
कार्तिकः– कृतिका नक्षत्र बाट बनिएको छ।
मसिंरः– मृगसिरा नक्षत्र बाट बनिएको छ ।
पौषः– पुनर्बसु नक्षत्र बाट बनिएको छ।
माघः– मघा नक्षत्र बाट बनिएको छ ।
फाल्गुनः– पुर्ब फाल्गुनी नक्षत्र बाट बनिएको छ ।
चैत्रः– चित्रा नक्षत्र बाट बनिएको छ।
यो भारतको उत्तर प्रदेशमा प्रचलनमा थियो । अहिले सम्पुर्ण भारतमा ईस्वी सम्बत प्रयोग गरिन्छ । बिक्रम सम्बत नेपालमा मात्र प्रयोगमा छ । प्रयोगमा ल्याईएको सय बर्ष भएको छैन ।
हालसाल राष्ट्रिय सम्बत घोषणा गरिएको नेपाल सम्बत, ११३३ बर्ष पहिले शखंधर साख्वाले तत्कालिन राजा राघब देबको आज्ञा अनुसार सरकारी कार्यालयहरुमा चलाई नेपालभरि प्रचलनमा ल्याएको थियो । यो लुनार क्यालेण्डर हो । यसमा सूर्योदय बेलाको तिथी लाई नै गते, तारिख जस्तो दिनको रुपमा प्रचलनमा ल्याएको थियो । जस्तै पञ्चमीको दिन,एकादशीको दिन, औंसीको दिन, पुर्णिमाको दिन ईत्यादी । औंसीको भोली पल्ट सूर्योदय बेला प्रतिपदा भएको दिन कुनै महिनाको शूरुवात मानिन्छ र अर्को औंसी नआएसम्म सो महिना कायम हुन्छ ।
औंसीदेखि पुर्णिमा सम्म, पुर्णिमा देखि औंसी सम्म १५ १५ बराबरमा बाँढी, तिथी नाम गरिएको थियो । त्यसैले यी महिनाहरु पनि २९ र ३० दिनमा बदली राख्छ । महिनाको दिनहरु खबचष्बदभि छन् । यो ३५४ दिनको यानी १२ औंसी बीचको समयलाई एक बर्ष मानिन्छ । ३६५ दिनको एक बर्ष मिलाउँन हरेक तीन बर्षमा ते¥हृौ महिना अनला महिना (पुरुषोतम महिना) बन्दछ । यो हिसाब बाट तोकिने हूँदा यहि बेला हुने ठोस छैन । तर नेपाल सम्बतका महिनाहरुमा केही बिशेषता छन । हरेक पछिल्लो अक्षर ला भनेको महिना हो, र छला भनेको कूनै सम्बतको पहिलो महिना जनाउँछ । र हरेक महिनाको पहिलो अक्षरले सो महिनाको प्राकृतिक हावापानी अथबा सांस्कृति बताउँछ । यस सम्बतको पहिलो महिना, औंसीको भोली पल्ट सूर्योदय बेला प्रतिपदा परेको दिन, सूर्य तुला राशीमा छ भने कछलाथ्व प्रतिपदा शुरु हुन्छ । यी महिनाहरु तल उल्लेखित छन।
कछला :– करुणामयला ।
थिंलाः– सर्गथिगुला, आकाशमा धेरै ताराहरु देखिने, छर्लङ्ग आकाशलाई लिईन्छ ।
पोंहेलाः– पों (असिना) र हिउँ पर्ने महिना ।
सिल्लाः– पहिला बिफरले धेरै सताउँदथ्यो,र सितला माईको पूजा गर्दथै र यो महिनामा सरस्वतिको पूजा पनि गर्दछ। यसबाट सिल्ला बन्यो । सायद श्रीपञ्चमी बाट श्रील्ला, श्रील्ला बाट सिल्ला भएको होकी ?
चिल्लाः– चिरस्वायगुला, फागु महिना, बसन्त ऋतुको आगमन ।
च्वलाः– जामाच्वला, च्वलापुन्ही, बालाजु मेलामा बर्षको एक दिन मात्र नागार्जुन टुप्पामा रहेको जामाच्व बुद्ध स्टुपा देखाउँन पठाउँदथ्यो । च्व भनेको पहाडको टुप्पा हो ।
बछलाः– बिक्रमछला, बिक्रम सम्बतको पहिलो महिना।
तछलाः– तथागतछला, तथागत बुद्ध हो, बुद्ध सम्बतको पहिलो महिना। यसले बुद्ध जेष्ठ महिनामा जन्मेको बुझाउँछ ।
देला :– देयागुला, देशको आर्थीक द्रिष्टीकोणले महत्वपुर्ण महिना। अहिले दिल्ला भनिन्छ।
गुँलाः– हाकुगुँला, सुनसान ठाउँ , जहाँ पुरुखाहरुको बास स्थान मानिन्छ, यो महिनामा पुरुखा सम्बन्धी गाईजात्रा, जनैपुर्णिमा, बापूजा जस्तो चोख्याउँने गर्दछ ।
ञँलाः– ञँसीथनिगुला, ञँसी भनेको लिङ्ग ठडयाउँने, ञँसी ईन्द्रको चिन्ह, ईन्द्र जात्रा ।
कौलाः– मोनिला, कौला भनेको केही खाने, अथबा भोज खाने जनाउँछ, दशै महिना ।
अब कुन चाहीं राम्रो, किन, कसरी,के को आधारमा अब पछि के गर्नु पर्लाको जवाफ पाउँन सब भन्दा पहिला एकाई कहिले स्टानडार्ट हुन्छ तिर लागुँ।
क्रमशः
No comments:
Post a Comment