अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013
महिना समयको एकाई
लब लाल प्रधान
तोकेको दिनको महिना हुँन आबश्यक
तथ्याङ्क ठोस भौतिक बस्तुमा आधारित एकाईबाट हुनु पर्दछ तब स्टानडर्ड तथ्याङ्क भनिन्छ।
तथ्याङ्क दैनिक, मासिक, बार्षिक हुने गर्दछ । लुनार क्यालेण्डरको ३५४ दिनको बार्षिक तथ्याङ्क हुन्छ भने सोलार क्यालेण्डरको ३६५ दिनको बार्षिक तथ्याङ्क हुन्छ, यी दुईटा तुलना गर्न मिल्दैन, एउटा अर्को योजनामा प्रयोग गर्न मिल्दैन । अब ससांरभरि ३६५ दिनको बार्षिक तथ्याङ्क प्रयोगमा आई राखेको छ । त्यसैले नेपाल सम्बतलाई पनि ३६५ दिनको बर्ष हुने सहायकको रुपमा सोलार क्यालेण्डर हुनु जरुरी पर्दछ । लुनार क्यालेण्डरमा दैनिक तथ्याङ्क तिथीको नामबाट बन्दछ, हुन त अंकबाट पनि लेख्न सकिन्छ, पुर्णिमाको १५, औंसीको ३० गरेर, तर कहिले कहिँ तिथीको टुट अथबा बढी हुन्छ, दिन हराउँछ की बढी हुन्छ । यसले तथ्याङ्कमा असर पर्दछ । यसले दैनिक सरदर निकाल्दा फरक हुन्छ। त्यसकारण तथ्याङ्कको लागि अटुट भएको दिन तोक्ने अंकं हुनुपर्दछ ।
मासिक तथ्याङ्कले महत्वपुर्ण भुमिका खेल्दछ । मासिक तथ्याङ्क धेरै थरिको हुन्छ, जस्तै मासिक आम्दानी, मासिक खर्च, मासिक बजेट, मासिक उत्पादन,मासिक बिक्री, मासिक बिद्युत खपत, मासिक पानी खपत, मासिक टेलिफोन चार्ज, मासिक बर्षा, मासिक नदी डिस्चार्ज आदी आदी । १२ महिनाको एक बर्ष हुन्छ । ३५४ दिनको एक बर्ष अथबा ३६५ दिनको एक बर्ष हुन्छ, दुबै १२ ले ठयाक्कै भाग जाँदैन, दिनलाई टुक्रा पार्न सक्दैन, त्यसैले बराबर दिनको महिना हुन सक्दैन । लुनार क्यालेण्डरमा २९ अथबा ३० दिनको खबचष्बदभि मबथ को महिना हुन्छ भने बिक्रम सम्बतमा २९,३०,३१ ३२ दिनको परिबर्तनसिल महिना हुन आउँछ। त्यसैले महिना कहिल्यै पनि स्टानडर्ड एकाई हुन सक्दैन । त्यसैले एउटा महिनाको मासिक तथ्यांक अर्को महिनामा प्रयोग गर्दा पुर्ण सफल हुन सक्दैन । तर तोकिएको दिनको महिना ईस्वी सम्बतमा जस्तो भएमा एउटा महिनाको तथ्याकं, अर्को बर्षर्कोे त्यहि महिनामा स्टानडर्ड जस्तो बन्न सक्छ । त्यसैले प्राबिधिक तबरले सफल हुन, तोकिएको दिनको महिना हुनु आबश्यक हुन आउँछ । एउटा उदाहरण लिउँ, एउटा पावर हाउसको मासिक उत्पादन महिनाको दिनहरुमा कति फरक र महत्व छ ।
बर्ष २०६० २०६७ २०६८ २०६९
उत्पादन ९३००० ९२००० ९२५०० ९४०००
दिन ३१ ३० ३१ ३२
सरदर उत्पादन ३००० ३०६६ २९६३ २९३७
माथीबाट मासिक बिद्युत उत्पादन २०६७ मा घटी भएता पनि दैनिक सरदर उत्पादन बढी भएको देखाउँछ, २०६९मा मासिक उत्पादन बढटा भए पनि दैनिक सरदर उत्पादन घटेको देखायो । तर २०६८ मा दिन एउटै भएकोले उत्पादन घटेकै भन्न सक्दछ । त्यसैले राम्रो देखिएको भएपनि साँचैमा नराम्रो (दिन बराबर नभएको कारणल)े हुँदो रहेछ । यस्तो उदाहरण धेरै छन् । त्यसैले ईस्वी सम्बत महिना प्राबिधिक बिकासको लागि काम लाग्दो छ ।
त्यति मात्र होईन, आजकाल हरेक कम्प्युटरमा, लायपटपमा, मोबाईलहरुमा, घडीहरुमा स्वचालित मिति प्रदर्शन गर्ने भई राखेको छ। खबचष्बदभि दिन महिना भएकोले बिक्रम सम्बतमा यस्तो प्रकारले प्रयोग गर्न सकिदैन। यति मात्र होईन, कुनै पत्र पत्रोचार गर्दा खेरी अटोमेतिकल्ली कम्प्युटरहरुमा ईस्वी सम्बतबाट नै मिति राखिन्छ र कूनै ईमेल आयो भने ईस्वी सम्बतको मिति, समय सम्म तोकीएको हुन्छ। यो बिक्रम सम्बतमा सम्भब छैन।
कुनै दिनको आधारमा गर्नु पर्ने कामहरु छ भने ईस्वी सम्बतबाट सजिलो र समय सदुपयोग हुने गर्दछ। बैकिगंकार्यहरुमा ब्याज हिसाब गर्दा बिक्रम सम्बत आजकाल प्रयोग गर्दैन, ईस्वी सम्बत बाटनै गर्ने गर्दछ। बिना क्यालेण्डर हरेक बच्चाले आज १ तारिख भन्न सक्दछ, तर बिक्रम सम्बतमा हुन सम्भब छैन।
त्यसैले नेपाल सम्बत लुनार क्यालेण्डर भएको हुँदा , दिनहरु तोकिएको महिना राखी ३६५ दिनको बर्ष बनाईएको सोलार क्यालेण्डर , सहायक क्यालेण्डरको रुपमा,सिस्टर क्यालेण्डरको रुपमा नेपाल सम्बत सगैं जानु अत्याबश्यक छ। यो नेपाल सम्बतको अर्को पक्षमात्र हुनेछ, नयाँ रुपमा होईन, त्यसैले यसका महिनाको नामहरु नेपाल सम्बत महिनाकै नामहरु हुनु अत्याबश्यक छ।
नेपाल सम्बतको नयाँ बर्ष न्हुँ दँ र म्ह पूजा कार्तिक शुक्ल प्रतिपदा बिहान सूर्योदय हुँदा शुरु हुन्छ। तर यो परिबर्तनसिल छ, अक्टोबर १९ र नाभेम्बर १६ को बीचमा पर्दछ। त्यसैले अक्टोबर ३० मा कछला १तास् गर्यो भने, कछला १ तास् र कछलाथ्व प्रतिपदा १२, १३ दिन यताउता पर्दछ। महिना दिन नै फरक पर्दैन। यति मात्र होईन, आजकाल मानिसहरु बिक्रम सम्बतको मिति, जन्म पत्रिका बनाउँनलाई,ईस्वी सम्बत मितिमा बदल्न हैरान भई राखेका छन्, यसले गरेर नागरिकता गडबड भएर पनि दुख पाई राखेका छन्।
त्यसैले सजिलै सित बदल्न अक्टोबर ३०लाई कछला १तास् बनाउने, फरवरी महिना सिल्ला हुने हुँदा सिल्लालाई नै लिपयोर महिना बनाई एक दिन थप्ने गर्ने,र पहिलो महिना र मेजर आक्सीस र माईनर आक्सीस मा पर्ने महिनाहरु पोंहेला, च्वला, देला र कौला ३१को गर्ने। यो एकदम सरल र सम्झन सजिलो हुन्छ, जस्तै १,३,६,९,१२ ३१ को हुने। यसो गर्दा सिल्ला ३१ र फरवरी२९ एकै दिन पर्न जान्छ, तास् र तारिखमा घट बढ भई राख्दैन, बदलीदैन। हुन त अरुपनि किसिम डिसेम्बर२३, मार्च २१, जुन २१, सेप्टेम्बर २२ अगांलेको महिना तल उल्लेख गरेको छ ।
पहिलो किसिम दोश्रो किसिम तेश्रो किसिम
दिन १ ताः दिन १ ताः दिन १ ताः
कछला ३१ अक्टोबर३० ३१ अक्टोबर३० ३१ अक्टोबर२३
थिंला ३० नोभेम्बर३० ३१ नोभेम्बर ३० ३० नोभेम्बर २३
पोंहेला ३१ डिसेम्बर ३० ३० डिसेम्बर ३१ ३० डिसेम्बर २३
सिल्ला ३० जनवरी३० ३० जनवरी ३० २९ जनवरी २२
चिल्ला ३० मार्च १ ३१ मार्च १ २९ फरवरी २०
च्वला ३१ मार्च ३१ ३० अप्रिल १ ३० मार्च २१
बछला ३० मे १ ३० मे १ ३१ अप्रिल २०
तछला ३० मै ३१ ३१ मे ३१ ३१ मे २१
देला ३१ जुन ३० ३० जुलाई १ ३१ जुन २१
गुँला ३० जुलाई ३१ ३० जुलाई ३१ ३१ जुलाई २२
ञँला ३० अगस्त ३० ३१ अगस्त ३० ३१ अगस्त २२
कौला३१ सेप्तेम्बर २९ ३० सेप्तेम्बर ३० ३१ सेप्तेम्बर २२
कछला३१ अक्टोबर ३० ३१ अक्टोबर ३० ३१ अक्टोबर २३
३१ दिन १,३,६,९,१२ १,२,५,८,११ १,७,८,९,१०,११,१२
किसिम एकमा अक्टोबर ३० कछला १तास् हुने, र १, ३,६,९,१२ महिना ३१ दिन हुने। किसिम २ अक्टोबर ३० कछला १ तास् हुने र १ २,५,८,११ मा ३१ दिन हुने र यसमा डिसेम्बर२३,मार्च२१,जुन २१, सेप्टेम्बर २२, यी महिनाहरुमा पर्नेै। तेश्रो किसिम मा कछला १ तास् अक्टोबर २३ मा पन डिसेम्बर २३, मार्च २१, जुन २१, सेप्टेम्बर२२ हरुमा १ तास् पर्ने,र १,७,८,९,१०,११,१२ महिनाहरुमा ३१ पर्ने हून्छ। यसमा सिल्ला ३१ र फरवरी २९ एकै दिन पर्दैन। त्यसैले लिपयोरमा ११ दिन तास् र तारिखमा गडबड हुन्छ । यी तीन किसिममा पहिलो किसिमनै सबभन्दा राम्रो हुन्छ ।
महिना समयको एकाई बन्न सक्दैैन, तर तोकिएको दिनको मासिक तथ्याकं कुनै अबस्थामा एकाई बन्न सक्दछ । यसैको आधारमा ससांरभरि पैmलिएको छ । यस्तै आधारको मासिक तथ्याकंले प्राबिधिक बिकासमा मद्दत मिलि राखेकोछ । यहि तोकिएको दिनको महिनाले ईस्वी सम्बतको प्रयोग पैmलिएको छ, बिक्र्रम सम्बत जहाँबाट शुरु भएको छ, उही भारतमा ईस्वी सम्बत लागु गरेको धेरै बर्ष भईसक्यो। नेपाल सम्बत १००० बर्ष लागु भएर पनि बिक्रम सम्बतले हटाईएको थियो। अब त्यही नेपाल सम्बत सोलार क्यालेण्डरको मद्दतले फेरी प्रयोगमा ल्याउँन सकिन्छ।
No comments:
Post a Comment