नेपालमा सङ्घीय राज्य प्रणालीको सम्भावित स्वरूप र संरचना
श्याम श्रेष्ठ
(सङघीय राज्यको नयाँ संरचना पुस्तकबाट साभार)
नेपाल सङ्घीयतामा जानुपर्नाको कारण : गतांकको बाकि
त्यसैले, अहिले आदिवासी जनजाति, पछाडि परेको भौगोलिक क्षेत्र र मधेसीहरूले चर्को स्वरले सङ्घीयताको पक्षमा आवाज उठाउनुको दोस्रो मुख्य कारण अति केन्द्रीकृत निर्णय–संयन्त्रको अन्त गरेर आफ्नो जातीय÷भाषिक र सांस्कृतिक पहिचानसहितको स्वशासन र स्वायत्तताको नयाँ युग प्रारम्भ गर्नका लागि हो, र विकास भुइँ तहबाट सुरु गनेका लागि हो । अहिलेसम्म देशभरि उठेको कर केन्द्रले थुपारेर त्यसमध्येबाट केन्द्रले एकाईलाई सानो हिस्सा बजेट दान गरेर विकासका काम हुन्थ्यो । अब सङ्घीय राज्य–प्रणाली अपनाएपछि त्यो स्थिति पुरै उल्टिएर एकाइहरूले आपूmकहाँ उठेको करको एउटा हिस्सा केन्द्र वा सङ्घलाई पठाइ दिएर तलबाट माथिको लागि बजेट प्रदान गर्ने नयाँ युगको प्रारम्भ गर्नका लागि हो ।
नेपालमा सङ्घीयता चाहिनुको तेस्रो मुख्य कारण सबै जनजाति, जात, भाषा, वर्ग, धर्म र क्षेत्रलाई राज्यमा एउटै मालामा विभिन्न पूmलझै उनेर विविधतामा एकताद्वारा दरिलो राष्ट्रिय एकता पैदा गर्नका लागि हो ।
नेपाल अहिले देश त बनेको छ, तर राष्ट्र बनिसेको छैन, रापट्र बन्ने प्रक्रियामा मात्र छ । राष्ट्र भनेको खालि साझा भूगोल र अर्थतन्त्रको मात्र नाम होइन । साझा भूगोल र अर्थतन्त्रका साथसाथै देशका सबै भागका, जाति र जातका, वर्गका, धर्म र संस्कृतिका तथा लिङ्का जनताले यो राज्य मेरो पनि हो किनकि यो राज्यमा मेरो पनि बराबरी हक र हैसियतसहितको स्वामित्व र सहभागिता छ भन्ने कुरा राज्यले हरेक हिसाबले उसलाई गर्ने व्यवहारका आधारमा महसुस गर्न थालेपछि जुन देशव्यापी एकता, साझा हित र स्वार्थमा आधारित साझा मनोविज्ञान र साझा सांस्कृतिक पहिचानको स्थिति पैदा हुन्छ त्यसको समष्टिगत नाम नै राष्ट्र हो । शदियौंदेखिको भेदभाव र सामाजिक बहिष्करणले गर्दा नेपालको राज्यलाई न जनजातिले आफ्नो ठान्न सकेको छ, न मधेसीले, न तमाम उत्पीडित वर्गले, महिलाले र दलितले नै । यो देश मेरो हो तर राज्य मेरो होइन भन्ने मनोविज्ञान अहिलेसम्म मूलधारको राजनीतिबाट पाखा परेका वर्गहरू, दलित, जनजाति, महिला, मधेसी सबैमा हाबी देखिन्छ । यो राष्ट्र बनिसकेको लक्षण होइन ।
असमावेशी राज्यले दरिलो राष्ट्रिय एकता कदापि पैदा गर्दैन । एकथरि मानिसहरूले सङ्घीयताले मुलुकमा विखण्डन ल्याउँछ, देश टुक्रा–टुक्रा हुन्छ भन्ने धारणा राखिरहेछन् । मेरो ठम्याइमा सङ्घीयताले त्यस्तो विखण्डनको दिशामा देशलाई लाँदैन, बरु त्यसको ठीक विपरीत, यसले समावेशी चरित्रको राज्य बनाएर पाखा परेका सबैलाई समानुपातिक ढङ्ले राज्यमा बराबरी हक र हैसियतसहित सामेल गरेर यो देश पनि मेरो हो र राज्य पनि मेरो हो भन्ने स्थिति सृजना गर्छ । परिणाममा देशमा दरिलो राष्ट्रिय एकता पैदा हुन्छ ।
नेपालको सामाजिक–सांस्कृतिक संरचना सबै जात/ जाति अल्पसङ्ख्यामा
नेपाल बहुजातीय देश हो । नेपालको पछिल्लो राष्ट्रिय जन–गणना, २०५८ लाई आधार मानेर हेर्ने हो भने नेपाल जातीय हिसाबले अल्पसङ्ख्यकहरूको मुलुक हो । सानो मुलुक भए पनि १०० जात÷जातिको विविधता भएको नेपालमा कुनै पनि एउटा जात÷जाति राष्ट्रिय रूमा बहुमतमा छैन । सबै जात÷जाति मुलुकगत हिसाबबाट अरू जात÷जातिको सापेक्षतामा बाहुल्यताको स्थितिमा मात्र छन् ।
नेपालमा सबैभन्दा ज्यादा सङ्ख्यामा भएको एकल जात क्षेत्री हो । देशभरिमा यसको जनसङ्ख्या ३५ लाख ९३ हजार छ । २१ वटा जिल्लामा यो अरूको तुलनामा बाहुल्यताको स्थितिमा छ र ९ वटा जिल्लामा ५० प्रतिशतभन्दा ज्यादा अर्थात् निरपेक्ष बहुमतमा पनि छ । तर रािष्ट्रय रूपमा यसको अनुपात ६ भागमा एक भाग अर्थात् १५.८ प्रतिशत मात्र हो ।
नेपालमा दोस्रो ठूलो जनसङ्ख्या भएको समुदाय पहाडे बाहुन जात हो, जो जनसङ्ख्यामा १२.७ प्रतिशत मात्र छन् । यो जात १० वटा जिल्लामा बाहुल्यताको स्थितिमा देखिन्छ, तर कुनै पनि जिल्लामा यो निरपेक्ष बहुमतमा छैन ।
बाहुन र क्षेत्रीलाई भारतीय आर्य जाति मानेर एकै ठाउँमा गाभ्दा पनि यो नेपालको कुल जनसङ्ख्याको एक चौथाइभन्दा थोरै बढी अर्थात् २८.५ प्रतिशत अनुपात मात्र हुन्छ । ठकुरी पनि यही समुदायमा पर्ने जात हो र यो कुल जनसङ्ख्यामा १.४७ प्रतिशत छ । यो पनि एकै ठाउँमा गाभ्दा नेपालमा पहाडे तथाकथित उच्च जात का मानिसको अनुपात ३०.९७ प्रतिशत हुन्छ । यो नेपालको कुल जनसङ्ख्याको झण्डै एकतिहाइ अंश मात्र हो । नेपालको तराइमा पनि उच्च जातका मानिसहरू छन् र ती कुल जनसङ्ख्याको १२.३६ प्रतिशत छन् । योसमेत जोड्दा पनि ४३.३३ प्रतिशत मात्र पुग्छ, जुन बुहमतको स्थिति निश्चय पनि होइन ।
नेपालमा कुल जनसङ्ख्यामा ५ प्रतिशतभन्दा बढी अनुपात भएका जात÷जाति समुदाय जम्मा छ वटा मात्र छन् । ती क्रमशः क्षेत्री बाहुन, मगर, थारु, तामाङ र नेवार हुन् । मगर र तामाङको देशभरिमा जम्मा ७–७ वटा जिल्लामा मात्र बाहुल्यताको स्थिति छ । परन्तु उनीहरू केवल १–१ वटा जिल्लामा मात्र निरपेक्ष बहुमतको स्थितिमा छन् । मगर कुल जनसङ्ख्यामा ७.१४ प्रतिशत छन् र तामाङ् ५.६ प्रतिशत छन् । थारु झण्डैझण्डै मगरकै हाराहारीमा छन् अर्थात् कुल जनसङ्ख्यामा ६.७५ प्रतिशत छन्, तर थारुको बाहुल्यता भएको जिल्ला ४ वटा र निरपेक्ष बहुमत भएको जिल्ला एउटा मात्र छ । नेवार लगभग तामाङ्कै हाराहारीमा ५.४८ प्रतिशत छन् तर नेवार बाहुल्यता भएको जिल्ला तीनवटा मात्र छ र निरपेक्ष बहुमत त एकवटा जिल्लामा मात्र देखिन्छ ।
१ प्रतिशतभन्दा बढी जनसङ्ख्या भएको जात÷जाति ÷सांस्कृतिक समुदाय नेपालमा १८ वटा मात्र छन् । ती माथि दिइएको पाँच प्रतिशत भन्दा ज्यादा रहेका ६ जात÷जाति सहित मुसलमान, कामी, यादव, राई, गुरुङ, दमाई, लिम्बु, ठकुरी, सार्की, तेली, चमार र कोइरी हुन् । राईको ६ वटा जिल्लामा बाहुल्यता छ, तर कुनै जिल्लामा पनि निरपेक्ष बहुमत छैन । यादव र मुसलमानको ५–५ वटा जिल्लामा बाहुल्यता छ, परन्तु निरपेक्ष बहुमत कहीं पनि देखिंदैन । गुरुङको बाहुल्यता चारवटा जिल्लामा देखिन्छ तर निरपेक्ष बहुमत एउटामा मात्र छ । लिम्बूको कुनै जिल्लामा पनि बनिपेक्ष बहुमत देखिंदैन, तर बाहुल्यता चाहिं तीनवटा जिल्लामा छ । अरूको कुनै जिल्लामा पनि बाहुल्यता र निरपेक्ष बहुमत दुवै देखिन्न ।
यस हिसाबले मुलुकमा जम्मा ७५ जिल्लामध्ये केवल १४ वटा जिल्लामा मात्र कुनै एउटा जात÷जातिको ५० प्रतिशत भन्दा बढी अर्थात् निरपेक्ष बहुमतको स्थिति रहेको छ । अन्यथा अरू सबै जिल्लामा बाहुल्यताको स्थिति मात्र देखिन्छ ।
गाविसको बेग्लै स्थिति
तर गाउँ विकास समिति तहमा हेर्ने हो भने जातीय सघनताको स्थिति बिल्कुलै बेग्लै देखिन्छ । नेपालका कुल गाविस मध्ये एकतिहाइमा (अर्थात् ३२ प्रतिशतमा) कुनै न कुनै जात÷जातिको एकलौटी निरपेक्ष बहुमत छ । नेपालभरिका कुल ४०५१ नगरपालिका र गाविस मध्ये पाँचवटा जात÷जातिको १०० वटा भन्दा बढीमा निरपेक्ष बहुमत रहेको देखिन्छ । ती जात÷जातिहरू क्रमशः क्षेत्री, मगर, तामाङ, थारु र बाहुन हुन् (शर्मा, २००६) क्षेत्रीको ३८७ वटा गाविसमा एकलौटी निरपेक्ष बहुमत देखिन्छ । मगरको निरपेक्ष बहुमत १७५ वटामा रहेको छ । तामाङको एकलौटी निरपेक्ष बहुमत भएका गाविस १५९ वटा छन् । थारु १०६ वटा गाविसमा निरपेक्ष बहुमतको स्थितिमा रहेका छन् । बाहुनको निरपेक्ष बहुमत भएको गाविस पनि १०२ वटा छन् ।
नेपालका दुईवटा जनजाति – गुरुङ र राईको एकलौटी निरपेक्ष बहुमत ७५ देखि ९९ वटा गाविसमा रहेको छ । गुरुङको ७७ र राईको ७६ वटा गाविसमा एकलौटी निरपेक्ष बहुमत छ । २५ देखि ४९ वटामा निरपेक्ष बहुमत हुने जात÷जाति÷धार्मिक अल्पसङ्ख्यक लिम्बु, मुसलमान, नेवार र यादव हुन् ।
क्रमश ....
No comments:
Post a Comment