Saturday, September 28, 2013

मतदाता, परिचय पत्र र मतदान

अंक १११ ने. सं. ११३३ यंलाथ्व पुन्हि बुधवाः २०७० असोज २ गते  बुधवार  Sep -18, 2013

मतदाता, परिचय पत्र र मतदान
 
सरब कुमार महर्जन

लोकतन्त्रको आधारशिला भनेकै मतदाता हुन् । जहाँ मतदाता हुदैन, जहाँ मतदाताले स्वतन्त्र रुपले मतदानमा आफ्नो स्वविवेक प्रयोग गर्न पाउँदैन, त्यहाँ लोकतन्त्रको कुनै गुन्जाएस हुदैन । नेपालमा १८ वर्ष पुगेका नेपाली नागरिकहरूले मतदानमा भाग लिन पाउँछन् । निर्वाचन आयोगले मंसिर ४ मा दोस्रो संविधान सभाको निर्वाचनको लागि कूल मतदाता एक करोड २२ लाख ४२ हजार १७३ को हुने जनाएको छ । हुन त आयोगले फोटोसहित नामावली संकलन गर्दा जम्मा एक करोड, २५ लाख, ७७ हजार २७१ संकलन भएकोमा २ लाख ३५ हजार १०८ जना मतदाता सूचिबाट हटाएको जनाएको छ । अव मतदाता परिचय पत्र बाड्न कर्मचारीहरूको व्यवस्था गर्न लागेको छ । तोकिएको मितिमा निर्वाचन हुने हो भने मतदाताहरुले मंसिरमा मतदान केन्द्रमा मतदान गर्नेछन् ।

अव मतदातालाई प्रभावित पार्न, आफ्नो पक्षमा मतदान गराउन राजनीतिक दलहरू, त्यसको उम्मेदवारहरू घर घरमा आउनेछन्, , चोक चोकमा साना ठूला सभाहरू गर्नेछन् । जनतालाई नमस्कार गर्न, सन्चो विसन्चो सोध्न घरघरमा आउनेछन् । संविधानको दफा दफा , अनुसूचि, जनताको मौलिक हकहरू, स्वतन्त्रताका विषयहरू अथवा नयाँ नेपालका कुरा लिएर तपाईलाई प्रशिक्षित गर्न आउनेछन् । विकास निर्माणका अथाह सम्भावनाहरू बोकेर, आफ्नो दलले गरेको राम्रा कामहरूको विवरण लिएर मतदाताको मन जित्नको लागि, परिचय–पत्र छ कि छैन बुझ्नको लागि, मतदानमा भाग लिनको लागि र आफुलाई जिताइ दिनको लागि नमस्कार गर्न, अभिवादन भन्न, ज्वजलपा गर्नको लागि, लालसलाम भन्नको लागि, जय नेपाल भन्नको लागि उम्मेदवारहरूको पाउँकष्ट हुनेछन् । यो स्वाभाविक प्रक्रिया हा,े मतदातासँग मत छ, जनताको प्रतिनिधि छान्ने अधिकार छ, जनताको प्रतिनिधि भनेकालाई गाली गर्ने अधिकार छ । त्यसैले त मतदाता हुनु पर्दछ । आफ्नो परिचय–पत्र समयमै लिइराख्नु पर्दछ । मतदानमा भाग लिइ सच्चा जनताको प्रतिनिधिलाई जिताउनु पनि छ ।

अव मतदातालाई उम्मेदवारहरूले बोल्न थाल्नेछन्, सन्चो विसन्चो सोध्नेछन्, सहयोगको लागि अपिल गर्नेछन् । यहाँसम्म कि भोट पनि माग्ने र नोट पनि माग्ने हुन्छन् । जनता पनि दानी  छन् । यहाँ आफ्नो भनेपछि आफ्नो नै ठान्छन् । आफ्नो भोट पनि दिन्छन् । आफ्नो नोट पनि दिन्छन् । यहाँसम्म कि अरूसँग पनि भोट र नोट पनि लिएर बुझाउँछन् । आखिर परम्परा यही छ, तोड्न सकेको छैन । मतदाता हुनु सार्वभौम नागरिक हुनु पनि हो,      परिचय–पत्र लिनु भनेको आफ्नो पहिचान दिनु पनि हो र मतदान गर्नु भनेको लोकतन्त्रलाई सस्थागत गर्न सहयोग गर्नु पनि हो । तर पनि  मतदाता उपेक्षित हुन्छ । दलहरूले उपयोग गर्ने मानव बनाइ दिन्छ । आफ्नो मतको दुरुप्रयोग गरिदिन्छ । जनताको दुःख, पीरमर्का विर्सिदिन्छ । आपनो गाउँघर आउन छाडिदिन्छ, गाउँका विकासमा उपहास गरिदिन्छ । कहिलेकाही भेटन पनि नपाउने हुन्छ । निर्वाचन अघि उम्मेदवार जनताकहाँ धाउने र चुनावपछि जनता नेताकहाँ धाउनु पर्ने हुन्छ । ‘कहिले सासुको पालो कहिलो बुहारीको पालो’ । कि कसो

No comments:

Post a Comment