Saturday, September 21, 2013

कस्तो नेवाः प्रदेश ?

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
कस्तो नेवाः प्रदेश ?

सानुराजा शाक्य

एकातिर चुनावको चर्चा अर्कोतिर चुनाव बहिष्कारको चर्चा अनि यथास्थितिमा हुने चुनावमा आˆनो रिजर्भेसन राखीरहेका    राजनीतिक माहौलको विच अझ पनि मंसिर ४ गते नै चुनाव हुने ग्यारेन्टीको वातावरण तयार भएको छैन । त्यसो भएतापनि चुनावमा जाने पार्टीहरू विस्तारै चुनावी माहौलमा लागेको देखिन्छ । चुनाव चिन्ह प्रचार गर्ने गरी आˆनो राजनीतिक कार्यक्रममा आˆनो चुनाव चिन्हको सार्वजनिक प्रदर्शन बढाइरहेको छ । अर्कोतिर चुनाव बहिष्कारको घोषणा गरेर यथास्थितिमा हुने चुनावको विरोध गरिरहेका नेकपा—माओवादीले आˆनो शक्ति देखाएर चुनाव नहुने संकेत देखाउन शक्ति प्रदर्शनको शुरुवात गरेको छ । राजनीतिक वातावरणमा सहजता आएन भने चुनावको पक्ष र विपक्षमा राजनीतिक टकराव बढ्ने पक्कै छ ।

चुनावको चर्चा बढ्दै गएपछि नेवाः राजनीतिमा चासो राख्नेहरूको विच नेवाः प्रदेशको बहसले ठाउा लिएको देखियो । केही दिन अगाडि मात्र डा. महेशमान श्रेष्ठको नेतृत्वमा रहेको नेवाः राजनीतिक अभियानले नेवाः प्रदेशलाई लिएर गरेको अन्तरक्रिया कार्यक्रम पछि नेपाः राष्ट्रिय पार्टीले पनि त्यस्तै कार्यक्रम गरेर बहसमा आएको छ ।

नेवाः प्रदेशको कुरा गर्दा नेवाः प्रदेश कस्तो हुनुपर्छ भन्ने बहस गर्ने भन्छन् तर बहस कत्रो नेवाः प्रदेश भन्ने कुरामा केन्दि्रत हुने क्रम जारि नै छ । प्रदेशको अधिकारमा भन्दा पनि स्वरुपमा धेरै ध्यान गइरहेको छ । स्वरुप पनि महत्वपूर्ण पक्ष हो । प्रदेशको सिमांकनले स्वरुप देखाउाछ । नेवाः प्रदेशको क्षेत्रको बारेमा दुईटा धारणाहरू छन् । झट्ट हेर्दा नेवाः प्रदेश भनेर देखाउने नेवाः प्रदेशको क्षेत्रमा ध्यान जाने भएकोले क्षेत्रको बारे नेवाः र गैर नेवाः को आाखा जान्छ । त्यसैले यसको बारेमा बढी गफ हुन्छ । नेवाः प्रदेश क्षेत्रको बारे दुई थरिको नक्साको चर्चा छ । एउटा चर्चामा रहेको भछ संविधानसभा राज्य पुनर्संरचना तथा राज्यशक्ति बााडफााड समितिले बहुमतबाट पास गरेको चौध प्रदेशमा समावेश भएको नेवाः प्रदेशको क्षेत्र । यो क्षेत्रसाग राज्य पुनर्संरचना उ्रच्चस्तरीय आयोगले प्रस्तुत गरेको दशवटा प्रदेशमा धेरैजसो समान भएकोले दुबै प्रस्तावित नेवाः प्रदेशको क्षेत्रलाई एउटै धारमा राख्न मिल्छ ।

अर्को चर्चामा आएको भनेको संविधानसभामा प्रस्तुत भएको र राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेको नेवाः प्रदेशको क्षेत्र अरु प्रदेशको दााजोमा साह्रै सानो भएकोले नेवाः प्रदेशको क्षेत्र ठूलो हुनुपर्छ भनेर प्रस्तावहरू आइरहेकोलाई लिनुपर्छ । यसको आधिकारीक दावेदार नेपाः राष्ट्रिय उठाइरहेको देखिन्छ । यसरी हेर्दा नेपाः राष्ट्रिय पार्टीले संविधानसभा राज्य पुनर्संरचना तथा राज्यशक्ति बााडफााड समितिमा आˆनो प्रस्ताव भनेर पेश गरेको आधिकारिक नेवाः प्रदेशको क्षेत्र हो । इन्जिनियर कुलरत्न शाक्यले नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिको लागि बनाइ दिएको उक्त प्रदेशको क्षेत्रमा संघर्ष समिति भित्र एकमत हुन नसकेपछि त्यसको स्वामित्व नेपाः राष्ट्रिय पार्टीले लिएर संविधानसभा राज्य पुनर्संरचना तथा राज्यशक्ति बााडफााड समितिमा प्रस्तुत गरेको हो । तर पछिल्लो समयमा आएर यो नेवाः प्रदेशको क्षेत्रलाई नेपाः राष्ट्रिय पार्टीले पनि परित्याग गरेको देखिन्छ र नयाा किसिमले उपत्यकासाग मकवानपुर र चितवन जिल्ला जोडेर नेवाः प्रदेश हुनुपर्छ भनेर बहसमा ल्याएको छ । यसरी ठूलो क्षेत्र भएको नेवाः प्रदेशको मांगको पक्षमा आउने तर्क मध्ये जवर्जस्ती नेवारहरूको विच ल्याइरहेको तर्क भनेको नेपालको जनसंख्या हेर्ने हो भने नेवाः र तामाङ्गहरूको संख्या अलिकति मात्र बढी छन् तर तामाङ्ग प्रदेश प्रस्तावित नेवाः प्रदेशभन्दा दश गुणा ठूलो भएकोले यो न्यायोचित नभएको देखिन्छ ।

यस्तो किसिमको तर्क हेर्दा जायज देखिए पनि अधिकार प्रयोग गर्ने कुरामा नेवाःको पहिचानलाई अस्वीकार गर्नेहरूको बहुमत हुने तिर ध्यान नगएको देखिन्छ । यस्तो तर्क गर्नुभन्दा अगाडि संघीय नेपाल भित्र नेवाः प्रदेश बनाउादा त्यस प्रदेशको नीति निर्माण तहमा नेवारहरूको प्रतिनिधित्व प्रदेश सभा र सत्तामा नोमिनल रुपमा मात्र पुग्छ कि संसद र सत्तालाई समेत प्रभावित गर्न सक्ने गरी पुग्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेवाः प्रदेशको क्षेत्र चितवनसम्म पुर्‍याउने वा मकवानपुरसम्म पुर्‍याउने भनेको जमिन मात्र ठूलो हुने होइन जनसंख्या पनि सागै आउाछ । यो अवस्थामा नेवाः प्रदेश नाममात्रको नेवाः प्रदेश भएर प्रादेशिक सभा र सरकारमा प्रभावशाली नहुने अवस्थामा स्वशासनको कल्पना कहिल्यै पूरा नहुने सपना मात्र हुनेछ । भन्ने हो भने हाम्रो देश नेपालको नाम पनि हामी नेवारको नामबाट नै आएको छ । तर नेवारको नामबाट नै हाम्रो देशको नाम भएको भए पनि नेवारहरू नै अधिकार विहिन भएर बस्नु परेको अवस्था मात्र होइन कि राज्यको प्रभावशाली निर्णयकर्ताको रुपमा पुग्न सकेको छैन । लोकतान्त्रिक व्यवस्थामा चुनाव मार्फत निर्वाचित जनप्रतिनिधिहरू नीति निर्माणको काम गर्छ । यसको लागि प्रतिनिधित्व प्रमुख सवाल हो । हामीले कल्पना गरेको नेवाः प्रदेशमा नेवारहरु प्रतिनिधि भएर जितेर जाने सम्भावना भएन भने यसको के अर्थ ? त्यस्तो प्रदेशको सामथ्र्य बलियो भए पनि त्यसको फाइदा नेवारहरूले आˆनो समुदायको लागि लिन सक्ने अवस्था हुादैन । त्यसैले हामीले यो सवालमा बहस गर्दा चुनावमा जितेर आउने जनप्रतिनिधिहरू अधिक संख्यामा नेवारहरू जितेर आउन सक्छ कि सक्दैन । नेवारहरूभन्दा गैर नेवारहरू हावी भएर आउाछ भन्ने कुरामा ध्यान दिनु पर्ने देखिन्छ ।

No comments:

Post a Comment