अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013
नेपाल सम्बतलाई सोलार क्यालेण्डरको मद्दत आबश्यक
लबलाल प्रधान
नेपाल सम्बत लुनार क्यालेण्डर हो । जस्मा ३५४ दिनको एक बर्ष हुन्छ र तीन बर्षमा एक पटक अनला महिना आउँछ, जस्ले ३८४ दिनको बर्ष हुन्छ । औसीको भोली पल्ट प्रतिपदा देखि अर्को औंसीसम्म एक महिना हुन्छ । त्यसैले हरेक महिना कि २९ दिन कि ३० दिन हुन्छ । यो परिबर्तनसिल छ, एक दिनको यताउता पर्दछ । महिनाको नामहरुमा बिषेशता छ । सबभन्दा पछाडिको अक्षर ला हुन्छ । जुन नेवारीमा महिना हुन्छ । छला भनेको कुनै सम्बतको पहिलो महिना हो, जस्तै नेपाल सम्बतको कछला करुणामयला, बिक्रम सम्बतको पहिलो महिना बछला, बुद्ध सम्बतको पहिलो महिना तछला, त भनेको तथागत, तथागत बुद्धको नाम पनि हो । महिनाको हरेक पहिलो अक्षरले सो महिनाको हावापानी बा सास्कृति बताउँछ ।
कछला करुणामय ला
थिंला सर्गथिगु ला धेरै ताराहरु देख्ने महिना
पोहेंला पों भनेको असिना, असिना र हिउँ पर्ने महिना
सिल्ला पहिला पहिला बिफरले सताउँने हुँदा सितला माईको पूजा गर्दछ । सितलामाई ला ।
चिल्ला चिरस्वायेगु ला, फागु महिना ।
च्वला जामाच्व ला, च्व भनेको पहाडको टुप्पा हो । जामाच्वमा बर्षको एक पटक मात्र
च्वलापुर्णिमामा बुद्धस्टुपको दर्शन गर्न पठाउने गर्दछ ।
बछला बिक्रम सम्बतको पहिलो महिना
तछला बुद्ध सम्बतको पहिलो महिना, तथागतछला
देला दे भनेको देश, देशको आर्थिक दृष्टिकोणले (देशभरी रोपाई) महत्वपुर्ण महिना
गुँला हाकुगुँ भनेको सुनसान ठाउँ, जहाँ पुरुखाहरुको बास छ भन्ने कथन छ । यस महिना सोको सम्झनामा पुर्खाहरुको कार्य गाईजात्रा, चोख्याउँने र बा पूजा गरिन्छ ।
ञँला ञ्ाँ भनेको ईन्द्रको चिन्ह हो । यो महिनामा ईन्द्रजात्रा गरिन्छ । ञँसिथनिगुला
कौला कौला भनेको केही खाने हो । यो महिनामा दशैं पर्दछ । मोहनीला
नेपाल सम्बतमा सूर्योदय हूँदा जुन तिथी थियो , त्यसै तिथीको दिन मानिन्छ। त्यही सूर्योदय बेलाको तिथी बाटनै चाडबाड तोक्ने गर्दछ। हजार बर्षसम्म यसरी चलिराखेको थियो ।
यसरीनै चाडबाड तोक्ने प्रथा थियो। बिक्रम सम्बत १९६१ मा नेपालमा बिक्रम सम्बतको गते प्रचलनमा ल्याईयो। तर चाडबाड तोक्ने सोही सूर्योदयबेलाको तिथी अनुसार चलिआईराखेको थियो, र अहिलेसम्म पनि धेरै ठाउँमा चलिआएको छ । तर पाँच छ बर्ष अगाडि देखि बिहान पूजागर्न बिहानको तिथी, दिउँसो पूजा गर्न दिउँसोको तिथी, राति पूजा गर्ने भए रातिको तिथी अपनाउँन थाल्यो ।
मतलब दिनको दुईटा तिथी मान्न शुरु ग¥यो । राति मनाउँने सबै चाडबाड एक दिन अगाडि मनाउँन थाल्यो । नेपाल सम्बत क्यालेण्डरमा तिथी नै गते स्वरुप लिने हुँदा बार र सूर्योदय बेलाको तिथी लेखिने गर्दछ । तर आजकाल चतुर्दशीको दिन फागु पुर्णिमाको बिदा दिन थाल्यो, चतुर्दशीको दिन लक्ष्मीपूजा मनाईन थाल्यो, सप्तमीको दिन कृष्णाष्टमी मनाउँन थाल्यो । चैत दशैं र राम नबमी एकै दिनमा मनाउँने पञ्चागंमा लेखिन थाल्यो । यो सबै गर्नु नेपाल सम्बतको बिरुद्ध जानु याने लुनार क्यालेण्डर बिरुद्ध जाने हो । नेपाल सम्बत क्यालेण्डर चल्तिमा नआवस भन्ने हेतुले चाडबाड तोक्ने ढाँचा बदल्न थाल्यो । जस्ले नेपाल सम्बत चल्ति होस् भनेर ईच्छा गर्दछ, उस्ले सूर्योदय बेलाको तिथीबाट नै चाडबाडको तिथी तोक्न आग्रह छ । मानौं कुनै फुटबल प्रतियोगिता ६ वटा टिमको बीचमा आश्विन शुक्लपक्ष प्रतिपदा देखी शुरु भएर आश्विन कृष्णपक्ष प्रतिपदाको दिन अन्त भयो ।
अब भन्नुस् कति दिन खेल भयो ? तपाई तुरुन्त भन्नु हुन्छ १६ दिन खेल भयो । तर पञ्चमी टुट छ भने १५ दिन मात्र हुन्छ । यदी अष्टमी दुई दिन छ भने १७ दिन हुन जान्छ । त्यसैले सरल जोड घटाउ कार्य हिसाब गर्न नसक्ने हुन्छ । गते तारिख जस्तो दिन तोकिने हुनु पर्दछ, जुन नेपाल सम्बत लुनार क्यालेण्डर भएको हुँदा हुन सक्दैन । त्यसैले अकंले दिन तोक्न जरुरी हुन आउँछ । त्यसैले हामीले ताः ले दिन तोक्ने प्रयोग गरुँ । अब कुरा उठछ कसरी ?
त्यही तिथी टुट र बढी हुने भएकोले दैनिक तथ्यांक दिन अनुसार ९ अकंले जस्तो ० हुन सक्दैन । दिनलाई अकंले जस्तो सरल तरिकाले तोक्नु सत्ता शब्दले दिन तोक्नु धेरै समय लाग्ने र असजिलो पनि हुन आउँछ । त्यसैले हरेक अफिसमा र मानिसहरुमा सरल तरिकाले तोक्न अकंल ेनै दिन तोक्नु अत्याबश्यक हुन आउँछ ।
नेपाल सम्बतमा एक औंसीबाट तैं¥हौं औंसी बीचको दिनहरुलाई लुनार क्यालेण्डरले बर्षको परिभाषा दिने हुनाले, ३५४ दिनको एक बर्ष हुन आउँछ । तर अहिले समस्त संसारमा पृथ्बीले सूर्यलाई एक चक्का परिक्रमा गर्ने समयलाई बर्षको परिभाषा दिने गर्दछ । तर बिक्रम सम्बतमा ३६५।२५८६दिनलाई एक बर्ष मानिने गर्दछ । बर्षको शुरुवात बैशाख १ गते ९खभचलब िभत्रगष्लयह० दिन र रात बराबर हुने दिन अथबा सूर्य सूर्योदय समयमा मेष राषीमा पसेको दिन दिनलाई मान्ने गर्दछ । तर आजकल त्यो दिन चैत्र ४ गते सरिसकेको छ । त्यो भर्नल ईक्वीनक्स दिन ईस्वी सम्बतमा मार्च २१ तारिखमा पर्दछ र बर्षको परिभाषा ३६५।२४२५ दिनलाई लिने गर्दछ । तर चैत्र ४ गते मार्च १७ तारिखमा सरे जस्तो लाग्दछ । त्यसैले ईस्वी सम्बतले अपनाएको बर्षको परिभाषा साँचोको नजिकै देखिन्छ । बिक्रम सम्बतमा मेल खाँदैन, १०० बर्षमा एक दुई दिन फरक हुन आउँछ । त्यसैले ३६५।२४२ दिनको एक बर्ष गर्नु पर्ने संकेत दिन्छ ।
सेमी, मिटर, फुट कुनै तोकिएको लम्बाई भएकोले स्टाण्डर एकाई मान्दछ । त्यस्तै ग्राम, किलोग्राम, पाउण्डलाई तौलको एकाई मान्दछ । यिनिहरु सबै संसारभरि चलेको स्टाण्डर एकाई मान्दछ । यही तोकिएको आधारमा संसारभर फैलिएको छ । हात भित्ता, मुरी, पाथी परिबर्तन हुन सक्ने भएकोले ब्यबहारिकताबाट हटदै गईसकेछ ।
यो साल आषाढमा बैशाखमा भन्दा मासिक बर्षा धेरै छ । यो त जुनसुकै बर्षमा हुन्छ, यस्तोलाई तुलना भन्न मिल्दैन । यो बर्षको आषाढको मासिक बर्षा पोहोर साल आषाढ भन्दा धेरै छ । किन हुँदैन त ? यो साल आषाढ महिना ३२ दिनको छ, पोहोर सालको आषाढ महिना ३० दिनको थियो । त्यसैले तुलना गर्दा उस्तै मात्र तुलना गर्नु पर्दछ र कुनै तोकिएको ठोस चिजमा आधारित हुनु पर्दछ । परिबर्तनसिल छ भने भरोसा योग्य हुँदैन, स्टाण्डार्ट हुँदैन । मासिक तथ्याकं धेरै थरिको हुन्छ । ती सबै बिक्रम सम्बतको महिनाहरु दिनहरु बदलिने हुँदा कुनै पनि मासिक तथ्यांक तुलना योग्य हुँदैन । त्यसको आधारमा बनाएको योजना पुर्णमात्रामा सफल हुँदैन । त्यसैले प्राबिधिक बिकाशको लागि कुनै ठोसमा आधारित हुनु पर्दछ । त्यसैले लुनार क्यालेण्डर, बिबmम सम्बत, नेपाल सम्बतमा आधारित कुनै पनि मासिक तथ्याकं स्टाण्डर्ड हुँदैन, भरोसा योग्य हुँदैन । त्यसैले प्राबिधिक बिकाशको लागि तोकिएको दिन भएको नबदलिने दिन भएको महिना हुनु अति जरुरी छ । यसैको आधारमा ईस्वी सम्बतको प्रयोग ससांरभरी फैलिएको छ ।
हामी दैनिक कार्य गते बारले तोक्न, अफिसहरुको कार्य बार गते बाट संचालन गर्न, दिनचर्या बनाउन, यी सबैको लागि सोलार क्यालेण्डर याने ३६५ दिनको अटुट गते बर्ष चाहिन्छ । तर समाजको, तिथी तोक्न, तिथी द्वारा तोकिएको चाडबाड र धार्मिक कार्यहरु तोक्न बार गतेको आबश्यक लुनार क्यालेण्डर र सोलार क्यालेण्डरको मिश्रण आबश्यक हुन्छ ।
त्यसैले हाम्रो नेपालको लागि सोलार क्यालेण्डर र लुनार क्यालेण्डर एउटै पैसाको पर्ने चार वटा महिना पोंहेला । च्वला, देला र कौला र सब भन्दा पहिलो महिना कछलालाई ३१ दिनको महिना गर्ने र बाकी सबै ३० दिनको महिना बनाउँनु छ । यो अनुसार कछला ३१,थिंला ३०, पोहेला ३१, सिल्ला ३०, चिल्ला ३०, च्वला ३१,बछला ३०, तछला ३०, देला ३१, गुँला ३०, ञँला ३०, कौला ३१ हुन जान्छ । सम्बतलाई ४ ले भाग जाने बर्षलाई लिपयोर बर्ष मान्ने, फेब्रुररी सित मिल्न आउँने सिल्लालाई ३० बाट ३१ सो बर्षमा गर्ने ।
आजकाल बिक्रम सम्बतको गते, ईस्वी सम्बतको तारिखमा सजिलै सित बिना क्यालेण्डरको मद्दतले नहुँने हुँदा जनताले धेरै कठिनाई भोगी आएको छ । त्यसैले नेपाल सम्बतको सोलार क्यालेण्डरको ताः तारिखमा सजिलैसित बदल्न सक्ने गरी गर्नको लागि फेब्रुअरी २९ लाई सिल्ला ३१मा थ्याकै त्यही दिन पार्नु जरुरी पर्दछ । यस्को लागि कछला १ ताः लाई अक्टोबर ३०मा पार्नु जरुरी पर्दछ । ईस्वी सम्बतमा जस्तै ४ ले भाग जाने बर्ष, सिल्ला ३१ को गर्ने, तर नेपाल सम्बतको हरेक शताब्दीको २० सौं बर्षलाई लिपयोर नगर्ने गर्नु जरुरी हुन्छ । थप लिपयोर ३६५।२४२ को हिसाबले निकाल्नु पर्ने हुन्छ । यसो गर्नु नेपाल सम्बतलाई ब्यबहारमा ल्याउँनु पर्ने आबश्यकता परेको छ ।
सम्पर्कः ९८४१०३००६६
No comments:
Post a Comment