हामी कस्ता छौं –३
—नजरराम महर्जन—
हाम्रो देश नेपाल एक स्वतन्त्र सार्वभौम सम्पन्न राज्य हो । संयुक्त राष्ट्र संघको एक सदस्य राष्ट्र पनि हो । संयुक्त राष्ट्र संघमा स्वतन्त्र राष्ट्रको रुपमा दर्ता हुन त्यस राष्ट्रको भाषा लिपि अरू देशसँग मेल खानु हुँदैन अर्थात् अलग्गै भाषा लिपि हुनुपर्छ । नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिने बेला नेपालको भाषाको रुपमा अहिले हामीलाई नेपाली भाषा भन्न बाध्य पारेका खस् भाषा र अहिले हामीले लेख्दै आएका देवनागरी लिपि पेश गरेको थियो । तर सयुक्त राष्ट्र संघले त्यस भाषालाई भारतको हिन्दी भाषाको एक हाँगाको रुपमा मान्यो र लिपिलाई पनिभारतको लिपि भनेर स्वतन्त्र राष्ट्रको रुपमा नेपाललाई मान्यता दिन इन्कार ग¥यो ।
त्यसबेला नेपालले रञ्जना लिपि र नेवार भाषालाई नेपालको राष्ट्रिय भाषाको रुपमा पेश ग¥यो जसको आफ्नै मौलिकता र छुट्टै पहिचान छ र कुनै पनि देशको भाषा र लिपिसँग मिल्दैन त्यसैले नेपालले आपूmलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता पायो । त्यसबेलादेखि नेवारहरुले नेवारभाषालाई नेपालभाषा भन्न थालेको हो । तर त्यसबेलाका शासकहरुले खस्भाषालाई राष्ट्रभाषाको मान्यता दिएर चलनचल्तीमा देवनागरी लिपि प्रयोगमा ल्याइयो । जुन अद्यावधि कायमै छ ।
यसरी किन भयो त ? भन्ने सवालमा हाम्रा शासकहरु र राज्य संचालन गर्ने व्यक्तिहरुमा विदेशी मोहको कारण हो । बाबुभन्दा साहु प्यारो मान्ने चलनले गर्दा हो । यदि हामी स्वाभिमानी भएको भए साहुभन्दा बाबु प्यारो हुनुपर्ने हो । हिन्दी भाषाको एक शाखा भाषा र लिपि भन्दा आफ्नै मौलिक लिपि र भाषाप्रति माया हुनुपर्ने हो ।
नेपालमा राणा शासन ढाल्न भारतको अगुवाईमा दिल्लीमा राजा, राणा र नेपाली कांग्रेसको सम्झौता भएको थियो । जस अनुसार मोहन शमसेर प्रजातन्त्र आउँदाको पहिलो प्रधानमन्त्री बने । त्यसपछि पनि नेपालको हरेक आन्दोलनमा भारतले हस्तक्षेप कारी भूमिका निभाउँदै आएको जगजाहेर छ । २०६२÷ ०६३ सालको आन्दोलन हुनुभन्दा अगाडि तत्कालीन सात दलिय गठबन्धन र जनयुद्ध गरिरहेका माओवादी बीच १२ बुँदे सम्झौता पनि भारतको दिल्ली मै भएको थियो । भारतको सहयोग बिना नेपालले केही गर्न सक्दैन । २०४६ सालको आन्दोलन भन्दा अगाडिको प्रधानमन्त्रि मरिचमान सिंहले भारतले भनेको कुरो नमान्दा १८ महिनासम्म नेपाललाई नाकाबन्दी गरेर, विरोधी राजनीतिक पार्टीहरुलाई उक्साएर जन आन्दोलन गराएर पञ्चायत शासन व्यवस्था नै ढाली दियो ।
हामी जतिसुकै स्वतन्त्र भने पनि स्वतन्त्र छैनौं । भारतको उपनिवेश जस्तो छ । त्यसैले हिजो भारतलाई विस्तारवादी भन्ने बिल्ला लगाएर राजनीति गरेर आएका कम्यूनिस्ट पार्टीहरुले पनि आज भारतको गुलाम गर्न बाध्य भएका छन् । गुलामी स्वीकारीरहेका छन् । दिनहुँ नेपाल भारतको सिमानामा भारतीय सिमा सुरक्षा बलले नेपालमा अतिक्रमण गरेर नेपालीहरुलाई गिरफ्तार गरे, सिमानामा नेपाली लुटिंदा पनि मुक दर्शक भएर बसे भन्ने खबर आउँछ । हामी निरिह भएर टुलुटुलु हेरिरहन्छौं । तिनै नेताहरुले कोशी बेच्यो, गण्डक बेच्यो, महाकाली बेच्यो, टनकपुर बेच्यो भनेर हामी औंलामा गनिरहन्छौं, केही बोल्न सक्दैनौ । तिनै पार्टीहरुलाई सत्ता सुम्पिन्छौं । हाम्रो मानसिकता नै विदेशमुखी बनिसकेका छन् ।
केही महिना पहिले नेपालमा पेट्रोलको हाहाकार, ग्यासको हाहाकार भएको थियो । त्यसबेला म पत्रिका छाप्न प्रेसमा गएको थिएँ । केही समय लाग्ने भएकोले एउटा चिया पसलमा चिया खान गएँ । त्यहाँ पाँच छ जना युवाहरु खाजा खाइरहेका थिए । खाजा खाँदै उनीहरु गफ गरिरहेका थिए । उनीहरुको गफ सुनेर म आश्चर्यचकित भएँ । उनीहरुमध्ये एकजना भन्दै थिए, “भन्ने बेला नेपाल स्वतन्त्र राष्ट्र भन्छन् तर व्यवहारमा
भारतको एउटा प्रान्त जस्तो छ । भारतबाट सामान नल्याए नेपालमा कामै चल्दैन । बरु नेपाललाई पनि भारतकै एउटा प्रान्त घोषणा गरिदिएको भए हुन्थ्यो ।”
“हो त नि भारतको एउटा प्रान्त भएको भए न त पेट्रोलको हाहाकार हुन्थ्यो । न त ग्याँसको हाहाकार हुन्थ्यो । न त लोडसेडिङ्गको मार नै खेप्नु पथ्र्यो । क्या रमाइलो हुन्थ्यो ।” अर्को केटाले भन्यो ।
“त्यतिमात्र कहाँ हो र ? हामीकहाँ ३ लाख पर्ने पल्सर मोटरसाइकल त्यहाँ अस्सी हजार मा पाउँछ । हामीकहाँ ९ लाख पर्ने नानो कार त्यहाँ साढे दुई लाखमा चढ्न पाइन्छ ।” अर्को केटाले भन्यो ।
“यार साढे दुईलाखमा पाइने भए म यो पल्सर मोटरसाइकल किन्नुभन्दा नानो कार नै किन्थेँ । थाहा छ अस्ति हामी सिक्किम घुम्न गएका थियौ त्यहाँ त काम नपाएको बेरोजगार युवा युवतीहरुलाई सरकारले भत्ता दिंदो रहेछ । प्रान्तिय सरकारमा त्यहाँका सिक्किमेली बाहेक अरुलाई नोकरी नै दिंदोरहेन छ ।”
उनीहरुको कुराले के बुझाउँछ भने अहिलेका युवाहरुमा राष्ट्रियता र राष्ट्रियता भन्ने भावना नै रहेन छ ।
राष्ट्रियताको भावना पैदा गर्न यहाँ राष्ट्रिय आन्दोलन हुनुपर्छ । यहाँ जति आन्दोलन भएका छन् केवल सत्ता परिवर्तनको लागि मात्र भएका छन । अहिलेका युवाहरुमा व्यक्तिवादी चिन्तन हावी हुँदै गइरहेका छन् यसो हुनाको मूलकारण हाम्रो शिक्षा र शिक्षा पद्धतिको दोष छ । आजकल केवल कक्षा पास हुनको लागि पढार्ई गर्छ । पढेर विदेश जाने सोच्छन् । विदेशमा गएर जस्तोसुकै काम गरेर खान पनि तयार हुन्छन् तर आफ्नो देशमा सिन्को भाँच्न चाहँदैन । विदेशमा यति विकास भयो । उति विकास भयो भनेर हामी कुरा गर्छौं तर आफ्नो देशमा कसरी विकास गर्ने भन्ने कहिल्यै सोच्दैनौं ।
यसमा युवाहरूको मात्र दोष छैन । हाम्रा राजनीतिक नेताहरुको दोष हो । नेपालका राजनीतिक पार्टीहरुको कुनै नीति र सिद्धान्त नै छैन । हात्तीको देखाउने दाँत र खाने दाँत अलग अलग छन् भनेझै यहाँका पार्टीहरुका नेताहरुले जतिसुकै नीति र सिद्धान्तको कुरा फलाके पनि आखिर उनीहरुको राजनीतिको उद्देश्य भनेको सत्ता प्राप्त गर्नु रहेका छन । सत्ता प्राप्त गर्नको लागि हठकण्डा अपनाउन पनि पछि पर्दैन । त्यसैले हरेक वर्षमा सरकार परिवर्तन भइरहन्छ । दिगो सरकार बन्नै सकेको छैन । नेताहरु देश विकासको भन्दा आफ्नो र पार्टीको भलाईको बारेमा सोच्छन् । देशका कर्णधार युवाहरुलाई विदेशमा काम गर्न पठाएर आएको रेमिटान्सले देश धानि राखेका छन् । त्यसैमा गर्व गर्छन् । युवाहरुलाई विदेशमा काम गर्न पठाउन नयाँ नयाँ गन्तव्य देश सत्ताधारीहरुले नै खोजि दिन्छन् । विदेश गएका युवाहरुलाई स्वदेशमै उद्योग धन्दा बढाएर काम गराउँ भन्ने सोच कहिल्यै आएन ।
नेपालका नेताहरु आफ्नो देशको राजनीतिक हल खोज्न कोही दक्षिण छिमेकी मुलुकमा गुहार माग्न जान्छन् त कोही उत्तर छिमेकी मुलुकमा सयर गर्छन । अर्काको आशिर्वादले आफ्नो देशमा रजाई गर्ने दास मानसिकता बोकेका सत्ताधारी होस् वा विपक्षमा रहेका नेताहरु को सोच भएपछि यहाँ स्वाभिमानी विचार कहाँबाट आउँछ ? जव स्वाभिमानी विचार नै आउँदैन भने देश विकास गर्ने सोच कहाँबाट आउँछ ?
त्यसैले हामीमा पहिले स्वाभिमान विचार आउनु प¥यो, कुनै पनि स्वाभिमान व्यक्ति कसैको दासत्व स्वीकार गर्दैन । तर हाम्रो नेपालका नेताहरुले हामीलाई स्वाभिमान बन्नै दिंदैन कुनै पदमा जागिर खानको लागि कुनै न कुनै पार्टीको सदस्य हुनै पर्छ । जारिमा प्रमोशन हुन पार्टीको सदस्य बन्नै पर्ने बाध्यता छ । अनि पार्टीको सदस्य भएपछि पार्टीले देश बेचोस् या आपूmलाई नै बेचोस चुपचाप सहने हाम्रो बानी छ । आजकल विश्वविद्यालयको कुलपतिदेखि राजदूत बन्न र राजनैतिक नियुक्ती नै पार्टीको भागबन्दा अनुसार हुने भइसक्यो । प्रहरी देखि अदालतका न्यायाधीश हुन पनि राजनैतिक भागबन्दामा पर्ने भइसक्यो । राजनैतिक दासता स्वीकारेर आएका पदाधिकारीहरु ले राजनैतिक पार्टीको स्वार्थ बाहेक अरु क्षेत्रमा के निस्पक्ष भएर काम गर्न सक्छन् ।
अब त पार्टीहरु पनि पार्टी जस्तो नै रहेन । पार्टीहरु पनि व्यक्तिवादी भइसकेका छन् । हरेक पार्टीमा दुई तीन गुट उपगुटहरु छन् । फलाना पार्टीको फलाना पक्षको भन्ने गर्छन् । अनि त्यस्तालाई कसरी स्वतन्त्र व्यक्तित्व भन्ने ? हरेक पार्टीको नागरिक समाज छ । भन्ने बेलामा स्वतन्त्र नागरिक समाज भन्छन् तर कुनै न कुनै पार्टीमा आवद्ध भएका हुन्छन् । दास मानसिकता भएका व्यक्तिहरुले के निश्पक्ष निर्णय गर्ला ?

No comments:
Post a Comment