कीर्तिपुरको जाँड–रक्सी र कीर्तिपुरको अवस्था
—राजेन्द्र अमात्य—
जाँड–रक्सीको कुलत आज नेपालभरी नै एक ठूलो सामाजिक समस्याको रुपमा दिनप्रतिदिन बढ्दो रुपमा देखा परेको छ । आजकल कीर्तिपुरमा धेरै संख्यामा रेष्टुरेन्ट तथा भट्टि पसल खुलेका छन् । व्यवसायी गर्नु आफ्नो परम्परा संस्कृति संचालन गर्न तथा आफ्नो घर–परिवारको पालन पोषा गर्नका लागि हो । व्यवसायी प्रति मेरो कुनै विरोध तथा दुस्मनी छैन । कीर्तिपुरमा पहिलाको अवस्था र अहिलेको अवस्था अबस्था बारे आपूmले देखेको र बुझेको कुरा चर्चा गर्न खोजेको मात्र हो । अन्यथा नराम्रो नसोचौं ।
जाँड–रक्सी खानै नहुने चीज होइन । मात्रा मिलाएर सेवन ग¥यो भने अमृत सरह काम गर्छ । धेरै सेवन ग¥यो भने विष सेवन गरे जस्तै हुन्छ । लापरवाही तरिकाले कीर्तिपुरको जाँड–रक्सी सेवन गरेर थुप्रै मानिसको अकालमै मृत्यु भइसकेका छन् । कैयौं मानिसहरु विरामी भइ काललाई पर्खिराखेका छन् ।
यति मात्र होइन कीर्तिपुरमा जाँड–रक्सी सेवन गरेर श्रीमती कुट्ने घरको सामान फुटाईदिने मान्छे पनि हामी देखिराखेका छौं । धेरै टाढाबाट अर्थात् अन्य जिल्लाबाट रोजगारीको निम्ति कीर्तिपुरमा डेरा गरी बस्ने श्रीमान श्रीमती थुप्रै छन् ।
श्रीमानहरु कीर्तिपुरको जाँड–रक्सी खान पल्केपछि आफु काममा नगई श्रीमतीलाई मात्र काममा पठाई श्रीमतीको कमाईबाट कीर्तिपुरको भट्टी पसलमा गई टन्न जाँड–रक्सी सेवन गरी कीर्तिपुरको बजारमा कोही बहुला जस्तै कराएर—हल्लारहेको हामी देख्न सक्छौं । कोही सडक पेटिमा सुतिरहेको देख्छौं ।
कीर्तिपुरको प्रहरी कार्यालयको चौकी पछाडि वर्षौ पुरानो जाँड–रक्सी बनाउने ठूलो कारखाना नै छ । त्यो कारखाना यहाँका प्रहरी कार्यालयलाई कुनै मतलव छैन । तर प्रहरी कार्यालयको चौकी भन्दा करिव ३÷४ किलोमिटर टाढा रहेका सानातिना भट्टिपसलमा कीर्तिपुरका प्रहरीले छापा मारेर जाँड–रक्सी आफ्नो कब्जामा लिएर जमिनमा खाल्डो खनी नष्ट गरेको देखाइएको फोटो सहितको समाचार यहाँको स्थानीय पत्र पत्रिकामा बेला बखत पढ्न पाइन्छ ।
कस्तो अचम्म लाग्दो .... प्रहरी आफ्नै कार्यालयको चौकी पछाडि रहेको जाँड–रक्सी बनाउने ठूलो कारखानालाई केही गर्न नसक्नु, टाढा रहेका सानातिना भट्टि पसलको जाँड–रक्सी नष्ट गरी साना व्यापारीलाई कारवाही गरी
बेरोजगार बनाउनु कस्तो विडम्बना हो यो ! नेपालको कानून दैवले जानुन, ठूलालाई चैन सानालाई ऐन भनेको यही होला ।
कीर्तिपुरमा पहिला–पहिला आन्तरिक पर्यटकहरु यहाँको बाघभैरव मन्दिर, उमामहेश्वर मन्दिर तथा दरवार क्षेत्र कहाँ छ भनेर खोज्दै घुम्न आउँथे । अहिले लहना रेष्टुरेन्ट कहाँ छ, ससः रेष्टुराँ कहाँ छ, सेते भट्टि पसल तथा चैत्यको भट्टिपसल कहाँ छ भनेर सोध्दै खोज्दै आउँछन् ।
यहाँका स्थानीय व्यक्तिहरुले मुख निन्याउरो पारी रेष्टुरेन्ट र भट्टि पसल जाने बाटो देखाईदिन्छ । ती आन्तरिक पर्यटकहरु कीर्तिपुरको भट्टिपसल तथा रेष्टुरेन्टको महंगो जाँड–रक्सी सेवन गरी बाटोमा कराउँदै, हल्ला गदै फिल्ममा देख्न लाज लाग्दो सिनहरु देखाएर जान्छ ।
केही महिना अगाडि कीर्तिपुर नयाँबजार, कीर्तिपुर नगरपालिका र कीर्तिपुरको प्रहरीको संयुक्त आयोजना कीर्तिपुर नयाँबजारको पसल व्यापारीले आफ्नो पसल बाहिर पेटीमा कुनै पनि सामान राख्न नपाइने नियम बनायो । यो राम्रो काम हो । यसलाई सकारात्मक रुपमा हेर्नु पर्छ । यसोगर्दा बाटोमा हिंड्ने बटुवाहरुलाई सजिलो भएको छ ।
कीर्तिपुरको नयाँबजारको व्यस्त सडक बाटोमा अवरोध पु¥याई पसलेहरुले सडक पेटीमा सामान राख्न नदिने, साईकलमा फलपूmल राखेर सडक छेउमा बेच्न नपाउने नियम बनाउनेले नयाँबजारको व्यस्त सडकमै बसपार्क राख्न नहुने नियम किन बनाएन ? कीर्तिपुरको नयाँबजारस्थित पांगा दोबाटोको बीचमा पहिला सार्वजनिक पोखरी थियो । त्यहाँ निजी घर बनाउन हुने ? मंगल स्कुलको तल पहिला सार्वजनिक पोखरी थियो ।
त्यो पोखरीको संरक्षण गर्नुको सट्टा हाल त्यहाँ नगरपालिकाको भवन निर्माण गर्न हुने ? कीर्तिपुर देय्पुखु वरिपरि चारैतिर चारवटा ऐतिहासिक पाटीपौवा थियो ।
हाल एउटा मात्र पाटी बाँकी छ । दुईवटा पाटी भत्काएर निजी घर बनाउन हुने ? यस्तो उदाहरण कीर्तिपुरमा थुप्रै
छन् । कीर्तिपुरको खासी बजारमा पानी विनाको तीनवटा पोखरीहरु छन् । हाल प्रहरी चौकी अगाडि सहिद पाक पोखरीलाई कीर्तिपुरको बसपार्क किन बनाउन नहुने ? के कीर्तिपुरमा बसपार्क बनाउने अरु कुनै खाली जग्गा छैन ?
जाँड–रक्सीको कुलटबाट कीर्तिपुरका हाम्रा दाजुभाइहरुको स्वास्थ्य थाहा नपाउने गरी नाजुक अवस्थामा पुगिरहेको छ । अर्कोतिर कीर्तिपुरको भट्टि पसल तथा रेष्टुरेन्टमा आउने बाहिरका ग्राहकहरुको हल्ला र
रेष्टुेन्टमा क्यासेटबाट ठूलो आवाज राखी गीत बजाएर यहाँका स्थानीय मानिसहरुलाई अवरोध भइरहेको छ । जाँड–रक्सीको कुलतबाट हाम्रो समाज, टोल, छर छिमेक, गाउँ पनि टाढा रहन सकेको छैन ।
हुन त नेपाल सरकारले नेपालमा यति नै संख्यामा जाँड–रक्सीको कुलतमा संलग्न छन् भनेर भन्न सक्ने अवस्था छैन । प्रायःजसो अहिलेका युवाहरु पहिला लुकिछिपि चुरोट खान सिक्छन् । पछि भट्टिपसल तथा
रेष्टुरेन्टमा गएर जाँड–रक्सी सेवन गर्ने तरिका सिक्छ । र विस्तारै चुरोटमा गाँजा भरेर खाने र ट्याब्लेट जस्ता कडाखालको ड्रग्स सेवन गर्नेतिर लाग्छन् ।
अधिकांशतः युवा युवतीहरु जाँड–रक्सीको कुलत तथा अन्य लागुपदार्थ सेवन गर्नु साथीभाइहरुको सर–संगत, आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पक्षको साथै नेपालमा उच्च शिक्षा हासिल गरेर पनि बेरोजगारी हुनु, सोचे जस्तो काम गर्न नसक्नु, जीवनदेखि नैरास्यता हुनु आदि इत्यादि कारणहरु नै पर्याप्त छन् ।
कीर्तिपुर नगर ऐतिहासिक मन्दिरै मन्दिर भएको सहर होइन, धेरै जाँड रक्सीको भट्टिपसल तथा रेष्टुरेन्ट भएको गाउँको रुपमा नाम चल्न थालेको छ । किनकी यहाँ मन्दिर हेर्न आउने पर्यटक भन्दा भट्टिपसल तथा
रेष्टुरेन्टमा आउने मानिस बढी देखिन्छ । यस्तो अवस्थामा केवल कीर्तिपुरमा मात्र होइन काठमाण्डौंको कुना काप्चा जताततै छन् ।
यस्ता कुलत दुव्र्यसनीलाई उपेक्षा गरियो भने यस समस्याले भोलिको हाम्रो समाजलाई नै पूर्णरुपले विकराल तुल्याई दिन सक्ने एकदम खतरापूर्ण सम्भावनालाई दृष्टिगत गरी समयमै सम्बन्धित सबै तह र तप्काबाट यसमा गम्भीरता पूर्वक शिघ्र दृष्टि पु¥याई जाँड रक्सीको कुलतमा फसेका व्यक्तिलाई सकारात्मक बाटो देखाउनु आजको आवश्यकता रमहत्वपूर्ण कार्य हो ।
वर्तमान परिप्रेक्ष्यमा विगत आठ वर्ष अगाडिदेखि फिट्नेस प्वाइन्ट ट्रेंडिंगले आफ्नो व्यक्तिगत व्यवसायी क्षेत्रबाट यस्ता जाँड रक्सीको कुलतको दलदलमा फसेका कैयौं व्यक्तिहरुलाई छुटकारा दिईसकेको र दिईरहेको छ । फिट्नेस प्वाइन्ट ट्रेडिङ्ग एउटा व्यक्तिगत व्यवसायी कम्पनी मात्र हो ।
कुनै ठूलो सामाजिक संस्था होइन । फिट्नेस प्वाइन्ट ट्रेडिङ्गले व्यवसायी मात्र रिने होइन, जाँड रक्सीको कुलतमा लागेका व्यक्तिको अभिभावक तथा तिनका परिवारजनलाई मानिसहरु जाँड रक्सीको कुलतमा लाग्ने कारण पत्ता लगाईदिने परामर्श सेवा पनि दिने गर्छन् ।
समाजमा भएका जाँड रक्सीको कुलतलाई अन्त्य गरी समाज र राष्ट्रलाई समृद्धशाली बनाउने कार्य व्यक्तिगत कम्पनीले मात्र कदापि सकिंदैन । सबै सामाजिक संस्थाहरु मिली जाँड रक्सीको कुलत र कडाखालको लागूपदार्थ सेवन गर्ने दुव्र्यसनीलाई सदाका लागि अन्त्य गरौं । कीर्तिपुरको ऐतिहासिक पाटीपौवा, सतल, पोखरी तथा मानिसहरु कहाँ छ भनेर आउने पर्यटकलाई स्वागत गरौं र त्यस्तो पर्यटक आउने वातावरण बनाऔं । यस्तो कार्यले कीर्तिपुर नगरको नाम संधै सकारात्मक रुपले माथि रहने छ ।

No comments:
Post a Comment