“जिउँदो लाशको मुर्दो आवाज” — जेल डायरी— ५
२०६७/०६/०९ सनिवार — तेश्रो
दिन
विहान सबेरै उठेर नित्यकर्म
गरें । चाँडै
उठेन भने चर्पि
प्याक हुन्छ ।
ब्रश गरें ।
मुख धोएँ ।
मेरो चीनि बढेजस्तो
छ । मैले
औषधी नै खान
पाएको थिएन ।
न हिंड्डुल गर्न
पाएँ, न रेडियो
सुत्र पाएँ न
पत्रिका नै पढ्न
पाएँ । कस्तो
मानसिक यातनापूर्ण दिन बिताउनु
परिरहेको छ ।
एक एक पल
बिताउन मलाई गाह्रो
भइरहेको छ ।
गाह्रो भएर के
गर्ने ?
छोराले बिहानको खाना ल्यायो
। मलाई छुडाउन
सबैजना लागिरहेको जानकारी दियो
। साढे नौबजे
अरूले खाना खाएको
बेला मैले पनि
खाना खाएँ ।
त्यहीबेला एउटी महिला
प्रहरी आइन् ।
उनले औषधीको नाम
लेखिन् र पैसा
लिएर मेरो औषधी
कित्र गइन् ।
विहानको १०.३०
बजेतिर एकजना सादा पोशाकको
प्रहरीले मलाई लिन
आयो । हतकडी
नलगाइकन एक्लै बाहिर लिएर
गयो । म ढोकामा पुगें ।
डीएसपीले मलाई भेटघाटस्थलमा
लिएर गयो ।
त्यहाँ त नेवाः
स्वायत्त राज्य मंकाः संघर्ष
समिति अध्यक्ष मण्डलका
सम्पूर्ण सदस्यहरू, मल्ल के.
सुन्दर, उमेश स्थापित,
पंचलाल र अरूहरू
पनि आएका थिए
। उहाँहरू मलाई
छुडाउन आएका होलान्
भन्ठानें । मेरो
मन प्रफुल्लित भयो
। उहाँहरूले घटनाको
बारेमा सोध्नुभयो । मैले
यथार्थ कुरा बताएर
भनें, “यो सबै
भूmठा आरोप
मात्र हुन् ।
कुनै घटना घटेकै
थिएन ।’
“हामीले
एसपीसँग कुराकानी गरिसकें ।
यो महिला सेलको
मामिला हो ।
यहाँबाट केही गर्न
सक्दैन । म्याद
थपेर ल्याइसक्यो ।
अब जे गर्छ
अदालतबाटै फैसला हुनसक्छ ।”
उहाहरूले भत्रुभयो ।
पाँच मिनेट जति कुरा
गरेर उहाँहरू जानुभयो
। मलाई फेरि
भित्र ल्यायो ।
यहाँबाट छुट्न पाउने मेरोे
आशा निराशामा परिणत
भयो । मनमा
अनेकौं तर्कहरू उब्जिन थाल्यो
। परिस्थितिको सामना
गर्ने हिम्मत गरें
।
त्यसबेलादेखि
प्रहरीहरूले मलाई अलि
राम्रो व्यवहार गर्न थाले
। अब कोठामा
नबसी बरण्डामा बसिरहे
पनि प्रहरीले केही
भन्दैनन् । आज
दुई जना नयाँ
केटीहरूलाई देखें । कहाँबाट
समातेर ल्याएको भनेर सोधेको
त ठमेलबाट यौन
कार्य गरिरहेका बेला
दुई जना केटाहरू
सहित समातेर ल्याएको
भन्यो । साँझ
मलाई भेट्न मेरा
आफन्तहरू, साथीभाइहरू आए, गए
। कसैले मलाई
यहाँबाट छुडाएर लान सकेन
।
No comments:
Post a Comment