तीज मान्ने नेवार महिलालाई सार्वजनिक चुनौति
– ज्वजलपा सकसितं –
यो समाजमा भीडको पछाडि कुद्ने मानिसको कमि छैन । “भीडको पछाडि कुद्ने” भन्नाले अरुले जे जे ग¥यो त्यहि देखासिकि गर्ने प्रवृत्ति हो । के सहि हो, के सहि हैन भनेर अलिकति पनि नसोचि हाहाहुहुमा रम्दै दौडिदा आफ्नो स्वाभिमान, शक्ति, वर्चस्व, आधार र भविष्य गुमाउदै जाने हुनाले त्यसो गर्नुको मतलब आफ्नै खुट्टामा बञ्चरो हान्नु झै हो । क्षणिक रमाइलो र रहरपछाडि लाग्दा आफ्ना भावि सन्ततिको निमित्त गलत शिक्षा र संस्कारको बिजारोपण गर्नु भनेको एक डरलाग्दो सामाजिक रोग हो । मैले त्यस्तो डरलाग्दो रोग नेवार महिलाहरू, त्यसमा पनि अत्यधिक श्रेष्ठ खलकका महिलाहरूमा देखें । केहि वर्ष अगाडि तीजभेलामा साथीसंगी लाई साथ दिन छेउमा सुस्तरी तालि बजाउने नेवार महिलाहरू केहि वर्ष पछाडि हरीयो छड्के तिलहरीमा सज्जिएको देखियो । केहि वर्ष अगाडि फोटोमा उस्तै देखिन रातो–साडी र तिलहरीमा सजिएका नेवार महिलाहरू केहि वर्ष पछाडि ‘दर पार्टी’का आयोजक हुँदै गरेको देखियो । केहि वर्ष अगाडि खाने पिउने रमझमको रुपमा तीजमा भाग लिने नेवार महिलाहरू केहि बर्ष पछाडि ब्रत–पुजामा अघि सरेको देखियो । यो प्रगति हो कि पतन ?
नेवार महिलाहरू इहि र बारा राखेर सौभाग्य र स्वतन्त्रताको जीवनदर्शनमा हिडाइएका महिलाहरू हुन । यस्तो उदार र उच्च जीवनदर्शन तीजको सामाजिक सांस्कारीक मान्यताको परिधिभित्र अटाउँछ कि अटाउँदैन भन्ने कुरा नेवार महिलाले बिचार गर्नु पर्दैन ? संस्कार र चाडबाड मनाउँदा त्यसमा निहित मान्यता, शिक्षा र दर्शन नअपनाउने भए त्यस्तो संस्कार र संस्कृति नै किन पछ्याउने ? तीजको रमझम मन पराउने नेवार महिलालाइ मेरो चुनौति छ, इहि गर्दा तपाईको सौभाग्यको साक्षि बसेको बेललाइ अब फुटाएर फाल्दिनोस, लास झै खोलामा बगाइदिनोस, चितामा जलाइदिनोस । बारा समापन गर्दा तपाइलाइ दिक्षित गरीएको शिक्षा–ज्योति पुञ्जको प्रतिक ज्वालान्हायकं खु्ट्टाले कुल्चेर फाल्दिनोस, तपाईलाइ अर्पण गरीएको सिन्दूर पखालेर फाल्दिनोस, वा धुलोले त्यो सिन्दुर पुर्दिनोस । तीज मनाउने नेवार महिलावृन्दहरू हो, आँट छ यसो गर्न ? इहि बारा राखिएको नेवार महिलाले तीजमा भाग लिन मिल्छ ? के त्यसो गर्न मिल्ने भए तपाईहरूको आमा, हजुरआमाहरू अन्धो भएर तीज नमनाउने गरेका हुन ? तपाइहरूको आमा हजुरआमाहरू श्रीमान नभएका महिला हुन ? श्रीमानलाई माया र श्रद्धा नगर्ने महिलाहरू हुन ? हैनन् भने आमा हजुरआमाहरूले मान्न नपरेको तीज मान्दै हिड्न तपाईहरूलाई के ले बाध्य बनायो, के ले उत्ताउलो बनायो ? तपाईहरूले मानेको तीजका कारण तपाईहरूको श्रीमान सुखि भएका छैनन्, आयू बढेका छैनन्, रमाएका छैनन् । अनावश्यक खर्च र झंझटले गर्दा बरु चिन्ता बढेको छ, खर्च बढेको छ र आयू घटेको छ –यो कुरामा होस पु¥याउनु भयो ? देखासिकिमा उत्ताउलिएर तीज मान्दा तपाई नेवार महिलाहरूले तपाईका श्रीमान हरूको टाउको चपाउनु भो, रगत पिउनु भो –मैले यसो भन्दा यो कुरो हैन भन्ने हिम्मत छ ? मेरो चुनौति छ –‘मेरो नेवार श्रीमतिले तीज मान्दै पुजाब्रत बसेको हुनाले मेरो आयू बढेको छ’ भन्ने कोहि नेवार श्रीमानलाई यहाँ उपस्थीत गराउन सक्नु हुन्छ ?

No comments:
Post a Comment