जिउँदो लासको मुर्दो आवाज —१ मेरो जेल डायरी — १
—नजरराम महर्जन
म एउटा लाश हुँ । जिउँदो लाश । मरेको मानिसको शरीरलाई लाश भत्रे गर्छ । लाशले खाना खाँदैन । सास फेर्दैन । जिउँदो मानिसले समय समयमा खाना खाइरहन्छ । सास फेरिरहन्छ । हो, मैले पनि खाना खाइरहेको छु । सास फेरिरहेको छु । तैपनि मैले आपूmलाई लाश ठानेको छु । यो भद्रवन्दी गृहको चारदिवारभित्र गाडिएको जिउँदो लास हुँ म । यस ठाउँबाट बाहिर आपूmखुशी कहिं जान पाउँदिन । चाहेको मानिससँग चाहेको बेला कुरा गर्न पनि सक्दिन । मैले लेखेका यी यावत मनका भावनाहरू म बाहिर ननिस्केसम्म बाहिर पठाउन सक्दिन । लाशले केही गर्न सक्दैन । म पनि केही गर्न सक्दिन । म यहाँ जति रोऊँ, कराऊँ, मेरो आवाज कसैले सुन्दैनन् । त्यसैले मेरो भावना, मेरो पीडा सबै मुर्दो आवाज झै ममामात्र सिमित रहनेछ । त्यसैले मैले यो डायरीलाई “जिउँदो लासको मुर्दो आवाज” नामाकरण गरिदिएको छु ।
यस डायरीमा म घरबाट निस्केदेखि अदालतबाट सफाई पाएको दिनसम्मको दैनिकी लेखिराखेको छु । धेरैदिनसम्म पिंजडामा बन्द गरीराखेको भंगेरालाई पिंजडाबाट बाहिर पठाउँदा जसरी उड्ने अभ्यास गर्दागर्दै भित्तामा ठोकिन जान्छ, रूखको हाँगामा अड्किन जान्छ । त्यही बेला चील या बाजको पंजामा पर्न सक्छ । त्यतिबेला चराले सोच्छन् ‘म किन पिंजडाबाट बाहिर आएँ’ । तर त्यतिबेलासम्म धेरै अबेर भैसकेको हुन्छ । बितेको समय फर्केर आउँदैन । नदी र समय निरन्तर बगिरहन्छ । यदि समय र नदी रुकियो भने संसारमा प्रलय हुनेछ । अनर्थ हुनेछ ।
म भद्रवन्दी गृहबाट २०६८ साल जेठ २६ गते काठमाडौं जिल्ला अदालतबाट सफाई पाएर बाहिर निस्केको थिएँ । मैले अदालतबाट सफाई पाएकोमा बधाई दिन आउनेहरू र नेवार परंम्परामा सगून दिन आउनेहरूको घुईंचो लागेको छ । किपू च्यानलले मेरो अन्तर्वार्ता लियो । कीर्तिपुर दर्पण र सहिद पत्रिकाले मेरो अन्तर्वार्ता छापी दिए । म स्वतन्त्र पंछि झै उड्न चाहन्थें तर मेरा परिवार मलाई स्वतन्त्र छाड्न चाहँदैन । म जहाँ गए पनि मेरो छोरा पछि लागेर आउँछ । म घरमा बस्दा श्रीमतीले एकछिन छाड्दैन । किनकी उनीहरूलाई पक्का विश्वास छ कि मलाई हिजो फसाउनेहरूले अहिले फेरि अर्को केसमा फसाउन सक्छ । नौ महिनापछि घरमा ल्याएको मान्छेलाई फेरि आपूmहरूबाट टाढा हुन दिन चाहत्रन् । अहिले मेरो घरमा कसैको फोन आयो भने फोन नम्बर हेरेर मात्र फोन उठाउन दिन्छ । आगोले पोलेको ......अगुल्टोदेखि डराउँछ भने झै मेरो परिवारलाई भइरहेको छ । नौ महिना जेलमा बसेर मैले जति पीडा भोगें त्योभन्दा बढी मानसिक यातना मेरो परिवारले भोगेका रहेछन् । यहाँ बाहिर आइसकेपछि मानिसहरूले मेरा विरुद्ध लगाएका आरोपहरू जो कपोलकल्पित हुन, सुनेर म छक्क परें । मानिस एक विवेकशील प्राणी भन्छन् तर मेरो विरुद्ध अनर्गल कुरा काटेको सुनेर म छक्क परें । उनीहरूलाई कसरी विवेकशील प्राणी भत्रे । उनीहरूले उठाएका यावत कुराहरूको जवाफ यस डायरीको पानाभित्र छ ।
अहिले म बाहिर जाँदा मानिसहरूको व्यवहारले थाहा पाउँछु कि मेरो पक्षमा को को थिए र मेरो विपक्षमा को को थिए । हिजो म जेलमा हुँदा जसले मेरा बारेमा अनर्गल प्रचारवाजी गरेका थिए । अहिले उनीहरूले मेरो मुख हेर्न सकिरहेका छैनन् । मैले भेटेर कुरा गर्न चाहे पनि कुरा गर्न चाहँदैनन् । यी यावत कुराहरूलाई ध्यानमा राखेर यो मेरो डायरी टाइप गरिरहेको छु । मैले यस डायरीमा नेपालभाषाबाट लेखेको थिएँ । त्यसलाई नेपाली भाषामा अनुवाद गरी टाइप गरेको छु । ताकि मजस्ता निरपराधी भइकन पनि जेल जीवन बिताउन बाध्यहरूले पनि यो डायरी पढ्न सकोस् ।
यस डायरीले मेरो मनस्थिति र भावनालाई स्पष्ट पार्ने ठानेको छु । आज मेरो डायरी पढ्दै जाँदा मलाई कहिं रमाइलो लागिरहेको छ भने कहिं रुन पनि मन लागरिहेको छ । यो डायरी मेरो जीवन रहँदा नै छाप्न पाए राम्रो हुन्थ्यो । यदि म मरेर गएँ भने पनि मेरो छोराले छाप्ने छ भत्रे मलाई विश्वास छ । मैले नौ महिना कारागार जीवन बिताएँ । यो अवधिमा मैले आफ्नो आयू ९ वर्ष छोटिएको अनुभव गरें । अब ममा पहिलेजस्तो पूmर्ती नभएको महसुस गरेको छु । मेरो स्मरणशक्ति कमजोर भैसकेको छ । कारागारमा राम्रो खानपिन र औषधोपचार गर्न नपाएर मधुमेह रोगले मेरो बायाँ आँखाको नशा खराव भैसकेको छ । आँखा नै सानो भएकोजस्तो लाग्छ । त्यसैले अब म पहिलेजस्तो धेरैबेर लेख्न पढ्न सक्दिन । यो डायरी टाइप गर्न कति महिना लाग्ने हो थाहा छैन । अझ मैले कारागारमा लेखेर ल्याएका ४ वटा उपन्यासहरू टाइप गर्नुछ । खोइ टाइप गर्न भ्याउने हो कि होइन ? मानिस सँधै जवान हुने होइन । समयको साथसाथ मानिसको शरीर निर्बल हुन्छ । हिम्मत कमजोर हुन्छ । अहिले मैले आपूmलाई धेरै कमजोर महसुस गरेको छु । यदि इच्छा मृत्यु हुने भएको भए म अहिल्यै यो धरतिबाट बिदा हुन चाहन्छु ।
मेरो यो डायरीको केही अंश कीर्तिपुर सन्देश साप्ताहिकमा प्रकाशित भइसकेको छ । यहाँ म ब्लगमा राखेर सारा विश्वभरका नेपालीहरूले पढ्न सकुन भनेर राख्दै छु । हरेक दिन एक दिनको डायरी राख्ने छु । क्रमश .....
म प्रहरी खोरमा पुगेको पहिलो दिन
२०६७/०६/0७ विहिवार
२०६७ साल असोज ७ गते विहिवार समयबजि पुर्णिमा (इन्द्रजात्रा)को दिन मेरो जिन्दगीको पहिलो अविस्मरणीय दिन । यो दिनको घटना मेरो जीवन कहानीमा स्वर्णीम अक्षरले लेख्छ कि कालो मसिले कालो दिनको रूपमा लेख्छ त्यो भविष्यले बताउने छ ।
२०६७ असोज ७ गते विहिवारको दिन विहान चिया पिउ“दै कम्प्यूटरमा साथीहरूलाई इमेल गरिरहेको थिए“ । मेरो खुट्टा मर्केकोले चारदिनदेखि म घरबाट बाहिर जान सकिरहेको थिएन । निर्मला (नाम परिवर्तन) एउटा ब्याय्ग लिएर आइन् । उनी मेरो नजिक आएर सोधिन, “बा, अहिले तपाईंलाई कस्तो छ ?”
“राम्रो भैरहेको छ । अब एक दुई दिनमा निको हुन्छ । बिहानैदेखि कहा“ गएर आएकी ?”
“सविता (नाम परिवर्तन)ले उनको कपडास“गै हाम्रो तत्रा पनि ल्याएको रहेछ । त्यही तत्रा लिएर आएको । ल हेर्नुहोस् ।” भनेर उनले तत्रा झिकेर देखाइन् ।
“हिजो कति चामल किन्यौं ?”
“दुई किलोमात्र किनें । किलोको पैंतालीस रुपैया“ लियो । बा मलाई दश रुपैया“ दिनुस् ।”
“ल दस रुपैया“ होइन, यो सय रुपैया“ नै लिनु । तिमीले हिजो ज्वजलपा पत्रिका बेचेको ज्याला ।” भनेर मैले उनलाई एकसयको एउटा नोट दिए“ ।
“थैंक यू डाय्ड” भनेर हात हल्लाउ“दै उनी गइन् ।
आज मौसम पनि राम्रो छैन । आकाश कालो वादलले ढाकिएको छ । पानी पर्ला पर्लाजस्तो पनि छ । जेसुकै होस् आपूm त बाहिर जान सक्ने होइन । किनकी अस्ति आइतवार सा“झ आफ्नै घर अगाडि मेरो बाया“ खुट्टा मर्केको थियो । त्यसैले म घरमा बस्न बाध्य भएको छु । विहानको खाना खाएर सुतें । दिनको एक बजे मेरो निद्रा खुल्यो । वैठक कोठामा सुतेको थिए“ । कोठामा एक्लै छु । भान्सा कोठामा गए“ । श्रीमती समयबजि तयार पार्दैछिन् । आज समयबजि पूर्णिमा । घर घरबाट समयबजि लगेर बाहिर बा“ड्नु पर्छ । वैठक कोठामा आए“ । घरबाट बाहिर जान सक्दिन । यस्तो अवस्थामा बच्चाहरू आइदिए कति रमाइलो हुन्थ्यो । म घरमा नहु“दा भने कति बच्चाहरू आएको भनेर श्रीमतीले भन्थिइन् । म एक्लै टी.भी. हेरिरहें ।
“टन्न, टन्न मेरो मोबाईल बज्यो । कसको फोन होला भनेर नम्बर हेरेको त कीर्तिपुर थानाको रहेछ ।
“हेलो” मैले फोन उठाएर भनें ।
“दाइ हो ?” उताबाट प्रहरी निरिक्षक विनोद खरेलको आवाज आयो ।
“हो, किन फोन गर्नु भयो ?”
“तपाईंको संस्थाको बारेमा केही बुझ्नु छ भनेर यहा“ दुई तीनजना सरहरू आउनु भएको छ । तपाईं एकचोटी यहा“ आउनुस् ।”
“मेरो खुट्टा मर्केको छ । म हिंड्डुल गर्न सक्दिन । त्यसैले म आउ“दिन ।”
“एकछिन त हो नि । तपाईंलाई लिन गाडी पठाईदिन्छु ।”
“मैले खाजा खाएको छैन । खाजा खाएर आउ“ला ।”G
मैले घडी हेरें । तीन बजिसकेछ । श्रीमतीलाई खाजा खान ल्याउ भनें । मुंगको बारा, छ्वय्ला र कुखुराको मासु र चिउरा एउटा थालमा राखेर ल्याइन् । खाजा खा“दै मैले सोचें । हाम्रो संस्थाको बारेमा के सोध्ने होला ? केही सहयोग गर्नेहरू आएका होलान् । मेरो यस्तो अवस्थामा पनि अहिल्यै आउनु भनेर अनुरोध गर्दैछ । विनोद खरेलस“ग मेरो राम्रो सम्बन्ध छ । त्यसैले मैले खासै शंका गरिन ।
“दाइ, हामी आइसकें । यहा“ चोकमा बसिरहेको छु । छिटो आउनुहोला ।” स.ई.ले फोन ग¥यो ।
खाजा अलिकति बा“कि थियो । भान्सामा राख्दै श्रीमतीलाई भनें, “ल म एकछिन बाहिर गएर आउ“छु । फर्केर आएर खाउला ।”
“यस्तो खुट्टा दुखेको बेलामा पनि किन जानुप¥यो ? भेट्नु परे घरमै आउनु भनन ।” श्रीमतीले आफ्नै ढंगले भनिन् ।
“संस्थाको बारेमा बुझ्न केही मानिसहरू कीर्तिपुर थानामा आएका छन् । मलाई लिन गाडी पठाईसकेको छ ।” यति भनी लट्ठी टेक्दै बाहिर गए“ । बाहिर गाडी देखि“न । त्यहीबेला भतिजा हरिभक्त भेटें । उसको बाईकमा बसेर जान लाग्दा नीलकण्ठको घर अगाडि प्रहरी गाडी रोकीराखेको देखें । हरिभक्तलाई भइगो जाउ भनेर पठाए“ । म प्रहरीको गाडीमा बसेर थानामा गए“ ।
“यस्तो खुट्टा दुःखेको बेलामा पनि गाडी पठाएर बोलाउनु भयो । त्यस्तो के काम आइप¥यो ?” मैले ईन्स्पेक्टरस“ग सोधें । “तपाईंलाई कालीमाटीमा बोलाउनु भएको छ । हाम्रो गाडीले पु¥याइदिन्छ ।”
“जाऊ“ दाइ” भनेर मलाई लिन आउने सईले नै भन्यो ।
हुन्छ त भनेर गाडीमा बस्न गए“ । नेपालीको पछाडि बुद्धि भने झै गाडीमा बसेपछि मेरो मनमा शंका उठ्यो । यो राम्रो भएन । मैले मोबाईलबाट पंचलाललाई फोन गरें ।
“पंचलाल मलाई कीर्तिपुर थानाबाट गाडीमा राखेर कालीमाटी थाना लैजादै छ । एकचोटी कालीमाटीमा आउनु ।”
क्रमश .....

No comments:
Post a Comment