जेल डायरिको ८
आठौं खण्ड
—असोज १५
गते नवौं
दिन तेस्रो
म्याद थप
असोज १५ गते
तेस्रो पटक
मलाई अदालत
लग्यो ।
न्यायाधीशको अगाडि मलाई उभ्याउन लग्यो
। न्यायाधीशले
फाईल हेरेर
भत्रुभयो, ‘खोई अभियोग पत्र तयार
गर्नु भएको
? खाली म्याद
थप्न आउनु
हुन्छ ।”
“केटीहरूको मेडिकल रिपोर्ट
आएको छैन
।” महिला
प्रहरीले भनिन
।
“मेडिकल रिपोर्ट पठाएको
छैन भने
तपाईंहरू गएर
ल्याउनु प¥यो । दुईटा एन.जि.ओ.को झगडामा
विचरो बूढो
मान्छेलाई दुःख दिइरहनु भएको छ
। ल
अब पनि
पाँच दिनको
समय दिन्छु
। त्यतिबेलासम्म
पनि अभियोग
पत्र तयार
गरेर ल्याउनु
भएन भने
म उहाँलाई
यहिंबाट रिलिज
गरिदिन्छु ।” न्यायाधीशले
भन्नुभयो ।
महिला प्रहरी निरुतर
भइन ।
लुसुक्क परेर
मलाई फिर्ता
ल्याइन ।
पाँगा घरको
मुचुल्का उठाएर
ताला खोलिसकेको
र त्यहाँ
केटीहरूले भने बमोजिम केही पनि
प्रमाण नभेटेको
कुरा प्रहरीले
मलाई बाटोमा
बतायो ।
प्रहरीको यो
बयान र
न्यायाधीशको व्यवहारले मेरो मन आनन्दित
भयो ।
अदालतमा पेशी
भयो भने
छुट्छु होला
भन्ने मलाई
पूरा विश्वास
भयो ।
मलाई भेट्न विहान
साँझ मेरा
साथीहरू, आफन्तहरू
आइरहेका छन
। उनीहरू
आए भने
मलाई हतकडी
लगाएर बाहिर
लैजान्छ ।
हतकडी लगाएर
बाहिर जानु
पर्दा मलाई
बाहिर जान
मनै लाग्दैन
तर के
गर्ने ? भेट्न
आएपछि जानै
प¥यो
।
हनुमान ढोका प्रहरी
खोरमा थुनुवाहरू
आउन बढेजस्तै
घर जानेहरू
पनि बढ्न
थाल्यो ।
एकैदिनमा ४०/५० जना
थुनुवाहरूलाई अदालत र प्र.जि.अ. कार्यालय
लैजान्छन ।
त्यसमध्ये कोही कोही मात्र फर्केर
आउछन
। मलाई
सहयोग गर्दै
आइरहेका बाजिगर
आज प्र.जि.अ.कार्यालय गएको
फर्केर आएन
। मैले
एकजना प्रहरीसँग
सोधें, “बाजिगर
छुट्यो कि
?”
“तीन हजार रुपैया
धरोटी मागेको
थियो ।
उसले तिर्न
सकेन ।
जेल पठायो
।” प्रहरीले
भन्यो ।
बाजिगरको ठाउँमा अर्को
एकजना गुरुंङ
थरको केटा
आयो ।
उसको दाया हात भाँचेर
ढलान गरीराखेको
छ ।
प्रहरीको पिटाईबाट
उसको हात
भाँचेको हो
कि जस्तो
लाग्यो ।
मैले उसँग
सोधेंं “यो
हात कसरी
भाँचेको ? के मुद्दामा आएको ?”
“मोटरसाइकल दुर्घटनामा यो
हात भाँचेको
थियो ।
त्यसैले घरमै
बसिरहेको थिएँ
। आजभन्दा
बाईस दिन
पहिले मेरो
घर अगाडि
निकैबेरसम्म प्रहरी भ्यान रोकीराख्यो ।
किन होला
भनेर उत्सुकतावश
म तल
गएँ ।
भ्यान किन
रोकीराख्नु भएको भनेर सोधें ।
तँलाई के
मतलव भनेर
प्रहरीले हप्कायो
। मेरो
घरको अगाडि
भ्यान रोकिराख्नु
भएको छ
। त्यो
सोध्ने अधिकार
मलाई छैन
?” मैले भनें
। त्यतिकैमा
अरू दुई
जना प्रहरीहरू
खाली हात
आइरहेको देखें
। त्यतिकैमा
मसँग कुरा
गरिरहेको प्रहरीले
“ए, तँ
अधिकार खोज्ने
होइन ? तँलाई
नै समात्न
आएको” भनेर
समातेर ल्यायो
। “ड्यूटीमा
रहेका प्रहरी
जवानहरूलाई अपशब्द प्रयोग गरेको ।”
भनेर मलाई
अभियोग लगाइयो
।
१२ कक्षामा पढिरहेका
केटा, प्र.जि.अ.मा तारिख
लिन जाँदा
उसको एकजना
केटी साथीले
उसलाई देखेछ
। उनले
कलेजमा गएर
के भन्ने
होला अब
म क्याम्पस
नै जान्न
भनेको थियो
। प्रहरीको
सानो भूलले
एक जना
केटाको जीवनमाथि
खेलवाड गरेको
अनुभव भयो
।
त्यसको दुई दिन
पछि उसलाई
प्र.जि.अ.कार्यालय
लगेको थियो
। उसले
सफाई पाएर
घर गयो
भन्ने खवर
आयो ।
असोज
२० गते
बुधवार
मेरो प्रतिक्षाको घडी
नजिक आयो
। २०
गते मलाई
फेरि अदालत
लैजान दुई
जना महिला
प्रहरीहरू आए । हिजो नै
प्रहरीले मेरो
विरुद्ध अदालतमा
अभियोग पत्र
दर्ता गराई
सकेको रहेछ
। आज
पनि हामी
ट्याक्सीमै गयौं । मेरो ‘पाँगा
घरको ढोका
खोल्नुभयो ?’ बाटोमा उनीहरूसँग सोधें ।
“खोलिसकें त्यहाँ त
केटीहरूले भने बमोजिम त्यस्तो केही
पनि प्रमाण
फेला परेन
।”
अदालत पुगेपछि
थाहा पाएँ
अब थुनछेकको
बहस भोलि
२१ गते
नै हुनेभयो
। अदालतमा
नरहरि दाइ,
रामकुमारी, नन्दकुमारी, सरब र मेरा
भान्जाहरू आइरहेका थिए । अब भोलि अदालतमा
थुनछेक बहस
गर्न को
वकिल राख्ने
भन्ने सल्लाह
भयो ।
“पंचलाल र सुरेन्द्र
मानन्धर दुबैजना
बहस गर्न
तयार छ
। दुई
जनामा कसलाई
बहस गर्न
दिउँ ?” छोराले
सोध्यो ।
“ठूलो बासँग सल्लाह
गर्नु ।
सुरेन्द्र मानन्धरलाई नै बहस गर्न
दिने किनभने
ऊ आफ्नो
पार्टीको मान्छे
हो ।”
“भोलि धरौटीम छुट्न
सक्छ, लालपूर्जा
र नगद
पनि लिएर
आउँछु ।”
दाइले भन्नुभयो
।
मलाई फेरि हनुमान
ढोकामै फर्काएर
ल्यायो ।
“के भयो
बा ? अब
पेशी कहिले
हुनेभयो ?” मेरो कोठामा सुत्ने एकजना
केटाले सोध्यो
।
“भोलि थुनछेकको बहस
हुन्छ ।
के हुन्छ
हेरूं ।”
मैले भनें
।
“भोलि तपाई धरौटीमा
छुट्नु हुन्छ
। यति
छिटो बहस
हुन लागेको
भनेको नैे
तपाईंलाई घर
पठाउन गरेको
हो ।”
त्यही बुज्रुुक
मान्छेले भन्यो
।
“धन्यवाद । तपाईंको
आशिष लागोस
। म
घर जान
पाउँ ।”
मैले भनें
।
त्यसदिन मैले कोठामा
बसेका दश
जनालाई चिया
खुवाएँ ।
“साला पटके, तँलाई
प्रहरी खोर
त साह्रै
मन पर्छजस्तो
छ नि
। यो
कति पटक
हो ?” एक
जना प्रहरी
हवल्दारले झ्याप्प कपाल पालेको केटालाई
भनिरहेको थियो
। जुन
केटालाई मैले
आज विहानमात्र
देखेको थिएँ
।
“यहा“
म रहरले
आएको हुँ
र ? तपाईंहरूले
काम गरेर
खान दिए
त हो
नि ।
हिजो रातीसाहुको
घरमा ठेला
पु¥याएर
कोठा जान
लागेको थिएँ
। यति
राती कहाँ
गएर आएको
भनेर मलाई
यहाँ ल्याएर
थुनिदियो ।
अझ मलाई
नै पटके
भन्नुहुन्छ ।” त्यो केटाले नडराइकन
भन्यो ।
“ए साला, तँ
मसँग मुखामुख
गर्ने ? ल
चर्पि सफा
गर्ने आज
तेरो पालो,
ल जाऊ भनेर लट्ठी
उठाउदै
भन्यो
त्यो केटा तल
गयो ।
No comments:
Post a Comment