जेल डायरिको ९
नवौं खण्ड—
असोज २१
गते पुर्पक्षको
लागि जेलमा
गएको दिन
२०६७ असोज २१
गते ममाथि
लगाईएका भूmठा आरोप
“जवरजस्ती करणी उद्योग”
बारे अदालतमा
बहस हुने
दिन ।
प्रहरी खोर
हनुमान ढोकामा
कष्टपूर्ण १४ रात बिताइसकें ।
आजदेखि मैले
यो खोरमा
बस्नु पर्ने
छैन ।
धरौटी खुल्यो
भने धरौटी
राखेर घर
जान पाउनेछु
। बाहिरै
बसेर मुद्दा
लड्न पाउनेछ
। होइन
भने पुर्पक्षको
लागि जेल
चलान गर्नेछ
। त्यसैले
घरबाट पठाएका
सबै सामानहरू
छोरालाई फर्काइ
दिएँ ।
खाना खाइसकेपछि
प्रहरीको कोठामा
रहेका मेरा
सबै सामानहरू
मलाई फिर्ता
दिए ।
“ल बा, हामीबाट
केही गल्ति
भएको भए
माफ गर्नुहोला
। तपाई
आज घर
जान पाउनु
हुनेछ ।”
मलाई सामान
दिंदै प्रहरी
हवल्दारले भन्यो ।
मलाई अदालत लैजान
महिला सेल
कालीमाटीबाट दुई जना महिला प्रहरीहरू
आएका रहेछन्
। ट्याक्सीमा
बसेर अदालत
गयौं ।
“तपाईहरूलाई थाहा होला
आज म
छुट्न सकुंला
?” मैले सोधें
।
“सायद तपाई धरौटीमा
छुट्नुहोला । पछि सफाई पनि
पाउनुहोला । मेडिकल रिपोर्ट तपाईको
पक्षमा छ
। घटनास्थलको
मुचुल्का पनि
तपाईंकै पक्षमा
छ ।
बच्चाहरूले जाहेरी दिएको वाहेक खासै
कुनै प्रमाण
छैन ।”
“मेरो छोरीहरूलाई स्कूल
पठाउनु भएको
छ ?”
“के छोरीछोरी भनिरहनु
भएको ? त्यस्ता
खाते केटीहरू
पनि छोरी
हुन्छ ? बाबुजस्तो
मान्छेलाई पनि त्यस्तो भूmठो
आरोप लगाउन
सकेका पापीनीहरू
।” एक
जना महिला
प्रहरीले भनिन,
“हामीले तपाईंको
बारेमा सबै
जानकारी लिइसकें
। यस्तो
समाजसेवी मान्छेलाई
त्यस्तो भूmठो आरोप
लगाउन सकेकी
।”
हामी अदालत पुग्यौं
। त्यतिबेलासम्ममा
मेरा नातेदारहरू,
आफन्तहरू, साथीभाइहरू र मेरा बच्चाहरूले
अदालत भरिएका
थिए ।
मलाई इजलास
नम्बर ४
मा लग्यो
। जहाँ
सुब्बा साहेबले
ममाथि लगाइएका
आरोप र
जाहेरीवालीहरूको जाहेरी पढ्न लगायो ।
त्यसपछि मसँग
बयान लिन
थाल्नुभयो ।
धेरैजसो प्रश्नहरू सरकारी
वकिल कार्यालयमा
सोधिएका नै
बढी थिए
। उत्तर
पनि मैले
एक अक्षर
फरक नपर्ने
गरि दिएँ
। बयान
लिने क्रममै
सुब्बा साहेबले
मलाई भन्यो,
“मेडिकल रिपोर्ट,
घटनास्थलको मुचुल्का सबै तपाईंको पक्षमा
छन् ।
पचीस–पचास
हजार रुपैया
ठीक पार्नुस
धरौटीमा छुट्नु
हुन्छ ।”
मैले छोरालाई बोलाएर
पैसा ल्याएको
छ कि
भनेर सोधें
।
“पैसाको फिक्री नगर्नुस,
यहाँ आउनु
भएका सबैजनाले
पैसा बोकेर
आउनु भएको
छ ।
नानी मिस,
रामकुमारी दिदी, शिव पाजु, जुजुभाइ
दाइ, बद्रीलाल
अंकल, नरेन्द्र
दाइ, सुनिल
दाइ, नित्यमान
मामा, पवन
दाइ सबैको
गरेर दश
लाखभन्दा बढी
छ ।
जग्गा धितो
राख्नु परे
पनि चार
पाँचवटा लालपूर्जाहरू
लिएर आएको
छु ।”
छोराले भन्यो
।
छोराको कुरा सुनेर
मेरो मन
हलुका भयो
। ल
आज म
घर जान
पाउने भएँ
भनेर मन
ढुक्क थियो
।
देखि जान्ने भनेर
पारूको वयान
सुनि जान्ने
भनेर गोरखनाथ
स्कूलका आठ
जना शिक्षक
शिक्षिकाको वयान मलाई देखायो ।
त्यसमा उहाँहरूले
मैले जवरजस्ती
करणी गर्न
खोजेको विश्वास
लाग्छ भनेर
वयान दिएका
थिए ।
यो वयान
पढेपछि मेरो
मन खुस्रुक्क
भयो ।
“यी शिक्षक/शिक्षिकाहरूले
तपाईंको विरुद्ध
यस्तो वयान
किन दियो
होला ?” सुब्बाले
मसँग सोध्यो
।
“यो उहाँहरूको वयान
नै होइनजस्तो
लाग्छ ।
उहाँहरूले मेरो विरुद्ध यस्तो वयान
दिनुभएको होला
भन्ने मलाई
विश्वास लाग्दैन
।”
“उहाँहरू आठै जनाले
आफ्नो वयानमा
सहि र
औंठा छाप
लगाइएको छ
। कसरी
होइन भन्ने
?
“यदि त्यसो हो
भने म
त्यस विद्यालय
व्यवस्थापन समितिको सल्लाहकार र त्यहाँ
पढ्ने ६
जना विद्यार्थीको
अभिभावकको नाताले बच्चाहरूको पढाई सम्बन्धि
छलफल हुँदा
म उहाँहरूको
आलोचना गर्थें
। पढाईमा
अलि कडा
गर्थें ।
त्यसैले यस्तो
भनेको हुनसक्छ
।”
यस्तै यस्तै वयान
दिएँ ।
मेरो वयान
सकियो ।
मलाई बाहिर
आँगनमा ल्याएर
राख्यो ।
भित्र इजलाशमा
बहस सुरु
भयो ।
पहिले मदन
रेग्मि वकिलले
बहस गर्नुभयो
। त्यसपछि
शम्भु थापाले
बहस गर्न
थाल्नुभयो । उहाँले बहस गरिरहनुु
हुँदा शुकराम
बराबर बाहिर
आएर भन्थ्यो,
“ल, तपाईं
धरौटीमा छुट्नु
हुन्छ ।
शम्भु थापाको
तर्क सुनेर
न्यायाधीशले केही बोल्न सक्नुभएन ।”
बहस सकियो ।
विपक्षी वकिलहरूले
कुनै प्रतिवाद
गरेन ।
अब फैसला
हुन मात्र
बाँकी थियो
। म
बाहिर आँगनमा
मेरा बच्चाहरूसँग
बसिरहें ।
म धरौटीमा छुट्छु
भत्रे मलाई
ठूलो आशा
थियो ।
मलाई मात्र
होइन मेरो
परिवार, आफन्त,
शुभचिन्तक सबैलाई म धरौटीमा छुट्छु
भन्ने विश्वास
थियो ।
किनकी ममाथि
जुन आरोप
लगाईएको थियो
। त्यो
सरासर भूmठ थियो
। त्यो
भूmठमात्र
होइन कपोलकल्पित
आरोप हुन्
। भूmठामात्र होइन,
मबाट करणी
हुन असम्भव
थियो ।
यो कुरा
मलाई चिन्ने
जान्ने सबैजनालाई
थाहा थियो
। म
मधुमेहको रोगी
हुँ ।
मधुमेह रोगीमा
यौन चाहना
भनूं या
उतेजना नै
हुँदैन ।
किनकी मधुमेह
रोगीले यौन
संसर्ग गर्ने
शक्ति गुमाइसकेको
हुन्छ ।
यो कुरा
सबैलाई थाहा
थियो ।
न्यायाधीशले निर्णय पुस्तिकामा
आफ्नो राय
लेखेर गइसक्नुभयो
। फैसला
लिन फाँटवालाकहाँ
गएर सोधें
। पुर्पक्षको
लागि थुनामा
राख्ने आदेश
भयो भन्यो
। त्यो
आदेशपछि म
बलिको बोका
झै भएँ
। मेरा
सपनाहरू सिसा
फुटेझै चकनाचूर
भयो ।
मेरो घर
जाने कल्पना
वालुवामा बनाएको
घर झै
भत्कियो ।
मेरा आफन्त,
नातेदार र
परिवारले लिएर
गएका लालपूर्जा
र नोटका
बिटाहरू कागजको
खोस्टा सावित
भए ।
न्यायाधीशले लेखेको रातो मसि मेटाउन
सक्ने तागत
कसैमा रहेन
। न्यायाधीशको
एक पेज
लामो आदेशलाई
मेरा पचासौं
शुभचिन्तकहरूले मेटाउन न त वदर
नै गराउन
सके ।
“ल, तपाईंलाई डिल्लीवजार
खोरमा पठाउँछु
।” फा“टवालाले भन्यो
।
“मलाई भद्रगोल जेल
पठाउनुस् ।
मेरो घर
कीर्तिपुर हो । त्यहाँ भए
मेरा घरका
मान्छेहरूलाई आउन जान सजिलो हुन्छ
।” मैले
फाँटवालालाई भनें ।
“एकछिन पर्खनुस्, त्यहाँ
ठाउँ खाली
छ कि
छैन हेर्नुपर्छ
।” फाँटवालाले
भन्यो ।
म बाहिरै बसेर
पर्खिरहें । चौधदिन पछि घर
जान पाउने
मेरो सपना
सपनामै सिमित
भयो ।
मेरो कल्पना
कल्पनामै सिमित
रह्यो ।
मेरो कल्पनाको
महल तासको
महलझै भताभुंग
भयो ।
मेरा संस्थाका
बच्चाहरूको रोदन र आफन्तहरूको आँखामा
टलपलाएका ती
आँसुका बुँदहरूले
एकछिन मलाई
विचलित बनायो
। छोराको
आँखामा अपशोच
भन्दा बढी
क्रोधको भाव
देखिन्छ ।
तर के
गर्न सकिन्छ
? म किंकर्तव्यविमुध
भएँ ।
महिला प्रहरीले
पूर्जि लिएर
आइन ।
“जाउँ बा, छिटो
भद्रगोल पुग्नुप¥यो । गेट बन्द
भयो भने
हनुमान ढोकामै
बस्नुपर्ला ।” प्रहरीले भनिन् ।
एकजना प्रहरीले ट्याक्सी
खोजेर ल्यायो
। म
ट्याक्सीमा बसें । नरहरिदाइ, भान्जा
नरेन्द्र र
छोरा निरजले
मलाई विदाई
दिए ।
बलि चढाउन
लैजाँदै गरेको
बोका झै
म प्रहरीहरूसँगै
लागें ।
मैले आकाशमा
हेरें ।
आकाश कालो
बादलले ढाकिएका
छ ।
शायद एक
जना निर्दोष
समाजसेवक जेल
जान लागेको
कारण मुख
अँध्यारो बनाएको
हो कि
?
“यो स्कूलका मास्टरहरूको
वयानले गर्दा
तपाईंको धरौटी
नखुलेको हो
।” बाटोमा
जाँदै गर्दा
एक जना
महिला हवल्दारले
भनिन् ।
“यो न्यायाधीशले अहिले
पुर्पक्षमा पठाउनु भए पनि मिशिल
राम्ररी अध्ययन
गर्नुहुन्छ । संस्थाले फसाएको भन्ने
लाग्यो भने
सफाई पनि
दिनुहुन्छ ।” अर्कीले भनिन ।
No comments:
Post a Comment