समावेशी, समानता र एकताको सन्देश दिने
बखुमदः जात्रालाई किन भन्यो सात गाउँले जात्रा ?
श्रीकृष्ण महर्जन
काठमाण्डौं उपत्यकाका आदिवासी नेवाः समुदायको ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण एक तिर्थस्थल हो बःखु । काठमाण्डौंवाट दक्षिण पश्चिमम पर्ने बःखु क्षेत्रलाई नै केन्द्रविन्दुको रुपमा लिई जात्रा गर्ने बखुमदः जात्रा हो ।
कीर्तिपुरवाट पश्चिम नैकाप नजिकै रहेको बःखु क्षेत्र भनेको इश्वीको दोस्रो सताब्दीका सप्तमातृका मध्ये कौमारी, बैष्णवी र बाराहीको मूर्ति रहेको स्थान हो । यस क्षेत्रलाई नै केन्द्रविन्दु मानी मनाउने जात्रा भनेको नेपाल संवतको तिथि अनुसार थिंला महिना हो । थिंलाथ्व अष्टमीको दिनलाई प्रमुख दिनको रुपमा मानी पुजा आजा गर्ने भएकोले यस जात्रालाई बखुमदः अष्टमी जात्रा पनि भन्दै आएको छ । चलन चल्तीको भाषामा बखुमदः जात्रा भन्ने र कसै कसैले बखुमलः जात्रा पनि भन्दै आएको अवस्था थियो । तर पछिल्लो समयमा बखुमदः जात्रालाई न्हय्गां जात्रा भनी नेपालभाषामा भन्न थालेको र न्हय्गां भनेको सात गाउँ भएकोले सात गाउँले जात्राको नामवाट प्रचलित हुदै आएको छ । करिव ३ दशक अघि सम्म सात गाउँले जात्रा भनी खासै प्रचारमा नआएको जात्रा बखुमदः जात्रालाई सजिलो बनाउन नै सात गाउँले जात्रा भन्दै आएको हुनसक्छ । विभिन्न नेवाः वस्तीहरुमा जात्रा हुने भन्नलाई सबै वस्तीको नाम लिन अप्ठ्यारो भएकै कारणले सायद सात गाउँले जात्राको नामवाट प्रचार हुँदै गएको अनुमान गर्न सकिन्छ । किनकि मल्लकालमा सुरु भएको मानिएको सो जात्रा हो भने मल्ल्कालमा नै कीर्तिपुर एक शहरको रुपमा बिकास भइसकेको र तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहलाई कीर्तिपुरमा हमला गर्न कति गाह्रो भयो र कसरी जिते भन्ने कुरा इतिहासले नै प्रष्ट पारिसकेको अवस्था छ । त्यसैले कीर्तिपुरलाई पनि गाउँको रुपमा लिन नसकिने भएका कारण पहिला पहिला बखुमदः जात्रा नै भएको र पछिल्लो समयमा आएर मात्र सात गाउँले जात्रा भनिएको अनुमान गर्न सकिन्छ ।
जात्राको क्रममा अष्टमीको दिनमा नगाउँ, नवःमि दिनमा पांगा र दशमीको दिनमा अरु सबै वस्ती कीर्तिपुर, बोसिगाउँ, मच्छेगाउँ, सतुंगल र ल्ह्वंखामा जात्रा गर्ने चलन रहेको छ । यी सात वटा वस्तीमा हुने जात्रा भएकै कारणले बखुमदः जात्रालाई सात गाउँले जात्रा भन्न थालिएको हो ।
पछिल्लो समयमा नयाँ नैकाप अर्थात बन्थःचामा पनि सोहि समयमा अर्थात दशमीको दिनमा जात्रा मनाउने सुरु गरेको छ । नैकापमा कालीलाई प्रमुख देवताको रुपमा मानी जात्रा गर्ने चलन २०४० सालदेखि सुरु भएको हो । पुरानो नैकापमा पनि छुट्टै खट बनाई जात्रा गर्ने चलन रहेको छ । कीर्तिपुरमा इन्द्रायणीलाई प्रमुख देवताको रुपमा मानी जात्रा गर्ने चलन रहेको छ भने पांगामा विष्णुदेवी र बालकुमारी, नगाउँमा धाल्चा खाकेगु जात्रा संग संगै बालकुमारीको खट जात्रा, बोसिगाउँ र ल्ह्वंखामा भैरवलाई प्रमुख देवता र मच्छेगाउँ र सतुंगलमा विष्णुदेवीलाई प्रमुख देवताको रुपमा मानी जात्रा गर्ने चलन रहेको छ ।
बखुमदः जात्रा लालुपाटे फुल फुल्ने समयमा मनाउने जात्रा हो । त्यसैले यो जात्राको क्रममा लालुपाटे फुल नै देवी देवतालाई चढाउने गरिन्छ । जात्राको क्रममा अष्टमातृका, भैरव, गणेश, सिंघिनी, ब्याग्रिनि मध्ये आ–आफ्नो स्थान विशेषलाई ध्यनमा राखी प्रमुख देवताको रुपमा मान्ने र ती देवताकै नामवाट जात्राको पनि नामांकरण गर्दै आएको पाइन्छ ।
बखुमदः जात्राको विशेषता भनेको काठमाण्डौवाट दक्षिण पश्चिम क्षेत्रका नेवाः समुदायको एउटै समयमा जात्रा हुनु हो । परम्परागत प्रमुख पेशा कृषिको पनि धान घर भिञ्याइसकेपछि मनाउने यो जात्रा भनेको अन्यन्तै चिसो हुने समयमा मनाउने हो । त्यसैले तःखाः बनाई खाने यस जात्राको विषेशता बनेको छ । बखुमदः अष्टमी र बःखुलाई केन्द्रविन्दु बनाई जात्रा गर्ने भएतापनि मूल रुपमा खट जात्रा भने फरक फरक समयमा मनाउने गर्दै आएको छ । तैपनि अष्टमीलाई विशेष पुजा गर्ने दिनको रुपमा लिई पुजा आजा गर्ने प्रचलन रहेको छ । नगाउँ बाहेक सबै नेवाः वस्तीवाट बःखु क्षेत्रमा विशेष पुजा जानुपर्ने प्रचलन रहेको छ ।
फरक फरक वस्तीको एउटै समयमा एउटै स्थानलाई केन्द्रविन्दु बनाई जात्रा गर्दै आएको एकताको सन्देश हो । त्यसै गरि नेवाः भित्र पनि पोडे अर्थात प्वः थकालि बनाई, नाय् अर्थात खड्गी थकालि बनाई भोज खानुपर्ने चलन रहेको यस जात्राले नेवाः भित्र विविधतामा पनि समानता रहेको सन्देश दिएको छ । त्यसै गरि जात्रामा ज्यापु, श्रेष्ठ, माली, पोडे, गोपाली, मानन्धर, खड्गी सबैलाई समावेशी रुपमा सहभागीता गराउने जात्रा हो बखुमदः जात्रा । यस्को अर्थ बखुमदः जात्रा भनेको समावेशी जात्रा पनि हो । यसरी समानता, समावेशी र एकताको सन्देश दिने बखुमदः जात्रालाई कीर्तिपुर, मच्छेगाउँ, सतुंगल, पांगा, नगाउँ, ब्वसिगां, ल्ह्वंखा, पुरानो नैकाप, नयाँ नैकाप लगायत सम्पूर्ण क्षेत्रमा नेवाः समुदायले आफ्नो मौलिक जात्राको रुपमा मान्दै आएको छ । पुणर््िामा सम्म पनि यो जात्राको क्रममा आफन्तहरुलाई बोलाई भोज खुवाउने चलन रहेका कारण बखुमदः जात्रा मान्नेहरुले योमरि पुन्हिलाई खासै मान्ने गरिदैन । यहि बखुमदः जात्राको विशेषता बनेको छ ।

No comments:
Post a Comment