सहकारी सम्बन्धी समसामयिक समिक्षा
दिनेश दर्शनधारी
दर्शन बचत तथा ऋण सहकारी संंस्था लि.
नयाँबजार, कीर्तिपुर
नेपालमा झण्डै ३३ हजार भन्दा बढी सहकारी संस्था दर्ता भई संचालनमा रहेका छन् भने कीर्तिपुरमा मात्र १०० भन्दा बढी सहकारी संचालनमा रहेका छन् । गरिवी निवारणको प्रमुख अस्त्रको रुपमा संसारभर सहकारीलाई हेर्ने गरिएको परिप्रेक्ष्यमा नेपालमा समेत सहकारी क्षेत्रले गरिवी निर्वारण गर्न छरिएर रहेका पुंजी तथा स्थानीय साधन, सीप र श्रोतको परिचालन गर्न, उपेक्षित, अल्पसंख्यक र पिछडिएका वर्गलाई वित्तीय सेवा उपलब्ध गराउन प्रमुख भुमिका खेलेको छ । यति हुँदाहुँदै पनि पछिल्लो समय श्रृखलाबद्ध रुपमा विभिन्न संचारमाध्यमहरु मार्फत सहकारी क्षेत्रमा देखिएका तमाम विकृति विसंगतिहरु सार्वजनिक हुँदै आएका छन् । जसले गर्दा नेपालको आर्थिक क्षेत्रको तीन खम्वा मध्येको एक खम्वा सहकारी क्षेत्र र यसले हासिल गरेका सम्पूर्ण उपलब्धिहरुलाई धुमिल पार्नसक्ने खतरा उत्पन्न भएको छ ।
अहिले सहकारी क्षेत्रमा कल्पनै नगरेका विकृतिहरु देखा पर्न थालेका छन् । सहकारीकै कारण मान्छेहरुले आत्महत्या गर्नु परेको, घरबार विग्रिएर पलायन भएर भाग्नु परेको कर्जा तिर्न घरखेत बेच्नु परेको जस्ता दुःखद समाचारहरु बाहिर आउनाले सहकारी क्षेत्र कसरी अगाडी बढीरहेको छ अनुमान गर्न सकिन्छ । कीर्तिपुर क्षेत्रमा भने यस्तो बिकराल स्थिति सृजना नभए पनि धेरैले आफ्नो घर जग्गा गुमाई सडकमा आएको धेरै घटना हामीले लुकाएर लुकाउन सक्दैनौ । आफ्नो पवित्र मार्गबाट विचलित भएर आजको यो अवस्थामा कसरी आइपुग्यो त सहकारी क्षेत्र भन्ने केलाउन केही महत्वपूर्ण विषयहरुको बारेमा चर्चा गर्नु आवश्यक रहन्छ, जसलाई तल क्रमशः प्रस्तुत गरिएको छ ।
नाफामा मात्र ध्यान
छरिएर रहेको पुंजीलाई एकिकृत गर्ने अनि सो पुंजीलाई प्रयोग गरि गरिव तथा विपन्न वर्गलाई सहज वित्तीय सेवा प्रदान गर्ने र तिनको आर्थिक सामाजिक उत्थान गर्ने पवित्र उद्देश्य बोकेको सहकारी क्षेत्र अहिले आफ्नो उद्देश्यबाट विमुख हुन थालेको छ । जसरी भए पनि नाफा कमाउनु पर्छ भन्ने मानसिकता विकास हुँदै गएको छ । समस्याको जड यहीं छ । जबसम्म सेवा भावबाट परिचालित हुदैन र जसरी पनि ऋणीलाई बर्बाद बनाउन ब्याज माथिको स्याज अनि भारी जरिवाना अनि जरिवाना माथि पनि ब्याज लगाउछौं तबसम्म अहिलेको समस्या दोहरीनै रहने छ । बचत कर्तालाई ब्याजमा शोषण गर्ने अनि ऋणीको जग्गा हडप्ने गलत नियत राख्ने साथै संचालकहरुले अकुत सम्पत्ति आर्जन गर्ने काम जब सम्म हाबी हुन्छ तब सम्म अहिलेको समस्या फेरी फेरी दोहरी नै रहने छ ।।
व्याजदरमा समस्या
सहकारीको व्याजदर सम्बन्धमा सधै विवाद रहँदै आएको छ । धेरै मान्छेहरुको बुझाई सहकारीले बचतमा थोरै ब्याज दिने अनि ऋणमा चर्को व्याज लिएर अत्याधिक नाफा कमाईरहेको भन्ने छ । हामी सबैले के बुझनु आवश्यक थियो भने, सहकारी संस्थाहरु केवल बचत गर्ने र ऋण प्रदान गर्ने संस्था मात्रै थिएनन् । यीनले समाज रुपान्तरण गर्ने अभियानको नेतृत्व गर्नु थियो र जसका लागि भनेरै केही बढी व्याज लिने गरिएको थियो । तर पछिल्लो समय सहकारी संस्थाहरुले सदस्यको क्षमता विकास, बजार विस्तार, सामाजिक कार्य आदिमा सुको पैसा खर्च गरेनन् । लगानीका नयाँ क्षेत्रहरुमा अध्ययन तथा अन्वेषण गरेनन् । आवद्ध सदस्यहरुलाई उनीहरुले तिरेको व्याजबाट राहत, सुविधा उपलब्ध गराउने कार्यमा उदासिन हुँदै आए र जेका लागि भनेर बढी व्याज लिइएको त्यो नगरी रेकर्डमा प्रतिफल विवरण गर्ने, पूँजिबजारमा चलखेल गर्ने, घुमाउरो पारामा घर जग्गामा लगानी जस्ता विकृतिहरु देखा पर्न थाले । फलस्वरुप सहकारी संस्थाहरु नयाँ सामन्तको रुपमा चित्रित हुन थाले । सहकारीका संचालकहरु केही बर्ष अगाडी सम्म चप्पलमा हिड्थे भने संचालक भएको केही बर्षमा उनीहरुको घर तथा महल ठडिन थाले । उनीहरुका आफन्तका नाममा रोपनीका रोपनी जग्गा जोडिन थाले । जसको कारण स्थिति अझ भयावह हुने निश्चित छ । बिडम्बना हामी समस्याको जडमै नपुगी समाधानको सतही प्रयासमा लाग्यौं । जसले यस क्षेत्रलाई थप हानी पु¥याउने निश्चित छ ।
नाम मात्रको लेखा समिति
सहकारी क्षेत्र केही अतिनै राम्रा आधारभुत सिद्घान्तको जगमा अडिएको हुन्छ । त्यो सिद्घान्त पालना नभएरै अहिले विभिन्न समस्याहरु देखिन थालेका छन् । एक जना सदस्यको कर्जा अर्काेले चलाउने, कर्जा सदुपयोग नगर्ने, एउटा सहकारी संस्थाबाट लिएको कर्जा तिर्न अर्को सहकारी संस्थाबाट कर्जा लिने, एउटै सदस्यले १० देखि १५ वटा सम्म सहकारीको सदस्य बन्ने अनि कर्जा लिने, कर्जा लिंदा साक्षि बसे वापत कमिसन खाने त्यस्तै बचत कर्तालाई थाहा नै नदिई बचत फिर्ता नदिई नबिकरण गर्ने, बचत फिर्ता दिनै परेमा पनि धेरै जरिवाना कट्टा गरि दिने, जस्ता अनेकौं नयाँ विकृतिहरु देखा पर्दा सहकारी संस्थाहरुले निमार्ण गरेको अनुगमन संयन्त्र कस्तो रहेछ भन्ने जग जाहेर भएको छ । नगरपालिका भित्र एउटा कोठा भाडामा लिएर पसल गर्ने एकजना सज्जनले पसलको लागि भन्दै १५ वटा सहकारी संस्थाबाट कर्जा लिएर कर्जा अपचलन गर्दा हाम्रो संयन्त्र के हेरेर बसेको छ । हामीले हाम्रा साथीहरुलाई के सिकाएका रहेछौं । सहकारीबारे ठुलै भाषण गर्दै हिड्ने अनि आफै संचालक रहेको सहकारीमा पुंजी अपचलन गर्ने, घुमाएर सेयर तथा घरजग्गामा लगानी गर्ने अनि आए आफ्नो गए सहकारीको भन्ने मित्रहरु पनि देखेका छौं । सहकारीका ठुला ठेकेदार हौं भन्दै भाषण गर्ने मित्रहरु हो, समिक्षा गरौं । किन हामी सहकारीका सदस्य अनि तल्ला कर्मचारी हरुलाई सक्षम बनाउँन प्रयास गर्दैनौं, किन हामी नियमित बैठक, तालिम, गोष्ठी तथा समिक्षाहरु गर्दैनौं । किन हामी अनुगमन निरिक्षण गर्ने भरपर्दो संयन्त्र बनाउन हिच्किचाउँछौं । अनि किन भएको लेखा समितिलाई पनि नाम मात्रको बनाउछौं । कि अनुगमन, निरिक्षण, तालिम, बैठक, गोष्ठी समिक्षा गर्दा नाफा घट्छ भन्ने सोच छ । गम्भीर भएर सोचौं । प्रभावकारी अनुगमन संयन्त्रको विकास गरौं र यस्ता विकृतिहरु रोक्न प्रयास थालौं । अन्यथा हामी एकदिन आफैले खनेको खाडलमा पुरिनेछौं ।
पारदर्शिता रजवाफदेहिता
सहकारी क्षेत्र स्थानिय समूदाय प्रति सदैब जबाफदेही र पारदर्शि रहनु पर्दछ । सहकारीले गरेका हरेक क्रियाकलापमा स्थानिय सहकारी सदस्यहरुको सहभागीता र अपनत्व हुनु पर्दछ तर अहिले अवस्था त्यस्तो छैन । सहकारीका क्रियाकलापको बारेमा स्थानिय बुद्घिजिबी, समाजसेबी, नागरीक तथा सहकारी सदस्यहरु कसैलाई थाहै हुदैंन । हामी हाम्रा कुनै पनि क्रियाकलापमा उनिहरुलाई सामेल गराउँदैनौं । हामीले बर्षमा एक पल्ट साधारण सभामा सदस्यहरुले नबुझ्ने भाषामा अडिट रिपोर्ट पेश गर्छाै अनि ताली बजाएर समर्थन लिन्छौं । बिस्तृत रुपमा आफु संलग्न रहेको सहकारी के भईरहेको छ भन्ने कुरा हिजो सदस्यहरुलाई थाहा नभए पनि आज हरेक सहकारीका सदस्यहरुले यो कुरा खोज्नु जरुरी भईसकेको छ ।
सहकारीले आफुले संकलन गरेको निक्षेप कहां राखेको छ बंैकमा छ की घरमा छ अनि सही ठाउंमा लगानी भएको छ की छैन हरेक सहकारीको हरेक सदस्यहरुले खोज्नु जरुरी छ भने सहकारीले पनि पारदर्शित गर्नु जरुरी छ ।
अरुको नराम्रो मात्र सोच्ने
सहकारी क्षेत्रमा अहिले झनै खतरनाक प्रवृति देखिएको छ । त्यो के भने, हामीले जति राम्रो कसैले गरेको छैन भन्ने दावी गर्छन् सबै । आफ्नो गल्ती स्वीकार गरेर अगाडी बढ्न कोही तयार छैन । आफुले गरेको सबै राम्रो र अरुले गरेको सबै खराब भन्ने सोचका कारण अहिले समस्या झन् बल्झीएको छ । जसले जे जे गरेको भए पनि हामी सबैले के बुझ्न आवश्यक छ भने हामी यस क्षेत्रमा लागेका सबै एउटै राजमार्गमा यात्रा गर्दैछौं । तपाईलाई सुरक्षित ड्राइभिङ्ग आउँछ भन्दैमा तपाई दुर्घटनामा पर्नु हुन्न भन्ने छैन । अर्काले आएर ठोकिदिएर पनि तपाई दुर्घटनामा पर्न सक्नु हुन्छ । त्यसैले होसियार हौं ।
अब छिटोभन्दा छिटो सबै सरोकारवालाहरु एकजुट भएर अहिले देखिएका विकृतिहरु पन्छाउन र सहकारीको सुद्घिकरण अभियान थालनी गर्न ढिला गर्न हुँदैन । आफ्नो सहकारीमा कसैैले ब्यक्तिगत स्वार्थको लागि प्रयोग गरिरहेको छ भने त्यस्ता ब्यक्तिलाई कार्वाही गर्न पछि पर्नु हुंदैन । एउटा कुहिएको आलुले संगै राखेको सबै आलुलाई कुहाउन सक्छ भन्ने भनाई नै छ । हामी एउटा सहकारीले अर्काे सहकारीलाई शत्रु ठान्छौं र एक अर्काको कुरा काटेर बस्छौं अनि एक अर्कालाई डुवाउने खेल खेल्छौं अनि बैंकले हामी सहकारीलाई खान मात्र होईन निल्नै लागेको पत्ता पाउंदैनौं । हालको अवस्थामा बैंकले नैं १५ प्रतिशत ब्याज दिन थालेको अवस्थामा यसलाई टक्कर दिने तिर लाग्ने कि फेरी पनि सहकारीहरु आफैबिच द्वन्द गरेर बस्ने अब पनि हामीले आफुलाई सुधारेनौ भने हाम्रो विनासलाई कसैले रोक्न सक्दैन । हामी सहकारी सहकारी बिच सहकार्य गरी लगानीको क्षेत्रहरु पहिचान गरौं, हिजो बैंकले ३ प्रतिशत ब्याज दिंदा त सहकारीले १२ प्रतिशत ब्याज आफ्ना बचत कर्तालाई दिन सक्थ्यो भने अहिले अवस्य पनि बैंकले भन्दा बढी ब्याज हामी सहकारीले पनि दिन सक्छौं मात्र आवश्यक छ हामी सहकारीहरु बिच सहकार्य ।

No comments:
Post a Comment