ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाप्रति ज्येष्ठ नागरिकहरुको धारणा
तपाईंको छोटकरीमा संक्षिप्त परिचय दिनुहोस
—म जगतमाया महर्जन, मेरो आमा स्व.मैया महर्जन र बुबा स्व.गोपाल महर्जन हुनुहुन्छ । म नगाउँमा जन्मेको हुँ । अर्थात मेरो माईतिघर नगाउँ हो ।
तपाईंको कति वर्षको उमेरमा कोसँग विवाह भएको थियो ।
— म १४ वर्षको उमेर हुँदा पाँगा दथलको स्व.मंगलकृष्ण महर्जन (नाती) संग विवाह भएको थियो । त्यतिबेला लोग्ने स्वास्नी भन्ने नै थाहा थिएन । म करीव ६ वर्षसम्म त माइतीमै बसें ।
तपाईंको श्रीमानको देहान्त भएको कति वर्ष भयो ?
—पोहोरसालको गथु प्याखँभन्दा १२ वर्ष पहिलेको गथु प्याखँ देखाएको बेला मेरो श्रीमानको निधन भएको थियो । अब कति वर्ष भयो भन्दा १३ वर्ष भयो भन्नुपर्छ ।
तपाईं एकल महिला हुनुहुन्छ । तपार्ईंको बालबच्चा कोही पनि छैन ?
—छैन, मेरो कोखमा बच्चा राख्नै पाएको थिएन । मेरो जीवनको सहारा नै मेरो श्रीमान हो । श्रीमान बित्नु भएपछि म एक्लै भएँ ।
तपाईं कतिवर्षको हुनुभयो ? अनि अहिले तपाईं कहाँ कोसँग बस्नुहुन्छ ।
— म अहिले ८० वर्षकी भएँ । पोहोर साल भूकम्पले घर नभत्काएसम्म म दथल घरमै बस्थें । अहिले त्यो घर भत्केकोले म छुगाउँमा भाईको घरमा बस्छु । मेरो आफ्नो छोरी नभए पनि भाईको छोरी सुधाले मलाई हेरिरहेकी छिन । उनकै भरमा छु म ।
तपाईं हरेक दिन छुगाउँदेखि पाँगा लाछीसम्म कसरी आउनु हुन्छ ?
—म छुगाउँदेखि यहाँसम्म हरेक दिन पैदलै आउँछु, पैदलै फर्किन्छु ।
तपाईं यो ज्येष्ठ नागरिक सेवा केन्द्रमा कहिलेदेखि आउनु भएको ?
—सुरुदेखि नै म आईरहेको छु । कहिं कतै जानु प¥यो भनेमात्र हो नत्र म संधै आउँछु । विहान ९ बजे खाना खान्छु । खाना खाएर घरमा एकछिन आराम गर्छु । अनि विस्तारै यहाँ आउँछु । यहाँ आउँदा केन्द्र खुलिसकेको हुन्छ ।
तपाईंलाई यहाँ आएर कस्तो महसुस भैरहेको छ ?
— ओहो ! यो ठाउँको बारेमा, यहाँका छोरी बुहारीहरुको बारेमा कति प्रशंसा गरुँ ? हामीजस्ता उमेर पुगेका ज्येष्ठ नागरिकहरुको लागि यो सेवा केन्द्रत स्वर्गजस्तो लाग्छ । स्वर्ग कस्तो छ भनेर कसैले देखेको छैन । स्वर्गमा खानपिनको कमि हुँदैन । मन आनन्द हुन्छ । जे पनि राम्रो मात्र देखिन्छ भन्थ्यो । मेरो लागि त यहाँ पनि त्यस्तै छ । यहाँ विभिन्न उमेर समूहका महिलाहरुसँग भेटघाट हुन्छ । हामीलाई आफ्नो नाम भनेर हाजिर गराउँछ । पहिले आफ्नो नाम नै भन्न आउँदैनथ्यो । डर लाग्थ्यो अब त्यस्तो छैन । अनि ध्यान गर्न लगाउँछ । योग गर्न लगाउँछ । भजन किर्तन गराउनु हुन्छ । १२÷१ बजेतिर चिया विस्कुट÷कहिले पाउरोटी नास्ता दिनुहुन्छ । ४ बजेतिर खाजा खुवाउनु हुन्छ । खाजा खाएर हामी विस्तारै आ–आफ्नो घर लाग्छु ।
यहाँको खाजा या खाना कस्तो लाग्छ तपाईंलाई ?
— यहाँ खाजा या खाना एकदम मिठो छ । यहाँ सबैलाई समान व्यवहार हुन्छ । पेटभरि खान पाइन्छ । हप्तामा एक दुई जनाले हामीलाई भोजन गराउन आउनु हुन्छ । उहाँहरुले पैसा दिनुहुन्छ । यहाँका स्वयंसेवकहरुले नै खाजा या खाना बनाएर खुवाउनु हुन्छ । किनकी यहाँका बहिनीहरुलाई हाम्रो स्वाद थाहा भइसकेको छ । हामीलाई के हुन्छ, के हुँदैन सबै थाहा पाइसक्नु भएको छ । हामी घरमा हुँदा बरु समयमा खाजा खाँदैनथ्यौ होला यहाँ त घडी हेरेर खुवाउनु हुन्छ । घरमा विहान पकाईराखेको खाजा या खाना खानु पर्छ । हरेक दिन दिउँसो खाजा बनाएर खानु सम्भव पनि छैन । यहाँ त तातो तातो मिठो खान पाइन्छ ।
यहाँ आएर दिनका दिन खाजा खाएर जानु पर्दा तपाईंलाई कस्तो महसुस हुन्छ ?
— रमाइलो लाग्छ । बरु कहिले कहिं मनमा कुरा खेल्छ । दिनको ८०/९० जनालाई पकाएर खुवाउनु पर्छ, कति गाह्रो भयो होला ? संधैभरि यसरी खुवाउन पैसा कहाँबाट आउँछ ? भनेर मनमा पीर पर्छ । तर यहाँ कोही न कोही हामीलाई खुवाउन आइरहेका छन । सहयोग दिनेहरु पनि आइरहनु भएको छ । ती सहयोग दिन आउनु हुनेहरुलाई हामी भित्री हृदयदेखि नै जय होस भनेर मंगल कामना गर्दछु । उहाँहरुको हरेक काम सफल होस
यसरी नै मनमा दयाभाव जागिरहोस भनेर आशिर्वाद दिन्छु । यस केन्द्रको अक्षयकोष स्थापना गर्ने भनेकोले म पनि आजिवन सदस्य बनेकी छु । मेरो भाई बुहारीले पनि सहयोग गरेको छ ।
तपाईंको सन्तान छैन भनेर तपाईंलाई मनमा अपशोच लाग्दैन ?
जवानीमा अलि अलि मन खिन्न हुन्थ्यो । पछि भगवानले नदिएको के गर्ने भनेर मनमा राखें । मेरो सन्तान नभए पनि मेरा आफन्तहरुले मलाई धेरै धेरै माया गरी राखेका छन । पाँगा तःगुथिले पनि मसँग एक पैसा लिएको छैन । सबैकुरामा छुट दिनु भएको छ । अझ म मरेंभनें मेरो लास पनि उठाई दिन्छु भन्नु भएको छ । त्यसैले मलाई कुनै चिन्ता छैन । दुई तीन जना छोरा हुनेहरुको पनि कसैले नहेरेर दुःख पाइरहेको देखेको छु । कोही आमालाई यहाँ छाडेर आफ्नो परिवार विदेशमा बस्न गएका छोराहरु पनि देखेकै छु । छोरी छोरी भइकन पनि आफ्नो साथमा छैन । त्यसैले सन्तान हुनु र नहुनुमा मलाई कुनै अपशोच छैन । कुनै चिन्ता छैन । बरु यो सेवा केन्द्र बन्द होला कि भन्ने मात्र चिन्ता छ । यो सेवा केन्द्र नभएको भए हामी कहाँ गएर दिन काटुँ जस्तो लाग्छ । त्यसैले म सबैसँग हार्दिक अनुरोध गर्दछु कि जसरी पनि यो सेवा केन्द्र निरन्तर चलिरहोस । यही मेरो कामना छ ।
Jagat Maya Maharjan

No comments:
Post a Comment