को हुन हितमान शाक्य ?
काठमाडौं क्षेत्र नं. १० का वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार हितमान शाक्यको सङ्क्षिप्त परिचय
जन्म—वि.सं.२०२० कात्तिक ७ गते, बाग्लुङ
स्थायी ठेगाना– चन्द्रागिरी न.पा., बखु, काठमाडांै
बुवा–हिरामान शाक्य, आमा–बुद्धिकुमारी शाक्य
फोन–९८५११००५९०, ९८१३७६१०९१
झबष्(िकजबपथबजष्तmबल२नmबष्।िअयm
—वि.सं.२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागितासहित विद्यार्थी राजनीतिमा प्रवेश, —वि.सं.२०३६ सालको स्ववियू निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पस, बाग्लुङमा सहसचिवमा विजयी —वि.सं.२०४० सालमा अ.ने.रा.स्व.वि.यु को जिल्ला अध्यक्ष तथा उपकेन्द्रीय सदस्य
—वि.सं.२०४२ सालमा अ.ने.रा.स्व.वि.यु को केन्द्रीय सदस्य
—वि.सं.२०४२ सालमै विद्यार्थी आन्दोलनको क्रममा बाग्लुङमा यातनासहित हिरासतमा — वि.सं.२०४५ सालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको स्ववियू निर्वाचनमा सचिवमा विजयी, —वि.सं.२०४६ सालको पञ्चायती विरोधी आन्दोलनको क्रममा निर्मम यातनासहित भरतपुर जेलमा २ महिना जेलजीवन —वि.सं.२०४८ सालमा अ.ने.रा.स्व.वि.यु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष, —वि.सं.२०४९ सालमा नेकपा
(एकता केन्द्र)को वागमती क्षेत्रीय ब्यूरो सदस्य, —वि.सं.२०५० सालमा संयुक्त जनमोर्चा, नेपालको केन्द्रीय कोषाध्यक्ष, —वि.सं.२०५१ सालमा नेकपा (माओवादी)को काठमाडौं जिल्ला पार्टीको जिल्ला सचिव
—वि.सं.२०५२ साल फागुन १ गतेदेखि १० वर्ष भूमिगत राजनीतिक जीवन, —वि.सं.२०५४ सालमा नेकपा (माओवादी)को केन्द्रीय समितिको सदस्य, —वि.सं.२०५४ सालमा नेकपा (माओवादी)को धौलागिरी लुम्बिनी उपक्षेत्रीय ब्यूरोको इञ्चार्ज, —वि.सं.२०५७ सालमा नेकपा (माओवादी)को पोलिट्ब्यूरो सदस्य, —वि.सं.२०५७ सालमै नेकपा (माओवादी)को जनकपुर सगरमाथाको क्षेत्रीय ब्यूरो इञ्चार्ज
—वि.सं.२०६० सालमा नेकपा (माओवादी)को मेची कोशी क्षेत्रीय ब्यूरोको इञ्चार्ज तथा जनमुक्ति सेना, नेपालको फष्ट डिभिजनको राजनीतिक कमिसार, —वि.सं.२०६३ सालमा नेकपा (माओवादी)को नेवाः राज्य समितिको इञ्चार्ज, —वि.सं.२०६३ सालमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय अध्यक्ष, —वि.सं.२०६४ सालको संविधानसभाको निर्वाचनमा काठमाडांै क्षेत्र–६ बाट सभासद विजयी
—हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय सदस्य तथा ३ नं प्रदेशको इञ्चार्ज ।
(उहाँसंग हाम्रा संवाददाताले गरेका संक्षिप्त कुराकानीको केही अंश संपादक)
तपाईं २०६४ सालमा काठमाडौं क्षेत्र नं.६ बाट विजयी हुनुभएको थियो । आपूm जितेको क्षेत्रमा उम्मेदवार नदिई अहिले १० नं क्षेत्रमा किन आउनु भयो ?
—निश्चित रुपमा वि.सं. २०६४ सालमा काठमाडांै क्षेत्र नम्बर ६ बाट संविधानसभाको सभासदमा जितेको हँु । वि.सं. २०७० सालको दोश्रो संविधानसभामा सहभागी रहन सकिनँ । त्यो कार्यकाल मेरो लागि ‘ग्यापिङ’ भयो । र, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएपछि हाम्रो पार्टीले प्रतिनिधिसभाको लागि तीनवटा क्षेत्र पाएको छ । काठमाडांै क्षेत्र नम्बर ६मा पार्टीका समकक्षी झक्कुप्रसाद सुवेदीलाई र क्षेत्र नम्बर १० मा मलाई उम्मेदवार बनाउने पार्टीको निर्णय मात्र होइन स्थानीय बासिन्दाको मागलाई हेरेर यहाँ मलाई पठाइएको छ । काठमार्डांै क्षेत्र नम्बर १० नेवार बाहुल्य बस्ती भएको र मेरो स्थायी बसोबास पनि यहीं कीर्तिपुरको पश्चिम दिशास्थित विष्णुदेवी बखु क्षेत्रमा रहेकाले पार्टीको निर्णय अनुसार उम्मेदवार बनेको हुँ ।
तपाईंले स्थानीय नेताहरुको भाग खोस्न आउनु भएको पर्यटक उम्मेदवार भनिन्छ । यसमा तपाईंको के भनाई छ ?
—स्थानीय नेताहरुको भाग खोस्ने गरी पार्टीले मलाई उम्मेदवार बनाएको होइन । म यँही बसोबास गर्ने स्थानीय बासिन्दा हुँ । म बाग्लुङमा जन्मे पनि मेरो पुख्र्याैली थातथलो यही वागमती उपत्यका (स्वनिगः) नै हो । मेरो पुर्खाहरु आफ्नो थातथलोबाट विस्थापित हुँदै बाग्लुङमा पुगे पनि अहिले म मेरो मातृभूमि खोज्दै यस क्षेत्रमा आएको हुँ । वि.सं. २०४५ सालदेखि निरन्तर रुपमा मैले यही क्षेत्रमा रहेर विद्यार्थी राजनीतिदेखि भूमिगतकालका अधिंकाश जीवन बिताएको छु । मेरा लागि यस क्षेत्रका हरेक कुनाकाप्चाहरु पानी पँधेराजस्तै समान छ । यस क्षेत्रमा पार्टीका उपल्ला तहका नेताहरु आएकाले स्थानीय नेतृत्व नजन्मने भन्ने गुनासो सही नै हो । तर वामपन्थी गठबन्धनका कारणले अहिले मेरो उम्मेदवारी परे पनि आउँदो दिनहरुमा स्थानीय सक्षम नेताहरुले नै यो अवसर पाउछँन् । आउने दिनहरुमा स्थानीय नेता जन्माउनको लागि मेरो पद र जिम्मेवारीबाट पूरापूर सहयोग हुने प्रतिबद्धता ब्यक्त गर्छु ।
तपाईंको पार्टीको अध्यक्ष प्रचण्डलाई तेस्रो नम्बरमा पु¥याउने क्षेत्र नं.१० का जनताले तपाईंलाई जिताउँछ भन्ने विश्वास छ ? अथवा तपाईलाई किन भोट दिने ?
—वि.सं. २०६४ सालको चुनावमा हाम्रो नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यहाँका न्यायप्रेमी जनताले विजयी बनाएको हो । तर वि.सं. २०७० सालमा उहाँले जित्न नसक्नुको मूल कारण हामी एकताबद्ध नभएकाले हो । यस्तै वि.सं २०५६ सालमा पनि नेकपा (एमाले) र नेकपा (माले) विभाजित हुँदा पनि वामपन्थी उम्मेदवार पराजित हुनपुगेको कटुयथार्थ हामी सामू छ । एकताबद्ध पार्टी विभाजित हुँदा जनता, कार्यकर्ताहरु निराश बन्ने हुँदो रहेछ । जस्को परिमाणले उहाँ पराजित हुनुभयो । अहिले त्यस्तो स्थिति छैन । ठूल्ठूला विभाजित माओवादी घटकहरु एकताबद्ध भएका छन् । त्यस्मा पनि नेपालका ठूला वामपन्थी घटकहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकताको संघारमा छ । पार्टी एकताको उद्देश्यसहित यी दुई पार्टीबीच चुनावी तालमेल भएको हो । वाम ऊर्वरभूमिको रुपमा रहेको काठमाडांै क्षेत्र नम्बर १०का जनताहरु यो वाम तालमेलपछि ठूलै उत्साह र जाँगरका साथ उठेका छन् । यो जागरणका कारणले जनताले निश्चित रुपमा वाम तालमेलको पक्षमा मतदान गर्नेछ भन्ने मैले सचित्र देखेको छु । शान्ति र समृद्धि, सामाजिक न्याय, स्थिर सरकारको मूल एजेन्डा लिएर आएको यो गठबन्धनको पक्षमा मैले ठूलै जनउभार आउने परिदृश्य देखेको छु । कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी नगरपालिका समावेश भएको यस क्षेत्रका साझा उम्मेदवार प्रतिनिधिसभाको लागि गोलाकार भित्रको हँसिया र हथौडामा चिन्हमा मलाई, प्रदेशसभा ‘क’को लागि गोलाकार भित्रको हँसिया र हथौडामा दिलिप महर्जनलाई र प्रदेशसभा ‘ख’को लागि सूर्य चिन्हमा रमा आलेमगरलाई मतदान गरी अत्याधिक रुपमा विजयी गराउनु हुनेछ भन्ने आशा लिएको छु ।
हिजो एमाले र माओवादी दुई ध्रुवमा विभाजित थियो । आज एकाएक गठबन्धन भयो । यो माथिल्लो तहमा मात्र गठबन्धन भएको हो । स्थानीय तहमा भएको छैन । फुटेको भाँडो जति जोडे पनि निशान बाँकी रहन्छ भन्छ । यसमा तपाईंको के धारणा छ ?
—लामो समयसम्म नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा रह्यो । यो कम्युनिष्ट आन्दोलनको नकारात्मक विरासत हो । यही कारणले गर्दा प्रतिगमनकारी अवसरवादी र यथास्थितिवादीहरुले अवसर प्राप्त ग¥यो । स्थानीय तहको निर्वाचनको जनमतलाई विश्लेषण गर्दा कम्युनिष्टहरु एकताबद्ध हुँदा देशमा स्थिर र समृद्धिको सम्भावना बलियो, विभाजित हँुदा प्रतिगमनकारीहरु र यथास्थितिवादीहरु हावी हुने चित्र देखापर्छ । यो स्थितिको विश्लेषणसहित दुई पार्टीका शिर्षस्थ नेताहरुको दिमागमा पार्टी एकताको आवश्यकता बोध भयो । र, पार्टी एकता संयोजन समितिद्वारा निर्वाचन लगत्तै पार्टी एकता सम्पन्न गर्ने लक्ष्य पाि राखिएको छ । हेर्दा अचानक र आश्चर्यचकित पार्ने गठबन्धन बनेको जस्तो देखिए राष्ट्रिय तथा अन्र्तराष्ट्रिय परिस्थितिका आधारमा परिवर्तनको कार्यदिशामा दुई पार्टी बीच समान धारणा बनेकोले पार्टी एकता सम्भव भएको हो । यो कुनै एकले अर्काेलाई उपयोग गर्ने र सरकारमा जाने सत्तालिप्साको चेतनामा बनेको गठबन्धन होइन । विचार र राजनीतिकै आधारमा पार्टी एकता गर्ने उद्देश्य छ । माथिल्लो तहबाट हुँदै तलसम्म पार्टी एकताको समायोजन प्रक्रिया हुन्छ । त्यसैले माथिल्लो स्तरमा एकता हुने र स्थानीय तहमा नहुने भन्ने
हुँदैन । फुटेको माटोका भाँडा जोडिने स्थिति त हुँदैन तर दुई बलिया फलामहरु वेल्डिङ ग¥यो भने पहिलाको भन्दा पक्कै पनि मजबुत, बलियो र टिकाउ हुन्छ । यसमा कुनै शंका लिनुपर्ने आवश्यकता छैन ।
तपाईंको हिजोका सहयात्री सुरेश श्रेष्ठ र पंचलाल महर्जन पनि उम्मेदवार हुनुभएको
छ । उहाँहरुको उम्मेदवारीले तपाईंलाई कतिको असर पार्न सक्छ ?
—हिजो हाम्रै पार्टीमा क. सुरेश श्रेष्ठ र पन्चलाल महर्जन हुनुहुन्थ्यो । उहाँहरु अहिले अलग थलग रुपमा स–सानो समूहमा रहनुभएको छ । विचार र सिद्धान्तको गठजोडमा भन्दा पनि बयक्तिक असन्तुष्टि र संकीर्णताले कसैलाई पनि भलो गर्दैन । त्यसमा पनि उहाँहरुको त्यति सा¥हो जनाधार छैन । कार्यकर्ताहरु पनि त्यति छैन । त्यसैले यो निर्वाचनमा उहाँहरुका कारणले न्यायप्रेमी जनताहरु दिग्भ्रमित र अन्योल हुनुपर्ने कुनै पनि जायज आवश्यकता छैन । उहाँहरुका उपस्थितिले त्यति ठूलो अप्ठ्यारो पर्ने मैले देखेको छैन । उहाँहरुलाई मेरो आग्रह र अनुरोध छ, कम्युनिष्ट एकताको महान प्रक्रियामा आप्mना आग्रह र संकीर्णतालाई परित्याग गरी पार्टी एकताको अभियानमा समाहित हुन हार्दिकताका साथ आग्रह गर्दछु ।
अन्तमा केही भन्नु छ कि ?
—अन्तमा, यस क्षेत्रको लोकप्रिय पत्रिका कीर्तिपुर सन्देशद्वारा काठमाडांै क्षेत्र नम्बर १०का जनतालाई जागृत गराउनको लागि ठूलो योगदान पु¥याएको अनुभूति गरेको छु । यो निर्वाचनको प्रक्रियामा पनि त्यही किसिमले जनतालाई जागृत र उत्साह पैदा गर्न कीर्तिपुर सन्देशले आफ्नो अह्म भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएको छु । धन्यवाद
Published on Kirtipur Sandesh Weekly Issue 321 Date 2074 Kartik 29

No comments:
Post a Comment