ताण्डव सिण्डिकेटको
—म. केशव
शब्दावली र परिभाषा
अंग्रेजी शब्द “सिण्डिकेट” ग्रीक, ल्याटिन तथा फ्रेञ्च शब्द भण्डारबाट आयातित शब्दावली हो, जसको अर्थ व्यक्ति तथा व्यवसायिक संस्थाको समूह हो भन्ने बुझिन्छ । “सिण्डिकेट” र “कार्टेल” उस्तै उस्तै लाग्ने अनेकार्थी शब्द जस्ता लागे पनि अर्थशास्त्रीय दृष्टिकोणबाट नितान्त भिन्न अर्थ दिने पदावली हुन् । वेबस्टर बृहत्त अंग्रेजी शब्दकोषमा सिण्डिकेट को अनेकार्थी शब्दका रूपमा माफिया, ग्याङ्ग आदि शब्दावली प्रयोग गरेको पाइन्छ । सरल भाषामा अथ्र्याउदा, निश्चित व्यक्ति वा व्यवसायिक समूहका लाभार्थ अन्यलाई तीनका स्वीकृति वेगर बन्देज गर्ने हेतुले खडा गरिएको निश्चित स्वार्थसहितको समूह वा गुट नै “सिण्डिकेट” हो । सिण्डिकोटको उग्ररूप कार्टेल वा कार्टेलिङ हो । यसको अर्को रूप (द्यबिअप ःयलयउयथि० कालो एकाधिकार हो । नेपालमा विविध प्रकारका सिण्डिकेट वा कालो एकाधिकार विद्यमान छन् । सिण्डिकेट सरकारी वा निजी दुवै क्षेत्रले नेपालमा अभ्यास गरेको पाइन्छ । शिक्षालय, चिकित्सालय, औषधी निर्माण, सञ्चार उद्योग, छापा, बैकिङ्ग, वितरण च्यानल, निर्माण व्यवसाय, मनोरञ्जन उद्योग, पुँजीको बाडँफाँड,बौद्धिक बुद्धिविलास आदि नेपालमा फस्टाएका सिण्डिकेटका फाँटहरू हुन् ।
वर्तमान स्थिति
पञ्चायत कालमा सुषुप्ट अवस्थामा सञ्चालनमा रहेको सिण्डिकेट धन्दा वि.स २०४६ सालपश्चात संस्थागत हुन थाल्यो । नेपालमा सर्वाधिक शक्तिशाली सिण्डिकेट कायम भएको उद्योग व्यवसाय यातायात उद्योग नै हो । नेपाली रकमी वा झर्रो शब्द प्रयोग गर्ने हो भने सिण्डिकेटलाई लालमण्डले भन्दा अतियुक्ति नहोला । किनकी फरक फरक लाल झण्डा र दण्डा मुनी यो संरक्षित छ । सरकारका मातहतमा रहेका ट्रलीवस, साझा यातायात, रोपवे आदिको चिरहरण पश्चात जव देहावसान भयो त्यसैको चिहानमाथि ताण्डव गरी निहित स्वार्थधारी नव अर्थ पिपाशुका झुण्ड र मुण्डले ०६२÷०६३ सालको आन्दोलन पछि सिण्डिकेट सिनोलाई राजनीतिक फ्रिजमा राखी ताजा राखिराखेको छर्लङ्गै छ । काठमाडौं उपत्यकाका सडकमा खेल्ने लाखौं सार्वजनिक यातायातको मुलुकैभरी अर्वौको लगानी रहेकोमा दुई मत नहोला । समितिका नाममा सिमित व्यक्ति तथा समूहका लगानीको स्रोत सेतो अथवा कालो कस्तो छ त्यसको जिम्मा अनुसन्धान विभाग, अख्तियार तथा सम्पत्ति सुदृढिकरण छानविनकै क्रममा होला ।
हातका सवै औला जसरी समान र बरावर हुँदैनन् । त्यसरी नै सबै समिति वा यातायात व्यवसायी ठगालु नै हुन भनी एउटै ठेकीमा राखिनु सहि नहोला । राज्यले प्रदान गरेको सम्पत्ति सम्बन्धि अधिकारको पनि सरकारले हेक्का नराखी हुन्न । यसो भनी रहँदा भाँडभैलो गर्न पाउनु पर्ने नैसंर्गिक अधिकार सम्झिनु सत्य होइन । बहुजन हिताय् बहुजन सुखाय् राज्यले अंगिकार गर्ने पहिलो र निशर्त राज्य सञ्चालन रणनीति हो । साझा, मयुर, महानगर, अन्नपूर्ण, कीर्तिपुर आदि यातायात संस्थाले राज्यका आव्हानमा काँधमा काँध मिलाएको कतै रोमान्टिक दृष्य देखियो भने कतै राज्य र सिण्डिकेट पक्षधर समिति नायक र खलनायक विच हुने द्वन्दमा देखिने जस्तै दृष्य देखिए । यातायात सिण्डिकेट पक्षधरको आन्दोलन नामक घुर्कि २४ घण्टाभन्दा अधिक टिक्न भने सकेन । केहि सीमित सिण्डिकेट पक्षधरले आफू मातहत रहेका सार्वजनिक यातायातका साधन थन्कायो पनि । तर त्यो लामो समयसम्म कायम रहेन । कर र प्रयोजनका आधारमा रातो नम्बर प्लेटका साधनलाई सरकारले दवाव सृजना गर्न सक्दैन निजी सम्पत्तिको अधिकारका आधारमा तर यो तर्क कालो नम्बर प्लेट धारी सार्वजनिक यातायातमा आकर्षित हुन नसक्ला ।
सिण्डिकेटको फल
दोष र गुणका आधारमा कुनै मुद्दा वा विषयबस्तुमाथि समर्थन वा विरोध जनाउनु लोकसंगत होला । सिण्डिकेटको विकासे वगानमा यातायात बृक्ष नगदे वालीका रूपमा मुलुकैभरी विस्तारित भैसकेको अवस्था विद्यमान छ । यस्तै प्रकार सिण्डिकेटका बीउविजनले शिक्षालय, चिकित्सालय, औषधी निर्माण, सञ्चा, छापा आदि फाँटमा समेत ०६२÷६३ पछि प्रचुर मात्रामा खेतीपाती भएको स्पष्ट छ । सिण्डिकेटले आमन्त्रणा गरेका परिणाम बुँढागत रूपमा प्रस्तुत छ ः
१. निश्चित र सीमित व्यक्ति÷समूहको कालो एकाधिकारका कारण दिनप्रतिदिन उपभोक्ता समस्याको जाँतोमा पिल्सिरहनु परेको छ ।
२. समितिमा आवद्धवाहेक अन्यलाई सेवा प्रवेशमा गैरकानुनी निषेध गरीने हुँदा लाभग्राही प्रतिस्पर्धात्मक लाभ ग्रहण गर्न वञ्चित छन् ।
३. कालो एकाधिकारका कारण मंहगो सेवा शुल्क तिर्न बाध्यकारी छन् ।
४. सिण्डिकेटको मलजल र संरक्षणको नाममा संस्थागत तर बढ्दो भ्रष्टाचार उच्च विन्दुमा छ ।
५. नेपालमा सिण्डिकेट अब कार्टेलिङ्गमा परिणत भैसकेको छ जसले निश्चित माफिया वा गिरोहलाई मात्र लाभाशं वितरण गरिरहेकोछ ।
६. टाउकोमा लगाउनु पर्ने ओखती नाइटोमा लगाएर हुन्न । सरकारले समस्या रूखका हागाविगामा देखाएको छ तर रोग जमिनमुनीको जरामा छ ।
उपचार र सम्बोधन
हावा नचलिकन पात हल्लिदैन । उपचाररहित कुनै रोग संसारमा हुँदैन । मुलुकका सिण्डिकेट र कार्टेलिङका प्रशस्त जिवाणुहरू जताजतै यत्रतत्र फैलिसकेको छ । साधारण सिटामोलले त्यस्ता जिवाणुहरूको सफाया नहुने पक्का छ । निश्चिय नै सवैले यो अभियानमा साथ, सद्भाव र समर्थन जनाउने छैनन् । जङगल र अन्धकार घना हुँदैमा विजय प्राप्त गर्न सकिदैन भन्ने होइन । जव सानो झिल्को बल्दछ, जङ्गल र अन्धकार जतिसुकै घना किन नहोस्, सखाप हुन समय लाग्दैन । सिण्डिकेट रूपी हात्ती जतिसुकै भिमकाय होस् सानो अंकुश काफि हुन्छ नियन्त्रणका लागि । चलचित्र सिण्डिकेटमा यसका पक्षधर व्यवसायी र सरकारविच अन्तिम द्वन्द चलिरहेको छ । नायक को खलनायक को नागरिकको सक्रिय वा निस्क्रिय भूमिकाले अबका केहि दिनहरूले प्रष्ट्याउने नै छ । प्रारम्भिक प्रहरमा उपचार र सम्बोधन खोजियो भने सरल नै होला तर जति ढिला हुँदै जान्छ सकसको पारो बढ्दै नै जानेछ ।
(लेखक अर्थशास्त्र विषयका अध्यापक हुनुहुन्छ ।)

No comments:
Post a Comment