Monday, December 17, 2018

सामाजिक परिवर्तनको सवालमा

सामाजिक परिवर्तनको सवालमा



















चन्द्रमान बज्राचार्य

अहिले हाम्रो समाजमा परिवर्तनको माग चर्किंदो छ । तर चाहना र कामनाले मात्र कुनै पनि माग पूर्ति हुँदैन । त्यसको लागि खास प्रक्रिया पु¥याउनु नितान्त आवश्यक हुन्छ ।

परिवर्तन प्रकृतिको नियम हो । तसर्थ मान्छेको समाजमा पनि परिवर्तन भइरहन्छ । एकजना लेखकले समाज परिवर्तनबारे एउटा घटनाद्वारा समाजको सटीक चित्रण यसरी गरेका छन् ( एउटा चौतारास्थित वरपिपलको महत्व कति हन्छ, त्यो हामी सबैले महसूस गरेकै कुरा हो । एकचोटि एउटा मूर्खले आफ्नो बन्चरोले उक्त रूख काटिरहँदा त्यही ठाउँबाट एकजना ‘क’ पात्र आयो । उसले मूर्खले रूख काटिरहेकोमा कुनै ध्यान नै दिएन र सरासर हिँड्यो ।

अर्को ‘ख’ पात्र त्यही बाटो भएर आयो र उसले रूख काटिरहेको पुलुक्क हे¥यो मात्र र सरासर गयो ।

अर्को ‘ग’ पात्र आयो र उसले त्यो मूर्खसँग भन्यो, “ए फलाना ! रूख काटिरहेको ? ठीक छ, ठीक छ, राम्रो छ, रूख त काट्नै पर्ने हो । धेरै राम्रो काम ग¥यौ । मेरो त फुर्सद छैन, ल जाऊँ है ?” यत्ति भनी ऊ आफ्नो बाटो लाग्यो ।

अर्को ‘घ’ पात्र पनि त्यही बाटो भएर आयो । उसले त्यो रूख काटिरहेको देखेर त्यो मूर्खप्रति असाध्यै घृणा र क्रुद्ध भयो र मूर्खलाई सरासर गएर ड्यामका ड्याम ठोक्न मन लाग्यो तर त्यो मूर्ख मान्छे आफूभन्दा बलियो हट्ठाकट्ठा देखिएकोले उसले ठोक्ने काम गर्ने साहस गरेन र खिन्न भई विस्तारै त्यहाँबाट केही नबोली आफ्नो कामतिर
हिँड्यो ।

अन्तमा ‘ङ’ पात्र त्यही बाटो भएर आयो र उसलाई त्यो मूर्ख मान्छेले रूख काटिरहेको देखेर एक्कैचोटि झनक रिस उठ्यो र रिसले दगुर्दै गई त्यो मूर्खलाई ड्यामका ड्याम हान्यो र रूखलाई ढल्नबाट बचाइदियो ।

यो एउटा सम्भावित घटना हो । यो घटनाभित्र समाजको यथार्थवादी चित्रण छ । यसभित्र समस्या छ, समस्याको समाधान पनि स्पष्ट दिइएको छ । हाम्रो समाजमा ‘क’ पात्र देखि ‘ङ’ पात्र सम्मका थरीथरीका मान्छेहरू विद्यमान छन् । यी ‘क,ख,ग,घ,ङ’ पात्रहरू मध्येमा कुन चाहिँ पात्रको प्रवृत्ति हाम्रो समाजका मान्छेहरूमा अत्यधिक मात्रामा रहेका छन् ? समाजको अध्ययन गर्नु जरूरी छ ।

‘क’ यस्तो पात्र हो जसलाई अलिकति पनि समाजमा घटिरहने घटनाको मतलब हुँदैन । मानौं उसलाई समाजको कुनै अर्थ छैन । समाजबारे चेतनाहीन छ । ‘ख’ पात्रलाई सामाजिक घटनाबारे अत्यन्त न्यून मात्रामा मात्र चासो छ, चेतना छ । तर जागृत अवस्थामा छैन । ‘ग’ पात्र सामाजिक घटनाबारे चासो राख्ने गरे पनि मान्छे भने नकारात्मक र चरम अवसरवादी छ र सबैलाई मिल्ने गरी टाकटुक व्यवहार गर्छ । र बेसारे भई काम गर्छ । त्यस्तो मान्छेलाई बेसारे भन्ने पनि प्रचलन छ । ‘घ’ पात्र इमान्दार छ, सकारात्मक छ, परिवर्तनप्रति जोश जाँगर छ तर हीन भावनाको कारणले परिवर्तनको लागि आफू होमिने साहस गर्दैन । ‘ङ’ पात्र अत्यन्त इमान्दार छ आफूलाईभन्दा समाजलाई बढी महत्व दिन्छ । सामाजिक विसंगति विकृति विरूद्ध लड्न तयार छ । शारीरिक तन्दुरूस्तीको कारण दुस्मनसित मुकाविला गर्न अग्रसर हुने गर्दछ र समाजलाई बचाएर लगातार अगाडि बढाउन तयार छ । यी विविध पात्रहरू मध्ये तपाईँ हामी कुन चाहिँ पात्र अनुसारको चरित्रका हौं । आत्म विश्लेषण, संश्लेषण गर्नु आवश्यक छ ।

निश्चय पनि ‘क’ पात्र अनुसारका चरित्रका मान्छे हाम्रो समाजमा अहिलेसम्म पनि अत्यधिक मात्रामा विद्यमान
रहेका छन् भने ‘ख’ पात्रको चरित्र बोक्ने मान्छेहरू पनि समाजमा अत्यधिक मात्रामा छन् । संख्याको आधारमा ‘क’ र ‘ख’ पात्रको तुलनामा कमी भए पनि ‘ग’ पात्रजस्ता मान्छेहरू हाम्रो समाजमा जहीँतहीँ देखिरहेका छन् । ‘घ’ पात्रको चरित्रका मान्छेहरू पनि यो समाजमा धेरै नै हुन्छन् तर खोज्नुपर्ने अवस्था भने छ नै त्यस्तै गरी ‘ङ’ पात्र जस्ता मान्छेहरू पनि जताततै छन् र हुन्छन् तर फेला पार्न अलिकति मुस्किल त  पर्छ नै ।

यी पात्रहरूमध्ये समाजको लागि सबभन्दा शत्रु त्यो मूर्ख मान्छे जस्ता चरित्रका मान्छे नै हुन् भने त्यस्ता असामाजिक मान्छेलाई ‘ग’ पात्रको अवसरवादी प्रवृत्तिका बेसारेहरूको भूमिका कम खराबी र खतरनाक हुन्छ भन्नु सामान्य गल्ति हुँदैन । यस्तै खाले बेसारे प्रवृतिका मान्छेहरूकै कारण असामाजिक तत्वहरूले असामाजिक काम गर्नमा अत्यधिक हौसला पाउने हो । तसर्थ मूर्ख मान्छे मात्र समाजको शत्रु हुँदैन । यो बेसारे प्रवृत्तिको ‘ग’ पात्रहरू झनै समाजको दुस्मन हुन्छन् । यस्तैका सहयोग पाएर मूर्ख मान्छेहरू सामाजिक अहितका कामहरू गर्दछन् । समाजको सकारात्मक परिवर्तनमा मूर्ख मान्छेको भूमिका सीधै समाज विरोधी प्रवृत्तिको हुन्छ भने ‘ग’ पात्रहरूको भूमिका त्यस काममा मलजल हाल्ने सरह हुन्छ । यी दुईटै प्रवृत्तिको विरूद्धको क्रान्तिकारी स्वभाव ‘ङ’ पात्रमा पाइन्छ । समाजको सकारात्मक परिवर्तनको लागि उसको भूमिका अनिवार्य छ । यसरी उसको भूमिका भनेको सीधै मूर्ख मान्छे र ‘ग’ पात्रको भूमिकाको विरूद्ध छ । तसर्थ यी दुई तत्वबीच समाजमा द्वन्द्व चलिरहन्छ । यो कुरा हाम्रो समाजको गहिरो अध्ययन गरेमा प्रष्ट हुन्छ ।

भूपरिवेष्ठित हाम्रो देश समस्या परिवेष्ठित पनि छ । तर समाजमा परिवर्तन ल्याउने कुरा सबैले बोल्ने गरे तापनि समाजलाई खासै बदल्न नचाहने तत्वहरू पनि रहेका हुन्छन् हाम्रो समाजमा । र समाजलाई परम्परामुक्त आधुनिक र प्रगतिशील होइन, परम्पराग्रस्त बनाउन चाहन्छन् तिनीहरू । तर ‘ङ’ पात्र जस्ता मान्छेहरू भने समाजलाई पूरै बदल्न चाहन्छन् । तसर्थ समाजलाई पछाडि धकेल्ने, समाजलाई यथास्थितिमा राख्ने, समाजमा अलि सुधारवादी परिवर्तन गर्ने र समाजलाई क्रान्तिकारी परिवर्तन गर्ने विभिन्न विचारहरू हाम्रो समाजका मान्छेहरूमा पाइन्छन् र ती विचारहरू बीच संघर्ष भइरहेका छन् । यसै अनुसार मठमन्दिरहरू, विहारहरू, सामाजिक संघसंस्थाहरू, आर्थिक क्रियाकलापहरू, राजनैतिक संगठनहरू देशभित्र छ्याप्छ्याप्ती निर्माण भएका छन् र हुँदै पनि छन् ।

मुट्ठिभर नेताहरू नेपालमा क्रान्तिकारी सामाजिक परिवर्तनको विपक्षमा छन् भने व्यापक नेपाली जनता क्रान्तिकारी परिवर्तनको लागि होमि तयार थिए र छन् पनि तर दुःखको कुरो यो छ कि ‘ङ’ पात्र जस्ता इमान्दार महान् व्यक्तिको नेतृत्वको यो देशमा सर्वाधिक अभाव छ । तसर्थ हाम्रो समाजभित्र धार्मिक, सामाजिक, राजनैतिक, ठगहरू, बेइमानहरू, धोकेवाजहरूले एकछत्त राज गरिरहेका छन् । र त्यसको विरोधको कार्य ज्यादै कम मात्रामा भइरहेका छन् । मैले समाजभित्रका ‘ङ’ पात्रहरूलाई यत्रतत्र खोजिरहेको छु तर पाउन मुस्किल भइरहेको छ । तिनीहरूसित हात मिलाउन खोजिरहेको छु । तर हात मिलाउन अन्कनाउनेहरू पनि छन् । तसर्थ ठूलो स्वरले उद्घोष गर्न मन लाग्छ - यो देशको, यो समाजको सकारात्मक परिवर्तनका खातिर होमिने कोही छ ?

‘ङ’ पात्रले रूख बचाएभैंm हामी पनि हाम्रो समाजलाई बचाउँ र स्वस्थ रूपले समाजलाई अघि बढाऔं । नयाँ संरचनामा नयाँ स्वस्थ समाज बनाउँ जहाँ मानवीय न्याय होस् । मान्छे मान्छेजस्तै भएर बाँच्न पाओस् ।
आज हाम्रो देश र समाजको नेतृत्व पनि ठीक मूर्खहरूको हातमा रहेको छ र पतनको स्थितिबाट गुज्रँदै गइरहेको छ । राजनैतिक, सामाजिक ,धार्मिक, शैक्षिक, व्यापारिक, औद्योगिक, सबै क्षेत्र तहसनहस हँुदैछ ।
राष्टिूयतामाथि झन्झन खेलवाड हुँदैछ र लोकतन्त्र हास्यास्पद बन्दैछ । नेपाल राष्टू स्वाधीन, स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मूलुक भन्न नसुहाउँदो स्थिति छ र भूटान वा सिक्किम वा फिजीको स्वरूप ग्रहण गर्दै
गरेको मूलुकको रूपमा रूपान्तरित हुँदैछ । संघीय लोकतन्त्रको स्थापनाको नाममा विकृति बढ्दै गएको छ । लोकतन्त्रको अस्तित्व नै समाप्त पार्ने गरी संविधानसभाको निर्वाचनमा हारेका व्यक्तिहरूको हातमा देशको वागडोर पर्न गएको छ । यी मूर्ख मण्डलीहरूद्वारा आज यो देशलाई समाप्त पारिँदै छ, लुटिँदै छ, बलात्कार गरिँदै छ । तर ‘ङ’ पात्रको स्पष्ट भूमिका देखा पर्न नसक्दा समाजको स्थानिय तहदेखि राष्टिूय स्तरसम्म नै पद, पैसा र प्रतिष्ठिाको प्यासमा मौकामा चौका हान्दैछन् र यो प्रक्रिया अनियन्त्रित बन्दै गएको छ । के माओवादीको राष्टिूय स्वाधिनता र नागरिक सर्वोच्चताको आन्दोलनको वर्तमान स्वरूपले मात्र यसको सुपरिणाम निस्किएला र ? के यही नै सामाजिक परिवर्तनको सवालमा सार्थकता प्राप्त हुने हो ?

आज देशको सम्पूर्ण क्षेत्र प्रगतिशीलहरूको हातमा होइन यथास्थितिवादी र प्रतिगामी—हरूको कब्जामा परेको छ । सर्वसाधारण जनताको चाहना ‘ङ’ पात्र हो ( ‘ङ’ पात्र जस्ता इमान्दार क्रान्तिकारी शक्तिको माग यत्रतत्र भइरहेको छ । तर त्यस्ता व्यक्तिहरू पाउन भने निकै कठिन भइरहेको छ । ओंठमा ‘क्रान्ति’ शब्द प्रिय भएपनि व्यवहारमा भने क्रान्तिविरोधी घोर व्यक्तिवादी भइरहेको छ । समाजको हरेक तप्कामा पाखण्डी, फटाहा, ठग, बदमास धूर्तहरूले इमान्दार सोझासीधा जनसमूदायलाई ठगिरहेकै छन् । तसर्थ हाम्रो वर्तमान नेपाली समाज स्वस्थ छैन र दिनपरदिन अस्वस्थ हुँदै विरामी परेको छ । ‘ङ’ पात्र जस्ता अदम्य र इमान्दार नेतृत्व नपाएर सोझासीधा जनता निराश र हतास हुँदै गइरहेका छन् । किनकतै पनि सामाजिक परिवर्तनको अनुभूति सर्वसाधारण जनताले गर्न पाएन ? यसको ज्ञान हुनु नितान्त जरूरी छ ।

पञ्चायती भूत सवार भइरहेको अवस्थामा प्रगतिशील राजनैतिक फाँटका कार्यकर्ताहरूबीच जनताको सेवा गर भन्ने संस्कृतिको खूब प्रचारित थियो । त्यही संस्कृति अनुरूप हामीहरूले जनताको सेवा गर्र्नुपर्छ भन्ने मनमस्तिष्कले लेस संस्कृति संस्कारको व्याप्ति पाइन्थ्यो । तर राजनैतिक वातावरण जसरी खुलापनले छायो मान्छे घोर व्यक्तिवादी बन्दै गए र सबका सब नेता करोडपति अरबपति भए । तर जनता भने भोकपति र रोगपति भए । अब यो देश कसको भन्ने प्रश्नको जवाफमा जनताको होइन नेताहरूको मात्र देश भयो । अब यो देशका रोगग्रस्त र भोकग्रस्त जनताको कुनै मूल्य भएन तर जनतालाई ठग्ने देशलाई वर्वादी पार्ने नेताहरूको भने रामराज्य भइरहेको छ । नेताहरूको लागि विदेशमा औषधि उपचार भ्रमणको लागि राज्य कोषबाट जति पनि रकम तयार भएको हुन्छ ।

सर्वसाधारण जनता भने हिस्स छन् । आखिर मूर्खहरू रूख काटिरहेकाकाटिरहेकै छन् । मूर्खहरूको राज कायमै छ । एउटा मूर्खको राज्य गायब हुन्छ अर्को महामूर्खको राज्य चलिरहेको छ । स्थानिय तहदेखि राष्टिूय तहसम्मको नेपाली समाजको संरचना यसरी नै बनेका छन् । ‘ङ’ पात्रको प्राप्तिको आशामा आफ्नो समाजको वरिपरि भित्रबाहिर जहाँ पनि जहिले पनि खोजिहिँडिरहन्छु, प्रस्ताव राख्छु समाजमा ‘ङ’ पात्रको भूमिका खेल्न अलिकति समय खर्चिनको लागि, त्याग गर्नको लागि, तर जवाफ प्राप्त हुन्छ ( हेरौं र विचार गरौं । जब समाजमा ‘ङ’ पात्र नै झण्डै सुन्य भइदिन्छ त रूखको संरक्षण कसरी हुन्छ ? समाजको भलो कसरी हुन्छ ? के रूख काट्ने मूर्खहरूको शासनको अन्त्य र ‘ङ’ पात्रको सशक्त भूमिका स्थापित गर्नु आजको तात्कालिक समस्या होइन र ?

No comments:

Post a Comment