Friday, December 21, 2018

उपन्यास— जिन्दगीका छालहरु —२

उपन्यास— जिन्दगीका छालहरु —२
Writen by Najar Ram Maharjan


दुबैजनासँगै तल ओर्ले । बाहिर पानी परिरहेकै थियो । विक्रमसँग छाता थिएन । पार्वतीसँग छाता थियो । बस चढ्न विक्रम बाटोको पारी जानुपर्दथ्यो । पार्वतीले उसलाई आफ्नो छातामा राखेर बसस्टप पु¥याउन गइन् अर्थात् दुबैजना एउटै छातामा नारिएर आए । एउटै छातामा आउँदा दुबैजनाको शरीरको स्पर्श भयो । विक्रमको शरीरमा नयाँ किसिमको तरंग तरंगित भयो । उसलाई रमाइलो लाग्यो । पार्वतीको मुहार रातो भयो । विक्रमलाई पार्वतीसँग छुट्टिन मन लागिरहेको थिएन ।

“पार्वती, पानी परिरहेको छ । एक–एक कप चिया पिउँ न जाउँ ।” विक्रमले प्रस्ताव राख्यो ।

“चिया पिउन मसँग पैसा छैन । चियाको पैसा तिरें भने पैदलै कोठामा जानु पर्नेछ ।” पार्वतीले नढाँँटीकन आफ्नो वाध्यता पोखिन् ।

उनको यो स्पष्टवादिता विक्रमलाई मन प¥यो । उसले पार्वतीलाई ढाडस दिंदै भन्यो, “चिया खान मैले निमन्त्रणा दिएको हुँ । म पैसा तिरी हाल्छु नि । जाउँ ।”
दुबैजना एउटा मिठाई पसलमा गए । विक्रमले समोसा र चिया अर्डर दियो । दुबैजना कुमकुम जोडेर बसे ।
“तपाईंको घरपति बाले जमानी दिनुहुन्छ होला ?” पार्वतीले फेरि सोधिन् ।
पार्वतीको प्रश्नले विक्रम छक्क प¥यो । उनी घरीघरी यही प्रश्न दोहो¥याइरहेकी थिइन् । घरपति र उसको के सम्बन्ध छ उनलाई के थाहा ? नत्र साधारण घरपतिले डेरामा बस्नेको लागि किन धरौटी दिन्छ ? यदि घरपतिबाले जमानी दिनु भएन भने उसले काम पाउँदैन । पार्वतीलाई उसको कति चिन्ता छ । उसलाई पनि पार्वतीको चिन्ता लाग्न थालिसकेको थियो । उसले काम पायो भने पार्वतीलाई पनि काम दिने विचारले त उनको मोबाईल नम्बर लिएको ।

“मलाई पूरा विश्वास छ घरपतिबाले मलाई विश्वास गर्नु हुनेछ । मेरो लागि अवश्य जमानी बसी दिनु हुनेछ ।” विक्रमले दृढ निश्चयका साथ भन्यो ।
उसको कुरा सुनेर पार्वतीको मुहार उज्यालो भयो । मुखमा हालेको समोसा निलेर पार्वतीले सोधिन्, “हिजो अस्ति तपाईं के काम गर्नुहुन्थ्यो ?”

“के गर्ने नि ? ज्यामी काम गर्थें । घर बनाउने ठाउँमा ईट्टा, वालुवा, सिमेन्ट बोक्ने, सिमेन्ट घोल्ने काम गर्थें । त्यो काम पनि सँधै पाउने होइन । त्यसैले त नोकरी खोज्दै हिंडेको ।” विक्रमले आफ्नो कुरा भनेर पार्वतीसँग सोध्यो, “तपाईं के काम गर्नुहुन्थ्यो नि ?”

“खानपिनको लागि दिदी भिनाजुले दिनुहुन्थ्यो । फर्माइसी खर्चको लागि एक पैसा हु“दैनथ्यो । दिदी सुत्केरी भएपछि त भिनाजुलाई ऋण लागेछ । त्यसैले म पनि त्यहीं नजिक घर बनाइरहेको ठाउँमा काम गर्न गएँ । त्यहिं काम गरेर यो मोबाईल किनेको थिएँ । ज्यामी काम राम्रो भए पनि हामीजस्ता तरुनी केटीहरूलाई नाईके र डकर्मीहरूले नराम्रो आँखाले हेर्दा रहेछन् । मसँगै काम गर्ने अर्की केटीलाई त डकर्मीले खेलौना बनाइ सक्यो । एक महिनापछि त्यो घर बनाउन सकेपछि मिस्त्रीले अर्को ठाउँमा काम गर्न बोलाउनु भएको थियो । दुई दिन गएँ । काम गर्ने ठाउँ टाढा भएकोले गइनं ।”

उनीहरू निकैबेर कु्राकानी गरिरहेको देखेर होटलका केटाले छिन छिनमा अरू के ल्याउँ भनेर सोध्न आइरह््यो । त्यसको अर्थ विक्रमले बुझ्यो । उसले पैसा तिरेर बाहिर आए । बाहिर पानी पर्न बन्द भइसकेको थियो ।
“कीर्तिपुर ! कीर्तिपुर !!” एउटा हाइस गाडीको खलासी कराइरह््यो ।
“ल त बहिनी, अब घरतिर लागूँ ।” यति भनि विक्रम हाइसमा बस्न गयो ।
दोबाटोमा उभिएर पार्वतीले विक्रमलाई हात हल्लाएर विदाई गरिन् । विक्रमको बस गुडेपछि मात्र पार्वती बाटो काटेर पश्चिमतिर लागिन् ।

साँझ छ बजेतिर विक्रम घरपति बा भेट्न गयो । सूर्यमान कोठामा बसेर पत्रिका पढिरहेको थियो ।
“नमस्कार बा ।” विक्रमले उसलाई नमस्कार ग¥यो ।
“आजको अन्तर्वार्तामा के भयो ?” सूर्यमानले सोध्यो ।
“अन्तर्वार्ता त दिएर आएँ । काम पनि पाउँलाजस्तो छ । तर एउटा सर्त राखेको छ ।”
“कस्तो सर्त ?”
“त्यहाँ काम पाउन व्यक्ति जमानी या धितो जमानी राख्नु पर्छ रे ।”
“किन ?” आश्चर्यचकित भएर सूर्यमानले सोध्यो ।
“त्यहाँ काम गर्नु भनेको सामान पसल पसलमा गएर बेच्नु हो । त्यसरी सामान बेच्दा हजारौं लाखौं रुपैयाँको सामान उधारो दिनुपर्छ । मैले पैसा उठाएर भाग्यो भने के गर्ने रे ?” विक्रमले निराशभावमा भन्यो, “मजस्तो सुकुमवासी मान्छेले के जमानी दिने ?”
“अनि तलब कति दिने भनेको छ ?”
“महिनाको दश हजार रुपैयाँ तलब, जति सामान बेच्यो त्यसको एक प्रतिशत कमिशन दिने रे ।”
“तिमीलाई सामान बेच्ने आँट छ ?”
“आँट त छ तर अनुभव छैन ।”
“अब कहिले बोलाएको छ ?”
“यदि धितो या व्यक्ति जमानी दिने हो भने अर्को हप्ता सोमबार आउनु भनेकोे छ ।”
“तिमीले आफ्नो विगतको बारे अरू कसैलाई बताएको त छैन नि ?”
“छैन”
“तिमी आफ्नो खुट्टामा नउभिएसम्म कसैलाई नभत्रु । यो धेरै राम्रो काम हो । यो एउटा व्यापार नै भने पनि हुन्छ । यस्तो मौका चुकाउनु हुँदैन । साहुले जे जमानी माग्छ म दिन्छु । एक हप्तासम्ममा तिमीले कीर्तिपुर क्षेत्रको पसलहरूको तथ्यांक संकलन गर । अर्को हप्ता तिमीसँगै म पनि कम्पनीमा जान्छु ।”
“हुन्छ बा । भोलिदेखि नै म यो काम थाल्छु ।”

“यो तिम्रो जिन्दगीको ठूलो परीक्षा हुनेछ । यस परीक्षामा सफल भयौं भने तिम्रो जिन्दगी बन्छ ।” सूर्यमानले सम्झाउन थाल्यो, “कुनै पनि काम गर्दा इमान्दारीता, लगनशीलता, मेहेनत र मानिस चित्रे क्षमता हुनुपर्छ । काम, क्रोध, लोभ, मोह र अहंकारबाट मुक्त हुनुपर्छ ।”
सूर्यमानकहाँ निकैबेर बसेर विक्रम आफ्नो कोठामा आयो । खाना बनाई खाएर ऊ सुत्यो ।


दुई

विहान सबेरै विक्रमको आँखा खुल्यो । ऊ नित्यकर्म गरेर बाहिर घुम्न निस्कियो । यो उसको दैनिक तालिका थियो । फुर्सदको बेला उसले लामो बाटो पहिल्याउँछ भने काम भएको बेला चाँडै फर्कन्छ । आज विक्रम लामो बाटो घुमेन र फर्कंदा बजारबाट तरकारी पनि किनेर ल्यायो । आज उसको मन स्थिर थिएन ।

विक्रम घरमा आएर खाना बनायो । आठ बजेसम्म खाना पाक्यो । अहिलेदेखि खाना खाएर के गर्ने ? दिउँसो चाँडै भोक लाग्छ । बिहान किराना पसलहरूमा भीड हुन्छ । दश बजेपछि मात्र अलि होलो हुन्छ । पसलमा ग्राहक आइरहेको बेला पसलेले ऊसित कुरा गर्न गाह्रो मान्छ । एक हप्ता समय छँदैछ ।

सूर्यमानसित हिजो बेलुका कुरा भएदेखि उसको मन हर्षित थियो । उसले चाहिने जति मद्दत दिन्छु भनेको थियो । आफै प्रदिप साहुकहाँ आएर कुरा गर्छु भनेको थियो । सूर्यमानले कुरा गरेपछि उसको जागिर पक्का हुनेछ । सूर्यमान अनुभवी मान्छे हो, नहुने काम गर्न भन्दैन । त्यसैले ऊ धेरै खुशी भएको थियो । उसको यो खुशी बा“ड्न उसले मनमनै साथी खोज्यो । उसले पार्वतीलाई सम्झ्यो । उनलाई भोलि विहान फोन गरूँला भनेको पनि थियो । उसले पार्वतीको नम्बर डायल ग¥यो ।

“हेलो नमस्कार विक्रम दाइ ।” पार्वतीको सुरिलो आवाज आयो ।
“ओहो ! मैले हेलो भनेको छैन । मै हुँ भनेर कसरी थाहा पायौं ?”
“आफ्नो मान्छेको नम्बर सेभ गरिराखेपछि थाहा पाउँदैन ? चिया खानु भयो ?”
“भात खाने बेला भइसक्यो । तिम्रो स्मरणशक्तिको ठेली त निकै तेजिलो छ नि ? के गर्दैछौं ?”
“के गर्ने नि । केटी मान्छेको काम चुल्हो चौका गर्ने त हो नि । अहिले एकछिनमा तपाईंको फोन नआएको भए म आफै फोन गर्थें ।”
“हो र ? त्यस्तो विघ्न मलाई सम्झेकी ?”
“अँ, भत्रुुुस् तपाईको घरपति बाले सहयोग गर्ने भयो ?”
“अँ, कम्पनीले चाहेको जमानी या धरौटी दिन राजी हुनुभएको छ । आज कीर्तिपुर क्षेत्रको पसलहरूको तथ्यांङक सङ्कलन गर्न जाँदैछु ।”
“तथ्याँङ्क लिएर के गर्नु हुन्छ ?”
“एकदिन, एकहप्ता र महिनामा कति सामान विक्री हुन्छ हिसाव निकाल्नु पर्छ । त्यही अनुपातमा कम्पनीसँग सम्झौता गर्ने ।”
“शुभकामना, सफलताको लागि । आफ्नो त के गर्ने त्यसरी मद्दत गर्ने कोही छैन ।”
“ल तिमीले पनि कहिलेकहीं फोन गर न ।”
“गरिहाल्छु नि । बरु साहुजी भएपछि फोन उठाउन फुर्सद हुन्छ कि हुँदैन ?”
“हेरूँ न पहिले कसले फोन गर्छ ।” यति भनी विक्रमले फोन राख्यो ।

विक्रम खाना खाएर एउटा कापी र कलम लिएर बाहिर गयो । ऊ पसल पसलमा गएर पसलको नाम नभए साहुको नाम र टेलिफोन नम्बर लेख्न थाल्यो । कति जनाले किन नाम चाहियो भनेर हतपती नामै बताएन । कति जनाले कर कार्यालयबाट कर उठाउन आएको हो कि भनेर शङकाको दृष्टिले हे¥यो । सबैसँग शिष्टताका साथ आपूm आउनाको कारण सामान बेच्नको लागि मात्र आएको भत्रे विश्वास दिलायो । कुन सामान बढी बिक्री हुन्छ सोधेर लेख्दै गयो । अहिले कुन सामान चाहिन्छ भनेर सोध्दा सबै सामान छ । हप्ता दुई हप्ता पछि चाहिन्छ होला भन्यो । पुरानो डिलरले आफ्नो सामानको स्टक सिध्याउन उधारोमा नै भनेजति सामान छाडेर गएका रहेछन् ।

उसले चार दिनसम्म विभित्र ठाउँमा गएर पसलहरूको तथ्यांङ्क सङ्कलन ग¥यो । कतिपय ठाउँमा पुरानो डिलरको मानिस पुगेकै थिएन । उनीहरूले आपूmलाई चाहिने सामान बजारबाटै किनेर ल्याउँथे । उनीहरूले त अहिल्यै सामान ल्याउन अर्डर दिए ।

पांचौं दिन विक्रमले सतुङ्गल र थानकोटसम्म घुम्ने विचार ग¥यो । आपूm सतुङ्गल जाने विचार आउने बित्तिक्कै पार्वतीलाई सम्झ्यो । तुरुन्तै उनको नम्बर डायल ग¥यो ।
“नमस्कार ! सञ्चै हुनुहुन्छ ? के छ हालखवर ?” पार्वतीले प्रश्नै प्रश्न गरिन् ।
“हालखबर त ठिकै छ । मैले कीर्तिपुर क्षेत्रको तथ्याङ्क लिइसकें । तिमीले सतुङ्गलतिरको तथ्यांङ्क लियौं ?”
“लिएको छैन । तथ्यांङ्क लिएर के गर्ने ? आपूmले सामान बेच्न पाउने होइन ।”
“अनि तिमीले मलाई किन फोन नगरेको ?”
“मेरो मोबाईलमा ब्यालेन्स नै छैन ।”
“म आज उता घुम्न आउने विचार गरेको छु । मसँग घुम्ने हो ? तिमीलाई फुर्सद छ ?”
“तपाईंले भत्रु भएपछि फुर्सद निकाल्नै प¥यो नि । भत्रुस् कहाँ भेट्ने ?”
“नैकापको मेनरोडमा बसिरहनु म आउँछु ।”
“छिटो आउनुस् ।” पार्वतीले खुशी हुँदै भनिन् ।
“खाना खाएर एक घण्टा पछि आउ“छु ।” विक्रमले फोन राख्यो ।
विक्रमले खाना खायो । लुगा लगाएर एउटा कापी र कलम लिएर कीर्तिपुरको दीखुतिर लाग्यो । दीखु भएर वीष्णुदेवी मन्दिर हुँदै पैदलै नैकाप गयो । ऊ नैकाप वारी डाँडामा पुग्दा नैकाप पारी मेनरोडमा पार्वती उभिरहेकी देख्यो । उनको आँखा बारम्बार कलङ्कीतिर गइरहेको थियो । सायद विक्रम बसबाट आउँछ भनेर उनले ठानेकी होलिन् । विक्रमलाई पार्वतीसँग जिस्किन मन लाग्यो । उसले पार्वतीलाई फोन ग¥यो ।
“हेलो कहाँ पुग्नुभयो ?”
“सरी पारू, आज म आउन नसक्ने भएँ ।”
“किन के काम आइप¥यो ?”
“एउटा इमरजेन्सी काम आइप¥यो ।”
“नाईं, कतिवेर भइसक्यो नैकापको मूल बाटोमा पर्खिरहेको । छिटो आउनुस् ।”
“सरी पारू, अरू कुनै दिन घुमूँला ।”
“तपाईंको इच्छा । मैले तपाईंलाई घुमाउन सक्ने होइन, बाई ।” यति भनि पार्वतीले फोन बन्द गरिन् । उनको स्वरमा निराश भाव झल्किएको थियो ।
विक्रमले फेरि पार्वतीलाई फोन ग¥यो ।
“के हो ? आज त खूव फोन गर्दै हुनुहुन्छ नि ।” पार्वतीले रिसाएकोजस्तो गरी सोधिन्, “तपाईंको इमरजेन्सी काम सकियो ?”
“मैंयासाहेबको इच्छा पूरा गर्न इमरजेन्सी काम छाडेर आएँ । तिम्रो सिधा डाँडामा हेर त ।” विक्रमले ओरालो लाग्दै भन्यो ।
पार्वतीले बाटोको पारीतिर डाँडामा हेरिन् । ओरालो लागिरहेको विक्रमलाई देखिन् । विक्रमले मजाक गरेको भनेर थाहा पाइन् । उनी मोबाईल बन्द गरेर बाटो काट्दै पारीतिर लागिन् । “कुईइया” एउटा ट्रकले जोडले ब्रेक समात्यो । पार्वती झस्किएर हुत्तिएर विक्रमतिर दौडिन् । ट्रक ड्राइभरले बे्रक नसमातेको भए पार्वतीलाई धूलोपिठो बनाउँथ्यो । आत्तिएर हुत्तिएर आएकी पार्वतीलाई विक्रमले च्याप्प समात्यो । पार्वतीले उसलाई अङ्गालो मारिन् । विक्रमले पनि अङ्गालो मा¥यो ।
“बाटो काट्न पनि आउँदैन कि क्या हो ? पाखे ।” ड्राइभरले मुख छाडेर गयो ।
बाटोमा हिंडिरहेका सबैको आँखा उनीहरूतिर तानिए । विक्रम लाजले भुत्तुक्कै भयो । उसले पार्वतीलाई आपूmबाट अलग्यायो ।

उनीहरू दुबैजना पैदलै सतुङ्गलतिर लाग्यो । विक्रमलाई आपूm किन आएको भत्रे नै विर्सेजस्तो भयो । दुबैजना मौन फटाफट अगाडि लम्किरहे । सतुङ्गलको पुल तरेर अलिकति उकालो गएपछि पार्वतीले एउटा ठूलो घर देखाएर भनिन्, “यो घरको पछाडि मेरो डेरा छ । मेरो डेरामा जाऊँ न ।”
विक्रम यन्त्रवत् रूपमा पार्वतीको पछि लाग्यो । एउटा ठूलो घरको पर्खालको छेउमा एउटा चारफुटे बाटो थियो । त्यो बाटोमा मुस्किलले एउटा मोटरसाईकल छिर्छ होला । त्यो ठूलो घरको ठीक पछाडि नै एउटा तीनतल्ले घर थियो । त्यो घरको भुईतल्लामा पार्वतीको डेरा रहेछ ।

घरभित्र छिर्ने बित्तिक्कै पूर्वतिरको एउटा कोठामा पार्वतीले विक्रमलाई लगिन् । पार्वतीको कोठा त्यही रहेछ । ढोकाको छेउमै पार्वतीको लुगाहरू झुन्ड्याई    राखेको थियो । त्यो सुत्ने कोठा हो कि भान्सा कोठा हो भत्रै गा¥हो थियो । त्यो कोठाको एकातिर एउटा सिंगल बेडको खाट राखेको थियो । त्यसमा एउटा पातलो विछ्यौना राखिएको थियो । एउटा सस्तो खाले तत्राले त्यो विछ्यौनालाई छोपिराखेको थियो । अर्कोतिर एउटा सानो किचेन टेबुल थियो । टेबुलमुनि भाँडाकुँडा राख्ने एउटा तख्ता बनाईराखेको थियो । किचेन टेबलमाथि एउटा फलामको सानो स्टोभ थियो । कोठाको वातावरण र सामानले उनीहरूको दयनीय अवस्थाको चित्रण गरिरहेको थियो । विक्रम ठीङ्ग उभिएर कोठाको निरीक्षण गरिरह््यो । पार्वतीले उसलाई खाटमा बस्न भनिन् ।

  पार्वतीले उनको दिदी दुर्गालाई बोलाएर ल्याइन् । बच्चा च्यापेर दुर्गा कोठामा आइन् । उनले बच्चा समेत उचालेर विक्रमलाई नमस्कार गरिन् । विक्रमले पनि औपचारिकतावस दुर्गालाई नमस्कार ग¥यो ।
“दिदी, उहाँ विक्रम दाइ, अस्ति कालीमाटीमा अन्तर्वार्ता दिन जाँदा चिनजान भएको थियो । उहाँ नवलपरासी जिल्लाको हुनुहुन्छ । अहिले कीर्तिपुरमा कोठा लिएर बसिरहनु भएको छ ।” पार्वतीले फटाफट विक्रमको परिचय दिंदै भनिन्, “उहाँको घरपति बा कति दयालु हुनुहुँदो रहेछ । उहाँको लागि जे जमानी दिन पनि तयार हुनुभएको छ रे ।”
“उहाँको घरपति बा नेवार हुनुहुन्छ होला ।” दुर्गाले भनिन् ।
“हो” विक्रमले जवाफ दियो ।
पार्वतीले स्टोभ बाल्न हावा भर्न लागिन् ।
“स्टोभ बाल्नु पर्दैन । पहिले जुन कामको लागि आएको हो त्यो काम गरूँ । तिम्रो कोठा देखी हालें । दिदीसँग पनि परिचय भइहाल्यो । भोलिपर्सि कुनै दिन फेरि आउँला ।” विक्रमले भन्यो ।

    पार्वतीले स्टोभको हावा खुस्काइन् । वास्तवमा उनले स्टोभ बाल्ने बहाना मात्र गरेकी थिइन् । उनीहरूसँग चिया पकाउने साधन नै थिएन । उनीहरू कहिल्यै चिया खाँदैनन् थिए । चियाको लागि खर्च गर्ने उनीहरूको क्षमता नै थिएन ।
विक्रम पार्वतीलाई लिएर बाहिर निस्क्यो । दुबैजना पसल पसलमा घुमेर पसलको नाम र टेलिफोन नम्बर टिप्दै गए । सतुङ्गलको भित्री बस्तीमा समेत गएर सम्पर्क राखे । त्यसपछि बलम्बु हुँदै थानकोटसम्म घुम्दा साँझ भयो । दुबैजना थानकोटको एउटा खाजा पसलमा गएर खाजा खाए ।
हिंड्दा हिंड्दै विक्रमलाई थकाइ लाग्यो । ऊ बसमा फर्कन चाहन्थ्यो । पार्वती भने गफ गर्दै हिडेर जाने भत्र थालिन् । विक्रमसँग गफ गर्दै हिंड्दा पार्वतीलाई रमाइलो लाग्थ्यो । विक्रमलाई पनि रमाइलै लागिरहेको थियो । पार्वतीले चाहेजस्तै हिंडेरै आए । पार्वतीले आफ्नो गाउँको कुरा, साथीहरूको कुरा सुनाउँदै आइन् । पार्वतीलाई सतुङगलमा छाडेर विक्रम कीर्तिपुरमा आयो ।

    कम्पनीले बोलाएको दिन सूर्यमानलाई लिएर विक्रम कम्पनीमा गयो । अफिसमा पुग्ने बित्तिक्कै विक्रमले पालेलाई आपूm आउनाको कारण बतायो । पालेले भित्र साहुकहाँ खवर दियो । पालेले उनीहरूलाई भित्र जान दिए ।
“नमस्कार सर, म विक्रम चौधरी । १० नं. क्षेत्रमा सामान बेचूँ भनेर आएको ।”
“व्यक्ति जमानी लिएर आएको कि धितो जमानी लिएर आएको ?” प्रदीपमानले सोध्यो ।
“बालाई लिएर आएको छु । उहाँसँग कुरा गर्नुहोस् ।”
“तपाईंको परिचय पाउँ ।” प्रदीपले सूर्यमानतिर हेरेर भन्यो ।
“म सूर्यमान, घर कीर्तिपुर । पहिले म पनि व्यापारी नै थिएँ । हाल समाज सेवा गर्दैछु ।”
“यो भाइ तपाईंको को हो ?”
“भौतिक नातामा ऊ मेरो कोही पनि होइन । भावनात्मक रूपमा ऊ मेरो सबैथोक हुन् । मैले नजन्माएको छोरो हो । उसमा एकजना असल मानिसमा हुनुपर्ने गुण देखेको छु । त्यसैले उसलाई सहयोग गर्न तयार भएको हूँ ।” सूर्यमानले स्पष्टीकरण दिए झै भन्यो ।
“तपाईंसँग भेट्न पाएर म धेरै खुशी भएको छु । तपाईले पनि व्यापार गर्नु भएको छ भने व्यापारको नीति नियम सम्झाउन सजिलो होला । हाम्रो व्यापार भनेको एउटा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामानहरूको व्यापार प्रवद्र्धन गर्ने हो । त्यसको लागि हामीलाई सेल्समैन र सेल्सगर्लहरूको जरुरत परेको थियो । हामी गाडीमा सामान राखेर पठाई दिन्छौं । सामान विक्री गरेर आएको रुपैयाँ साँझ अफिसमा बुझाउने हो । सामान सँधै नगदमा मात्र विक्री हुन्छ भत्रे छैन । उधारो पनि दिनुपर्छ । त्यो अवस्थामा रुपैयाँ उठाएर पनि उठेको छैन भनेर खाइदिन सक्छ । त्यसैले हामीले ग्यारेन्टी मागेका हौ ।”
“तपाईंहरूले काठमाडौं उपत्यकाभरि नै विक्री गर्नु हुन्छ कि खास क्षेत्रमा मात्र ।” सूर्यमानले सोध्यो ।
“हामीले काठमाडौं जिल्ला मात्र पाएका छौं । हामीले काठमाडौं जिल्लालाई निर्वाचन क्षेत्रअनुसार दश वटा क्षेत्रमा विभाजन गरेका छौं । प्रत्येक क्षेत्रको लागि तीस लाख रुपैयाँ धरौटी मागेका छौं ।”
“अनि तलब कसरी दिनुहुन्छ ?” सूर्यमानले जिज्ञासा राख्यो ।
“अहिलेको लागि मासिक तलब दश हजार रुपैयाँ र कमिसन सामान विक्रीको एक प्रतिसत दिनेछौं ।”
“अनि हामीले आफ्नै गाडी प्रयोग ग¥यौं भने कति भाडा दिनुहुन्छ ?”
“तपाईंसँग गाडी छ ?”
“मेरो आफ्नै टाटा मोबाईल गाडी छ ।”
“उसोभए राम्रै भयो । मैले गाडी व्यवस्था गर्नु परेन । गाडी चलेको किलोमिटरको हिसाबले तेल खर्च दिन्छु । गाडी भाडा दिनको एक हजार पाँच सयको दरले दिन्छु ।”
“अनि तपाईंको विक्री लक्ष्य कति हो ? लक्ष्य पूरा भयो भने बोनस कति दिनुहुन्छ ?”
“विक्री लक्ष्य त सबै क्षेत्रमा गरेर एक अरब रुपैयाँको छ । बोनसको सवालमा लक्ष्य पूरा गर्नेलाई खूद नाफाको आठ प्रतिशत दिन्छु । यो सर्त तपाईंलाई मञ्जुर छ ?”
“मञ्जूर छ । हामी कीर्तिपुरका बासिन्दा हौ । काठमाडौंको दश नम्बर क्षेत्र हामी लिन्छौं । हाम्रै गाडीले सामान लैजान्छौं । अब भत्रुस् कुन बैंकको कति रुपैयाँको ग्यारेन्टी दिउँ या घरजग्गा धित्तो राखूँ ?”
“दश नम्बर क्षेत्र पूरा लिनुहुन्छ भने एभरेष्ट बैंकमा तीस लाख रुपैयाँको बैंक ग्यारेन्टी ल्याउनुस् । अनि हामी सम्झौता गरौंला ।”
“कहिलेसम्म ल्याउनु पर्ने ?” सूर्यमानले उत्सुक भएर सोध्यो ।
“एक हप्ताभित्र जहिले बैंक ग्यारेन्टी ल्याउनुहुन्छ सामान दिएर पठाउँछु ।”
“धन्यवाद अहिले हामी जान्छौं । छिट्टै भेट्न आउँछु ।” सूर्यमानले भन्यो ।
विक्रम र सूर्यमान बसबाट घर फर्के । बाटोभरि सूर्यमानले विक्रमलाई व्यापार सम्बन्धी ज्ञान दिंदै आयो । व्यापारमा पैसालाई भन्दा विश्वास र   इमान्दारीतालाई प्राथमिकता दिनुपर्छ । मेहेनत पनि गर्नु पर्छ । विक्रमले टाउको हल्लाई मौन स्वीकृति दियो ।

सूर्यमानले एभरेष्ट बैंक कीर्तिपुरबाट आफ्नो कारोबार गरिरहेको थियो । उसको मुद्दती, बचत खाता सबै त्यही बैंकमा थियो । एकैदिनमा बैंकले बैंक ग्यारेन्टी कागज बनाई दियो ।
बैंक ग्यारेन्टी कागज लिएर विक्रम र सूर्यमान प्रदिप साहुकहाँ गए । सम्झौता पत्र तयार गरेर प्रदीप साहुले र विक्रमले सम्झौता पत्रमा सहि ग¥यो । कम्पनीको तर्फबाट साछीमा मैनेजरले सही ग¥यो । विक्रमको तर्फबाट सूर्यमानले सहि ग¥यो ।

त्यसपछि स्टोरबाट सामान लैजाँदा कसरी हिसाव राख्ने, सामान फिर्ता बुझाउँदा कसरी बुझाउने, बिल कसरी काट्ने सबै कुरा मैनेजरले विक्रमलाई सिकायो ।
विक्रम र सूर्यमान दुबैजना घर आए । सूर्यमानले पनि विक्रमलाई हिसाव किताब राख्ने तरिका सिकायो ।
सूर्यमानले आफ्नो टाटा मोबाईल गाडीलाई ताला लगाउन मिल्ने गरी बन्द डिब्बा जस्तो बनाई दियो ।
विक्रमलाई यी सबै घटना सपना हो कि विपनाजस्तो लागिरहेको थियोे ।
Cont----

No comments:

Post a Comment