डा. चन्द्रमान वज्राचार्य
ईश्वरको अस्तित्वलाई स्वीकार गर्ने र नगर्ने २ थरी मध्ये नेपालका सुप्रसिद्ध महाकवि लक्ष्मीप्रसाद देवकोटाले ईश्वरको अस्तित्वलाई स्वीकारेर उनीबाट हुने श्रृष्टि र संहार २ पक्षमध्ये संहारपक्षको ईश्वरको कामलाई दुःखका साथ विरोध गर्दै ईश्वरको उक्त रहस्य खोल्ने पर्ने पक्षमा लेख्दछन् ( “ईश्वर तैंले रचेर फेरि कसरी विगारिस् ? श्रृष्टिको पूmल रचेर त्यस्तो कसरी लतारिस् ?” अन्तमा उहाँले “हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई” लेख्नुभएको कुरा जगजाहेर छ ।
तर नेपालभाषाका एवं नेपालीभाषाका चर्चित जनकवि दुर्गालाल श्रेष्ठले भने ईश्वरको अस्तित्वलाई अस्विकार नगरे पनि यदि ईश्वर भएको भए भन्ने विचार र भावनायुक्तको कविता ( ईश्वर यदि तँ कहीँ भए सुन, तँलाई मेरो धिक्कार छ ! अन्धो भएरै प्रयोग गरेको हो तैंले, तँसँग जुन अधिकार छ ! भावार्थको एक कविता आजभन्दा २७ वर्षअघि लेखेका थिए । काय्या सी(म्ह न्ह्योने मांया शोक(म्ये (पुत्रको मृत्त शरीरअगाडि आमाको शोकगीत) शीर्षकको यो नेपालभाषाको कविता कवि दुर्गालालले सुमनकृष्ण ‘नेपाल’ बेलायतबाट प्लाष्टिक सर्जरीमा विषेशज्ञ भएर नेपाल फर्कने क्रममा कलकत्ताको बरौनी जङ्गलमा डाँकाहरूको गोली लागेर मृत्यु भएको सन्दर्भमा केन्द्रित रही रच्नु भएको थियो । उक्त कविताको अन्तिम हरफ कहिल्यै नबिर्सिने गरी मनभित्र प्रसङ्गवश उठिरहन्छ ( “ईश्वर यदि तँ कहीँ भए सुन, तँलाई मेरो धिक्कार छ !” र आज झनै यो हरफ सबैले सुन्ने गरी भन्ने इच्छा जाग्रत भएको छ ।
देवभूमि कहलिने यो नेपालमा ३३ कोटि हिन्दु देवताहरूले वास गरेको कुरा प्राचीनकालदेखि गर्दै आएका छन् । बौद्ध देवताहरूको गणना त छुट्टै बाँकी छ । यो गणनामा न बढेका छन्, न घटेका छन् । यो कुरा भारतीय पुस्तकहरूमा पनि रहेका छन् । कुनै कुनै पुस्तकमा त भारतमा ४० कोटी देवताको कुरा पनि उल्लेख गरिएको पाइन्छ । जतिसुकै करोड देवताहरू किन नहुन् यदि यो नेपाल साँच्चिकै देवभूमि भएको भए प्राचीनकालको कुरा छोडौं अर्वाचीनकालको आजको नेपालको मध्यपश्चिम क्षेत्रका जाजरकोटलगायतका एक दर्जन जिल्लामा पैmलिएको झाडापखाला, महामारी, भोक, रोग र शोकमग्न अवस्थालाई परीक्षण गरेर हेरौं ।
ईश्वरको अस्तित्व स्वीकार गर्ने क्रमलाई भङ्ग गर्दै एक सुप्रसिद्ध पश्चिमी दार्शनिकले घोषणा गरे ( ईश्वर मरिसक्यो ! पछि पुनः अर्को दार्शनिक एवं उपन्यासकार देखापरे र उनले घोषणा गरे ( १९ औं शताब्दीमा ईश्वर मरे भने २० औं शताब्दीमा मान्छे मरे । भनिन्छ ( ईश्वर कमजोर मानसिकताको उपज हो । ईश्वरको अवतार कहलिएका राजवंशको पतन भई गणतन्त्रको स्थापना भइसकेको यथार्थ हाम्रो सामु विद्यमान भए पनि ईश्वरको अस्तित्वबारे भने नेपाली जनतामा ठोस परिवर्तन आएको छैन । नेपाली जनताको संस्कार नै ईश्वरवादी र भाग्यवादी भएको कारण अहिलेसम्म पनि उक्त संस्कारबाट नेपाली जनता मुक्त भएको छैन र ईश्वरको नाममा भक्तिभाव यथावतै रहेको छ ।
हाम्रो बाहिरी समाज जतिजति आधुनिक र सभ्य बन्दैछ, मान्छेहरू उति नै भित्रबाट कुमान्छे हुँदै कुसंस्कृतिको शिकार बन्दै गइरहेका छन् । आज जसलाई विश्वास ग¥यो, भोलि उसलाई विश्वासघात गर्दछ । नेपाली जनताले विश्वास गरेर नेता बनाए तिनै नेताहरूले आज जाजरकोटका जनतालाई नेताहरूले विश्वासघात गर्दैछन् । जाजरकोटका जनताले कल्पनासम्म पनि नगरेको दुव्र्यवहार नेताहरूबाट पाएका छन् । दुई ठाउँबाट हारेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेपालले प्रधानमन्त्री पाएको छ । हेलिकप्टरबाट जाजरकोटमा पैmलिरहेको हैजाको महामारीबाट छटपटिएका जनतासामु गएका प्रधानमन्त्री माधवकुमार नेपाल खाली हात जान्छ । विरामी हेर्न जाँदा सामान्य मान्छेले पनि विरामीको लागि केही तागतिलो फलपूmल वा केही खाद्य वस्तु लिएर जानु उनको सामाजिक व्यवहार हुन्छ । तर प्रधानमन्त्री त्यस्तो महामारी चलिरहेको ठाउँमा जाँदा समेत खाली हात जान्छ । भने जहाँका जनताले जीवनजलसम्म खान नपाएर मरिरहेका छन् त्यही देशमा ६०१ जना सेता हात्तीसरहका सांसदहरूको लालनपालन बाध्यता छ भने मन्त्रीहरूमा थपाथप गरी ४४ जना पु¥याएका छन् भने भोलि कतिजना मन्त्रीहरूमा वृद्धि हुने हो यकीन छैन ।
३०० भन्दा बढी नेपालका जाजरकोटका जनताले मृत्युवरण गरिसक्दा पनि नयाँ ज्ञानेन्द्र बनिरहेका डा. रामवरण यादवलाई शितल निवासमै शितल भइरहेको छ । के राष्टूपति डा. रामवरणमा मृत्युवरणको अलिकति पनि सहानुभूति राख्ने हृदय छैन ? उनको डाक्टरीको के काम भयो ? राष्टूपतिपदको के औचित्य रह्यो ? के राष्टूपति डा. रामवरण यादवलाई जाजरकोटको सम्झना आउँदैन ? के राष्टूपतिले शीतल निवासमा मात्र बसेर महिनाको ७२ हजार तलब भजाइरहनु सुहाउँदो काम हो ? के यो पाशविक प्रवृत्ति होइन र ?
नेकपा माओवादीले जाजरकोटका महामारीमा पिल्सिएका जनताको लागि आफ्नो पार्टीबाट सक्दो सहयोग गरेको समाचारहरू छापाहरूमा आउँदै गरेका छन् । तर दुःखको कुरो भन्नुपर्छ कि नेकपा माओवादीले पनि जाजरकोटको समस्यालाई ठीक ढङ्गबाट उठाउन सकिरहेको छैन । आज जाजरकोटको समस्या हैजा महामारीबाट रोग, भोक र शोकमा विकसित हुँदै गइरहेको छ । यतिखेर नेकपा माओवादीले यो समस्यालाई
राष्टिूय समस्या बनाउन व्यवस्थापिका संसदमा लानुपर्ने थियो र यो समस्या समाधानकै लागि व्यवस्थापिका संसद अवरूद्ध गर्नुपर्दथ्यो । नेकपा माओवादीले आफ्नो आन्दोलनमा यो पनि थपेर आन्दोलनमा समर्पित भएको भए नेपाली जनता उक्त पार्टीप्रति धेरै ऋणी हुने थिए तर जनताको प्रत्यक्ष समस्याको सरोकारको विषयमा आन्दोलित नहुँदा नेपाली जनता माओवादीको राजनैतिक आन्दोलनप्रति आकर्षित हुन नसकेको अवस्था रहेको छ ।
सृष्टि भएपछि संहार पनि हुने प्राकृतिक नियम हो भने जाजरकोटको महामारीको कारण भएको मृत्युलाई पनि प्राकृतिक नै हो र यो ईश्वरकै काम भनेर चित्त बुझाएर बस्नु आजको २१ औं शताब्दीको युगलाई सुहाउँछ र ? यदि सृष्टि जम्मै ईश्वरबाट भएको भए ईश्वरले सृष्टिको काम गर्नुपर्ने कारण र यसको औचित्य के हो ? संहारसहितको सृष्टिको आवश्यकता किन प¥यो ? यदि सृष्टि गर्नु नै थियो भने असल नियतले असल पक्षको मात्र सृष्टि किन गरिएन ? खराब पक्षको सृष्टिको आवश्यकता किन प¥यो ? सबै नेताहरू करोडपति अरबपति, खरबपति हुन्छन् भने जनताहरू मात्र किन भोक रोग र शोकले ग्रष्ट हुन्छन् ? विदेशी महाप्रभुहरूको चाकडी चाप्लुसीमा लागेर देशलाई विदेशी शक्तिको अधीनमा राखेर देशलाई कमजोर पार्दै जाने नेताहरूको जन्मको आवश्यकता नेपालमा किन भयो ? नेपालकोजस्तो भूराजनैतिक स्थितिको सृष्टिको औचित्य नै किन भयो ईश्वरलाई ? अन्य देशहरूमा महान् आदर्शवादी नेताहरूको जन्म हुन्छ भने प्राचीनकालदेखि देवभूमि कहलिएको यो देशमा मात्र त्यस्ता आदर्शवादी नेताहरूको जन्म किन हुँदैन ? यस्तो देवभूमिमा आज चुनावमा हारिएकाहरूको सरकार नै किन बन्यो ? के यस्तो राष्टू विश्व समाजमा अन्यत्र कतै छ ? के ईश्वरहरू पनि आखिर नेताहरूकै भलोको लागि लागिपर्ने पक्षपाती रहेछन् त ? उनीहरूमात्र किन हैजाले मर्दैनन् र जाजरकोटका जनताहरू मात्र किन मरिरहनुपरेको ? ठूला वर्गलाई संरक्षण दिने र साना
गरीबहरूलाई दुःख पीडाको जीवन बाँच्न बाध्य भएका जाजरकोटे जनता हैजा, महामारी,
रोग, भोक र शोकले अकाल मरिरहेभैंm नेताहरू पनि भकाभक मरिरहेको भए तिनीहरूले जाजरकोटका जनताका पीरमर्का बुझ्ने थिए होला । आज गरीब नेपाली जनताको लागि ‘नेता’को अर्थ ‘ठग’ भएको छ । ‘नेता आयो’ भनेको अर्थ ठग आयो भनेर बुझ्दछन् । जसरी स्याल आएर कुखुरा चोरेर लान्छ, त्यसरी नै नेता आयो भनेको सुनेपछि जनतालाई आपूmहरूलाई ठग्न आएको ठग भनेर बुझ्न थालेछन् । के यो नेपाली जनताको कमजोरी हो वा यथार्थता हो ?
एकजना काग कतै विपत्तिमा परेको छ भने पनि सयौं कागहरू तुरून्त एकत्रित भई संवेदनशीलता प्रकट गर्दै मृत्युको मुखबाट बचाउन उद्यत् भएका हुन्छन् तर देवभूमि कहलिएको यो नेपालका राष्टूपति प्रधानमन्त्री र नेताहरू भने ती महामारी भोकमरी नेपाली जनताप्रति अलिकति पनि भित्री सहानुभूति नराखी संवेदनहीन भई काठमाडौंमा बसेर कोही विदेश भ्रमण गरेर खेलाँची गर्दैछन् । जाजरकोटको समस्या समाधान गर्ने अल्पकालीन एवं दीर्घकालीन नीति अहिलेसम्म किन निर्माण गरिएको छैन ? के माओवादी नेता प्रचण्डसित दोहरी गाउनुमा मात्र अत्यधिक समय खर्चिनु योग्य प्रधानमन्त्रीको दायित्व हो ? प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई काम गर्ने ढङ्ग नभएको भनेर आरोप लगाउने अहिलेको प्रधानमन्त्रीले जाजरकोटको त्रासदीपूर्ण अवस्था हुँदा पनि ध्यानाकृष्ट नहुनुलाई कसरी मूल्याङ्कन गर्ने ? के नेपाली सेनाको सक्रियता मात्र समाधानको अन्तिम उपाय थियो ? के जाजरकोटमा भोकमरी सिर्जना गर्न नेपाल खाद्य संस्थानको अकर्मण्यता थिएन ? स्वास्थ्यमन्त्रीको अकर्मण्यता थिएन ? कागको महासंकटको अवस्था कागहरूले बुझ्दछन्, त्यो कागहरूको राम्रो विशेषता हो । तर मान्छेको महासंकट मान्छेहरूले नै बुझ्दैनन् भने यहाँ मान्छे कागको तुलनामा तल्लोस्तरमा पर्छ कि पर्दैन ? यस्तो देशमा जनताको नेता कहाँ खोज्ने ? एकजना सुदूरपश्चिमका महिलालाई मृत्युको मुखबाट बचाउनु निश्चित रूपमा महान्ताको काम भन्न सकिन्छ, तर अन्य सयौँ मान्छेहरूको पीडा नबुझ्नु र खेलाँची गर्नु भनेको महान्ता हो कि तुच्छता हो ? के नेपालका नेताहरूमा मनुष्यत्व हराइसकेको छ ? जब मनुष्यत्व नै हराइसकेको छ भने उनीहरूमा नेतृत्व कसरी पाउन सकिन्छ ?
जाजरकोटका जनताहरूले नेपालका नेताहरूलाई खूबै सराप्दो होला, तर सरापेर मात्र के गर्ने ! सरापेअनुसार हुने भए यी नेताहरू सबै पहिले नै हैजामहामारीले लगिसक्थ्यो होला । नेताहरू सबै काठमाडौंमा छन्, जहाँ उनीहरूको सुरक्षा कवचको सब बन्दोबस्त छ । यो देश नेताहरूको मात्र हो, उनीहरू खासै विरामी हुनै पर्दैन । उनीहरू विरामी नै नभए पनि विदेशमा राज्यको ढुकुटी खर्चबाट लाखौं करोडौं रकम खर्च गर्न सक्छन् भने साँच्चिकै ठूलै रोगको उपचार गर्नुपरेमा उनीहरूको लागि पैसाको के समस्या ? तसर्थ जो जो दीर्घकालीन रोगीहरू छन् उनीहरूलाई रक्षामन्त्री आदि अन्य मन्त्रीहरू बनाई आवश्यक व्यवस्था गर्ने शक्ति राज्यसित
छ ।
हालै धरानस्थित भिक्टोरिया चोक नजिक बनाइएको बाँसको अस्थायी टहरो मङ्गलवार राति भत्कँदा ४ बालबालिका सहित २३ जनाको मृत्यु भएको छ र ६५ जना घाइते भएका छन् । के यो मृत्युको कारण पनि ईश्वर नै हो ? के ईश्वरको प्रार्थनामा ईश्वर नै मृत्युको कारण बन्दछ ? के यस्ता ईश्वरलाई सर्वतोमुखी महत्व दिएर आस्था र विश्वासका साथ पूजिरहनु मान्छेको विवेकशीलतालाई सुहाउँदछ ? के संवेदनहीन राष्टूपति र प्रधानमन्त्री भएको देशमा जनताले कहिल्यै सुख, शान्तिको जीवन यापन गर्ने सौभाग्य पाउँछ र ? यदि ईश्वरको अस्तित्व भएको भए र सृष्टि जम्मै उनीहरूबाटै हुने भए जन्माउने ती ईश्वरलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले भैmँ धन्य होइन, जनकवि दुर्गालाल श्रेष्ठले भैंm धिक्कार भन्न कर लाग्छ ।
No comments:
Post a Comment