इन्द्रबहादुर महर्जन
बखुंमदः जात्राको नामाकरण किंवदन्ती अनुसार ः
लिच्छवीकालमा पशुपती क्षेत्रलाई देवपतन भन्ने चलन थिए । मंसिर शुल्कपक्ष परेवादेखि अष्टमीको दिनसम्म कोटीहोम गरेको समयमा सप्तमीको दिनमा हेमकुण्डबाट एकजोर परेवा उडेर आए । ती सेता परेवा कहां जान्छ भनेर घोडामा चढेर परेव उडेको पछिपछि जांदा बःखु विष्णुदेवी मन्दिर अगाडि मण्डपमा पुगेर अलपत्र भए । त्यो समयमा नेवार राज्य भएकोले परेवा हराएपछि बःखु मदु (परेवा छैन) अस्टाएको परेवादेखि सारा मानिस अचम्म भए । बःखु विष्णुदेवी मन्दिरमा अलौकिक शक्ति देखे । त्यसै समयदेखि बःखु विष्णुदेवी मन्दिरको नाम भए । अतः बोसीगाउँ, तौखेल, मच्छेनारायण, ल्वहंखा सवै स्थानका खटहरु विष्णुदेवी बःखुमा राखी दशमीको दिन आ(आफ्नो क्षेत्रका मूर्ति भएको खटहरु, भैरवको रुपमा घ्याम्पाहरुमा बोकी बाजागाजा सहित जात्रा गरेर लाने चलन छ । कीर्तिपुर जात्रा पनि बःखु विष्णुदेवीबाट कांबाजा (इन्द्रबाजा) बजाएको सुनेपछि मात्र जात्रा विस्तार हुन्छ । पाँगाको जात्रा सकिएको भोलि कीर्तिपुर जात्रा दिनमा मन्दिरलाई चढाएको अण्डा, पूmल, फलपूmल राखी पांगाबाट बःखुमा पूजा गर्ने चलन छ ।
कीर्तिपुर जात्रा विस्तार
मंसिर शुल्कपक्ष अष्टमीको दिन बाघभैरव स्थानबाट गणेश र इन्द्रायणी आ(आफ्नो सम्बन्धित खतमा राख्छन् र त्यससंग सम्बन्धित गणहरुको मुकुटहरु पनि राख्छन् । गणहरु भन्नाले विष्णुदेवी, बालकुमारी, इन्द्रायणी, भैरव, काली, सिंगिनी (सिंहवाराही) ब्यागिनी(धुम्बाराही), ब्रम्हायणी, गंगा, चामुण्डा, कुमार, चन्देश्वरी पर्दछ । ती अष्टमीको दिनलाई छ््वय्लाभू भन्ने चलन छ । अष्टमीको दिन विहान इन्द्रायणीलाई इन्द्रायणी मन्दिरमा लान्छ भने गणेश जात्राको दिनमा लाने चलन छ । दशमीको दिन इन्द्रायणी, गणेशको खटहरु लाय्कू टोलमा विहानै ल्याई कीर्तिपुरका कांवाजा, धाः बाजा, धिमे बाजा, नायखिं बाजा, दाफा बासुरी बाजा, आदि टोलवासी सबै मिलि बाजासहित द्वारेपुजा आउँछन् । द्वारे पुजामा हरेक टोलका व्यक्तिहरु चौमरी, मिठाई, विस्कुट उखुटुक्राहरु चकलेट, समेबजी आदि आ(आफ्नो इच्छा अनुसार आउने चलन छ । ती द्वारे पुजामा ल्याएका प्रसादहरु चिर्पालाले चारैतिर छरी दिन्छन् । त्यो प्रसाद खांदा पेट दुखेको संचो हुने भनिन्छ । त्यहाँ कीर्तिपुर जात्रामा टोल टोलबाट खटहरु बोक्ने जिम्मेवारी दिएको छ । गणेशको खट सानो हुन्छ भने इन्द्रायणीको खट बोक्ने नोल एक सिंगै रुखको हुन्छ र धेरै गह्रौं हुन्छ । खट बोक्ने टोलबासीको गन्यमान्य वा जेष्ठ नागरिक पुरुषबाट तरवार बोकी छिमेकीहरु र बाजासहित द्वारेपुजा आउँछन् । द्वारेपुजा कार्यक्रम सम्पन्न भएपछि मात्र खटको जात्रा सुरु हुन्छ । द्वारेपुजामा बोका, कुखुरा, हाँस, भेडा, आदि बाजा खलकबाट बलि दिने चलन छ ।
सातगाउँले जात्राको लागि तीनथाना तल विष्णुदेवी मन्दिरस्थानमा तौखेलको, ल्वहंखाः, मच्छेगाउँ, बोसीगाउँ, सतुंगल, आदि स्थानको लागि जात्रा गरी खटहरु राखेको हुन्छ । दशमी शुक्ल पक्षका दिन विहान सम्बन्धितस्थान तोखेल, बोसीगाउँ, मच्छेगाउँ, सतुंगल, ल्वहंखा आदि स्थानबाट बाजासहित सम्बन्धित स्थानका मान्छेहरु आई बोका, भेडा, हाँस, कुखुरा, रांगा आदि बलि दिइ सम्बन्धित स्थानमा बाजा बनाई उल्लासमय तरिकाले नाचगान गरी जात्रा गरी लाने चलनछ । आ(आफ्नो स्थानमा पुगेपछि गाउँमा परिक्रमा गरी जात्रा मनाउने चलन छ । कसैको गणेश, कसैको भैरव (घ्याम्पोमा भैरवको चिन्हलेखी पितलको घ्याम्पो भित्र बाक्लो जांड राखी) घुमाउने चलन छ । भैरव (घ्याम्पो) वाहेक अरु विष्णुदेवी, बालकुमारी, गणेश, इन्द्रायणी, बालकुमारी आदि खटमा राखी परिक्रमा गर्ने चलन छ । दुष्ट राक्षसबाट मुक्त गराईएकोले यी माथीका देवताहरुहरुलाई जात्राको रुपमा पनि पुजा गर्दै आइरहेको हो ।
No comments:
Post a Comment