Saturday, December 15, 2018

जिन्दगीका छालहरू— उपन्यास

(अनलाईनमा पढ्न चाहने विदेशमा रहनु भएका मेरा पाठकहरुको लागि क्रमशः प्रकाशत गर्दै लैजाने छु ।)

जिन्दगीका छालहरू— उपन्यास

नजरराम महर्जन


एक

असार महिनाको तेस्रो साता । झमझम पानी परिरहेको थियो । किसानहरू रोपाईंको लागि खेततिर लागिरहेका थिए । यो साल असार महिनाभरिमा पहिलो पटक ठूलो वर्षा भइरहेको थियो । यो साल पर्याप्त मात्रामा वर्षा नभएर कीर्तिपुर क्षेत्रमा धान रोप्नै पाएको थिएन । पहिले कुलोको राम्रो व्यवस्था थियो । कीर्तिपुर क्षेत्रमा सहरीकरणको साथै बाटो फराकिलो बनाउ“दा ती कुलाहरू पुरिएका थिए । कतिपय ठाउ“मा मानिसहरूले अतिक्रमण गरेर घर बनाए । अहिले ‘आकाशको फल आ“खा तरी मर’ भने झै भयो ।

विक्रम काम गर्ने ठाउ“मा गयो । त्यहा“ काम गर्नेहरू कोही पनि भेटेन । उसले काममा लगाउने साहुस“ग कामको बारेमा सोध्यो ।
“आज सबैजना रोपाईं गर्न गए । अब रोपाईं नसकेसम्म काम बन्द हुन्छ ।” साहुले भन्यो ।

विक्रम घरमा आयो । उसको घरपतिस“ग एउटा दैनिक पत्रिका लिएर आफ्नो कोठामा गयो । पत्रिका पढ्दै जा“दा उसको आ“खा एउटा वर्गीकृत विज्ञापनमा प¥यो । त्यो विज्ञापनमा आवश्यकता भत्रे कोलम हे¥यो । त्यसमा लेखिएको थियो “एउटा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभित्र सामानहरू बेच्न केही सेल्सम्यान÷सेल्सगल्र्सहरू चाहिएको छ । शैक्षिक योग्यता एस.एल.सी वा सो सरह पास भएको हुनुपर्ने छ । पारिश्रमिक आपसी समझदारीमा तय गरिने छ ।”

उसलाई यो कम्पनीप्रति अलि विश्वास लाग्यो । योभन्दा पहिले पनि उसले यस्तै विज्ञापन हेरेर चार पा“च ठाउ“मा निवेदन दिएर अन्तर्वार्ता पनि दिइसकेको थियो । तर कहीं पनि उसको नाम निस्केन । ती कम्पनीहरूमा मासिक तलव नै पन्ध्र हजारदेखि बीस हजारसम्म तोकिएको हुन्थ्यो । एसएलसी पास गरेको मानिसले शाखा अधिकृतको तलब पाउने भए पछि लोभ लागिहाल्छ । एउटा फाराम भर्न दुई सय रुपैया“ निवेदन दस्तुर, चारवटा रङ्गीन फोटाहरू चाहिन्छ । यसरी एक ठाउ“मा फाराम भर्दा दुई सय पचास रुपैया“ खर्च लाग्छ । यस हिसाबले पा“च ठाउ“मा फाराम भर्दा उसले एक हजार दुई सय पचास रुपैया“ खर्च गरी सकेको थियो । फाराम भरेर दिएको एक हप्तापछि अन्तर्वार्ता लिन्थ्यो । अन्तर्वार्ता लिएको एक हप्तापछि सम्पर्क राख्न भन्थ्यो । जतिसुकै राम्ररी अन्तर्वार्ता दिए पनि सम्पर्क राख्न जा“दा ‘सरी तपाईं पर्नु भएन’ भत्रे जवाफ दिन्थ्यो ।

कहीं पनि जागिर नपाएर उसले कीर्तिपुरमा घर बनाउने ठाउ“मा ज्यामी काम गर्दै आइरहेको थियो । ज्यामी काममा इज्जत छैन, पैसा पनि छैन । तर के गर्ने पेट पाल्नको लागि काम गर्नुप¥यो ।

जे होस् आज काम छैन । त्यहा“ पनि फाराम भरेर हेरू“ भनेर विक्रमले आफ्नो शैक्षिक योग्यता, नागरिकताको फोटोकपी र चारवटा पासपोर्ट साईजको रङ्गीन फोटो लिएर काठमाडौं गयो । ऊ बसबाट कालिमाटीमा ओर्लियो । उसले कम्पनीको साईनबोर्ड खोज्न थाल्यो । कालीमाटीको एउटा सुपर मार्केट भवनको वीचमा कम्पनीको साईनबोर्ड झुण्ड्याईराखेको देख्यो । त्यो सुपर मार्केटभित्र सोध्दै खोज्दै जा“दा तेश्रो तल्लामा अफिस भेट्टायो । उसले अफिसमा गएर दुई सय रुपैया“ तिरेर एउटा फाराम लियो र फाराम भरेर दियो । त्यहा“ दरखास्त दिन आउनेहरूको भीड थियो । फाराम बुझीलिनेले अर्को हप्ता सोमबार अन्तर्वार्ता दिन आउनु भन्यो ।
उसले फाराम भरेर आएको कुरा घरपति सूर्यमानलाई बतायो । राम्ररी अन्तर्वार्ता दिनु भनेर सूर्यमानले उसलाई शुभकामना दियो ।

अन्तर्वार्ताको दिन पनि विहानैदेखि पानी परिरहेको थियो । कहिले दर्केर, कहिले सिमसिम पानी परिरहेको थियो । कीर्तिपुर क्षेत्रमा आ“खाले भ्याएसम्म खेतमा रोपाईं भइसकेका थिए । समयमै खाना खाएर विक्रम सूर्यमानलाई भेट्न उसको कोठामा गयो ।

“बा, अहिले म अन्तर्वार्ता दिन जान लागेको” उसले भन्यो ।

“हुन्छ, नडराईकन, नहडबडाईकन सोधेका प्रश्नहरूको राम्ररी जवाफ दिएर आउनू ।”

“हवस्” भनेर ऊ बाहिर आयो ।

बाहिर वर्षा भइरहेको थियो । विक्रमस“ग छाता थिएन । ऊ घरको छाना मुनी मुनीबाट बस रोक्ने ठाउ“सम्म गयो । एउटा पनि बस रोकीराखेको थिएन । न माइक्रोबस नै थियो । अफिस समयमा कीर्तिपुरमा बस पाउनै गाह्रो, पहिले त कीर्तिपुर यातायातका ठूलठूला बसहरू चल्थे । एउटा बसले एकचोटिमा सत्तरी अस्सी जनासम्म यात्रुहरू लैजान्थ्यो । अहिले ती बसहरू आधा जति बिक्री भइसकेका छन् । बा“कीरहेका धेरैजसो गाडीहरू स्कूल ट्रिपमा जान्छन् । अरू हाइस गाडीहरू मात्र चलिरहेका छन् । जसमा उभिएर कोचाकोच गरेर जा“दा पनि पच्चीस छब्बीस जनाभन्दा बढी अट्दैनन् । विक्रमले घडी हे¥यो । दश बजिसकेछ । कालीमाटी पुग्न उसको मन हतारियो । कहीं अन्तर्वार्ता छुट्यो भने के गर्ने ? त्यहीबेला एउटा हाइसगाडी आयो । ऊ त्यसैमा झुण्डिएर गयो । कालीमाटीमा ओर्लेर अफिस गयो । अफिस कोठाको बाहिर एकजना मानिस कुर्सीमा बसिरहेको थियो । सायद पाले होला ।

“दाइ, अन्तर्वार्ता सुरु भइसकेको हो ?” उसले पालेस“ग सोध्यो ।
“सुरु भइसक्यो । तपाईंको क्रम संख्या कति हो ?”
“थाहा छैन । अहिले कति नम्बर पुग्यो ?”
“भर्खर सुरु भएको हो । ऊ ...त्यहा“ नोटिस बोर्डमा आफ्नो क्रम संख्या हेर्नुहोस् । पालो आएपछि बोलाउ“छु अनि मात्र यहा“ आउनुहोला । नत्र उतै वेटिंग रुममा बसीरहनु होला ।”

ऊ नोटिस बोर्ड भएको ठाउ“मा गयो । त्यहा“ थुप्रै युवाहरू आ–आफ्नो नाम खोजिरहेका थिए । आफ्नो नाम हेरेर कोही भोलि, कोही पर्सि भनेर फर्कंदै थिए । उसले पनि नोटिस बोर्डमा आफ्नो नाम हे¥यो । उसको नाम पैंतीस नम्बरमा रहेछ । उसको अन्तर्वार्ता आजै हुन्छ । फार्म बुझाएको दर्ता नम्बरलाई नै अन्तर्वार्ताको क्रमसंख्या बनाएको रहेछ । उसले आफ्नो पालो कहिले आउ“छ भनेर समयको हिसाव गर्न लाग्यो । एकजनाको अन्तर्वार्ता लिन पा“च मिनेट मात्र लागे पनि उसको पालो आउन तीन घण्टा लाग्थ्यो । त्यहा“ हुलमुलमा के बस्ने भनेर ऊ त्यो भवनको प्रत्येक कोठा कोठामा घुम्न लाग्यो । प्रत्येक कोठाको सोकेसमा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित सामानहरूको प्रदर्शनी गरी राखेका थिए । विभित्र देशबाट आयात गरिएका ड्राइफुडका प्याकेटहरू, लिक्विड प्याकेट र कस्मेटिकका थरी–थरिका सामानहरूको थुप्रो देखेर ऊ दंग भयो । यदि यी सामानहरू यही कम्पनीको हो भने यो कम्पनी सक्कली नै हो भत्रे ठान्यो ।

केहीबेर यताउता घुमिसकेपछि ऊ अन्तर्वार्ता भइरहेको कोठाको अगाडि उभिन गयो । अन्तर्वार्ता दिन आएका अरूहरू पनि त्यहा“ बसिरहेका थिए । युवा युवती बराबर संख्यामा थिए । त्यसमध्ये एउटी केटी अरूभन्दा अलग बसिरहेकी थिइन् । विक्रमको आ“खा उनैमा गएर टक्क अडियो । उनले आकाशे रङ्गको साधारण कुर्ता सुरुवाल लगाएकी, घा“टीमा आकाशे रङ्गकै सल बेरेकी, निख्खर कालो बाक्लो कपाललाई एक मुठा बनाएर रवर बैण्डले बा“धी राखेकी थिइन् । गोरो, गोलो अनुहार, चुच्चे नाक, ठूलठूला आ“खा भएकी, उनको उचाइ करीव पा“च फुटकी खुट्टामा साधारण चप्पल लगाइराखेकी थिइन् ।

                 विक्रमले एकटकले हेरीरहेको ती केटीले पनि चाल पाइहालिन् । उनले पनि उसलाई चोर आ“खाले पुलुक्क पालुक्क हेर्न थालिन् । नारी स्वभाव न हो विक्रमले जस्तो एकटकले हेरिरहन सकिनन् । ती केटीलाई देख्ने बित्तिक्कै उसको मन किन आकर्षित भयो ? उसले त्यसरी हेरेको ती केटीलाई मन पर्छ कि पर्दैन ? मन परेन भने केटीले गाली गर्न सक्छिन्, त्यहा“ हंगामा मच्चाउन सक्छिन् । उसको मनमा डर पैदा भयो र आ“खा अन्तै मोड्यो ।

उसले अन्तर्वार्ता लिइरहेको कोठातिर हे¥यो । अब त्यहा“ त्यति भीड थिएन । ऊ त्यही ढोकातिर गयो । पालेको हातमा एउटा कागज थियो । जसमा अन्तर्वार्ता दिन आउनेहरूको नामावली थियो । अन्तर्वार्ता दिन कोठाभित्र पसेकाको नाममा पालेले टिक मार्क लगाउ“थ्यो । ऊ बाहिर आएपछि अर्को मान्छेको नाम लिएर बोलाउ“थ्यो । त्यो मान्छे आयो भने ढोका खोलेरभित्र पठाउ“छ । त्यो मान्छे आएन भने क्रस चिन्ह लगाउ“छ र अर्को मान्छेलाई बोलाएर भित्र पठाउ“छ । ढोकामा कालो शिशा राखेको थियो । भित्र के भइरहेको छ कसैले थाहा पाउ“दैनथिए । विक्रमले नजिक गएर त्यो कागज हे¥यो । अहिलेसम्म बीस जनाको नाममा टिक मार्क लगाईसकेको रहेछ । जसमा छ जना अनुपस्थित थिए ।

“दाइ, यो क्रस चिन्ह लागेका मानिसहरू अहिले आयो भने फेरि भित्र पठाउनु हुन्छ ?”
“अह“, आफ्नो पालोमा नआउनेहरूलाई पठाईंदैन । हाम्रो मालिक समयको पक्का पावन्दी राख्नुहुन्छ । एक मिनेट ढिला पनि सहनुहुत्र ।”

विक्रम पालेस“ग कुरा गरिरहेको देखेर ती केटी उसको नजिक आइन् । ती केटीले शिष्टतापूर्वक सोधिन्, “दाइ, तपाईं पनि अन्तर्वार्ता दिन आउनु भएको हो ?”
“हो, तपाईं पनि अन्तर्वार्ता दिन आउनु भएको हो ? तपाईंको कति नम्बरमा परेको छ ।”
“मेरो त सैंतीस नम्बरमा परेको छ । तपाईंको कति नम्बरमा परेको छ ?”
“मेरो पैंतीस नम्बरमा परेको छ । तपाईंको नाम के हो ?”
“पार्वती ढकाल । तपाईंको नि ?”
“विक्रम चौधरी”
“घर कहा“ हो ?”
“नवलपरासी जिल्लाको बेतहानी गाउ“ । हाल कीर्तिपुरमा कोठा लिएर बसिरहेको छु । तपाईंको घर कहा“ हो नि ? तपाईं पनि काठमाडौंवासी त होइन जस्तो लाग्छ ।”

“हो, म पनि काठमाडौंवासी होइन । तपाईं पश्चिमतिरको वासिन्दा पर्नुभयो । म पूर्वको परें ।” पार्वतीले हा“स्दै भनिन्, “मेरो घर सर्लाही जिल्लाको ढुंग्रेखोला हो । तपाईंको घरमा को को हुनुहुन्छ ?”

“मेरो घरमा को को हुनुहुन्छ भनेर सोध्नुको अर्थ परिवार संख्या हो भने अहिले म एक्लै छु घरमा बुबा र भाइ हुनुहुन्छ । अहिले उहा“हरू कहा“ हुनुहुन्छ मलाई थाहा छैन । यसको कारण चाहिं नसोध्नुहोला । समग्रमा भत्रे हो भने म एक्लो जीवन बिताइरहेको छु ।” विक्रमले खुलेर आफ्नो कुरा राख्दै पार्वतीस“ग सोध्यो, “तपाईं यहा“ कोस“ग बसिरहनु भएको छ ?”

“मेरो त घरमा आमाबुबा, दाइ–भाउजू, भाइ–बहिनी सबैजना हुनुहुन्छ । अहिले सतुंगलमा दिदी भिनाजुस“ग बसिरहेकी छु । पोहोर साल दिदी सुत्केरी हु“दा स्याहार्न आएकी थिए“ । त्यसपछि गाउ“ फर्कन मन लागेन । आमाबाबु भने गाउ“ फर्कन कर गर्दै हुनुहुन्छ । यहा“ काम गरेर बसू“ भनेर कामको खोजी गर्दै हिंडेकी, खोई यहा“ काम पाउनै गाह्रो रहेछ ।”

“अहिलेसम्म कति ठाउ“मा काम खोजीसक्नुभयो ?”

“कति ! कति !! सर्वप्रथम ब्यूटीपार्लरमा काम सिकू“ भनेर गएको त एक महिना पछि आफ्नै देह व्यापार गर्न प्रोत्साहन दिन थाल्यो । त्यसपछि त्यहा“ गइन । एउटा नाम चलेको रेष्टुरा“मा तालिम लिएर वेटे«शको काम गर्न गएको थिए“ । त्यहा“ पनि अस्मिता बन्धक राख्नुपर्ने रहेछ । मलाई शरीर बन्धक राखेर पैसा कमाउने मन छैन । यस्तो सेल्सगर्लको काम पाए राम्रो हुन्छ भनेर निवेदन दिएर हिंडेको कहीं काम पाएन । मैले काम खोजेको यो पा“चौं ठाउ“ हो । कति दुःख गरेर पैसा जम्मा गर्छु निवेदन दस्तुर बुझाउन मात्र ठीक । कहीं कहिल्यै छानिन । मलाई त यी कम्पनीहरूले यस्तो वर्गीकृत विज्ञापन निकालेर हामीजस्ता बेरोजगारहरूलाई ठगीरहेको जस्तो लाग्छ । अब हेर्नोस् यहा“ तलब तोकेको छैन तैपनि दुई सय जनाभन्दा बढीले निवेदन दिएका छन् । जनही दुई सय रुपैया“ले दुई सय जनाको मात्र पनि चालीस हजार रुपैया“ भयो । जहा“ पन्ध्र सोह्र हजार रुपैया“ तलब तोकेको हुन्छ त्यहा“ त हजार पन्ध्र सय जनाले फाराम भर्छन् । यहा“ के हुने होला ?”

“यदि यस भवनको प्रत्येक कोठामा राखिएको सामानहरू यस कम्पनीको हो भने यो ठग कम्पनी होइन ।”
“विक्रम चौधरी” उनीहरू कुरा गरिरहेकै बेला गेट किपरले बोलायो ।

विक्रम ढोकामा गयो । गेट किपरले ढोका खोली दियो । ऊ भित्र पस्यो । ढोकाको सामुत्रे काठको एउटा आधुनिक ठूलो टेबुल राखिएको थियो । टेबुलमाथि एउटा ल्यापटप राखिएको थियो । टेबुलको छेउमा प्रदीपमान म्यानेजिङ्ग डाइरेक्टर लेखिएको तीनकुने काठको टुक्रा राखिएको थियो । निवेदन फारामको ठेली पनि त्यही टेबुलमाथि नै थियो । टेबुलको बाया“तिर एउटा सोकेस थियो । जहा“ बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभित्र सामानहरू सजाएर राखेका थिए । टेबुलनिरको घुम्ने मेचमा एकजना टाई सुट लगाएको युवक बसिरहेको थियो । सायद प्रदीपमान उही होला । उनको बाया“तिर एकजना अधवैसे मानिस बसिरहेको थियो ।

“नमस्कार” नजिक पुगेपछि विक्रमले दशऔंला जोडेर दुवैजनालाई पालैपालो नमस्कार ग¥यो ।

“तपाईंको नाम के हो ?” प्रदीपमानले उस“ग आ“खा जुधाएर सोध्यो ।

“विक्रम चौधरी” उसले शान्त शिष्ट स्वरमा निश्चिंत भएर जवाफ दियो ।

“घर कहा“ हो ?”

“म जन्मेको, हुर्केको ठाउ“ त नवलपरासी जिल्लाको बेतहानी गाउ“ हो । तर अहिले कीर्तिपुरमा डेरा लिएर बसेको छु ।”

“यदि मैले तपाईंलाई काम दिए“ भने कति तलब लिनुहुन्छ ?”

“मलाई काम चाहिएको छ । मेरो काम हेरेर तलब दिनुहोला ।”

प्रदीपमानले विक्रमलाई तलदेखि माथिसम्म र माथिदेखि तलसम्म नियालेर हे¥यो । फेरि विक्रमको मुहारमा हे¥यो । विक्रमलाई के गरू“, के भनू“ भयो । तैपनि उसले धैर्यतापूर्वक प्रदीपको जवाफको प्रतीक्षा गरिरह्यो ।

“हेर्नोस्, हामीले तपाईंहरूलाई काम दिने भनेको हाम्रो सामान पसल–पसलमा पु¥याएर बढीभन्दा बढी सामान विक्री गर्नु हो ।”

“गाडी कसले व्यवस्था गर्ने ? कति तलब दिनुहुन्छ ?”

“गाडीको व्यवस्था हामी गरिदिन्छौं । प्रतिमहिना दश हजार रुपैया“ तलव दिन्छौं । जति सामान बिक्री गर्नुहुन्छ त्यसको एक प्रतिशत कमिशन दिन्छौं । तर त्यसको लागि तपाईंले बैंक ग्यारेन्टी या धितो जमानी दिनुपर्छ ।”

“किन ?” विक्रमले उत्सुक भएर सोध्यो ।

“किनभने हामी तपाईंलाई लाखौं रुपैया“को सामान उधारोमा दिन्छौं । तपाईंले त्यो सामान बेचेर पैसा लिएर भाग्नुभयो भने के गर्ने ?”

“ममाथि विश्वास गर्नुहोस् । म इमान्दारीताका साथ काम गर्नेछु । एक पैसा गोलमाल गर्दिन ।”

“हेर भाइ ! यो व्यापार हो । व्यापारमा दया माया र भावनाले काम चल्दैन । को कति इमान्दार छ कसैको निधारमा लेखी राखेको हु“दैन । त्यो त काम गर्दै गए पछि थाहा हुन्छ ।”

                   उसको कुरा सुनेर विक्रम ट्वाल्ल प¥यो । उसलाई के भनू“, के भनू“ भयो । उसको लागि कसले जमानत राखिदिन्छ ? उसको यहा“ को छ र ? उसले घरपतिबा सूर्यमानलाई सम्झ्यो । सूर्यमानले उसलाई सकेको मद्दत गर्छु भनेको छ । उसको त्यत्रो घर जग्गा छ । गाडी छ । उसले चाहेमा जे धितो राख्नु परे पनि कुनै समस्या हु“दैन ।

यही सोचेर विक्रमले भन्यो, “म अर्काको घरमा डेरा गरी बस्ने मानिसले के सम्पत्ति ग्यारेन्टी दिन सकूला ? तैपनि व्यक्ति जमानीको लागि मेरो घरपतिबास“ग कुरा गरेर हेर्छु । उहा“ले मात्रु भयो भने कहिले आउ“ ?”

“अर्को हप्ता आजकै दिन आउनु । म तपाईंको बाटो हेरिरहन्छु ।”

“हुन्छ सर” भनेर विक्रम बाहिर निस्कियो ।

     कोठा बाहिर पार्वती उसलाई पर्खिरहेकी थिइन् । उसलाई देख्ने बित्तिक्कै सोधिन्, “के भयो दाइ ?”
विक्रमले जवाफ दिनु अगाडि नै पालेले ‘पार्वती ढकाल’ भनेर बोलायो ।

“दाइ एकछिन पर्खनु होला । म भित्र गएर आउ“छु ।” विक्रमलाई यति भनी उसको जवाफको प्रतीक्षा नै नगरी पार्वती कोठाभित्र गइन् ।

घर जान लागेको विक्रमको पाइला टक्क रोकियो । उसलाई त्यहा“बाट बाहिर जाऊ“ कि नजाउ“m भयो । उसले केही निर्णय गर्न सकेन । उसको पाइला अगाडि बढेन । ऊ बरण्डातिर गयो । उसले बाहिर हे¥यो । अहिले फेरि पानी पर्न सुरू भएको छ । अघि पानी थामेर घाम पनि लागिसकेको थियो । यो असार–श्रावण महिना भनेकै वर्षातको महिना हो । ऊ आपूmदेखि आफै छक्क प¥यो । पार्वतीले एकछिन रोक्नुस् दाइ भत्रे बित्तिक्कै उसको पाइला किन रोकियो ? पार्वती उसको को हो ? कति दिनदेखिको चिनजान हो र ?

करिव दश मिनेट पछि पार्वती कोठाबाट निस्किइन् । उनले विक्रमलाई खोजिन् । विक्रम बरण्डामा देखेपछि पार्वती उतैतिर लागिन् ।

“के भयो ?” विक्रमले उत्सुकतासाथ सोध्यो ।

“के हुने नि दाइ ! हामी बाहिर जिल्लाका मानिसहरूले काठमाडौंमा जागिर पाउन गाह्रै रहेछ ।”

“किन निराश भएकी ? के भयो भन न !”

“यहा“ नोकरी पाउनको लागि धन जमानी या व्यक्ति जमानी चाहिन्छ रे । यहा“ मेरो त आफ्नो मान्छे कोही छैन । भिनाजु एकजना हुनुहुन्छ । उहा“ पनि ठूलो मान्छे होइन । एकजना फ्याक्टरी मजदुरको व्यक्तिगत जमानी के मान्ला ? तपाईको के भयो ?”

“मलाई पनि त्यस्तै भनेको छ । यदि कोही जमानी बसीदिने मान्छे भए अर्को हप्ता आजकै दिन आउनु भनेको छ ।”

“कसलाई जमानी राख्नु हुन्छ ? जमानी बसीदिने मान्छे छ ?”

“घरपतिबास“ग कुरा गरेर हेर्छु । उहा“ले मात्रु भयो भने अर्को हप्ता आउ“ला नभए अर्कै काम खोजू“ला ।”

“म त अब गाउ नफर्की नहुने भयो । यहीं काम गरेर बस्ने मेरो सपना पुरा नहुने भयो ।” पार्वतीले लामो सुस्केरा हालेर निराश भावमा भनिन् ।

“किन निराश हुनुभएको ? एक हप्ता पर्खनोस् । मेरो घरपति बाले जमानी बसीदिन्छु भत्रुभयो भने हामी मिलेर काम गरू“ला ।” विक्रमले प्याच्च भन्यो ।

विक्रमको कुरा सुनेर पार्वती छक्क परिन् । आज पहिलो दिन प्रथम पटक भेट भएको, एकचोटि कुराकानी हु“दैमा यति नजिक भएको छ । एक हप्ता पर्खिन भन्दैछ । विक्रमको कुरा उनलाई सपना हो कि विपनाजस्तो लागिरहेको छ । उनको निराश भइसकेको मनमा आशाको किरण ल्याई दियो । उनले शंका निवारण गर्न सोधिन्, “घरपति बाले जमानी दिनुहुन्छ भत्रे तपाईलाई पक्का विश्वास छ ?”

“शत प्रतिशत त होइन । नब्बे प्रतिशत विश्वास छ । मलाई तपाईंको सम्पर्क नम्बर दिनोस् ।”

“सम्पर्क नम्बर किन ? मेरो आफ्नै मोबाईल छ नि । खोई तपाईंको मोबाईल दिनोस् ।” भन्दै पार्वतीले विक्रमको मोबाईल लिएर आफ्नो नम्बर डायल गरिन् । आफ्नो मोबाईल बजेपछि उनले कट गर्दै भनिन्, “ल अब नम्बर सेभ गर्नोस् ।”


क्रमश.....

No comments:

Post a Comment