एसईई–२०७५ मा जिपिए ४ ल्याउन सफल राराहिलका विद्यार्थी अपेक्षा बेलबासेसँगको भलाकुसारी
स्कुलको वातावरणले पढ्नमा रुचि बढाएको हो—अपेक्षा बेलबासे
सर्वप्रथम एसईई–२०७५मा जिपिए ४ ल्याएर कीर्तिपुरकै इज्जत बढाई दिनु भएकोमा बधाई छ ।
– बधाईको लागि धन्यवाद
तपाईंलाई जिपिए ४ आउँछ भन्ने लागेको थियो ?
—आउला भन्ने आशा त थियो तर एकिन गर्न सकेको थिएन । किनभने मैले प्रश्नको सही उत्तर लेखेर आएको छु जस्तो लागेको थियो ।
जिपिए ४ आएको तपाईंले पहिलो पल्ट कसबाट थाहा पाउनु भयो ?
—रिजल्ट हुन्छ, कहिले हुन्छ भन्ने उत्सुकताका साथ पर्खिरहेको थिएँ । रिजल्ट भयो । आमाले जिपिए ४ आएको छ भनेर फोन गरेर ल्याउनुभयो । एकैछिनमा स्कुलका सरहरुले मार्कसिट सहित रिजल्ट फेसबुकमा पठाउनु
भयो । अनि आपूm टपर भएको विश्वास लाग्यो ।
त्यो कुरा थाहा पाएपछि तपाईं कतिको उफ्रिनु भयो ? खुब नाच्नु भयो होला नि ?
—आफ्नो सफलतामा खुसि हुनु त स्वाभाविकै हो । तर त्यस्तो उताउलो पाराले नाच्ने, उफ्रने गरेको छैन । किनकी हाम्रो गुरुहरुले सफलतामा नमात्तिनु, असफलतामा निराश नहुनु भन्ने सिकाउनु भएको थियो । परीक्षा दिएपछि पास/ फेल हुनु स्वाभाविक हो । यसलाई सामान्य ढंगले लिनुपर्छ । यस्तै सामान्य ढंगले लिन नसक्दा अस्ति एउटी छात्राले ए प्लस नआईकन ए मात्र आयो भनेर आत्माहत्या गरेको अखवारमा पढेको थिएँ ।
तपाईं यहाँ कति कक्षादेखि पढ्नु भएको थियो ?
—मेरो स्कुल जीवन यहिंबाट सुरु भएको थियो । कक्षा नर्सरीमा भर्ना भएर एक वर्षपछि एलकेजि नपढीकन यूकेजिमा पढेको थिएँ ।
मतलब तपाईंले यहाँ १२ वर्षसम्म पढ्नु भयो । १२ वर्षको अवधिमा अरु स्कुलमा पढ्न जान पाए पनि हुन्थ्यो भन्ने लागेको थियो कि थिएन ?
—त्यस्तो कहिले पनि मनमा आएन । खूब रमाई रमाई स्कुल आउँथें ।
त्यसको कारण के होला ?
—मेरो स्कुलको वातावरण । यहाँ खेल्नको लागि ठाउँ छ । कोठामा ुसजिलैसित बसेर पढ्न पाउने । खेलकूद, नाच गान मनोरंजनका हरेक साधन उपलब्ध छ । शिक्षकहरुको व्यवहार राम्रो छ । आपूmले नबुझेको कुरा सोध्दा शिक्षकहरुले अलिकति पनि गाह्रो नमानिकन बुझाई दिनुहुन्थ्यो ।
तपाईं अहिले मात्र टपर हुनु भएको कि पहिले पनि हुनुहुन्थ्यो ?
—कक्षा ३ देखि नै पहिला थिएँ । अहिलेसम्म जारि छ । पछि पनि कायम हुनेमा म आशावादी छु ।
ल यत्रो बेर तपाईंसँग कुरा गरें । तपाईंको परिचय लिन बिर्सें । तपाईंको संक्षिप्त परिचय दिनुस न
—म अपेक्षा बेलबासे, मेरो बुबा रबिन्द्र बेलबासे, आमा सावित्री पौडेल, मेरो बुबा अर्घाखांचीको हुनुहुन्थ्यो । अहिले हामी यहिं कीर्तिपुर न.पा.वडा नं.५ छुगाउँमा आफ्नै घरमा बस्छु । हामी यहाँको स्थानीय भइसकें । मेरो आमाबुबाको म एक्लो जेठी छोरी हुँ । मेरो आमा बुबा दुवैजना नोकरी गर्नुहुन्छ ।
एक्लो छोरी घरमा कामै गर्नु पर्दैन होला नि होइन र ?
—काम गर्छु । आफ्नो काम आफै गर्छु । मैले काम गर्न सक्ने भएदेखि आफ्नो लुगा आफै धुन्छु । घरमा खाना पकाउने, भाँडा माझ्ने काम पनि गर्छु । ममिलाई फुर्सद भएको बेला भने मैले केही गर्नु पर्दैन ।
अनि तपाईं दिनको कति घण्टा पढ्नु हुन्छ ?
—पहिले त सामान्य नै थियो । स्कुलको होमवर्क गरिसकेपछि खेल्छु, टिभी पनि हेर्छु । कक्षा १० मा पुगेपछि स्कुलले विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाउन थाल्नुभयो । घरमा गएपछि २ घण्टा पढ्छु । म समयमा खाना खान्छु । समयमा सुत्छु, समयमा उठ्छु । अरुले भन्ने गरेकोझै म रात रातभर पढ्दिन ।
यो सफलताको श्रय तपाईं कसलाई दिनुहुन्छ ? आफ्ना अभिभावक, शिक्षकलाई या आफैलाई ?
—एक्लोले केही पनि गर्न सकिंदैन । मेरो सफलतामा मेरो स्कुल, शिक्षक, अभिभावक र साथीहरु सबैको उतिकै भूमिका रहेका छन । मेरो स्कुलको वातावरणनै शिक्षा मैत्री छन । शिक्षकहरुले राम्ररी सिकाई दिनुहुन्छ । आपूmले नबुझेको कुरा सोध्दा अलिकति पनि झर्को नमानिकन सिकाई दिनुहुन्छ । मेरो आमाबुबाले मलाई सँधैं पढ्न प्रेरित गरिरहनु हुन्छ । घरमा पढ्ने वातावरण मिलाई दिनुहुन्छ । मेरो इच्छा विपरीत कहिल्यै कुनै कुरामा दवाव दिनुहुन्न । मेरा साथीहरु सबै यसै विद्यालयका हुन । सबै साथीहरुसँग मेरो मेलमिलाप छ । हामी अनुशासनहिन काम कहिल्यै गर्दैनौं । हामी एकले अर्कोलाई सम्मान गर्छौं । हाम्रा शिक्षकहरुले हामीलाई सिकाउनु भएको छ, तिमी अरुलाई त्यस्तो व्यवहार कहिल्यै नगर जुन व्यवहार अरुले गरेको तिमीलाई मन पर्दैन ।
अब भविष्यमा के बन्ने लक्ष्य लिनु भएको छ ? अहिले कक्षा ११ मा के विषय पढ्नु भएको छ ?
—मैले भविष्यमा मेडिकल लाईनमा जाने सोचेको छु । त्यसैले अहिले कक्षा ११ मा बाईलोजी लिएर पढ्दै छु ।
अस्ति तपाईंहरुलाई बधाई दिने कार्यक्रममा तपाईंले खूब राम्ररी बोल्नु भएको थियो । तपाईंले कसरी सिक्नु भयो ?
—सरिता डंगोल मिसले हामीलाई स्कूलमै उद्घोषणको तालिम दिनु भएको थियो । पहिले स्कुलमा क्वीज कन्टेस्ट, हरेक कार्यक्रममा भाग लिन्थें । त्यसैले मेरो आत्माबल बढेको कारण मैले निर्धक्क सँग आफ्नो कुरा राख्न सकें ।
अब अन्तमा कक्षा १०मा पढिरहनु भएका भाइबहिनीहरुलाई केही कुरा भन्नु पर्दा के सुझाव दिनुहुन्छ ।
—सबभन्दा पहिले आत्मविश्वास जगाउनु प¥यो । म सक्छु भन्ने भावना हुनुपर्छ । आपूmले नबुझेको कुरा निर्धक्कसँग शिक्षकहरुसँग सोध्न धक मान्नु हुँदैन । यो समय भनेको पढ्ने समय हो । त्यसैले यताउता कतै मन नडुलाउने । मेहेनत गरेर पढ्नु पर्छ । मैले अहिले राखेको भविष्यमा पनि भाइबहिनीहरुले राख्न सकोस भन्ने आशा राख्दछु ।
यसै विषयमा राराहिल मेमोरियल स्कुलका प्रिन्सिपल जगतबहादुर महर्जनसँग अपेक्षाको यो सफलताले तपाईंलाई कस्तो अनूभूति दिलाएको छ भनी सोध्दा उहाँ भन्नुहुन्छ ।
—हामीलाई गौरवान्वित तुल्याएको छ । इतिहास दोहोरिन्छ भन्थ्यो । अहिले आठ वर्षपछि राराहिल स्कुलमा इतिहास दोहोरिएको छ । २०६७ सालको एसएलसी परीक्षामा हाम्रा विद्यार्थी शिरिष महर्जनले ९२.५% प्रतिशत अंक ल्याएर कीर्तिपुरको दक्षिण पश्चिम भेगकै सर्वोत्कृष्ट भएका थिए । उनी अहिले आर्किटेक्चर इन्जिनियरमा थापाथली क्याम्पस टपर भएर नगद पुरस्कार पनि जितेको भन्ने खबर पाएको छु । अहिले पनि हाम्रा ४५ जना विद्यार्थीहरुले एसईई परीक्षा दिएका थिए । जसमा अपेक्षाले जिपिए ४ ल्याएको छ । एकजनाले जिपिए ३.९५, ४ जनाले जिपिए ३.९० ल्याएको लगायत २३ जनाले ए प्लस, १९ जनाले ए, र ३ जनाले बी प्लस ल्याउन सफल भएका छन । यो भनेको मलाई लाग्छ हाम्रो दक्षिण पश्चिम भेगकै सर्वोत्कृष्ट नतिजा हुनुपर्छ ।
ंंयस सफलताको श्रय तपाईं कसलाई दिनुहुन्छ ?
—यो सफलता एकजनाको कारणले पाएको होइन । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको सामुहिक प्रयासबाट सफल पाएको हो । सामुहिक उत्तरदायित्व र सामुहिक जिम्मेवारी बहनले गर्दा यो सफलता पाएको हो ।
No comments:
Post a Comment