Monday, August 26, 2019

मनमा दृढ संकल्प र मेहेनत गरे स्वदेशमै कमाउन सकिन्छ

मनमा दृढ संकल्प र मेहेनत गरे स्वदेशमै कमाउन सकिन्छ 

Sanjaya Maharjan on his paint Shop

संजय महर्जन बुबा गणेश मान महर्जन र आमा शान्ति महर्जनको जेठो छोराका रुपमा  २०३१ सालमा कीर्तिपुर
नगरपालिका वडा नं.५ पाँगा खाचोमा जन्मनु भएका हुन ।

युवा अवस्थादेखि समाज सेवामा लाग्नु गएका संजय महर्जन २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन की.न.पा. वडा नं.१२ नेपाली कांग्रेसको  टिकटमा नससमा विजयी हुनु भएको थियो । जनप्रतिनिधि भए पनि जीवन गुजार्न गाह्रो भएपछि र जेठो छोराको रुपमा बुबालाई सघाउन उहाँ विदेशी रोजगारको लागि दुबई पुग्नुभयो । दुबईमा डेपार्टमेन्टल स्टोर हुँदै पाँच तारे होटलको डेपार्टमेन्ट हेडसम्म हुनुभयो । विदेश गएको ५ वर्षपछि उहाँले आमाबुबाको सल्लाहमा कीर्तिपुर देवढोकाका बिन्दु महर्जनसँग विवाह गर्नुभयो । त्यतिबेला बिन्दुले स्नातक पास गरिसक्नु भएको थियो । भर्खर विवाह गरेको श्रीमती छाडेर उहाँ फेरि विदेशीनु भयो । आपूm विदेशीय पनि उहाँले श्रीमती विन्दुलाई एम.बि.एस  पढ्न पठाउनु भयो । बिन्दु महर्जनले मास्टर डिग्री पनि पास गरिन । केहीवर्ष केही वर्ष एउटा नीजि स्कुलमा मास्टर हुनुभयो ।

१८ वर्ष विदेश बसीसकेपछि संजयलाई स्वदेशको याद आयो । उहाँको दुबईमा महिनाको लगभग २ लाख कमाई हुन्थ्यो । पैसामात्र सबै थोक होइन । परिवारबाट अलग्ग बसेर कमाएको पैसाले मात्र के गर्ने ? यथेस्ट पैसा भए पनि छाडेर आफ्नो परिवारसँग बसेर यहिं केही काम गर्ने उद्देश्यले उहाँ सदाको लागि तीन वर्ष पहिले दुबई छाडेर नेपाल आउनु भयो । उहाँले विदेशमाा बसेर कमाएको पैसाले आफ्नै जमिनमा पाँगाको यँचोमा घर बनाउनु भएको थियो । त्यही घरमा अहिले संजु बिन्दु इन्टरप्राइजेज खोलेर हार्डवेयर पसल चलाईरहनु भएको छ । त्यसपछिका उहाँका गतिविधिको बारेमा हाम्रा संवाददाताले उहाँसँग गरेका कुराकानी यहाँ प्रस्तुत छ – सम्पादक

संजयजी, दुबईबाट यहाँ आएको कति वर्षपछि यो हार्डवेयरको काम गर्नुभयो ?

—एक वर्षसम्म आपूmले गर्न लागेको कामको बारेमा अध्ययन गरें । पाँगाको यँचो मगःबु, र लनगोल, छाप आदि क्षेत्रमा नयाँ घरहरु बनिरहेका छन । यहाँ एउटा पनि हार्डवेयर पसल छैन । त्यसैले हार्डवेयर पसल राख्ने विचार गरें । आजकल नयाँ घर बनाउँदा रंगरोगन गर्ने चलन आइसकेको छ । त्यसैले रंग पनि राख्ने विचार गरें । यहाँ अरु  कम्पनीका रंगहरु त छ्यास छ्यास्ती पाइन्छ । तर रिलायन्सजस्तो गुणस्तर भएको रंगको पसल यहाँ देखिन । त्यसैले मैले रिलायन्स पेन्टको हेड अफिसमै सम्पर्क राखेर कीर्तिपुर क्षेत्रको लागि आधिकारिक बिक्रेता बनें । जसले गर्दा अरुले भन्दा  सस्तोमा रंग दिन सकें । होलसेल मोलमै दिनसकें । रिलायन्स रंग  राख्नुभन्दा पहिले रंगको बारेमा जानकारी लिन कम्पनी मार्फत टे«निंग लिएँ । कुन रंगमा कुन मिलाउँदा खेरि कस्तो रंग बन्छ त्यो पनि थाहा पाएँ ।

अहिले तपाईंको हार्डवेयर पसल कतिको चलिरहेको छ ?

—राम्ररी चलिरहेको छ । फोनको भरमा म होम डेलिभरि दिन्छु । पेन्ट्स डेलिभरि दिन जाँदा रंग लगाएको मिल्छ कि मिल्दैन भन्ने पनि हेरेर सुझाव दिन्छु । जसले गर्दा ग्राहक पनि खुसी भएका छन । एउटा घरको लागि चाहिने पुरै रंग हामीसँग लियो भने भित्तामा रोयल पेन्ट या चित्र जे कोर्न मनलाग्छ सित्तैमा कोरिदिन्छु । त्यसले गर्दा पनि अहिले हाम्रो पेन्ट खुब चलिरहेको छ ।

तपाईंले गतवर्षदेखि पाँगामा एक वर्षभित्र निधन भएकाहरुको फोटो संकलन गरी फ्लेक्स बनाएर राख्नुभयो । सबैले तपाईंको कामको तारिफ गरेका छन । तपाईंलाई यो काम गर्न प्रोत्साहन कहाँबाट पाउनु भयो ? कि कसैको सल्लाहमा यस्तो काम गर्नु भएको हो ?

—म विदेश छँदा नै मैले यो सोचेको थिएँ । एकवर्षमा हाम्रो गाउँमा कति जना मानिसको निधन भयो । यो थाहा पाउन अनलाईनमा कीर्तिपुर सन्देश साप्ताहिक हेर्छु । आपूmले बार्नु पर्ने मानिसको स्वर्गवास भयो भने खबर पाउँछु । त्यसबाहेक अन्तबाट थाहा पाउन सक्दैन । दुबईबाट काठमाडौं आउँदा यो पनि छैन त्यो पनि छैन भन्ने सुन्छु । जसले गर्दा मन दुःखित हुन्छ ।  हामीजस्ता बाहिर देशमा बसिरहेकाहरुले पनि आफ्नो गाउँ ठाउँका मानिसहरुले थाहा पाओस भन्ने चाहना भएको हुँदा अहिले आपूm यहाँ भएको बेला देश विदेशमा बस्नुहुने साथीहरु सबैले हेर्न पाउन, थाहा पाउन भन्ने विचारले यो कदम चालेको हुँ । मलाई यो गाईजात्रा साह्रै मन
पर्छ । यसमा ख्यालः पनि हुन्छ । झ्याँ झ्याँ पाँपाँ हुन्छ । लाखे नचाइन्छ ।


तपाईंले वर्षभरि निधन भएकाहरुको फोटो संकलन कसरी गर्नुभयो ?

—सर्वप्रथम त कीर्तिपुर सन्देश पत्रिकामा समवेदनामा आएका फोटोहरु कीर्तिपुर सन्देश पत्रिकाको अनलाईनबाट लिएँ । त्यसपछि गुठिका नाईकेहरुसँग सम्पर्क राखें । यो वर्ष कुन गुठीमा कतिजनाको निधन भयो भन्ने जानकारी लिएँ । यसरी सबै ठाउँबाट सुचना लिएर, सुचना दिएर फोटो संकलन गरेको हुँ ।

तपाइंले फ्लेक्सको दायाँ बायाँ आफ्नो पसलको साथै रिलायन्स पेन्ट्सको विज्ञापन गर्नु भएको छ । रिलायन्स कम्पनीले विज्ञापनको पैसा दिन्छ कि ?

—मेरो व्यापारनै रिलायन्स पेन्ट्स बेच्नु हो । आफ्नो कामको प्रचार गर्नु त स्वाभाविकै हो । म यँचोजस्तो गाउँबाट बाहिर पसल थापेर बसेको छु । मेरो पसलको विज्ञापन त गर्नै प¥यो । यो विज्ञापन गरेवापत कम्पनीसँग अहिलेसम्म एक पैसा लिएको छैन । फेरि यो मैले कम्पनीसँग सोधेर गरेको पनि होइन । पैसाको लागि गरेको पनि होइन । त्यसैले पैसा पाउने नपाउनेसँग मतलब रहेन । विदेशमा बस्दादेखिको मेरो चाहना पुरा भएको छ । यसैमा म सन्तुष्ट छु ।


Free Paint by Sanjaya in customer's room

कीर्तिपुरमा दिवंगतहरुको फोटो संकलन गरी फ्लेक्समा राख्ने चलन त धेरै वर्ष पहिलेदेखि चल्दै आईरहेको छ । उहाँहरुले त यसपाली फोटो दिंदा दुईसय रुपैया पनि लिएको छ । तपाईंले पनि फोटो दिनेहरुसँग पैसा लिनु भएको छ ?

—अहँ मैले कसैसँग पैसा लिएको छैन । कसै कसैले कीर्तिपुरमा दुईसय रुपैया लिन्छ यहाँ कति लिनुहुन्छ भनेर सोध्ने गरेका छन् । तर मैले कसैसँग एक पैसा लिएको छैन । यसपाली पाँगाभरिमा ५६ जनाको निधत्रन भएको छ । दुईसय रुपैयाँको दरले पनि एघार हजार दुईसय हुन्थ्यो । फ्लेक्स बनाउन चार हजार लागेको छ । यस हिसावले ७ हजार बच्थ्यो । त्यति रुपैयाँ त आफैले  पनि राख्न सक्छु । मेरो उद्देश्य पैसा कमाउन होइन ।

अनि यो फ्लेक्स राखेर तपाईंलाई के फाईदा भयो ?

- आत्मसन्तुष्टी । मैले फाइदा बेफाईदा सोचेर राखेको होइन ।  यो फ्लेक्स लाछीमा राख्दा हेर्न आउनेहरुको भीड देखेर मलाई साह्रै खुसी लाग्यो । गाईजात्रासम्म नै सबैले हेरिरहेको देख्दा मन प्रफुल्लित भयो । यसले गर्दा दान गर्नेहरुलाई पनि कति जना छ भनेर थाहा पाए ।

No comments:

Post a Comment