Friday, January 29, 2021

३३ औं हाइकिङ संस्मरण

 ३३ औं हाइकिङ संस्मरण

 




                             प्रस्तोता — प्रदिप महर्जन

मासिक रुपमा हाइकिङ आयोजना गर्दै आएको कीर्तिपुर स्थित ईजी हाइकिङ समूहले लकडाउन पछि पहिलो पल्ट आयोजना गरेको ३३ औं हाइकिङ कार्यक्रममा सहभागी हुने अवसर पाएँ । हाइकिङव एकदिने छोटा हिंडाइ, डाँडा, काँडा गाउँबस्ती, उकाली ओराली, जङ्गल घारी छिचोल्दै प्राकृतिक सौन्दर्यको आनन्द लिंदै प्रकृतिसँग मनका कुराहरु साटासट गर्दै हिड्ने कार्य हो हाइकिङ । यसले शरीरमा थकान महसुस भए पनि मनमा एक प्रकारको आनन्द प्रदान गर्दछ । त्यस्तै निर्धारित अन्तिम विन्दुमा पुगेपछि त्यस्ले स्वर्गिय आनन्द प्रदान गर्दछ ।

लकडाउन पछि सुरु गरेको पहिलो र संख्यात्मकमा ३३ औं हाइकिङ भने कीर्तिपुरबाट भष्माशुर डाँडासम्मको थियो । ईजी हाइकिङद्वारा आयोजना गरिने हाइकिङ कार्यक्रममा मादक पदार्थ, धुम्रपान र मांसाहारीका परिकार पूर्ण रुपमा बन्देज लगाइएको रहेछ । मैले आयोजक अशोक कुमार भन्सारी र दुर्गालाल साहीबाट जानकारी पाएँ कि हाइकिङ जाँदा आपूmलाई चाहिने खाजा पानी र अन्य पोशिला खाने कुराको व्यवस्था आफैले साथमा लिएर हिंड्नु पर्ने । सोही अनुसार मंसिर १३गते आपूmलाई चाहिने खाने कुरा र सम्भावित चोटपटकको उपचारको लागि उपयुक्त सामाग्रीहरु सहित विहान ७.३० बजे पाँगा दोबाटो पुगिसकेको थिएँ । त्यसपछि विस्तारै साथीहरु सोही स्थानमा भेला हुँदै गए । त्यहाँ जम्मा भएका १७ जना साथीहरु गन्तव्य भष्मासुर डाँडा करिव (२५००मी उचाई) तर्फ हिंड्यौं ।




सल्याँचा (पाँगा दोबाटो) नगाउँ, छुगाउँ, गाम्चा, पाल्व, मच्छेगाउँ, चुनदेवी, सेतीदेवी, छाप भमञ्ज्याङ हुँदै भष्माशुर डाँडा पुग्ने सूचना प्राप्त भए अनुसार नै ७ः४५ बजे गत्तब्य तर्फ लागेका थियौं । एकजना आयोजक तर्फकै साथी नआइ पुगेकोले केही मय छुगाउँ पुगेर हामी अलमलियौं । त्यसपछि चालेको पाईला निर्धारित बाटो हुँदै मत्स्यनारायण दर्शन गर्दै करिव १ घण्टा १५ मिनेटको यात्रा पछि पासा भ्वयछेँ पुगेर विश्राम लिने संकेत प्राप्त भयो  । सोही अनुसार त्यहाँ पुगेर सबै साथीहरुले आफ्ना थकाईका भारी विसाए । त्यहाँ करिव ४५ मिनेट चिया नास्ता सँगैको आराम पछि कीर्तिपुरबाट हिंडेको सबै थकाई मेटियो । अब नास्ता पछि भने हाम्रो खास डेष्टिनेशन भष्माशुर तिर लाग्न कम्मर कस्यौं । पासा भोय छेँ  रेष्टुरेण्टबाट १० बजे रवाना भयौं । सेतीदेवीबाट केही माथि पुगेपछि दुईवटा बाटोहरु एउटा सीधा र अर्को छड्के दाहिने जाने बाटो आयो । हामी अलमल परेको देखेर स्थानीय एक मानिसले सीधा होइन दायाँतिर जानु होला भन्ने संकेत गर्नु भयो र हामी त्यतै लाग्यौं । ३ महिला सहित १७ जना हिंडेकोमा सबै अगाडी अगाडी हिंडेका थिए भने हामी अशोक, दिलिप, रामभोला र म अलि पछाडी थियौं । रामभोला स्थानीयसँग मूला किन्न लाग्नु भएकोले पनि हामी अलि पछाडी प¥यौं । अब वास्तविक उकालो सुरु हुने भएकोले राम भोलालाई पर्खुन्जेल मैले पनि लगाएको लुगा फुकालेर हिंड्न सजिलो बनाउन व्यवस्था गरिसकेको थिएँ । विस्तारै उकालो जाँदै थियौं । त्यतिकै बेला रामभोलाले दिनु भएको मूलाको टुक्राले पनि शरीरमा अमृतकै काम ग¥यो । खुबै मिठो लाग्यो । हिंड्नलाई उर्जा मिल्यो । हिंड्दै जाँदा जति जति उचाई चुम्दै गयो उति मनमोहक हिमालका दृश्यहरु हेर्दै अगाडी बढ्दै गयौं ।




कोरोना भाइरस कोभिड १९को खतरा झेल्दै घरबाट निस्कँदा मास्क र स्यानिटाइजर प्रयोग गर्दै हिंडेका हामी त्यो उचाइ पुग्दा र स्वच्छ वातावरणमा पुग्दा त्यहाँ कोरोना पुग्न सक्दैन कि जस्तो महसुस भयो र यसो साथीहरुको अनुहारतिर हेर्छु, सायद त्यसैलेले गर्दा होला कसैसँग पनि मास्क थिएन । शहरी वातावरण, भिडभाडबाट मुक्त, प्रदुषणरहित स्वच्छ चुचुरामा पुग्दा त्यस्तो  अनुभूति  भयो ।


हामी हिंडेको करिव ३ घण्टामा छाप भञ्ज्याङ पुग्यौं । यस भञ्ज्याङमा एउटा  रेष्टुरेण्ट÷क्याम्प रहेछ जहाँ टेन्टहरु गाडिएका थिए । सो ठाउँमा कोही पनि नाइट क्याम्प गर्न चाहेमा गर्न सकिने रहेछ । बाटो एकदमै राम्रो ढुङ्गाले छापेर बनाएका खुड्किलाहरुले वटुवाहरुलाई निकै सजिलो बनाएको थियो । हिंड्ने क्रममा बाटोमा मकवानपुर सिम्पानी गाउँमा केही स्थानीय मानिसहरु सँग भलाकुसारी गर्ने मौका मिल्यो । त्यो बाटोमा त उहाँहरु दिनको दुईपटक नियमित ओहोर दोहोर गर्दा रहेछन् । 

कुरैकुरामा उहाँहरु मच्छेगाउँ सतुङ्गल, मातातिर्थ तिनपाने (कोदोको रक्सी) विक्री गर्न र आवश्यक सामाग्री लिएर जाने कुरा थाहा भयो । त्यो खुड्किला पनि आठ वर्ष पहिले सिमपाने गाउँ, मच्छेगाउँ, स्थानीय मिलेर निर्माण गरेको भन्ने कुरा उहाँहरुले बताउनु भयो । कुरा गर्दै हिमचुली हेर्दै बाटोमा पाइने विभिन्न प्रजातीका वनस्पतीहरु सँग साक्षात्कार गर्दै अगाडि बढ्दै थियौं । हिंड्ने क्रममै छाप भञ्ज्याङसम्म पुग्ने क्रममा लाम्डाडा लाकपादोर्जे लगायत पूर्वका थुप्रै हिमालहरुको दृष्यावलोकन गर्न सकिने  रहेछ । त्यस्तै पश्चिम तर्फ हिमचुली, गणेश हिमालका चुचुराहरु र अन्नपूर्ण तथा लम्जुङ हिमालका दृश्यहरु राम्रोसँग हेर्न सकिने रहेछ । 

लकडाउनको लामो घर बसाई पछि आज हाइकिङ जाँदैछु । ऐया ! ए के भयो मलाई मनमनै स्वसम्बाद गरें । हिप जोर्नी दुवै खुट्टामा दुःखेको अनुभव भयो । अघि पछि पनि धेरै उकाली ओराली हाइकिङ टे«किङ गरेकै हो । हल्का खुट्टा, औलाका टुप्पाहरु चै दुख्ने स्वाभाविक हो तर आज यो उकालो चढ्दा हिप जोर्नी दुखेको पहिलो अनुभव भयो । मनमनै कुरा गर्दै हिपजोर्नी तन्काउँदै अगाडी बढें केही सन्चो अनुभव भयो । अलिबेर हिंडेपछि फेरी त्यस्तै दुखाई सुरु भयो ।

पहिला पहिला हाइकिङ गर्ने क्रममा जङ्गलमा धसिङ्गर भन्ने झार पाइन्छ । जस्को आयोडेक्स बनाउन प्रयोग गरिन्छ भन्ने कुरा मेरो मित्र फरेष्ट्रीका विद्याथीपर्् सञ्जय डंगोलले भनेको थियो । त्यो सम्झेर धसिङ्गर खोजें बाटो कै डिलमा भेटियो र त्यो हातले माडेर मसाज गरें हल्का सन्चो अनुभव भयो । अनि अशोक दाइ, रामभोला, दिलिप दाइलाई  खुला ठाउँमा आराम गर्न पनि भने । त्यहाँबाट उत्तरतिर देखिएका चाँदी जस्तै टल्किएका विभिन्न सेता हिमालहरु हाँसिरहेको हेर्दै आनन्दित हुँदै बस्दा आपूmलाई दुखेको सबै हराइ सकेको अनुभव भयो ।

अगाडी देखिएको हरियो दहचोक डाँडा निकै मनोरम थियो । त्यस पछाडी देखिने हिमचुली हिमालका चुचुरा र गणेश हिमाल प्रष्टै हातले हिउँ टिप्न सकिने जस्तो अनुभव भयो । त्यसवाहेक ककनीको डाँडा, शिवपुरी अनि जामाच्व डाँडा त यस्सो निहुरेर हेर्नु पर्ने भयो । सेतो हिउँरुपी ओड्नीले बेरेकी चिटिक्क परेको सुन्दरी जस्ती देखिने लाम्टाङ हिमाल, अनि जुगल, लाक्पा दोर्जी हेर्दाहेर्दै थकाई पनि र दुखाई पनि मेटियो । त्यसपछि हिंड्न सुरु गरेको दाइहरुलाई आधि ण्टाले पछि पार्दै म छाप भञ्ज्याङ गएर हामी भन्दा अधि पुगेका साथीहरुको समूहमा मिसिइ सकेको थिएँ । आधि घण्टा पछि बल्ल अशोक दाइ, दिलिप दाइ आइपुग्नु भयो । त्यहाँबाछट पूर्व तर्फ रहेको हाम्रो अन्तिम डेस्टिनेशन भष्मासुरको टुप्पो हेर्दै अगाडी बढ्यौं । २०÷२५ मिनेटको हिडाई पछि एउटा खुल्ला चौर आइपुग्यो । यहाँ पुग्दा करिब १ः३० बजि सकेको थियो । त्यहीं बसेर खाजा खाने सल्लाह भयो । साथीहरुले चना, अचार, च्याउ गोलभेडा, आदि पकाएर ल्याएको रहेछ । सबैले ल्याएको एकै ठाउँमा मिसाएर गोलबद्ध भएर पेट पूजा गर्ने जोरजाममा साथीहरु लागे । मैले लगेको स्याउ, केस्रा जुनार पनि त्यहिं मिसाएँ । अशोक दाइले फलपूmल काट्न थाल्नुभयो । अरु साथीहरु चिउरा र अन्य तरकारी प्लेटमा राख्न सुरु गरें । ओहो यो त 

पुरै शाकाहारी भोजै भयो नि ।

मलाई त्यो ठाउँ बस्दा करिब २५ वर्ष अघि त्यस ठाउँमा साथीहरु सँग हिउँ खेल्न गएको याद आयो । त्यतिबेला खुल्ला चौर हल्का ओरालो अनि स्की खेलेको कुराको सम्झनाले मनै आनन्दित भयो । त्यतिबेला घर पुग्दा राती ११ बजेको थियो । खानपिन पछि करिब २ः४५ बजे हामी भष्मासुर डाँडा तिर हिड्यौं । करिव ४५ मिनेटको हिंडाइ पछि भष्मासुर डाँडा पुग्यौं । टोली नेता दुर्गालाल भाइले ऊ बेला पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमणको क्रमा बनाएको बंकर भनेर वरिपरि खनेको खाल्डो देखाउनु भयो । ओहो ! डाँडाको वरिपरि ठुलै खाल्डो खनेको रहेछ । जहाँबाट कीर्तिपुर लगायत उपत्यका प्रष्टै देखिन्थ्यो भने दक्षिण तर्फ फर्पिङ लगायत मकवानपुरका विभिन्न गढीहरु राम्रोसँग देख्न सकिने ठाउँ रहेछ । तब न उक्त डाँडा पृथ्वी नारायण शाहले युद्धका लागि बंकर निर्माण गर्न लगाए होला भन्ने जस्तो लाग्यो । त्यहाँ पुगेपछि उत्तरतिर देखिने लाम्टाङ लगायत सबै हिमचुचुराहरु हेर्दै आनन्द लिंदै सबै साथीहरु फोटो खिच्न थाले ।

उपत्यकाका कंक्रिट जङ्गल अनि कीर्तिपुरमा पनि क्रमशः बढ्दै आएको सोही जंगलले खाली कृषि योग्य जमिन सबै छोपिंदै आएको अवलोकन ग¥यौं । यसैको कारण विश्वमा तापक्रम बढ्दो क्रममा रहेको र हिमालका हिउँ पग्लेर समुद्रि सतह बढ्ने र बस्ती डुबान हुन सक्ने वातावरणविदहरुलाई चिन्ता र अध्ययनको विषय बनेको छ । बढ्दो तापक्रमको प्रभावले गर्दा नै होला सेतो देखिनु पर्नें हिमाल पग्लेर कालो देखिन थालेको छ । 

१२ महिना चाँदीजस्तो टल्किने लाम्टाङ हिमालमा समेत कालो दाग देखिएको अनुभूती हुन्छ । अब सामुहिक फोटो खिच्ने भनेर टोली नेता दुर्गालाल भाइ मिलाउँदै थिए । म पनि समूहमा मिसिएर अगाडी ठ्याच्च बसें । 

समयले नेटो काटी सकेको थियो । सूर्य पनि डाँडा पारी डुबुल्की मार्ने क्रममा थियो । सबै घर फर्कन चम्पादेवी डाँडा हेर्दै झर्न थाले । बाटोमा फोटो खिच्दै अगाडी बढ्दै थियौं । त्यतिकै बेला दुर्गालाल भाइले आफ्नो क्यामरामा कैद गरेको फोटो देखाउँदै यो सगरमाथा होइन र दाई भनेको आवाज सुनें । यसो हेर्छु आकार प्रकार सबै सगरमाथा संग मिल्छ अनि यो सगरमाथा नै हुनुपर्छ भनें । थप दुई तिन स्न्याप फोटो खिची सकेर हामी ठाडो ओरालो झर्न थाल्यौं । मैले मनमनै सोच्न थालें सगरमाथा अवलोकन गर्न नगरकोट नै किन जानु प¥यो र आफ्नै नजिकको भष्माशुर डाँडाबाट प्रष्ट हेर्न सकिने रहेछ । यहाँ भ्यूटावर बनाउने हो भने पर्यटकलाई नयाँ लाग्ने छ ।

३÷४ घण्टाको हिंडाई मै सगरमाथा यति प्रष्टसँग देखिने यस ठाउँलाई प्रचार प्रसार गर्न सकेमा कीर्तिपुर र  चन्द्रागिरी नगरपालिकाले ठूलो लाभ लिन उठाउन सकिनेमा दुईमत छैन । सगरमाथा हेर्ने धुनमा बस्दै गर्दा सबै साथीहरु निकै तल पुष्पलाल पार्क मच्छेगाउँ झर्ने  ठाउँमा पुगिसकेका रहेछन् । मात्र हामी ५ जना दुर्गालाल, रामभोला, सर्निका, विनेश पछाडि परेका रहेछौं । केही तल जङ्गलको बाटो हिंड्दै गर्दा सनिका बहिनीले खुट्टा दुख्यो हिंड्न गाह्रो भयो भन्न थाल्यो । विस्तारै लौरो टेकाउँदै हिंड्न सुझायौं ।

अगाडि बढ्दै गए । धेरै गाह्रो भएपछि चिसो पानीले खुट्टा सेकाएर हिंडायौं । बल्ल बल्ल पुष्पलाल पार्क झर्ने ठाउँ पुग्यो । अझ १ घण्टा झर्न बाँकी छ ५ बजिसके छ । सर्निकालाई हिंड्न झन समस्या हुँदै थियो । अँध्यारोले दिन छोप्दै गैराखेको छ भख्खर २५% बाटो झ¥यौं । एक हुल केटाहरु त्यतैबाट आएर हामीलाई उछिनेर गए । 

विस्तारै तल झर्ने क्रममा पिच बाटोमा सरल गोपाल भेटियो, के भयो भनी सोध्दा मासु फर्केला जस्तो भएर आराम गरि बसेको भने । 

ऊ पनि हामी पछाडीबाट आउँदै गरेको थाहा भएर नै साथीहरुले छोडेर गए पनि आराम गरी बसे । अँध्यारो भैसकेको थियो । अपरान्ह ६ः४५ बजेको समय दुर्य जना विरामी साथीहरु अप्ठ्यारो बाटो अनि जङ्गलको बाटो जनावरको डर मोबाईलको टर्च बाल्दै निरन्तर झरिरह्यौं । तर सर्निकालाई निकै गाह्रो भएकोले दुर्गालाललाई बोक्नको लागि भनें र उस्ले सोही अनुसार बोकेर रेस्क्यू ग¥यो । मैले पनि बोकेर तल झर्नमा सहयोग गरें । 

७ः३०मा पुष्पलाल पार्क पुगियो । धिन्चो, भष्माशुर डाँडा धेरै पटक चढियो । बोशनबाट जाने बाटो राम्रै छ । आज हिंडेको सेतीदेवी छाप भञ्ज्याङ उकालो बाटो पनि निकै राम्रो लाग्यो । तर हाम्रो पुष्पलालदेखि धिन्चो (चम्पादेवी) जाने उकालो बाटो विगत ४०÷५० वर्षदेखि जस्ताको तस्तै पाएँ । म सानो छँदाको बाटो र अहिलेको मा कुनै अन्तर पाइन । 

पर्यटकिय दृष्टिले यति महत्वपूर्ण ठाउँ प्रत्येक वर्ष नयाँ वर्ष र सकिमना पुन्हिको दिन मेला लाग्ने ठाउँमा जाने बाटोमा न कीर्तिपुर नगरपालिकाको ध्यान गएको छ न सम्बन्धित वडाको नै ध्यान गएको छ । यस पंक्तिकार सो ठाउँमा हाइकिङ जान सहज बाटो बनाउन सम्बन्धित निकायको ध्यान जाओस भन्ने आग्रह समेत गर्दछ ।

कीर्तिपुर सन्देश साप्ताहिक अंक ४७३ २०७७ पौष १ गते प्रकाशित

No comments:

Post a Comment