पांगा ध्वाकाफःमा अवस्थित श्री विघ्नान्तक÷ जलविणायक गणेद्यः
निरज मान सिंह
कौतुहलता यसरी सुरु भयो ः
कुरा आजभन्दा चार वर्ष पहिले मंसिर २१, २०७४ विहिवारको हो । देश पुरा चुनावको लहरमा रुमलिएको थियो । नेताहरुको पार्टी विज्ञप्ती, एजेन्डा, विकास योजनाहरूले सबैको आँखामा उत्सुकता र आशा देखिन सक्थ्यो । म पनि देशको नयाँ परिवर्तनको आशामा भोट खसाल्न पाँगाको दिख्यः गएको थिएँ । भोट खसालेर बाहिर निस्किएँ । ढोकाफलमै साथी सुभाष भेटभयो । सन्चो बिसन्चो र भलाकुसारीसंगै उसैको आँगनमा रहेको प्रस्तरको मूर्तिमा मेरो आँखा गयो । हेर्दै भैरबजस्तो देखिने आठ हाते देवताले गणेश भगवानलाई आफ्नो खुट्टाले कुल्चीराखेको थियो । मैले सुभाषसंग सोधें यो कुन भगवान हो ?
यो कोयना जलविनायक गणेद्यः हो । उसले सहजै उत्तर दियो । मैले फेरी ध्यान दिएर हेरें । अनि फेरी सुभाषलाई हेरी प्रश्न तेर्साएँ अनि गणेद्यःलाई कुल्चेको चाहि को हो, कुन देवता हो ?
खोइ हामी यहाँ सबैले गणेद्यः भनेरनै पुज्ने गरेका छौ । साथी सुभाषले भन्यो । मैले एक–दुइवटा आफ्नो मोबाइलले त्यस मूर्तिको फोटो खिचें र सुभाषसंग बिदा मागेर घर आएँ । घर पुगेर पनि सोची रहें । कौतुहलता मनमा आगो सरि दंन्किंदै थियो । यदि सबैले गणेद्यः भनेर नै पुजा गर्ने हो भने गणेद्यःलाई कुल्चेको मूर्तिनै किन राख्नु प¥यो ? अरु गणेद्यःको प्रस्तरजस्तै लय समातेको पनि त राख्न सकिन्थ्यो ? गणेद्यःलाई वाहन बनाइ माथी बस्ने देवता को हो ? र पुजा गर्दा सबैभन्दा पहिला पुजिने गणेद्यःलाई किन कुल्चेको रहेछ ? मूर्ति पछाडीको कथा के होला ?
मलाई पहिलेदेखि प्रायः मुख्य फिल्म भन्दा पनि ूमेकिङ्गू बिहाइन्ड द सिन मै चासो रहयो । त्यसपछी पाँगामा चिनेको मान्छेहरुलाई भेट हुँदा त्यस गणेद्यःको मूर्तिको बारे साथी, दिदी, दाई, ठुला बडा सबैलाई सोध्न थालें । साइकलमा मोर्निंग राइडमा जाँदा पनि प्राय पाँगा भएरै जाने वा पाँगाको बाटो भएर फर्किन थालें । पाँगामा चिया पिउँदा पनि बुढापाका, अधवैसे मानिसहरुसंग सोध्न थालें । तर बिडम्बना सबैको एउटै भनाइः कोयना गणेद्यो, जलविनायक गणेद्यःलाई वाहन बनाई त्यसमाथि कुल्चेर बस्ने भैरवजस्तो देखिने, आठ हाते देवता बारे कसैलाई थाहा रैनछ । दिन बित्दै गयो, एक वर्ष(दुई वर्ष(तिन वर्ष, समयले काचुली फेर्दै गयो । तर मेरो किन को जवाफ पाउँदै पाईन। देशमा नयाँ परिवर्तन संगै सम्पदा विनास हुँदै गए । सम्पदाका मठ–मन्दिर, पाटी पौवा भत्काई बाटो चौडा गर्ने क्रम बढ्दै गयो । यस अत्याचार बिरुद्धमा सम्पदा प्रेमीहरु लागि परे । विक्रम.संवत २०७२, (नेपाल संवत ११३५ लछलाथ्व) मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल भाषा केन्द्रिय विभागबाट पाटन क्याम्पसमा रन्जना र प्रचलित लिपीको क्लास लिएर प्रमाणपत्र पनि हासिल गरिसकेको थिएँ । यती मात्र होइन ब्रह्म लिपी पनि सिकें । यस लिपी शिक्षाले मलाई लोगो डिजाइन गर्न र शिला पत्र पढ्न अलि–अलि मद्दत ग¥यो । अलि–अलि किन भने प्राय शिलापत्रहरु राम्रो अवस्थामा भेटिंदैन थियो । तर आफुलाई नेवार भनाउने साथीहरुलाई चाही यस तिनवटा लिपी (रन्जना, प्रचलित र ब्रह्म) बारे त के कोयना गणेद्यः बारे पनि रत्तिभर थाहा रैनछ ।
दिन बित्दै गयो । चार वर्ष भयो । कोयना गणेद्यः, जलविणायक बारे खोज्दै हिडेको पनि । धेरै पौराणिक किताबहरु किनें÷पढे तर कुनै किताबमा यस बारे लेखेको भेटिएन । बरु अरु विणायक बारे थाहा पाएँ । त्यहिँ बेला देशमा कोरोना भाइरस भित्रियो। म बेरोजगार भएँ, काम केहि थिएन दिनभरि पौराणिक/ईतिहासका किताबहरु पढ्ने र गुगल सर्च गर्ने अनी सम्पदा भ्रमण गर्ने मात्र काम भयो । यसै क्रममा सम्पदा क्षेत्र घुम्दै गर्दा, एक दिन संयोगले पहिले एस्पेन एडमा संगै काम गरिसकेको सुबेष भाई बसन्तपुरमा भेटभयो । उसले ग्राफिक डिजाइनको काम छोडेर दिक्षा लिई आफ्नै पुर्खौली गुभाजुको काम गर्न थालेको रहेछ । सुबेष भाईबाट स्वयम्भु, बज्रयान, चर्या र काल भैरवको मूर्तिमा देखिएको पोजिशनको अर्थ बारे धेरै कुरा थाहा पाएँ ।
मंसिर १५, २०७७ सोमबारको रात घरमा आफ्नो मोबाइलबाट पिन्टेरेस्ट एप हेर्दै थिएँ । त्यहाँ मैले यहिँ कोयना गणेद्यः, जलविनायकको थांका पैन्टिंगको फोटो भेटे, लगतै मैले त्यो फोटो सुबेष भाईलाई पठाएँ । भाईले मलाई स्वयम्भु पुराणका केही चार÷पांच पानाहरुको फोटो पठायो । मेरो खुशीको कुनै सिमा रहेन । वर्षौ खडेरी पछी, हर्षोल्लासका साथ करुणामयको आगमनसंगै देशमा सहकाल छाएको जस्तो महसुस भयो । तर पानाहरुमा लेखेको अक्षरहरु शुद्ध नेपाल भाषामा रहेछ । कत्ति शब्दहरु बुझ्न मैले नेवार÷नेपाली÷इंग्लिसू डिक्सनरी पल्टाउँनु प¥यो । आखिरमा चार वर्ष पछि मैले ूकोयना गणेद्यः, जलविणायकलाई कुल्चेको त्यस मूर्तिबारे बिहाइन्ड द सिनू थाहा पाएँ ।........
बिहाइन्ड द सिन ः
स्वयम्भू पुराण गन्धेश्वर वेतराग महात्म्यू कथा अनुसार, उहिले एक समयमा ओंदीयान आचार्य फणिकेश्वर वेटराग सिद्ध गर्न ूअष्ट सिद्धिको प्रत्यक्ष मैले हेर्छुू भनेर आचार्य फणिकेश्वर वेतरागवाट आज्ञा भए अनुसार उत्तर दिशा जाँदा कछपाल पर्वतमाथी गएर हात्तीको छाला ओछ्याई त्यस माथी कुशासनू बिछाई त्यस माथी आफु बसी बत्तीस पत्र भएको छत्र ठड्याएर तपस्या गर्न तेत्तिसकोटी देवताहरुको आराधना गरि पुजा भावले तपस्या गर्दै थिए । तप गर्नु भन्दा पहिला इन्द्रदेव लगायत तेत्तिस कोटी देवताहरुलाई बोलाई पुजाभाव होम गरि भोजन आदि गराई विदा गरे र आफु तपमा लिन हुन थाले । त्यहि पर्वतमा बसीरहेको गणेशलाई त्यस भोजमा नबोलाएकोले ध्यान गरिबसेको ओंदियानलाई देखी गणेद्यः अत्यन्त रिसाइ ूओहो ! आचार्य मेरो पर्वतमा आएर तप बसेर, मलाई बाहेक सबै देवताहरुलाई भोजन गरायौ, मलाई बोलाउदा पनि बोलाएनौ, खाना पनि ख्वाएनौ हेर हेर ! मेरै अंश हात्तीको छालालाई ओछ्याएर त्यस माथी बसेर मलाई साह्रै हेला गरेको रैछौ । यसलाई त म......ू भन्दै गणेश मुर्मुरिन्दै रिसाएर, ओंदियानलाई खत्तम गर्छु भन्दै आफ्नो गण र शैन्य संगम ग¥यो ।
गणेद्यःको शैन्यत पुटन, कटपुटन, अपस्मारग्रह अमुश्यगण, नागगण, राक्षसगण यस्तै थुप्रै संगम गरेर गणेशद्यःेले तिनीहरुलाई हेरेर हे ! मारगणहरु तिमीहरुलाई थाहा भयो मेरो पर्वतमा बसेर सबैलाई बोलाएर भोज खुवाए । म यस पर्वतको मालिक मलाई नै नबोलाउने रे । मलाई यो अपमान सहनै सकिनं । त्यसैले मैले तिमीहरुको आह्वान गरेको हुँ । तिमीहरु यस पर्वतमा बसेर तप गर्दै गरेको ओंदियान आचार्यलाई तिमीहरु सबै गएर खत्तम गरेर आउ ।
गणेद्यःको आज्ञाको पालन गर्दै पुटन, कटपुटन अपस्यारप्रह, अमनुश्यगण, नागगण, राक्षसगण आदि सारा समूह एकत्रित भई ओंदियानले तप ध्यान गर्दै बसेको ठाँउमा गएर ध्यान भङ्ग गर्न खोज्दै बागमतीको पानी छ्यापे । कोही कछुवा भएर पर्वतको भित्र–भित्रसम्म दुलो खनेर भित्र पसी पर्वतनै हल्लीने गरी हल्लाए । कोही सर्प, कोही गोही, कोही भूमि खन्ने कीरा भएर त्यो पर्वत ठाउँ ठाउँमा प्वालै प्वाल पारिरहे। पर्वत अलि–अलि गर्दै पहिरो जान थाल्यो ।
जत्ति पर्वत हल्ले पनि, जतिसुकै पर्वतलाई पहिरो पठाए पनि ओंदियानलाई पर्वतबाट मुनी खसाल्न सकेन र तपबाट उठाउन पनि सकेन । ओंदियानले तारण किरण राखेर साधना गरी बसेको रहेछ । यसरी मारगणहरुले ओंदियानलाई केहि गर्न नसकेको देखेर अब मै गएर यसलाई सिध्याउँछु । भन्दै गणेद्यः आफै गयो । रिसाउदै प्रकोप भएर आउदै गरेको गणेद्यःलाई देखेर ओंदियान आचार्यले यो गणेद्यःले मलाई के गर्न आएको होला ? भनी डराएर तुरुन्तै विध्नान्तकूको आराधना ग¥यो । यसबेला अष्टसिद्धि प्राप्त गरेर सिद्ध वाक्य भइसकेको हुनाले ओंदियान आचार्यले आराधना गरेकोले तुरुन्तै ूश्री विध्नान्तकू प्रकट भएर ओंदियान आचार्यको अगाडी दर्शन दिई हे आचार्य के कारणवश मलाई आराधना गरेको ?
श्री विध्नान्तकले भने हे गणेद्यः ओंदियानको तप तिमीले किन भङ्ग गर्न खोजेको ?
श्री विध्नान्तकको कुरा सुनेर गणेद्यःले विन्ती ग¥यो हजुर आफैले कुरा बुझेर बिचार गरिदिनुस । विध्नान्तक ज्यु मेरो ठाउँमा मेरो पर्वतमै बसेर म एक जना बाहेक सबै देवगणहरुलाई निमन्त्रणा दिएर सबैलाई भोज खुवाएर तप गर्दै बस्यो । यसरी मेरो अपमान गरेर हेपेको हुनाले मलाई साह्रै चित्त दुखेर रिस उठेको मात्र हो प्रभु ।
यसकारण मैले मारगण पठाए यस आचार्यको तप भंग गर्न खोजेको । त्यहि बेला हजुर प्रकट हुनु भयो । गणेद्यःको यत्ति कुरा सुनिसके पछी श्री विध्नान्तकले ओंदियानलाई भने हे ओंदियान, तिमी पनि जसको पर्वतमा बसेका छौ उसैलाई निमन्त्रणा नगर्नु राम्रो कुरा होइन । अब देखी तिमीले जहाँ बसेर जुनसुकै काम गर्दा पनि सर्वप्रथम त्यस ठाउँको स्वामीलाई नै मान्नु, त्यसलाई निमन्त्रणा गर अनि मात्र अरु काम गर्नु । अब जे भए पनि भैहाल्यो । पहिले गणेद्यःलाई नै पुजाभाव गर्नु अनि तिम्रो कार्य सिद्ध हुन्छ । गणेद्यःलाई पनि चित्त बुझाएर विध्नान्तक त्यहि अन्तर ध्यान भएर लोप भयो ।
त्यस पछी ओंदियान आचार्य श्री विध्नान्तकको आज्ञाको पालन गर्दै पहिले गणेद्यःलाई पुजा गरेर भोजन गराएर क्षमा मागेर त्यहि ठाउँमा फेरी निर्विध्नपुर्वक तप ध्यानमा लिन भए ।
मन्दिर संगै रहेको शिलापत्र मूर्ति नजिकै रहेको चन्द्र, सुर्य अङ्कित सानो शिलापत्रमा लेखिए अनुसार श्री गणेशाय नमः कोते शिवनरसिंको नाती डीठठा नरबहादुरको छोरा (काहिला) काठमाडौँ जिल्ला पाँगा ढोकाफल टोल बस्ने लेखा अधिकृत रामचन्द्र र तस्य भार्या कृष्ण कुमारी समेत भै कुलको पितृदेवताहरुको उद्दारको कामना गरी श्री जलाविणायक ‘(विध्नान्तक)को प्रतिमा स्थापना गर्यौ, यसको संरक्षण गर्ने सर्वाधिक सबैमा छ। वि. संवत २०३९ साल जेष्ट सुक्ल नवमी १० गते ।
नेपाली भाषामै लेखिएको यस शिलापत्रमा म पहिले कहिलै आकर्षित भएन । मेरो ध्यान चार वर्षदेखि त्यहि मूर्तिमा मात्र रह्यो । पछी, साथी सुभाषले नै भनेर मात्र थाहा भयो । श्री जलविणायक (विध्नान्तक) को यस मूर्ति साथी सुभाषकै हजुर बुवा रामचन्द्र डंगोलज्युले स्थापना गरेका हुन् ।
अन्तः भनिन्छ, मनचित्तले ढुंगा खोज्यो भने देवता पनि भेटिन्छ । मलाई त्यस्तै भयो, ईच्छा शक्ती र दृढ़ निश्चयको संयुक्त प्रयासमा कसैलाई थाहा नभएको कुरा थाहा पाएँ । काठमाडौँ उपत्यकामा रहेका हरेक ढुंगाको मूर्तिमा कथा लुकेको हुन्छ । त्यसलाई खोतल्नु पर्छ । हामीले पुजा गर्ने विधी, सामाग्रीको पनि अर्थ हुन्छ । कुनै पनि मठ मन्दिर त्यतिकै बनाएको सम्झनु महामुर्खता हो ।
No comments:
Post a Comment