रुपा काण्ड
प्रशान्त महासागर
जात पेशा हो । यो सबैले बुझ्नु नितान्त आवश्यक छ । आवश्यक तत्वहरु त्यागी हल्ला र भ्रम फैलाउनुलाई एक जितको रुपमा अनुशरण गर्ने तुच्छ कार्य बानी हाम्रो छ ।
यो परिवर्तन हुनुपर्छ गर्नुपर्छ । यदि तीबाट हामी सचेत भएनौं भने फेरि अर्को रुपा जन्मिने छ । रुपा सुनार अर्थात आफैले भने अनुसार कामी जस्को विहे वास्तविक अर्थमा भन्नुपर्दा कामीसँग हुनेछैन् । कारण दलित वर्गमा कामी भन्दामाथि सुनार हुनुपर्छ मेरो थम्याई । हुन त मलाई जात वर्ण व्यवहारको तार्किक मुल्याङ्कन मात्र हो भन्ने थाहा छ । जहाँ को बाहुन त्यसभित्र के के प्रजाति पर्छन् त्यो थाहा छैन् ।
त्यस्तै दलितको हकमा पनि खासै कुन कुन समूहलाई के के प्रजाति राखेका छन् थाहा छैन् । त्यसैले म जात मान्दिन् । तर रुपा सुनार काण्डले गर्दा जात व्यवहारमै हुन्छन् पुनः एक पटक सम्झिन बाध्य भएको छु । हुन त रुपाले जातको कारण धेरै पाएकै होला तर गुमाए के होला...१. गाउँ होला तर बस्न रम्न सहर पाएको छ । पेशा र रोटी सहरमा रमेरै खाएको होला । सहरमै बस्ने सहरमै रम्ने रुपाले जातीय विभेदको कुरा नगरेकै राम्रो जन्मको आधारमा व्यवहार तुच्छ नबनाएकै राम्रो मैले बुझेको यति नै हो । रुपा कि त सुनार हुनुपथ्र्यो कि त कामी मात्र मैले बुझेको यथार्थता पनि यति नै हो । जातीय भेदभावको अन्त्य या भनौं द्वन्द या भनौं परिवर्तित समाजको कुरा गर्ने हो भने सुनार वा कामी फरक थाहा नपाउने घरबेटिलाई थुनामा राखेर होईन् ।
राज्यले गरिरहेको विभेदप्रति बेवास्ता गरि व्यक्तिसँग त्यही आवेग पोख्नु कहाँसम्मको जातिय अन्त्यको त्यो लडाई हो म बुझ्दिन् । समाजमा हिंसा वा अर्को कुनै यो युद्ध हो भने सजायको त्यसको सबैले भोग्नुपर्छ एउटी निर्दोष नारीलाई थुनामा राखेर नागरिक समाज बोल्नुको पनि कुनै औचित्य छैन् ।
हो, बहालवाला पदले केही खेल खेल्यो तर खेलायो उही रुपाले यो कुरा हामी किन मान्दैनौं । यदि कुनै भेद वा गन्धको झगडा नै हुन्छ भने त्यसको जिम्मा एक पक्षलाई दिएर त्यसको समाधान हुन्न । यो मनुष्य जाति या भनौं प्रजातिले बुझ्नु नितान्त आवश्यक छ । आजको काण्ड यहि नबुझ्नुको निचोड मात्र हो । पक्ष र विपक्ष आज देखिएका सबै हिजो एकै थिए यसका कस्ले कहाँनिर स्वार्थ फुके त्यो बुझिएन् भने जाति हिंसा मुस्कुराउन पुग्छ । र म त्यो हिंसा चाहन्न । त्यसैले म चुप बसि आफुमाथि भएको जातीय विभेद सहेरै हुर्कें ।
जीवनको पूर्वाधमा मैले पनि जातीय विभेद सहेको थिएँ । ममाथि पनि अनेक जातीय काण्ड लादेका छन् । तर मैले ती चोटका मलम समय नै हो मानी अघि बढें । शायद त्यो मेरो कमजोरी सबै ठान्छन् होला । म त्यतातिरको बाटो नगईकन चूपचाप आफ्नै कर्म ठूलो ठानी जीवनसंगत कुराहरु नै जीवनकै लागि हुनुपर्छ सोच राखि समाज विद्रोहमा भन्दा शान्तिमै क्रान्ति खोजिरहें । फलत हाम्रो समाज जातीय विभेद अन्त्यकै बिन्दुमा छ । भन्नुको तात्पर्य जातकै कारण मैले मेरो प्रेमलाई त्यागें ।
जात जातमै हुनुपर्ने विहेको कुराले गर्दा मैले आफ्नो सम्मान गुमाएँ । तर पनि म मौन रहें । रुपाले जस्तै कसैलाई जेल नै हाल्नुपर्छ मैले सोचिन् । कारण जातलाई देखाएर मेरी प्रेमीकाले मेरो प्रेमलाई स्विकार्न सकेन् । आफु र आफ्ना परिवार शिक्षित हुँदाहुँदै पनि मेरो प्रेम कुरा मेरी प्रेमिकाले घरमा राख्न सकेन् । अन्ततः मैले बाटो फेरें । तर लक्ष्य कहिल्यै फेरेन् । म विहे गर्छु त अन्तर जातिय विवाह नै गर्छु त्यो बाहेक अर्को सोच मैले बनाएन् । फलतः पुनः प्रेम विवाह नै गरें ।
आज विवाह गरेको २२ वर्ष भयो तैपनि केही केही जातीय कुराहरु हुन्छन् जुन स्विकार्य छ । र भेदभावकै कुरा गर्ने हो भने ज्वाई भित्र्याउने बेला हाम्रो नेवार समाजमा मलाई अलग राखेर खुवाउने कोशिश गरिईयो । के त्यो बेला मुद्दा हाल्नेतिर लाग्नु उचित होला त ? रुपा सुनार तिमीले कोठा मात्र पाएनौं मैले तिनीहरुकी छोरीसँग बिहे गरेर सँगै बसेर खाने स्थान समेत पाएन् । त्यतिबेला तिमी जन्म्यौ या जन्मेनौं त्यो थाहा छैन् तर मैले सहें । जातको कुरा समय सापेक्षिक रुपान्तरित हुन्छ सोच्दै आजसम्म पुगें ।
आजको दिनसम्म पुग्दा पनि हिजोका अध्यायहरु अझै कोही बाँकी नै छन् । मैले भन्न खोजेको मनुष्यले गर्ने कार्य त्यो समयसँगै रुपान्तरित हुँदै जान्छन् । तर हामीलाई सरकार या भनौं राज्यले गरिरहेको विभेद किन स्विकार्य छन्...? साँच्चिकै जातीय अन्त्य चाहिएकै हो भने आफु को सुनार कि कामी ? त्यसको पहिचान एवम् मुल्याङ्कन आफैले गर्नुप¥यो । हिजो कोठा माग्ने बेला चूपचाप केही नबोली लिएको भएपनि हुन्थ्यो तर त्यसो नगरिकन सुनार दलित हो थाहै नहुनेहरुलाई कामी थपि परिचित हुनुको पछाडि के रहस्य छ ? त्यो पनि समयले बताउने नै छ । समय कुरौं ।
अब रह्यो छुवाछुट अर्थात भेदभावको कुरा । सहरमा कुन भान्छाघरमा छुवाछुट छ ? जुनसुकै पसलमा जो कोही गएर खाए पनि हुन्छ किने पनि हुन्छ । जातसँग अन्तरद्वन्द छैन् । रंग र गन्धको वासना पनि छैन् । यो कुरा थाहा हुँदाहुँदै पनि सहरको कुरा त्यागेर जातीय छुवाछुटको अन्त्य गाउँमा रुपा सुनारले किन खोजेनन् ? सहरमा भन्दा गाउँमा त्यसको अन्त्यको लागि सहज उपाय खोज ज्ञान किन रुपा सुनारमा भएनन् ?
यो रुपा सुनारले नचाहेको परिवर्तन म मान्दछु । यदि साँच्चिकै परिवर्तन रुपा सुनारलाई चाहेको हो भने म उपाय या भनौं समाधान दिन्छु राम्ररी सुनौं । यदि आफुहरुलाई जातकै आधारमा भेदभाव गर्छन् भने त्यसको बहिष्कार आफुहरुले गाउँबाट सहजै गर्न सकिन्छ ।
यदि आफुलाई बाहुनले कामी भनी हेप्न थाल्यो भने आफुहरुले बाहुनलाई चाहिने कुनै पनि सामाग्री नबनाई दिने. त्यस्तै सार्कीले जुत्ता नसिलाउने...त्यस्तै अरु अरुले पनि त्यही व्यवहार गर्ने । यति विद्रोह गर्न पनि सकेनन् भने सहर पस्ने कोठा दिएन् भन्दै जातीय भेदभावको आवाज उठाउने । मातृत्व त्याग सर्वोपरि मान्दै बाँच्ने । अनि सरकार वा राज्यले जातीयताकै फाइदा लिएर दलित बेचविखन गरिरहेको हेरेर बस्ने ।
No comments:
Post a Comment