Thursday, August 26, 2021

सरकारले कृषि कर्मको नाममा सारा किसानलाई गरिब बनाईरहेको छ ः दिनेश दर्शनधारी

 सरकारले कृषि कर्मको नाममा सारा किसानलाई गरिब बनाईरहेको छ ः दिनेश दर्शनधारी 

अगरउड संसारको सबै भन्दा महँगो काठमध्यको एक हो । यसको देश अनुसार विभिन्न नाम रहने गरेको पाइएको छ । छिमेकि देश भारत, इन्डोनेसिया, इरान, बङ्गलादेश, भुटान, मलेसिया, सिङ्गापुर, थाइल्याण्ड, दक्षिण चीन, भियतनाम तथा अन्य देशमा गरिने खेती यो वनस्पतिको साधारणतया समुन्द्र सतहदेखि १८०० मिटर सम्मको उचाइ,२०–२२ सेल्सीयस तापक्रम भएको बढी पानी पर्ने, भिरालो ठाउँमा व्यवसायिक खेती गर्न सकिन्छ । यो १५–३० मिटर अग्लो, १.५–२.५ मि. मोटाइ , सिधा र पातलो चुच्चो ५–८ सेमी लामो पात हुने रुख हो । वास्नादार रुखको नामबाट प्रख्यात रहेको अगरउड कम लगानी र कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने र यसको माग र बजारभाउ राष्ट्रिय तथा अन्तरास्ट्रिय बजारमा निकै राम्रो हुने गरेको छ । विश्वव्यापीरूपमा  यसको ब्यापार करिव ६ मिलियन अमेरिकी डलरदेखि १२ मिलियन अमेरिकी डलर रहेको एक अध्ययनले देखाएको  छ । करिब १० वर्षमा अगरउडको उत्पादन लिन सकिने र राम्रो चोप भएको एउटै रुखबाट  १० औं लाख  आम्दानी गर्न सकिने भएकाले कृषि क्षेत्रमा लगानी गर्न चाहने जो कोहीलाई पनि अगरवूड खेती सुनौलो अवसर हुन सक्ने देखिन्छ । तर, नेपालमा यसको व्यवसायीक खेतीकालागि सरकारको अनुमति देखिदैन हामीले यसै सन्दर्भमा अगरउडको व्यवसायीक खेतीको सम्भाव्यता अध्ययन तथा खेतीको सुरुवात गरेका व्यवसायी दिनेश दर्शनधारी संग कुराकानी गरेका छौं । हाम्रा सहकर्मीले उहाँसँग गरिएको यो सम्पादित अंश ः

१.रोप्न छुट छ तर काटेर विक्रि वितरणका लागि सरकारी अनुमति छैन तर पनि व्यवसायिक खेती सुरु गर्नुभयो ?

खासमा मैले विभिन्न स्थानहरुको अध्ययन गरे, नेपालमा अगरउडको व्यवसायिक खेती गर्न सकियो भने राम्रो प्रतिफल आउने देखियो । नेपालको पुर्वी तराईमा यसको व्यवसायीक खेती राम्रो देखिने सम्भवना भएपछि म र मेरो समुहले यसलाई पहिलो चरणमा सानो लगानीमा सुरुवात गरेका थियौ । तपाईले भनेझै नेपाल सरकारले अगरउडको कटान, चिरानको अनुमति दिएको छैन तर सधै यहि सरकार हुन्छ भन्ने छैन । कुनै समय यसको महत्व बुझ्ने सरकार पनि आउन सक्छ त्यो समयमा सायद यसले आफ्नो व्यवसायिक आम्दानी गर्न सुरु गर्ने अपेक्षा हामीले लिएका छौं । सरकारले यस विषयमा चासो देखाएको छैन तर, भारतको आसाम लगायत बंगलादेश र फिलिपिन्स जस्ता देशहरुमा यसको राम्रो उत्पादन हुने गरेको छ । 

२. यसको व्यवसायिक अनुमतिका विषयमा सरकारसंग यहाँहरुको छलफल र सहयोगका के  छ ? 

सरकारी संयन्त्रबाट त अहिले यसको व्यवसायिक उत्पादनमा कुनै सहयोग छैन तर निकट भविष्यमा यसमा सहयोग आउनेमा हामीहरु ढुक्क छौं । सरकारको मात्रै भर परेर के हुन्छ ? थोरै लगानीमा राम्रो मुनाफा हुने व्यसायिक कृषि गर्दा सरकारले हामीलाई आफै खोज्दै आउनु पर्ने हो तर सरकारलाई हामीनै यस किसिमको व्यवसायका बारेमा जानकारी गराउदै हिडेका छौं र पनि सरकारले सहयोग र सल्लाह दिन सकेको छैन । 

३. यसको व्यवसायिक खेती गर्नुपर्छ भन्ने सोच कहिले आयो ? 

हामीले पहिले पनि विभिन्न रुखहरुका विषयमा अध्ययन गरिरहेका थियौं । त्यसैमा झापामा एक जना देवराज प्रधान हुनुहुन्छ । उहाँले भारतवाट ल्याएर घरमा रोप्नु भएको रै छ । मैले अघि चासो दिएर सोधें उहाँले धेरै बर्ष पहिले उहाँको बाजेले रोपेको र अहिले यदि यसलाई विक्रि गरियो भने करिब १५ देखि २० लाख सम्म जाने बताएपछि हामीलाई थप मनोवल बढ्यो । त्यसपछि हामी त्यसको विषयमा बुझ्न आसाम गयौं । त्यहाँ हामीलाई थप जानकारी पाएपछि म अन्य विभिन्न देशमा अध्ययनका लागि पुगेको थिए । हेर्दा सामान्य भए पनि यसको उत्पादनले मनग्य आम्दानी गर्न सकिने सम्भावना भएपछि नेपालमा यसको परिक्षण गर्नुपर्छ भन्ने सोचले नेपालमा यसको नर्सरी उत्पादन सुरु गरेका थियौं । यो यस्तो खेती हो जो एक पटक रोपियो भने बर्षाै आम्दानी लिन पाइन्छ । सरकारले यसको व्यवसायिक खेती र निकासीको अनुमति दिए हामीलाई भन्दा बढी सरकारलाई फाईदा  हुन्छ । हामी फाइदा भन्दा पनि कृषी वनका रुपमा १० बर्षदेखि व्यवसायीक खेती गर्दै आएका छौं । 



४. नेपालमा यसको व्यवसायिक खेतीका लागि अध्ययन गर्नु भएको छ ? यसको लागत अनुमान के हो ? 

यसको उत्पादनका लागि नेपालको पुर्वी तराईको हावापानी धेरै राम्रो छ । त्यसमा पनि झापा, मोरग, सुनसरी, पश्चिम बंगालको आसपास क्षेत्रमा यसको राम्रो उत्पादन हुनेदेखिन्छ । यसलाई तातो हावापानी र मलिलो माटोको आवश्यकता रहेको  देखिन्छ । खासमा मैले पहिले विभिन्न जिल्लाको माटो परीक्षण गराए त्यसमा यो भू–भागको माटोमा यसको सम्भावित उत्पादन देखेपछि हामीले यसलाई व्यवसायिक उत्पादनका लागि अघि बढाउने प्रयास गरेका छौं । अहिले नै यसबाट हामीले आम्दानी लिने मनसायमा छैनौं किन कि यसको कटानमा सरकारको अनुमति आवश्यक पर्छ । यो त्यसैले अहिले मात्रै उत्पादन हुन्छ । बाँकी हामीले यसलाई विस्तार गर्र्दै  लैजान्छौं । बाँकी रह्यो लगानीको कुरा नेपालमा आफ्नै नर्सरीबाट वेर्ना उत्पादन गर्न सके हामीलाई एउटा बोट रुख रोपेर ३ वर्ष हुर्काउदा सम्म पाँच हजार सम्म खर्च आउन सक्छ । त्यसमा जमिन होला, त्यसको हेरदेखका लागि कर्मचारी होलान । आफु त्यसमा कति लगानी गर्न सक्छु भन्नेमा भर पर्छ । अहिले हामीले सानो मात्रामा  सुरु गरेका छौं यसलाई विकास गर्दै लैजाने हाम्रो आगामी रणनीति रहेको छ । 

५. यसमा आम्दानीको स्रोत के हुन्छ ?  

हेर्नुहोस् कुनै पनि ब्यवसाय गर्दा केही न केहि त बाधा हुन्छन् तर, ती बाधालाई टार्दै अघि बढ्नु नै सफलता हो । हामीले अहिलेनै यसबाट लाखौं कमाउने सोचमा छैंनौ । तर राम्रो भए एउटै रुखबाट यसले लाखौं आम्दानी दिन सक्छ । खासमा आफुले कति गर्न सक्ने त्यसमा भर पर्ने  गर्छ । यसमा विशेष चोपकै कारण राम्रो आम्दानी हुने गरेको देखिन्छ । प्रत्येक रुखमा प्राकृतिक र कृत्रिम तरिकाबाट अगर लाग्दछ । प्राकृतिक रूपमा एउटा रुखमा अगर लाग्नको लागि २५–५० बर्ष लाग्छ र यसमध्ये पनि सबैमा लाग्छ भन्ने हुदैन । कृत्रिम रुपमा अगर निकाल्नका लागि वैज्ञानिक प्रविधिबाट कृत्रिम क्ष्लयअगबितष्यल गराई रुख भित्र ढुसी उत्पादन (फन्जिसाइड इन्ड्युस) गरिन्छ । फन्जाइ÷ढुसी विरुवामा प्रवेश गरेपछि ,रुखका काठबाट चोप उत्पादन हुन  थाल्दछ ।  एस्परगलास प्रजाति, बेट्रोडाईपोलिडिया प्रजाति, फेसारिएम प्रजाति आदि प्रकारका ढुसीले काठमा आक्रमण गराई विरुवाबाट चोप निकाल्छ जसलाई अंग्रेजी भाषामा रेजिन भनिन्छ । यो रेजिनले भित्रको कडा काठलाई मार्दै÷खियाँउदै कालो पदार्थ उत्पादन गर्छ र यो नै वास्तविक अगर हो । यसको बजारीकरण चुनौती पूर्ण नै छ ।

६. खासमा यो अगरउड के हो ? 

यो एउटा औषधिय गुण भएको काठ हो, यसको व्यवसायिक उत्पादन नेपालमा नभएकाले यसको महत्व खास्सैलाई थाहा छैन । तर, चाइना, भारत, इन्डोनेसिया, इरान, बङ्गलादेश, भुटान, जापानमा यसको व्यवसायीक खेती हुने गरेको  छ । खासमा यसको विरुवा वा रुख भएको स्थानका अधिकांस मानिसमा दम लगाएतका विभिन्न रोगहरु नलाग्ने भन्ने सुनेको छ । वातावरणलाई पनि राम्रो बनाउने र आम्दानी पनि राम्रो दिने भएकाले पनि यसको महत्व बढी भएको पाइन्छ । नेपालमा तराईको समथर भु–भाग देखि मध्य पहाडी भुभागको १८००० मिटरको उचाइसम्म यसको खेती गर्न राम्रो मानिन्छ ।  

७. कृषी कर्म गर्नेहरुलाई धेरै समस्यासँग जुधेको देखिन्छ । यहाँलाई कहाँ निर तालमेल नमिल्दा समस्या आउछ भन्ने लाग्छ ? 

कृषी कर्म गर्नु र व्यवसायीक कृषी गर्नु फरक पाटो हो । हामीले कर्म मात्रै ग¥यौं भने त्यसबाट आम्दानी कम हुन सक्छ तर, कृषीलाई व्यवसायिक ग¥यौं भने त्यसले प्रतिफल दिन सक्छ । खासमा अहिले सरकारले कृषी कर्मको नाममा सारा किसानलाई गरिब बनाई रहेको छ । किन कि उनिहरुलाई खेती गर त भन्छ तर आधुनिकतामा जोड  दिदैन । किसानलाई खेत जोत्न टेक्टर दिदैमा आधुनिकता हुदैन तर, व्यवसायिक बनाउन ज्ञान आवश्यक छ । जस्तैः अहिले व्यवसायीक खेतीका नाममा बर्षौ करोडौं खर्च हुन्छन् तर त्यसको आम्दानी हे¥यो भने लाखमा हुन्छ । न खेती गर्र्ने मान्छे माथि आउन सक्छ न सरकारले आफ्नो लक्ष भेट्टाउन सक्छ त्यसले जुन कुराले किसान र सरकार दुवैलाई फाइदा हुन्छ त्यो काम अघि बढाउन आवश्यक  छ । 

८. अहिले कृषीका नाममा क्रान्ती भन्ने शव्द बढी प्रयोगमा आउछ । छिट्टै मुनाफा लिने मनसायले गर्ने खेती र तपाईको यो व्यवसायमा खास्सै तालमेल देखिएन नि ? 

सबै मानिसमा धैर्यता हुँदैन र धैर्यता हुने मान्छे कहिल्यै असफल हुदैन । खासमा मैले अहिलेका लागि भन्दा पनि पछिको पीढीको लागि यो व्यवसायलाई अघि बढाएको हो । अहिले पनि हाम्रो नेपालमा ७० प्रतिशत भन्दा बढी काठजन्य वस्तु भारत र तेस्रो मुलुकबाट आयात हुन्छ । त्यसमा व्यवसायिलाई के फाइदा हुन्छ ? त्यसमा पनि सरकारलाई कु काठका रुपमा आउने बस्तुले कति फाइदा पुग्छ ? तर हामीले यसलाई कानुनी रुपमा व्यवसायिक खेती गर्न सकेको खण्डमा यसबाट राम्रो प्रतिफल हासिल गर्न सक्छौं त्यो कुरा सरकारले बुझ्न आवश्यक छ ।

९. तपाईले भने झै यसको उत्पादन कानुनी रुपमा अघि बढे पनि महंगो काठ नेपालमा कसरी खपत हुन सक्छ ? 

एउटा समस्या समाधान गर्न अनेक उपायहरु आउन सक्छन् । खासमा अहिले यसको व्यवसायिक उत्पादन गर्न सकेको खण्डमा हामीले नेपालमा मात्र नभई भविष्यमा निर्यात गर्न सकिने छ । अहिले पनि अगरउडको माग भन्दा २५ प्रतिशत पनि सप्लाई हुन सकेको छौन । त्यसैले भविष्यमा यसको ठुलो डिमाण्ड आउने सम्भावना छ । हामीले उत्पादन गर्न सक्नुपर्छ विक्रिका लागि त कुनै समस्या छैन । तर यसमा सरकार गम्भीर हुन आवश्यक छ । “हरियो बन नेपालको धन” भन्ने यूक्तीलाई सार्थक बनाउन अगरुढ लगायतका अन्य काठ उत्पादनमा सरकार नै चनाखो बन्नु पर्छ । 

१०. एउटा व्यवसायिले राज्यबाट के अपेक्षा गर्छ ?

पहिले त यो कस्तो विरुवा हो कसरी उत्पादन गर्ने, कसरी यसको विक्रि वितरण गर्नेभने विषयमा सरकारले अध्ययन गर्न आवश्यक छ । र व्यवसायिक खेती गर्ने कृषकलाई अनुदान भन्दा पनि कम व्याजमा वढि भन्दा वढि दिन आवश्यक छ  । किसानको जग्गा पनि बैंकले धितोको रुपमा स्वीकार गर्ने अब बैंक विना वाटोको जग्गा धितो नस्वीकार्ने किसानको जग्गा धितो नस्वीकाने जस्ता समस्या समाधान गरि त्यस्ता धितो वा परियोजना धितो राखेर पनि ऋण दिने र कुनै कारणवस दुवैमा त्यसको सम्पुर्ण जिम्मा सरकारले लिने वातावरण बनाउनु पर्छ  । महंगो भएकाले निजी–क्षेत्रबाट अघि बढ्दा जोखिम धेरै हुन सक्छ । त्यसलाई मुख्यत सरकारनै यसको प्रमुख अभिभावक हो । यसको व्यवसायिक खेती गर्न चाहेका कृषकलाई सरकारले सरकारी जमिन उपलव्ध गराउने केहि सहुलियतमा र सरकारी संयन्त्रणलाई कृषक मुखि बनाउनु आवश्यक छ । अनि मात्रै यसको खेतीका लागि खर्चको अर्बाै रुपैयाँ सुरक्षीत हुन सक्छ ।

No comments:

Post a Comment