डायस्पोरामा रहेका नेपालीहरुको अनुभवमा महान पर्व दशैं
प्रस्तोता ः सचिन्द्र श्रेष्ठ
यस बर्ष पनि हाम्रो वरपर फेरी ठुलो महान चाड दसै हर्षोल्लासका साथ घर आँगनमा छुट्टै रौनक, आस्था सद्भावको प्रतिक लिएर आएको छ । बिशेष गरी दसै आम नेपालीहरु दुःख, पिडा भुलेर परिवार, नाता गोतासँग खुशीको समय बिताउने क्षण हो । शहरबाट गाउँ जानेको लर्को लाग्न थालेपछि दशैँ आएको आभाष हुन्थ्यो । चिटिक्क पोतिएको घर, नयाँ कपडा अनि मिठो खानेकुराले दशैैँको सुगन्ध ल्याउथ्यो । अझ, लिङ्गे पिङको चुचुहुई र आकाशभरी उड्ने रंगबिरंगी चङ्गाले दशैँको रौनकमा थप रङ् भथ्र्यो । प्रबिधीको बृद्धि सङ्गै यस्ता चाड पर्ब मान्ने तौरतरीकामा समेत आजकल फेरबदल देखिएको भए पनि दसै नेपालीको लागी आपसमा शुभकामना साटा साट गर्ने, आपसी सद्भाव, मेलमिलाप भाईचारा र अनेक किसिमका रमाइलो गर्ने गरी मनाउने परम्परा रही रहदा डायस्पोरामा रहेका नेपालीहरु के कसरी मनाउने गरेका छन त उहाहरुको अनुभव समेटने प्रयास गरेका छौ ।
छमन मगर, हाल यूएई
करिब ३ बर्ष भयो आफ्नो देश अनि आफ्नो जन्मभुमी छोडेर आएको अनि तिनवटा दशैँ यो पराई मुलुकमा बिते खोइ दशैँ पनि दशैँ जस्तो लाग्दैन । गाउँमा साथी भाइ इस्टमित्र भेटिन्थे र पो दशैँ आएजस्तो लाग्थ्यो । अनि घर परिवारसँगै टीका जमरा रमाउदै लाईन्थ्यो र पो दशैँ आए जस्तो लाग्थ्यो । तर यहाँ यो तिन बर्षले धेरै कुरा दुखले याद गरायो अनि थोरै सुखले भुलाईदियो । यो दशैं तिहारमा परदेशमा बस्ने कस्को मन पो नरुने होला र यसमा म पनि अछुतो रहिन दशैँमा छोरो घर आएन भनेर गाउँमा आमा बाबा रुदै होलान छोरोले पर्देशमा आँसुलाई पनि पसिनामा बदलेर ५५ डिग्रीको घाममा साथि भाईको अगाडि त्यो मधुरो मुस्कान मुस्कुराई रहेको होला । के गर्नु याद आउँछ दशैमा लगाईने त्यो पिङ अनि फुलपातिमा काटिने बोका अझ बढी त्यो दशैंको मेला खुब याद आउँछ । जान सक्ने भएत भर्खरै उडेर जान मन थियो खैँर जे भए पनि स्वदेश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण दाजुभाई दिदी बहिनीमा बिजया दशमिको हार्दिक मङ्गलमय शुभकामना ।
सन्तोष पाठक, हाल अस्टेलिया
सामुहिकतामा रमणिय हुने चाडपर्ब मध्य बडा दशै पनि एक हो । आफ्नै घर परिवार इष्ट मित्र छर छिमेक बिच हार्दिकता माया र सद्भाव साटा साट गरेर पिङ सेल रोटी र जमरा सँग ठुला बडा बाट लिइएको आशिर्बादको महत्वनै फरक हुन्छ । एक दशकदेखि अष्टे«लियालाई कर्म भुमी बनाउदै आए पनि यसपालीको दसैं गत बर्षभन्दा केहि फरक तरिकाले मनाउने हो । कोभिडका कारण गत बर्ष खासै उल्लासमय हुन नसकेकोले अष्टे«लियाको माहोल यसपाली केही फरक बनिरहेको छ । साधारणतय हिन्दू महासँघ परिवार भजन मन्डली नेपाली गैर आवसिय सँघ परिवार तथा नेपाली दिदी बहिनी परिवार सँग आबद्धतामा रहेर बिगतका केही दशैहरु हर्षोल्लास पूर्ण बनेता पनि सानो ब्यापारिक समुह सँग आबद्धता जनाउदै टिका ग्रहण गर्ने योजना रहेको छ । आफ्नै परिवारका ठुला बडा सदस्यहरुको आसिर्बाद लिन नपाएनी आफुभन्दा उमेरले जेठा दाजु दिदीहरुसँग टिका ग्रहण गर्दा पनि प्रदेसमा बडा दशैको सम्मान हुने र घरको सम्झनामा कमी आउने छ । बिशेषतः आफ्नै घर सानो जमघट बिच टिका आदन प्रदान गर्ने र नेपाली ब्यापारिक समुह सँग सामुहिक टिका टाला कार्यक्रममा सरिक हुने र आफ्नै नेपाली परीकार सँग रमाएर दसैं मनाउने सोच छ ।
सुनील पौडेल, हाल अमेरिका
दसैं तिहार आइसके खै यो साल पनि घर गइ भएन प्राय सबै प्रदेशीका बिलौना हुन यि, कामको चाप, परिस्थिती सबै बाधक हुदा बर्षौ सम्म आफ्नो परिवारसंग चाडपर्ब मनाउन नपाउनुका पिडालाई भुल्न बिदेशमै भएका साथीभाइ यसो रमाइलो गरौ संगै बसौ भनेर २(४ दिन समेत छुट्टी नपाउदाको पल अझ कति पिडादायी होला । बिदेसीनु बाध्यता रहे पनि चाड पर्ब आउदा घर परिवारसँग टाढा बस्दा खल्लो महसूस हुने गर्दछ । अध्यारो पछी उज्यालो आउछ भन्ने आशामा बस्नु बाहेक अर्को बिकल्प देखिन्न प्रदेशीहरुका लागि चाडबाड तसर्थ प्रबासमा रहे पनि खुसीका साथ आत्मीय साटा साट गरी मनाउनेमा आफु रहेको बताए ।
कृष्ण बिक्रम भण्डारी, हाल साउदी अरब
लगातार ८ वर्षसम्मको महान चाडले वेलामा प्रदेशमै रहिरहँदा, मन मुटुमा खुसी, उमङ्गको आभाष उत्पन्न गराउने गर्दछ । यस वर्षको दशैँ परिवार तथा आफन्तसङ्ग धुमधामले मनाउने सोँच भएरै प्रदेशवाट स्वदेश फिर्ति हुनकै लागि कम्पनिमा छुट्टिको प्रकृया अगाडि बढाएको थिएँ । विडम्बना, कम्पनिले छुट्टि नपठाउने भएपछि, यस वर्षको दशैँ विदेशमै अलपत्र भएको छ ्। यो दशैँमा साथिभाईहरु मिलेर खसि काट्ने र रमाईलो गर्ने योजना त छ् । तर,यहि दशैँको दिनहरुमा आफ्नै दैनिकि ड्युटिमा ४ घण्टा दैनिक तालिमको समय तालिका थपिएको छ जस्ले गर्दा यो महान चाड मेरो लागि जतिसुकै खाने र लगाउने गरिए पनि खासै उमङ्गमय नहुने र घरपरिवार तथा आफन्तको अभाव निकै खड्किने पक्का भएको छ । यसरिनै अहिलेको दशैँलाई विदा गरिने र आगामी चाड पर्ब परिवारसँग बसेर मनाउने बिचार छ ।
अर्जुन पौडेल, हाल भारत
परदेसी हु मेरो लागि न दशै न तिहार आउछ । मलाई त जब म मेरो मातृभुमिमा प्रबेश गर्छु तब हमेशा दशै तिहार आउने गर्छ । त्यसैले यो दशै तिहार भन्ने कुरा परदेशमा त्यति सम्झन मन लाग्दैन । किनकी यो मन यो मुटु हरपल मेरै मातृ भुमिको लागी धड्किने गर्छ । बिहानिको मिर्मिरे हुन नपाउदै अनि रात झमक्कै परेपछी पबेलियनमा फर्किने यी मेरा दिनचर्याहरुले मलाइ दशै के हो तिहार के हो भनेर सोधी रहन्छ्न । म जवाफ दिनेगर्छु( यी मेरो लागि सपनाहरु हुन जो हरेक रातहरुमा आउने गर्छन अनि मिर्मिरे मै एक्लो बनाएर जाने गर्छन । मेरो लागि जे जस्तो भए पनि मेरा हरेक सहयात्रीहरुलाई यो दशै तिहारको अविरल शुभकामना यी महान पर्बहरु बर्षमा एकपल्ट मात्रै हैन कि बार बार आउने गरून्। हरेक सहयात्रीहरुको जिन्दगी सबल सुखद र मंगलमय रहोस भन्ने कामना गर्न चाहन्छु ।
गोपाल गिरी, हाल दक्षिण कोरिया
भबिष्यको चिन्ता र आफ्ना घर परिवारको याद आई रहदा किन कुन्नि आफूलाई यी चाड पर्बहरु नआए पनि हुने जस्तो लाग्ने तर बर्षको एक पटक आउने यी पर्बले मलाई कता कता साथीहरु मिलेर घर आँगन सजाऊन नजिकैको गाउमा गएर रातो माटो र कमेंरो लिएर आएको हिजो जस्तो लाग्छ । तर अहिले सात समुन्द्र पारी बस्दा यी दशैका बेला गुँजिने मालश्री धुनले मनमा एक किसिमको तरङ्ग, उत्साह र जागर पैदा गर्दछ । बिदेसमा बसेर राम्रोसँग घर परिवारसँग दशै नमानेको बर्षा भयो । यो बर्ष आउछु आमा, अर्को बर्ष आउछु आमा भनेर बहना बनाएर पन्छिएको धेरै भयो । तर पनि आफूलाई सम्हाल्न कोरोनाको जोखिमलाई मोलेर बाहिर कार्यक्रम पनि नभएकोले घरमा बसेर साथीसँग मनाउने बिचार गरेको छु ।
पोषण पुन, हाल पपुवा न्यूगिनी
बिगत केहि बर्षदेखि म यहाँ ब्यबसाय गर्दै आईरहेको छु र एन आर एन सँग पनि आबद्ध रहेको छु । बिगतमा केहि कार्यक्रमहरु गरिएको थियो । तर २ बर्ष यता कोविडका कारण कार्यकम र म स्वयं पनि काम ब्यस्तताका कारण दशै नमानेको धेरै भयो । दशैको नाम सुन्ना साथ आफूलाई गाउमा हुदा पिंङ खेलेको, घरमा आमाले सेल रोटी बनाएर खुवाएको झलझलि आँखा अगाडि नाचेको अनुभूति हुन्छ । अहिले यहाँ आए पछि काममा नै बढी ब्यस्त हुने र यहाँ नेपालीको संख्या पनि अत्यन्त न्यून रहेको हुदा त्यति चहलपहल देखिदैन त्यसैले पनि अहिले हाम्रो परिवार बिचनै रहेर दशै मनाउने सोच गरेको छु ।
–प्रतिमा श्रेष्ठ, हाल जापान
सधै नेपालमानै मानिरहेको यो चाड यसपाली पहिलो पटक जापानमा मान्दै छु । अहिलेसम्म कहिले पनि घर परिवारबाट टाढा रहेर नमानेको यो पर्ब आज यसरी मान्नु पर्दा आफूलाई अत्यन्त गाह्रो महसूस भएको छ । दशैमा नया लुगा लगाउने, रोटी खाने, पिंङ खेलने गरेको त्यों पल अहिले आफूलाई कहाली लागेको अनुभूत भएको छ । घरमा बुवा, आमा, दीदीहरुसँग मिलेर दशै मानेको तिहारमा साथी मिली भैली खेलेको अब सम्झना मात्र सिमित भएको ठानेकी छु । बिरामी आमाको यसपाली हातबाट टिका लगाउने र आशिर्बाद ग्रहण गर्ने सपना जस्तो भयो । सधै हजुरबुवा र आमा बुबाले माया गरी लगाएको त्यों टिकामा यो निधार यसपाली खाली हुने भएको छ । उच्च शिक्षा र यहाँको रोजगारीले भबिष्यको चिन्ता त छँदैछ त्यही पनि आफनो पिडा लुकाएर घर परिवारलाई सुख र शान्ति देखिन सकोस भनेर नै लागी परेकी छु । हर्ष, उत्साह, जोश, उमङ्गका साथ मान्ने गरेको यो पर्ब म बिना अरु सबै परिवार एक साथ बसेर रमाइलो गर्ने धोका अधुरो रह्यो तहि पनि यहाँ आफु सँग साथमा रहेका साथीहरु सँग बसेर रमाइलो गर्ने रहेको छ ।
No comments:
Post a Comment