कीर्तिपुरमा कीर्तिलक्ष्मीको सालिक राख्नु पर्छ, पृथ्वीनारायण शाहको होइन
निरज मान सिंह
कीर्तिपुरमा पृथ्वीनारायण शाहको सालीक स्थापना गर्नु भनेको, फेरी एक पटक सम्पूर्ण कीर्तिपुरवासीहरूकै नाक काट्नु हो ।
अहिले कीर्तिपुरमा पृथ्वीनारायण शाहको सालिक राख्ने चर्चा चुलिएको छ । यस बारेमा युवाहरुमा धेरै असन्तोष देखा परेका छन । फेसबुकमा मात्र होइन, कीर्तिपुरबाट प्रकाशित हुने रंगिन साप्ताहिक कीर्तिपुर सन्देशमा पनि प्रकाशित भएको यो लेख यहाँ प्रस्तुत गरिएको छ —संपादक
कसले पृथ्वीनारायणको सालिक राख्न लागेको हो ? त्यो पनि कीर्तिपुरमा ? जुन ठाउँमा पुस २७ गते उसैको जन्मदिनमा उसैको नाममा थुक्छ । त्यही ठाउँमा पृथ्वीनारायणको सालिक स्थापना गर्ने आँत गरेको हो वा कीर्तिपुरेलाई हेपेको ?!.
१.पहिला कीर्तिपुरमा “भत्केपाटी चोक” नाउँको ठाउँ थियो । अहिले त्यही चोकको ठुलो बोर्डमा “पृथ्वीनारायण चोक” लेखेर चोकको नामाकरण गरिसकेको छ ।
२. तीनथाना र कीर्तिपुर जोड्ने दिखुू पुललाई google map मा (Google Map code MM7MC+35R, Kirtipur 44618 ) हेर्ने हो भने Prithvi Narayan Shah Bridge (पृथ्वी नारायण शाह पुल) PINगरी देखाउँछ ।
३.पाँगाको दहन÷दहने स्थानको नाम परिवर्तन गरी “चार धारा” राखीसकेको छ ।
किन ???
कीर्तिपुरमा पृथ्वीनारायणको होइन “वीर–वीरांगना कीर्तिलक्ष्मी सिंह”को सालिक स्थापना गर्नु पर्छ । सालिक स्थापना गर्नुपर्नाका कारणहरूः
१.वि.स. १८२१ आश्विन ४ गते आइतवारको दिन कीर्तिपुर र गोर्खाको दोश्रो युद्धमा पृथ्वीनारायण शाहको भाई शूर प्रतापको आँखामा वाण हानि आँखा फुटाउने वीर-वीरांगना कीर्तिलक्ष्मी नै थिइन् ।
२.वि.स. १८२२ चैत्र ३ गते १२ बजे राती भएको तेस्रो युद्धमा कीर्तिपुरेहरूले अन्तिम साँससम्म लडेका थिए । अझ कीर्तिपुरको वीर योध्दाहरू सबै बीरगति प्राप्त भइसकेपछि पनि वीर(वीरांगना कीर्तिलक्ष्मीले क्वाःच्वमा छेलिन्दै ३ दिन ३ रातसम्म एक्लैले युद्ध लडेका थिए । अन्तः वि.सं. १८२२ चैत्र ६ गते क्वाःच्वमा लुकाई राखेको वाण सकेपछी क्वाच्वः पछाडीबाट तल झर्दै भाग्न लाग्दा कीर्तिलक्ष्मीलाई बन्दि बनाइयो । केटा सैनिकको वस्त्र लगाएकी कीर्तिलक्ष्मी सिंह केटी हो भन्ने कुरा थाहा पाएपछी गोर्खा सैनिक “खडकवीर”ले बलात्कार गर्न खोज्दा त्यसको प्रतिकार गर्दै बन्दिग्रृहमै कीर्तिलक्ष्मी सिंहले आत्महत्या ग¥यो ।
३.गोर्खा सैनिक द्वारा बन्दि ग्रृहमा बलात्कारको प्रतिरक्षा गर्दा कीर्तिलक्ष्मीको हत्या भयो । यस्तो नराम्रो कुरा लुकाउन कीर्तिलक्ष्मी सिंहको नाम नै इतिहासबाट मेट्न लगायो । कीर्तिपुरको गढपर्खाल मात्रले होइन यहाँका बीरयोद्धाले आफ्नो बिरता देखाएको कारणले पनि पृथ्वीनारायण शाहलाई कीर्तिपुर जित्न पसिना निस्केको थियो ।
४. कीर्तिलक्ष्मीको अस्तित्व÷ प्रमाण खोज्ने हो भने कीर्तिपुरको नगःच्वस्थित सरस्वती मन्दिरमा रहेको शिलापत्रमा छ । जसको स्थापना कीर्तिलक्ष्मीको बुवा क्वाथ नायः लक्ष्मी सिंह भारोले गरेका हुन । यस्तो वीर(वीरांगना कीर्तिलक्ष्मी सिंहको सालिक बनाउन छोडेर, छलकपट गरी रातबेरात युद्ध गरेर जित्ने लुटेराको सालीक बनाउनु भनेको फेरी एक पटक सम्पूर्ण कीर्तिपुर नगरवासीहरूकै नाक काट्नु बराबर हो ।
त्रिभुवन विश्वविद्यालय, अंग्रेजी स्नाकोतर उपाधिप्राप्त रमेश प्रसाद अधिकारीले आफ््नो किताबमा Gorkhali are no more brave in front of the Kirtipures. Rather a single Kirtipure Kirti Laxmi is enough brave to tackle with a group around Gorkalis लेख्नु भएको छ ।
समय परिवर्तन भइसक्यो । अब जित्नेको इतिहास मात्र कोर्ने होइन । अब बिरतापूर्ण नियममा बसी लड्ने वीर योद्धाको पनि इतिहास कोर्ने समय आइसकेको छ ।
Play The Game For free with 3GP on Vimeo - Vimeo
ReplyDeleteThe game is based on the popular movie in China. The story centers on download youtube videos a woman who discovers an android that is being transported to an unknown planet.
सहि कुरा । अब कुनै बेला छलकपटले जित्ने राजाको सालिक राख्न खोज्ने हनुमानहरु बिरुद्ध सबै जनाले आवाज उठाउनु पर्छ । सो राजाले जित पछि गरेको अन्याय अपमान आज पनि नेवार बस्तीमा गुन्जिन्छ - सक्व दे साँखु शंखरापुरमा हामी खेल्ने गर्थ्यौं 'न्हे मदु किपु मी, लज्जा मचा पाँगा मी' (नाक नभएको किर्तिपुरे, लाज नभएको पाँगाबासी) भनी । यो कुरा उ बेला पृथ्वीनारायण शाहले गरेको अत्याचारलाई जनजिब्रोबाट एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गरेको ।
ReplyDeleteआज आएर किर्तिपुरमा पृथ्वीनारायण शाहको सालिक राखिन्छ भने कस्तो प्रतिकार हुन्छ सोच्नुस !!!