Tuesday, December 7, 2021

फरक प्रसंग फरक विचार —“सम्झनामा आमा र महिला हिसा विरुद्धको १६ दिने अभियान”

 फरक प्रसंग फरक विचार —“सम्झनामा आमा र महिला हिसा विरुद्धको १६ दिने अभियान”



मिरा राजभण्डारी

महिला वा छोरी विद्यार्थी हुनाका अनेकन अनुभब छन । ति मध्य केही खास लाग्छ । छोरी भएकै कारण हजुरआमा बाट पेलान गरिएका रमाइला प्रसँग बाहेक आमाबाट भने  छोरी भएकै कारण बिशेष प्रोटोकोल अपनाउनु परेको थाहा छैन खासै । एउटा मात्र नरमाइला शब्द भने अझै पनि मनमा बिझी रहन्छ । दाई निकै माया गर्ने । दाईसँगको खासै असन्तोष त थिएन तर सानोमा कहिलेकाही दाईले गल्ती गर्दा पनि ूभै हाल्यो जे भये पनि छोरा जात हो, भोली मलाई दाग बत्ती दिने उही हो तिमीहरु काम लाग्ने होइन” जस्ता कुरा गरेर दाईको गल्ती ढाक्नु  हुन्थ्यो अर्थात दाईले दाईको गल्ती सजाये नपाउने । प्रारब्धका कुरा न हुन जब आमा बित्नु भो उहाँको दाग बत्ती दिनका लागि दाई बाँकी रहनु भएन । दाइको जिम्मेवारी मैले पुरा गरे । हाम्रो गुठीयार अनि बिशेष गरी मेरा ठुलाबाका छोरा दाईहरु निकै सभ्य र खुल्ला मनकारी, कुनै हस्तछेप गर्नु भएन । आमाको बिगतका शब्द सम्झेर मन गह्रुंगो बनेको थियो ।  त्यती बाहेक  छोरा र छोरीमा बिभेद कहिले गर्नु भएन ! गरेको याद छैन । । न छोरी हो यो गर,  त्यो गर, यो सिक आदी कहिले भन्नु भएन । मात्र घरमा श्राद्ध,  गुठी, पूजा आदी हुँदा आफु सँगै काम सघाउन भन्नुहुन्थ्यो र त्यही क्रममा जती आँफैले सिकिन्थ्यो सिकियो । जेठि दिदीलाई गोलोगोलो लप्ते, रहर लाग्दो दुना टपरी सिउन्दै गरेको, स्वेटर मोजा बुन्दै गरेको देख्दा आफु पनि सिक्न तम्सिन्थे मात्र । धुप बाट्ने र बत्ती कात्ने काम एक महर्जन समुदायकि साथीबाट सिके खेल्दाखेल्दै, कुनचाँही मन्दिरका पूजा पालो परीरहने उनीहरुको घर जाने आउने क्रममा उनकी आमाले “ल आज यती धुप बात्नु, बत्ती कात्नु” भनी भाग लगाइ मन्दिरतिर पालो दिन जानु  हुन्थ्यो ! हामी खेल्दाखेल्दै बत्ती आदी बनाइ भ्याउथ्यौ । आमा जब स्वन्तीमा म्हःपूजा, किजापूजा र पूजा कार्यका लागि जजन्काहरु घैला, “ताँप” मा कान्चो  धागो बेरेर बनाइरहनु हुन्थ्यो “म पनि बनाम मम्मी ? भनी अघी सर्दा पर्दैन सबै कुरा किन्न पाईन्छ खुरुक्क न पढ्न बस भनेर मायालु भाकामा गाली गरेर धपाइ हाल्ने गर्नु हुन्थ्यो । हुन पनि जजन्का लिन मलाई अझै पनि आउँदैन र सिक्ने मन पनि हुँदैन । 

  महिला हुनुको खास नरमाइलो अनुभब विद्यार्थी जीवनमा भोगे । त्यसपछी बिहे गरी अरुको घर गएपछी मात्र । कन्या स्कूल यत्खाःबहाल र भक्तपुरको विद्यार्थी निकेतन हुँदै पद्मकन्या स्कूल, पद्मकन्या क्याम्पस पुगे । जब कक्षा  नौ पुगे मलाई त्युशन पढ्नु प¥यो अंग्रेजी र “म्याथ”को । आमासँग थप पैसा माग्नु भन्दा आफु नि ट्युशन पढाउने सोचे । दिदी कै छिमेकी रन्जितकारहरु थिए । ईन्द्रचोकको चुरा पसलका ब्यापारी ( ब्यस्त भएकै कारण दुई छोरीलाई पढाउने अबसर मिल्यो  वतु टोलमा । दुई नानीहरुलाई पढाएको जम्मा १५० पाउथे । पहिलो पारीश्रमिक पाउदा निकै खुशी भएँ आफु ठुली र खुब जानिफ्कार बनेको महसुस भाको थियो । त त्यही १५० म आफ्नो दुईवटा ट्युशनको फी तिर्थे । बिहान दुई र तीन बजे बिच उठ्नु  पथ्र्याे  । तर आमा हुँदा खाजा चाँही रेडी सधैँ । जाउलो, उसिनेको फूल चिया तात्तातै खान पाइने बिहान बिहान । स्कूलको पढ्नु पर्ने रुतिन अनुसार किताब मिलाउने काम सकेसम्म अघिल्लै दिन भ्याइ सक्थे । पाँच बजे घरबाट निक्ली सक्थे । भिमसेन गोलाबाट हिंडेर प्याफल पुग्थे, इङ्गिलशको ट्युशन पढ्न । बिहान साँढे सात बजेसम्म इङ्गिलश पढ्थे त्यतैबाट स्कूल पुग्थे पौने आठमा, स्कुल खाली नै हुन्थ्यो । फाईदा म आफ्नो ग्रृह कार्य गर्नलाई, पढेको दोह¥याउनलाई धेरै समय  पाउथे । घरबाट लगेको बिस्कुत स्याउ नै खाना र खाजा हुन्थ्यो । आमाले दिनु भएको पैसा कम भन्दा कम खर्च गर्थे, जोगाउने बानी थियो !  त्यो जमानामा म सँग पच्चिस  सय तीन हजारको ब्यान्क ब्यालेन्स हुन्थ्यो मज्जाको कुरा नि । तर बिहान हरियो स्कूल युनिफोर्ममा हिद्दा केटाहरु जिस्काउथे नरमाइलो लाग्थ्यो । साँझ साँढे तीन बजे स्कूल छुटे पछी हतारहतार घर पुगी अर्को कपडा फेरी फेरी ट्युशन पढन (म्याथको) र पढाउन  जान्थे कैले स्कूल ब्याग मै आउट डूेस कोचेर लान्थे । पाँच बजे देखी छ बजेसम्म म्याथ पढ्थे त्यसपछी त्यही छेउको चोकमा म पढाउन जान्थे । यो क्रम टेस्ट परिक्षा आउन दुई महिना अगाडिसम्म चली रह्यो । त्यसपछी “अब आफ्नो पढाइमा समये देउ, ट्युशन फी म दिन्छु” भनिन आमाले र छोडे पढाउन । त्यसपछी मलाई खासै ट्युशन पढ्नु पर्ने पनि भएन । पद्मकन्या स्कूलमा पढ्दा युनिफोर्को बन्देज र त्यसको  कारण खप्नु पर्ने मानसिक हिंसा खप्नु परेको क्रम अझ पद्मकन्या क्याम्पस पढ्दा भयो । क्याम्पसको क्लास पछी इङ्गिलश लाङ्ग्वेज पढे १८ महिना । उत्तम ल्याङ्गुएज हालको युनिवर्सल ल्याङगुएज । क्याम्पसको ब्याग उसै नि हामी भुगोलको बिद्यार्थिको अरुको भन्दा बडेमा को ठुलो हुने रिपोर्ट र फाइलहरु राख्नु पर्ने कारण । अझ क्याम्पसको युनिफोर्म खद्दरको धोती लगायतको राख्दा ब्याग त बडेमाको पोको बन्ने के । 

कहिलेकाही हतारमा आउट डूेस राख्न भ्याइन भने जाडो महिनाको समय छिटो रात पर्ने हुँदा हतारहतार कुदीकुदी घर जाग्नी पर्ने अझ बाटोमा जिस्काउन भ्याइ हाल्ने “हाइ पिके यती रातो कताबाट ?” यस्ता शब्द सुन्नु पर्ने तत्कालिन पद्मकन्या स्कूल क्याम्पसका म जस्ता निरिह विद्यार्थी कती थिए होलान । अझ फागु पुर्णिमा आउँनु महिनौ अगाडि देखी त्रशित मानसिकता बोकेर हिंडेका ति कहाली लाग्दा दिनहरु सम्झिन्छु अनी ऐले होलीका दिनमा मरु, वँघ र न्हुसतक (न्युरोड)तिर युबा केटाकेटीहरु एक आर्कालाई असार नपारी सहमति बिना रङ नलगाइ छोरी चेलीलाई चोटआ भनी बहुत सभ्य तरिकाले होली खेलेको देख्दा अचम्म लाग्छ कस्तो राम्रो परिवर्तन । हाम्रो पुस्ताले साच्चिकै हिंसा खपेकै हो महिला भएकै कारण र महिला विद्यार्थी भएकै कारण । महिला हिन्सा बिरुद्धको १६ दिने अभियान र हाम्रो पुस्ता । 


No comments:

Post a Comment