Monday, March 7, 2022

छुवाछुत भन्दा सद्भावको संस्कृति हाम्रो

 छुवाछुत भन्दा सद्भावको संस्कृति हाम्रो

---निरज मान सिंह

११४१ तछलागा, दशमी असार २०, २०७८ ्र आइतवार

अहिले काठमाडौँमा २०७८ असार ८ गते देखी स्मार्ट लकडाउन भए लगतै हिडदुल गर्न अली सहज भएको छ । आइतवारको दिन साइकलमा पाईडल चाल्दै घुम्न निस्किए, बिष्णुमतीस्थित अष्टमातृका मध्यकी एक “इन्द्रायणी अजिमा”को दर्शन गर्न । मन्दिरको परिक्रमा गरें, घुमें, मन्दिरमा आज अलि भिड रैछ । मानिसहरु नेवाः भाषामा पुजापाठ गर्दै विधि पु¥याउँदै थिए । मूर्ति अगाडी गएर ढोगें । मन्दिर भित्र महिला पुजारी÷द्यःपाला देख्दा आश्चर्य लाग्यो । त्यो आश्चर्य किन लाग्यो मलाई नै थाहा छैन । उनको हातबाट फूल र टीका ग्रहण गरे । बाहिर फल्चामा बसिरहेको स्थानीयसंग कुराकानी गर्दा थाहा भयो पुजारीन द्यलाः (पोडे) जातकी रहिछिन । म अक्मकाएको देखेर स्थानीयले, “यहाँको चलन यस्तै हो ।” भन्दै मधुरो हासो छोड्यो ।

“होइन–होइन ! मैले त बुझे अनुसार यहाँको पुजारी कर्माचार्य जातको हो क्या रे ।” मैले भने ।

“हुन त हो, तर वर्षमा एक पल्ट बाला चतुदर्शीको रात हुने जात्रामा होम गर्ने बेला वहाँले नै गर्नु हुन्छ ।” उनले भने ।


इन्द्रायणी (लुति अजिमा) मन्दिरमा मजस्तै दिनमा सयौँ भक्तजन आउँछन् होला । मन्दिर आउने जो कोही भक्तजनलाई टीका–प्रसाद पोडे पुजारीले नै दिन्छिन् होला । नेवाः समुदायको तल्लो जात भनिएको द्यलाः (पोडे) जाति भए पनि उनलाई कुनै भक्तजनले आजसम्म न जात सोध्यो, न उनले “म पोडेकी छोरी हुँ, मेरो हातबाट टिका लगाउनु हुन्छ ?” भनेर नै सोधिन होली, न त उनीबाट पाएको फूल–प्रसाद ग्रहण गर्न कसैले आनाकानी नै ग¥यो होला । बिहान(साँझ नित्यपूजा, आरती सबै उनैले गर्छिन् । न आजसम्म इन्द्रायणी देवी रिसाएको भान कसैलाई भयो ।

फर्किने क्रममा साइकल चलाउँदै यस्तै–यस्तै कुराले मनमा पाईडल चाल्न थाल्यो, अहिले राजधानीमा राजनितिकरण बन्दै गएको “रुपा सुनार–सरस्वती प्रधान” दलित अपहेलना काण्ड यहाँ आएर टुङ्गो लगाउनु पर्ने जस्तो लाग्यो । कहाँ छ यहाँ, काठमाडौँमा छुवाछुत ? खै ? मैले त देखिन । नेवार श्रीमती भएका बाबुराम भट्टराई, विवेकशील साझा पार्टी, रबिन्द्र मिश्र, काठमाडौँमै हुर्केका गगन थापा के यी आँखा भएका अंधाहरुले यो कुरा देखेन छ ? कि यिनीहरु आफ्नो जीवनकालमा मन्दिर नै जान्दैनन ?!

राज्यधिकारीकै कुरा गर्ने हो भने, १२ वर्षमा एकपटक पचली भैरबले राजासँग खड्ग साँट्छन् । पचली भैरव भएर नाच्ने व्यक्ति पनि नेवाः समुदायका जाती खड्गी हुन । तिनलाई सबैले पुज्छन देवता भनेर मान्छन, ढोग्छन ।

यो एउटा उदाहरण मात्र हो, मुलुकभरमा यस्ता मन्दिर र ार्मिक–सांस्कृतिक केन्द्रहरू थुप्रै छन, जहाँ जातजातिबीच कुनै विभेद गरिंदैन । दलित, जनजाति वा गैरहिन्दु समुदायका पुजारी मन्दिरमा हर्ताकर्ता छन । जस्तै, बाँकेको डुडुवा स्थित “बाबाकुटी मन्दिर”का पुजारी महमद थरीका “मुस्लिम” छन । 

बानेश्वरमा रहेको “छक्कुबक्कु मन्दिर”मा महिला पुजारी रोक्का मगर जातकी हुन् । सबै जातजाति र समुदायले समान रूपमा तिनका आशीर्वाचन सुन्छन् । तिनले दिएका फूल, प्रसाद र टीका खुसीले ग्रहण गर्छन् । मिलेर पूजाको विधि पु¥याउँछन् । रुपा सुनार जस्ता कथित एनजिओ÷आईएनजिओ चलाएर दलित दमन मुक्ति मोर्चा, कु–संस्कृतीको नाममा डलरको खेती गर्ने र उनैको काँध माथी राजनीति गर्ने नेताहरुले यो संस्कृती, इतिहास किन नदेखेको होला ? 

पश्चिमी इसाईद्वारा संचालित यस्ता सस्थाहरूले नेपालको धर्म, सस्कृति, सभ्यता, परम्परा, मौलिकता, रितिरिवाज, पुरातत्व, पहिचान, साहित्य, कला, भाषा, इतिहास, भाईचारा, जातीय सम्बन्ध आदिलाई सिध्याउनको लागि ठुलै प्रयत्न गरी यहाँ जातीय विखण्डन एवं छुवाछुत भनि भाईचारामा विष घोलेर छोडेका छन । जसको शिकार बन्दैछ आजको अर्ध–शिक्षित समाज ।

तसर्थ उनीहरूको आँखा खुलाउन तथा हाम्रो समाजमा भएको धार्मिक सम्बन्धलाई दर्शाउन कै लागि मैले यहाँ काठमाडौँका केहि पौराणिक मन्दिरहरूमा सेवा प्रदान गर्ने पुजारी र उनीहरूको जातको बारेमा लेख्ने जमर्को गरेको छु ।

काठमाडौँको भद्रकालीमा पुजारी बज्राचार्य छन । उनी एकपटक नित्यपूजा गरेर हिँड्छन । मन्दिरको रक्षा गरेर २४ सै घन्टा बस्ने द्यःपाला पोडे (द्यलाः) हुन । काठमाडौँको कंकेस्वरी, टुडालदेवी र भक्तपुरको सुर्य विनायक मन्दिरमा कथित नेवार समुदायको तल्लो जात भनिएको पोडे (द्यलाः) जातिको पुजारी नै हुन । तर त्यहाँ कुनै छुवाछूत छैन । भक्तले फूल, प्रसाद र भेटी चढाउँछन् । चढाउनासाथ देवपालाहरूले टोकरीमा राखिसक्छन ।

शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवती, भक्तपुरको नवदुर्गा, पाटनको भीमसेनजस्ता हिन्दु पात्रका नाममा स्थापित मन्दिरमा पनि बज्राचार्य पुजारी छन । र समाजका दलित र अपहेलित समुदायका देवपाला छन, जसले रेखदेख र पूजापाठमा सरसहयोग गर्छन् । त्यहाँ कुनै प्रकारको छुवाछूत र विभेद छैन । अनी, ललितपुरको बंगलामुखीमा कुसुले थरका देवपाला छन ।

काठमाडौँमा पचली भैरव भएर नाच्ने खड्गी हुन । तिनलाई सबैले पुज्छन । पचली भैरवलाई त काठमाडौँको पुर्खा राजा नै मानिन्छ । १२ वर्षमा एकपटक तिनले राजासँग खड्ग साँट्छन् । राजा(राजाको शक्ति आदान प्रदान गरेको प्रतीकका रूपमा खड्ग साट्ने चलनलाई लिइन्छ । अर्थात, राजाले खड्गीको हातबाट शक्ति हासिल गर्छन । काठमाडौँ उपत्यकामा नरदेवीका गण भएर नाच्ने, हरिसिद्धिको नृत्य गर्ने सबै ज्यापू समुदायका हुन । भक्तपुरको महाकाली नृत्य र कीर्तिपुरको १२ वर्षे नाच गं मखाःगु प्याखं (गथु प्याखं) गथु (मालाकार)ले गर्छन । ती सबैलाई उपत्यकावासीले जात वा छुवाछुत नभनी देउता मानेर पुज्छन । काठमाडौंको विनायक मन्दिरमा नेवारको ज्यापु समुदायका पुजारि छन । जहाँ कुनै जातीय विभेद छैन । सबै जातजाति र समुदायले समान रूपमा तिनका आशीर्वाचन सुन्छन् । तिनले दिएका फूल, प्रसाद र टीका खुसीले ग्रहण गर्छन । मिलेर पूजाको विधि पनि पु¥याउँछन । 

अझ, टुडालदेवीको गहना खोज्ने जात्रामा बलि दिएइको राँगाको रगतले नुहाएका पोडे (द्यलाः) पुजारीलाई शिरमा राखी टुडालदेवीको गहना खोज्ने 

परम्परा छ । त्यस्तै ललितपुरको सानो हात्तीवनको माङहिम मन्दिरमा राई, याख्खा, सुनुवार र लिम्बूको लागि ४ अलग अलग ढोका छन जसमा राई र लिम्बु पुजारी 

छन । राजदरबारमै लामो समय बडागुरुज्यू रहेका जोशीहरूले साँखु बज्रयोगिनीलाई आफ्नो कुलदेवता मान्छन । त्यहाँ बज्राचार्य पुजारी छन । बौद्ध तन्त्र अनुसार पूजा हुन्छ । बिरगंज, बाराको “गढीमाई” र राजविराज, सप्तरीको “राजदेवी मन्दिर”मा थारु पुजारी छन र सबै जातजातिका श्रद्धालुहरूले तिनकै हातबाट फूल, प्रसाद र टीका थाप्छन ।

यो भन्दा रोचक तथ्य मलाई गोरखाको “गोरखकाली मन्दिर”को लाग्छ । नवरात्र आएपछि मगर पुजारीका श्रीमतीले चोखोनितो गरेर मार्सी चामलको भात पकाउँछिन । त्यसबाट जाँड बनाउँछिन । त्यही जाँड महाअष्टमी अर्थात कालरात्रिमा केराको पातमा पोको पारेर मध्यरातमा कालीलाई चढाउँछिन । “हरओम तत्सत।।।” भन्दै बाहुनले संकल््पवाक्य पढ्छन । अनि, बलि सुरु हुन्छ । ठकुरीको कुल

देवतामा । यहाँ मतवाली र बाहुनबीच कुनै भेद हुँदैन ।

एकपल्ट महागुरु फाल्गुनन्दले नेपालीलाई लक्षित गरि भनेको थियो, “अर्काको नक्कल गर्दा आफ्नो सक्कली पहिचान हराउने भएकोले आफ्नो धर्म–सस्कृति, सभ्यता र कर्ममा अडिग रही बस्नु ।” उक्त भनाइ अहिले वर्तमान समयमा झनै मिल्न आएको छ । सहि गलत छुटाउन सक्ने मानसिकता अपनाउनु 

पर्छ । जबसम्म आफुले आफुलाई हिनताबोधबाट निकाल्न सक्दैन, त्यसले समाजलाई परिवर्तन गर्न सक्दैन । जबसम्म कामीले आफुलाई नै “मैले छोएको पानी चल्दैन” भन्ने भावना छोड्दैन तबसम्म तिनीहरू जस्तो डलरधारी साइबर स्यालहरू जत्ति भुके पनि केहि हुने वाला छैन । 

हामी काठमाडौँका रैथाने नेवाः समुदाय सदियौदेखि नेपाल मण्डलमा हरेक बिभिन्न जातजातीहरू उचनीच नमानी मिलेर पुजा गर्ने, काम गर्ने, संगै जात्रा पर्व मनाएर भोज गरी खाने, शान्त बस्ने एउटै फुलबारीको माला हौ । यहाँ छुवाछुत मानसिकता भन्दा माथी उठिसकेका “नुर प्रताप राणा” जस्ता ब्यतित्वहरू बस्ने सहर 

हो । जसले विश्व प्रचलित जुत्ता न्यमि क्तबचू र “हात्ती छाप चप्पल” बनाएर संसारलाई दिए । “बिनोद श्रेष्ठ” जस्ता ब्यतित्वहरू बस्ने सहर हो जसले प्रख्यात “श्रेष्ठ टेलरिंङ्” नेपाललाई दिए । 

के वहाहरु सार्की र दमाई हो र ? खोई वहाहरुले त यस्तो मानसिकता पाल्नु भएन त ! अझ झन आफ्नो जात भन्दा मुनी झरेर सबैभन्दा माथी उठे, गगन चुम्ने सोच राख्नु पर्छ अनि पो माथी उठिन्छ ।

No comments:

Post a Comment