पोखरीमाथि बलात्कार
पोखरी हाम्रो सभ्यता हो । मानवीय अस्तु विसर्जनको पवित्र तीर्थ हो । त्यहाँ धर्म हुन्छ आस्था हुन्छ । बाउबाजेले त्यसको पहिचान राख्नुपर्छ बताएको हुन्छ । तर अफसोचको कुरा जीवनमा आस्थाभन्दा ठूलो स्वार्थ हुन्छ सिक्दै गएछ । एकातिर पहिचान र सभ्यता चाहिन्छ चिच्याएको बेला त्यही मासेर मेरो हित केही गर्न पाए मलाई सुविधा हुन्छ कि... या त्यसको भोगचलनले म अलि सम्पन्न हुन्छु कि...कमजोरी मनस्थितिको कमजोर हासिल सोच यतिमा सिमित हुन गएको छ । जस्को प्रतिफल भनेको सबै क्षेत्रमा राजनीति भ्रष्ट भई प्रवेश गर्न पाएको छ । समाजलाई समृद्धितिर उन्मुख बनाउने नारा दिएर बिमुख हुनु नै हाम्रो कर्तव्य र दायित्व हुन् महसुस त्यसरी गर्न थालेका छन् । “आफु भलो त जगत भलो” जस्ता कुबिचारले सहजै जीवन पाउने हुनाले मनुष्य सामाजिक प्राणी जस्तो महसुस गरिए तापनि ऊ आफु भ्रष्ट नै हुँ भन्न रुचाएको स्पष्ट मनन गर्न सकिन्छ । अतः आफ्नो स्वार्थलाई कर्तव्य र दायित्वको रुपमा ग्रहण नगर्न म अपिल गर्न चाहन्छु । अहम् क्रोध जस्तो जीवन विरोधी भावनालाई सकभर आफुबाट टाढा राख्ने प्रण गर्न हुन पनि अनुरोध गर्दछु । र सोही अनुरोध अनुरुप आज फेरि एकपटक पोखरीकै कुरा गर्न खोज्दैछु ।
कीर्तिपुर(०३ खाःसीबजार अवस्थित मभिं पोखरी जस्को इज्जत राज्यले लुटे । राज्य अर्थात स्थानीय सरकार, कीर्तिपुर(०३ को सरकार जस्ले पुनः निर्माणको कार्यलाई अगाडि बढाए उपभोक्ता समिति मार्फत जुन आफै अबैधानिक थिए । गठन प्रक्रिया गलत थियो ।
त्यसलाई सही भनिईयो । नक्सा वा डिजाइन खैं भन्दा फ्लेस प्रिन्ट देखाउँछ । कस्तो बन्ने हो जस्ता अनेक जन(आवाज आकांक्षालाई लत्याएर पुनः निर्माणको नाउँ दिई निर्माण गरिएको ढाँचामा प्रस्तुति दिए जबकि पुनः निर्माणको अर्थ स्वरुप वा आकारै बदल्ने हुने थिएन् यो जस्लाई सोधे पनि हुन्छ । अर्को सम्झौतामा उल्लेख भए बमोजिम ऐतिहासिक धरोहरको संरक्षण र सम्बद्र्धन गर्नेछ भनिएको छ तर ठीक विपरित आफुलाई जस्तो मन लाग्यो त्यस्तै आकार दिने काम मात्र भए । पुनः निर्माण मभिं पोखरी कतैबाट गरिएको देखिदैन् । मृत्यु संस्कारसँग आबद्ध पोखरीलाई मन लागी आफुखुशी विना कुनै नापनक्सा सिमाङ्कन उल्लेख गरि अझै भनौं चारकिल्लाको सिफारिस बगेर बन्नु र बनाउनुपर्छ भन्ने कुराहरुले जीवन पाउनु मभिं पोखरीको बलात्कार पछि हत्या नै गरिएको म महसुस गर्दैछु ।
अब हामी सामु लाश मात्र बाँकी छ जस्को प्रयोग कस्ले कसरी गर्ने त्यति मात्र बाँकी छ । र ९० लाख बजेट राखिएको भनेकै सुनियोजित हत्याको लागि राज्यले शक्तिको दूरुपयोग मात्र गरेको हो मैले बुझेको यति नै हो । तिमी यति र मलाई उति जस्तो निर्माण देखिनु आजको युगमा आफै श्रापित पार्नु हो । हुन त हामी धेरै स्वार्थी र आफुखुशी बाँच्ने प्राणी बनी सकेका छौं जस्को कारण आफ्नो, पुण्यको लागि पनि दान नै नगर्ने अनि अरुको लुटेरै खाने मनशायमा छौं । यो हामीले त्याग्नुपर्छ । पिण्डदान गर्ने मान्छे हो । पोखरी पिण्डदान गर्ने ठाउँ हो । यो पनि बुझेरै बाँच्यौं । अतः लागत खर्चले के कति काम गर्ने हो र त्यसले समाजमा कतिको फाइदा पु¥याउँछ यो पनि हामी बुझ्नुपर्छ । जीवनमा हामीलाई हाम्रो पूर्खा जन्म दिए लगत्तै संस्कार अनि पहिचान र सभ्यता सिकाए आज त्यसकै हत्या वा चिरहरण गर्नुपर्छ हामीले कुन अर्थमा सिक्यौं मर्नु अघि शायद एकचोटि याद गर्ने हो ? मरेर के लान्छौं फुर्ति के को ? यो पनि बुझौं । अन्तमा, आज पोखरी पुनः निर्माण नभईकन निर्माण भएको छ । यो निर्माणको जिम्मा या भनौं श्रेय निवर्तमान कीर्तिपुर(०३ पदाधिकारी लगायत उपभोक्ता समितिका पदाधिकारीहरुको हुनजान्छ । यसमा हाम्रो पितापूर्खाका योगदान छैन् । खाल्डो बनाएको त्यसमा समय परिस्थिति माटो पुरिईयो । फेरि खनिईयो । प्रकृति रोए वा उसले मुते त्यो पानी भयो । खाल्डोमा जम्मा भो ।
कसैले त्यसको फाईदा लिए, माछा पाले । बिक्रि गरे मुनाफा कमाए भने कसैलाई लाग्यो कि यत्रो किन चाहियो । अलि अलि छाँटकाँट गरौं बजेट छ कार्यकर्ता पालौं । राजनैतिक सोच बनाए । फाईदा र मुनाफामा टेकेको खुट्टाले हिड्न सिकेको बाटो हिडे । तर जवाफदेहिता हुनुपर्छ वा पर्दैन् मान्छे भएको नाताले यो किन बिर्से ? पोखरी निर्माण थियो वा पुनः निर्माण त्यसमा बहस किन भएन् ? पोखरी पूर्खा यसमा कसैको चासो किन गएन् ? कि सबैले पूर्खा मासेर, लुटेर आफ्नो जिविका चलाई रहेकै हो त ? आफ्नो आस्थामाथि अस्मितामाथि धावा बोलिएको, सभ्यता र संस्कार मासिएको पहिचान मेटाईएको किन आज कसैलाई टाउको दुखाईको विषय बनेन् ? किन मान्छे परिजिवि बन्न रमाउँछन् ? के सत्ता र शक्ति दूरुपयोग गर्नै पर्ने बाध्यता हाम्रो हो नै ? यी प्रश्नका जवाफहरु आज हामीलाई चाहिन्छ नै । र यो कुनै व्यक्तिगत प्रश्न होईन् । सभ्यतामाथि धावा बोल्नु भएन् ।
No comments:
Post a Comment