Thursday, July 7, 2022

मोबिल्याण्ड ग्रुप अफ कम्पनीे व्यावसायीक कृषि खेतीमा आकर्षित

 मोबिल्याण्ड ग्रुप अफ कम्पनीे व्यावसायीक कृषि खेतीमा आकर्षित 


मोविल्याण्ड ग्रुप अफ कम्पनीका अध्यक्ष दिनेश दर्शनधारी 

काठमाडौं कीर्तिपुरका बहु प्रतिभावान आफ्नै ब्राण्ड बनाउन सफल युवा व्यवसायी दिनेश दर्शनधारी अहिले कृषि खेतीमा आकर्षित भएका छन । उहाँले मोबाईल व्यापारदेखि इलेक्ट्रोनिक्स सम्म, मोटर साईकलदेखि निर्माण व्यवसायसम्म सफल भई एकजना लगनशिल व्यापारीको रुपमा आपूmलाई परिचित बनाई सक्नु भएको छ । शिक्षाले इन्जिनियर दिनेश सहकारी क्षेत्रका पनि एक सफल संचालक हुन । उहाँका व्यापार व्यवसायमा सबै सहयोगीहरुको उमेर ४० वर्षदेखि ४५ वर्षको हाराहारीमा छन । आफ्ना समुहका साथीहरुलाई रोजगार दिनको लागि विभिन्न व्यवसायको खोजिमा अनुसन्धान गर्दै जाँदा अहिलेको समयमा कृषि खेतीमा सफल हुन सकिन्छ भन्ने ठानेर उहाँले बारा जिल्लाको जितपुर नगरपालिका वडा नं.८ रमौलिमा ५५ विघा जग्गा किनेर कृषि कार्यमा लाग्नुभयो ।


     अहिले बारा जिल्लामा भैंसी, माछा, हाँस, कृषि वन, भर्मि कम्पोस्ट, घाँस खेती, ड्राइगन पु्रmट, केरा, कुरिला, हातिकाने जडिबुटी नर्सरी, अजोला खेती लगायत धेरै व्यवसाय गरिरहेका छन । 


विभिन्न जिल्ला घुमेर अनुभवको आधारमा कृषि व्यवसाय सञ्चालन गर्न मोबिल्याण्ड ग्रुप अफ कम्पनी दर्ता गरि २५ जनाको लगानीमा सूरु गरेका हुन । कृषि व्यवसाय घाटाको व्यवसाय ठानेर कतिपयले घाटा खाएर छाडेको अवस्थामा उहाँले मेहनत गरेर काम ग¥यो भने किन घाटा हुन्छ भनेर उहाँले अनुसन्धान गरी कृषिलाई व्यावसायिमुखी बनाउनु भयो । उहाँले भैंसि पालन गर्न थालेको ५ वर्ष भयो । सुरुमा १० वटा भैंसीबाट सुरु गरेको व्यवसायम।ा अहिले उहाँको गोठमा पाडा पाडी भैंसी गरी ४ सयभन्दा बढी रहेका छन । भैँसीमा मात्र ३ करोड र गोठ, अटोमेटिक बोरिङ्ग मेसिनरीमा ५ करोड गरी जम्मा ८ करोड लगानी लागी सकेको छ । सुरुको एक वर्ष दूध बिक्री गर्दा घाटामा गइसके पछि उनहिरुले बाई प्रडक्ट उत्पादन गर्न थालेका छन् । मोबिल्याण्ड ग्रुप अफ कम्पनिका अध्यक्ष दिनेश दर्शनधारीका अनुसार एक वर्ष दूध मात्र बिक्री गर्दा घाटा भयो । त्यसपछि अहिले पनीर, घ्यू बनाएर बिक्री गरिरहेका छन ।ं जुन दूध बिक्री गर्नु भन्दा अहिले डबल फाइदा रहेकोले अहिले व्यवसाय नाफामा छ ।  अहिले सामान बिक्री नहोला भन्ने डर छैन । पहिले नै अर्डर हुने हुनाले कहिले पनि स्टक रहदैन । त्यहाँ उत्पादित पनिर तथा घ्यू बारादेखि काठमाडौंसम्म बिक्री हुँदै आइरहेका छन । भैंसीको दूध मानिसले नै दुहुनु परेका कारण धेरै जना कामदारले काम गर्न पाइरहेका छन । अहिले १०० जना भन्दा बढीले काम पाइरहेका छन ।


उहाँका अनुसार भैंसी ब्लायक गोल्ड हो । भैंसीको दूधको फ्याट पनि ७ प्रतिशतभन्दा बढी हुन्छ जसले गर्दा घ्यू र पनीर धेरै उत्पादन गर्न सकिन्छ । त्यतिमात्र होइन भैंसीको अंग अंग पनि बिक्री हुन्छ । भैंसी पालन गर्दा दाना आफैले उत्पादन गर्ने, बाइ प्रडक्ट उत्पादन गर्ने हो भने राम्रो आम्दानी हुन्छ । दूध, घ्यू, पनिर मात्र होइन भैंसीको गोबर पनि बिक्री हुन्छ । एक ट्याक्टर गोबरको ३ हजारदेखि ३५ सयसम्म बिक्री गर्ने गरेका छन ।

मोबिल्याण्ड ग्रुप अफ कम्पनीले बारामा भैंसी पालनसँगै ३ बिघा जमिनमा पोखरी बनाएर माछा पनि पालन गरेका छन । माछा पालन गरेको ६ वर्ष भइसकेको छ । त्यसैगरी हाँस पनि एक लटमा ३ हजारसम्म पाल्ने गरेका छन । माछा बिक्री गर्न समस्या छैन । पोखरीमा नै आएर व्यापारीहरुले किनिरहेका छन । तर हाँस भने त्यति सजिलो बिक्री हुँदैन ।


उनीहरुले परीक्षणको रुपमा ५ कत्था जमिनमा ड्रागन फ्रुट लगाएका छन । ड्रागन फ्रुट लगाएको ३ वर्ष भयो । बजारमा ड्रागन फ्रुटको माग उच्च र धेरै प्रचार प्रसार भएका कारण परीक्षणको रुपमा लगाएको, हालसम्म आम्दानी भएको छैन । यो फल खेतबारीमा मात्र नभई गमलामा पनि रोप्न र फलाउन सकिने भएकाले पछिल्लो समयमा ड्रागन फलको माग उच्च छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो । यस फलको स्वाद गुलियो र अमिलो पनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम वा १ देखी २ के जी सम्म हुन्छ । यस फलको जातहरूमा रातो बोक्रा र सेतो गुदी भएको, पहेँलो बोक्रा र सेतो गुदी भएको, रातो बोक्रा र रातो गुदी भयको जात भित्र पर्दछ । गर्मी ठाउँमा खेती गर्न सकिने यस फलमा १२ प्रकारका मिनिरल तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको हुन्छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेसामा पनि लगाउन सकिन्छ । यो फल मीठो मात्र  छैन, औषधीय गुणले पूर्ण छ  


४ बिघामा जी नाइन केरा खेती 

दिनेश दर्शनधारीका अनुसार हाल ४ विघामा जी नाइन केराको खेती गरिरहेका छन । जी नाइन केरा खेतीबाट पनि राम्रो आम्दानी भइरहेको छ । जी नाइन केरा ९ महिनामा नै उत्पादन दिन सुरु गर्ने कारण अझ धेरै फाइदा हुने गरेको, बारासँगै काठमाडौँ, पोखरा, दाङ सबैतिर केरा जान्छ मागअनुसार केरा निकाल्दै पठाउँने गरेको छ । जसबाट पनि राम्ररी आम्दानी भइरहेको बताउनु  हुन्छ ।


ट्रायलको रूपमा कुरिलो खेती 

पछिल्लो समयमा कुरिलो खेती फस्टाउन थालेको छ । आयुर्वेदिक फाइदा र कम लगानीमा राम्रो आम्दानी हुन थाले पछि कृषकहरूको आकर्षण त्यसतर्फ बढेको हो । उनीहरूले ट्रायलको रूपमा एक बिघामा कुरिलो खेती पनि गरिरहेका छन् । तर अहिलेसम्म आफैलाई खानलाई मात्र ठिक्क भइरहेको उनी बताउँछन् । ‘कुरिलो खेती गर्न त धेरै मन थियो पहाडमा जस्तो राम्रो नहुने रहेछ उनले भने, ‘यसमा व्यावसायिक रूपमा सफल भएका छैनौँ । व्यवसाय सुरु गरेको त ४ वर्ष भइसकेको छ । कुरिलो तरकारीको रूपमा प्रयोग गरिन्छ । यसको स्वाद अन्य तरकारीको भन्दा मिठो भएका कारण पनि एक पटक प्रयोग गर्नेले खोजी खोजी किन्ने गर्छन् । यसको फाइदा र बजार पनि राम्रो भएकाले कुरिलो खेती गर्दा धेरै फाइदा भए पनि धेरै रेखदेख गर्नु पर्ने भएका कारण सोचे जस्तो प्रतिफल पाउन नसकेको उनी बताउँछन् । 

नीजि वन

दिनेश दर्शनधारीले म्यानमारमा गएर नीजि वनको अवधारणा देखेर आपूmले पनि १० बिघा जमिनमा नीजि वन सुरु गरेको बताउनु हुन्छ । दश वर्षपछि काट्न मिल्ने विभिन्न जातका रुख हरेक वर्ष रोप्ने गरेका छन । रुखभित्रै उनीहरूले बेसार तथा घाँस समेत लगाउने गरेका छन् । रुखबाट अहिले नै आम्दानी नभए पनि बेसारबाट राम्रो आम्दानी भइरहेको उनको भनाई छ । 

हाँस तथा बस्तुभाउको आहाराका लागि ‘अजोला खेती


पशुपक्षीको आहारा र दानाको लागत कम गर्न वैकल्पिक खेतीको रूपमा अजोला खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । लेउ प्रजातिको यो खेतीले ५० प्रतिशत दानाको खपत कम गर्छ । त्यसैले पनि आफूहरूले पनि अजोला खेती गरिरहेको उनी बताउँछन् । यसको प्रयोगले दुग्धजन्य पशुमा दूधको वृद्धि गर्ने, मासुजन्य पशुपक्षीमा तौलको वृद्धि गर्ने भएकोले अजोला खेती निकै फलदायी छ । ठुलो सख््यामा पशुपक्षी फर्म सञ्चालन गर्दै आएका बाख्रा, गाई, भैँसी, कुखुरा, हाँस र बङ्गुर फर्ममा यसको आकर्षण बढ्न थालेको छ । ५ वाई २५ फुटको सय वटा पोखरी अजोला लगाइरहेको उनले बताए । ‘अजोलो खेती सुरु गरेको ३ वर्ष भयो । यो पशुसँगै हाँसको लागि पनि आहारा हुन्छ उनले भने, ‘हाम्रो नेपालमा सबैभन्दा ठुलो अजोला खेती होला । एक हप्तामा एक ठाउँबाट २५ केजी उत्पादन हुन्छ । यो उमार्न पनि धेरै सजिलो हुने उनले बताए ।  उनीहरू आफूले उत्पादन गरेको अजोला भैँसी तथा हाँसलाई नै ठिक्क हुन्छ । हालसम्म बिक्री गरिएको छैन । 

Published on Kirtipur sandesh Issue 552 Date 15/03/2079


No comments:

Post a Comment