आफ्नो विशेष पहिचान बनाउन सफल कीर्तिपुरका युवा व्यवसायी दिनेश दर्शनधारीसँग उहाँको व्यापार व्यवसाय बारे भलाकुसारी
१.आजकल तपाईंको बारास्थित बोधिमाई मोर्डन एग्रो फरेस्ट्री फार्मको खुब चर्चा चलिरहेको छ । त्यसको बारेमा संक्षिप्त विवरण दिनुहोला ।
—सर्वप्रथम तपाई बरिष्ठ पत्रकार नजरराम सरलाई बिषेश धन्यवाद दिन चाहन्छु । तपाई र तपाईको पत्रिका कीर्तिपुर सन्देशमा समय समयमा मेरो अन्तरवार्ताहरू प्रकाशित गर्नु भएकोमा । तत्कालीन समयमा कृषिकर्म गर्नेहरूलाई खासै कसैले पनि राम्रो नजरले हेर्दैनथ्यो । नेपाल सरकारले पनि कृषि काम गर्नेहरूलाई कुनै सुविधा दिएको थिएन । बैंकहरूले कृषि ऋण दिन कल्पना समेत गर्दैनथ्यो । यदि कृषि ऋण दिनु नै प¥यो भने पनि सुरुमै अब यो ऋण पक्का डुब्छ भन्ने अनुमान गर्थे किनकी प्रायः बास्तबिकता पनि कृषिकर्म गर्नेहरू कृषि गर्न नजानेर डुबिरहेको अवस्था थियो । तपाईले अस्ति एउटा तथ्यांक पढ्नु भएकै होला अहिले पनि अनुदान सहितको कृषिऋण भनेर लिएका ७५% काठमाडौँ उपत्यकामा बैंकहरूले लगानी गरेको देखिन्छ । के त्यो सबै ऋण काठमाडौँमा कृषि गर्न नै प्रयोग भएको होला त ? सरकारले समेत अहिले कृषिलाई बिषेश प्राथमिकता दिएको बेलाको अवस्था त यस्तो छ भने पहिला पहिला कस्तो थियो होला आफै अनुमान गर्नुस । हामीले पनि कृषि कार्य गरेको सुरुवाती अवस्थामा झन्डै डुबेको थियो । तर गहन अध्ययनले गर्दा डुब्नबाट बचिए मात्र होइन ठुलो आम्दानीको स्रोत पनि भेट्टायौ ।
हामीले कृषि व्यवसायलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने कुराको गहन अध्ययन ग¥यौ । Integrated farming ग¥यो भने र कृषि वनलाई अगाडि बढाइयो भने भविष्यमा यसले ठुलै कमाई दिन सक्छ भन्ने हामीले निष्कर्ष निकाल्यौ । विभिन्न प्रजातिका रुख र जडिबुटी अनि घाँस प्रजातिहरूको बारे अध्ययन गर्न थाल्यौ । ती मध्ये रुख प्रजातिले १० देखि १५वर्ष भित्र १ लाखदेखि माथि आम्दानी हुनेहरू प्रजातिहरू selection ग¥यौ । जडिबुटीमा ३ वर्षदेखि १० वर्ष भित्र राम्रो आम्दानी हुने हब्र्स देखि रूखहरुलाई selection ग¥यौ। त्यस्तै intercrop को रूपमा रूखको जंगल भित्र नै रोप्न मिल्ने अनि एकपल्ट रोपेपछि ८–१० वर्षसम्म रोप्न नपर्ने अनि २–२ महिनामा आम्दानि पनि दिने र बढी हेरचाह पनि गर्न नपर्ने बिरुवा रोजेर अगाडी बढ्यौ । केही प्रजातिहरू selection गरि सुरु भएको निजी ब्यबसायीक कृषि बन परियोजना मधेस प्रदेशकै १ नम्बरको प्रोजेक्ट बन्छ भन्ने कल्पना समेत हामीले गरेका थिएनौ । तर आज प्रदेश सरकारले समेत मधेस प्रदेशकै १ नम्बरको नमुना कृषि परियोजनाको रूपमा बोधिमाई आधुनिक एग्रो फोरेस्ट्री प्रोजेक्टलाई घोषणा गरेको सुन्दा भने मेहेनत गरे कृषिबाट पनि नाम र दाम दुबै कमाइन्छ भन्ने कुुरामा हामी नमुना हुन पाएका छौं । बास्तबमा हामीले यो परियोजना प्रचारमा नआवोस भनेर धेरै वर्ष Low profile मा नै राखेर काम ग¥यौ । पोहोर अर्थात २०७८ साल भाद्र महिनामा माननीय प्रदेश कृषि मन्त्रि विजय यादवको यस प्रोजेक्टमा अनुगमन भ्रमण पश्चात एकाएक यसको बारेमा देशभर मात्र नभई संसारभर नै प्रचार प्रसार हुन गयो । आजको मितिसम्म पनि मलाई विभिन्न ठाउँबाट फोन आउछ र हाम्रो प्रोजेक्टको बारे जिज्ञासा राख्नु हुन्छ । हुन त अहिले पनि सर्वसाधारणको लागि यो प्रोजेक्टमा प्रवेशको लागि खुल्ला गरेका छैनौ । किनकि अहिले पनि धेरै पूर्वाधारहरू निर्माणधीन अवस्थामा नै छन् । तर पनि बिशिष्ठ व्यक्तिहरूको कहिले कहिँ हुने अनुगमन भ्रमणले गर्दा अलिक बढी प्रचार प्रसार भएको हो । हाम्रो टिमले कृषि गर्नुभन्दा पहिला केहि rsearch गरेका थियौं । Research को सिलसिलामा नेपालमा कृषि भनेर प्रायः धान, गहु, मकै, तरकारी खेति र पशुपालनलाई बुझ्ने गरिन्छ तर छातीमा हात राखेर भन्नु पर्दा नेपालका कृषकहरूमाथि नउठ्नुको प्रमुख कारण पनि यहि नै हो । आज हरेक घरबाट कम्तिमा एक जना सदस्य कि त भारत या अरबि देशमा जान पर्नुको कारण पनि नेपालको मलिलो माटोलाई सदुपयोग गर्न नसकी माथि उल्लेखित बस्तुमात्र उत्पादनमा ध्यान दिनु हो । १ बिगाहामा अर्थात १३ रोपनी जग्गामा बार्षिक ४०–५० हजार पनि बचाउन नसकिने यस्ता उत्पादन रोपेर हामी नेपाली झन झन गरिब बन्दै गरेका रहेछौ ।
अध्ययन पछि हामीले बोधिमाई Modern agro forestry भित्र जुन रूख प्रजाति लगाएका छौं त्यसले १०–१५ वर्षमा एउटा रूखले करिब हामीलाई १ लाख भन्दा बढीको आम्दानी दिन्छ । सो Project मा हामीले करिब ५० हजार रुख लगाइसकेका छौं भने अझै ५० हजार रूख लगाउँदैछौं । हामीसंग जम्मा ५५ बिगाहा जति जग्गा भएकोले अझै पनि केहि वर्षमा मात्र रूख रोप्न सकिने छ । यो प्रक्रिया निरन्तर जारी नै रहनेछ । त्यसमा short-term अर्थात हरेक महिना होइन हरेक दिन नै आम्दानीको लागि हामीले विभिन्न जडीबुटी तथा घाँस प्रजाति लगायतका छौं । प्रदेश सरकारले हाम्रो बोधिमाई मोडेर्न agroforestry अनुगमन पश्चात मधेशका जनतालाई समूह मिलेर हाम्रो प्रोजेक्ट जस्तै सबैले सुरुवात गर्न आह्वान समेत गरेकोले नै हाम्रो यो प्रोजेक्ट एकाएक प्रचार भएको हो ।
२.तपाईंले बारामा सिएनजि ग्यास निकाल्न स्टोरेज ट्यांक पनि बनाईसक्नु भएको छ । कसरी सिएनजि ग्यास निकाल्नु हुन्छ ?
—तपाईंले जुन CNG Gas plant को बारेमा चासो लिनु भयो नेपालको लागि यो नौलो नै हुनसक्छ । नेपालमा गोबर ग्यासको बारे त हामी सबैलाई थाहा भएकै बिषय हो । प्रायः गाउँघरमा अहिले पनि धेरै ठाउँमा गोबर ग्यास प्रयोग हुन्छ । यही गोबर ग्यासलाई अत्याधुनिक तरिकाबाट प्रसोधन गरि त्यसबाट मिथेन ग्यास मात्र Cylinder मा Pack गरि commercial रुपमा प्रयोग गरिन्छ । यही मिथेन ग्यासलाई नै अहिले CNG gas भनिन्छ । हामीले बारामा भैसी पालन सुरु गरेको पनि छ वर्ष भयो । यो भैसी फार्ममा हामीले कम्तिमा १००० देखि २००० सम्म गाई भैसी बाख्रा पाल्ने योजना छ । भैसीको गोबरलाई अहिले हामीले प्रति Tractor ३५००देखि ४००० अर्थात प्रति किलो २ का दरले बिक्रि गर्दै आएका थियौ । अहिलेसम्म गोबर ब्यबस्थापनको हामीसंग २ वटा मात्र विकल्प थियो । एउटा विकल्प भनेको कम्पोस्ट मल बनाउने अर्काे भनेको बायोग्याँस निकाल्ने । यसबारे पनि धेरै खोज तथा अनुसन्धान ग¥यौ । केहि वर्ष अघि तत्कालिन प्रधानमन्त्री के पी ओलीले बिराटनगरमा उद्घाटन गर्नु भएको घर घरमा Pipe line बाट Bio CNG Gas पु¥याएको थाहा पाएर यसबारे बुझ्यौ । अहिले प्रति किलो जम्मा २ मा बिक्रि भैरहेको गोबरबाट प्रति किलो १३० पर्ने CNG Gas र प्रति किलो १५–१८ (होलसेल रेट)पर्ने बायो मल समेत उत्पादन हुने देखेर हामीले पनि यसमा हात हाल्ने निर्णय गरि काम अगाडी बढायौ ।
जग्गा बाहेक सुरु डीपीआर करिब ३५०० घन मीटरको साइजको CNG Gas plant को १८ करोडको बने तापनि पछि सबैको सल्लाहमा ठूलो बनाउने भनिएपछि करिब २५ करोडको लागत हुने गरि ४५०० घनमिटरको CNG Gas plant बनाउने निर्णय गरि निर्माण सुरु गरेका थियौ । त्यो ठाउँको अहिले ३ बिगाहा जग्गाको करिब १५ करोड समेत हिसाब गर्ने हो भने योfactory को जम्मा मूल्य ४० करोड जति हुन जान्छ ।
यो Plant अहिले निर्माण चरणमा नै छ भने यही वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौं । हामीले यो प्रोजेक्ट निर्माण सम्पन्न गरेपछि यसबाट प्रतिदिन १५ सयदेखि २ हजार केजीसम्म CNG Gas उत्पादन हुनेछ । जुन ग्याँस अहिले बजारमा करिब १३० रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै प्रतिदिन १० देखि १५ टन बायो मल उत्पादन हुन्छ । जसको प्रतिकिलो बजारमा कारखाना मूल्य १८ रुपैयाँमा बिक्री भइरहेको छ भने १ किलोको सानो Packet को MRP 40 रुपैया रहेको छ । फ्याक्ट्री स्थापना भइसकेपछि वर्षको ३३० दिन चल्ने हुन्छ । प्रति किलोको २ रुपैयाको गोबरलाई भबिष्यमा महँगो सिएनजि र बायो मल बेच्न पाउनु नै ठुलो उपलब्धि हुनेछ । निकट भविष्यमा नै दर्शन सहकारीका सदस्यहरूलाई पनि यो प्रोजेक्टमा लगानीको अवसर प्रदान गर्ने योजना रहेको छ । तपाईंको जिज्ञाशाको कुरा गर्नुपर्दा यो विश्वभरि नै अहिले एलपिजि ग्यास भन्दा सिएनजि ग्यासको माग बढी छ । प्रयोगको हिसाबले हेर्ने हो भने एलपिजि भन्दा सिएनजि ग्यास १.५ गुणा सस्तो र किफायती छ । भारतमा चल्ने प्रायः सरकारी र सार्वजनिक गाडीमा अहिले सिएनजी ग्यास नै प्रयोग हुन्छ । सिएनजि ग्यास धेरै हलुका र बायुमण्डलमा तुरुन्त माथि जाने भएकोले आगलागीको जोखिम ०% । अब तपाईंको जिज्ञाशा कसरी सिएनजि ग्यास बनाउने भन्ने बिषयमा केहि प्रस्ट पार्न चाहन्छु । सुरुमा गोबर ग्यासलाई storage tank जसलाई Digester भनिन्छ)मा जम्मा गरिन्छ । जुन गोबर ग्यासमा भएको मिथेन ग्यासलाई मात्र अत्याधुनिक machine को सहायताले छुट्याई सिलिन्डरमा भरिन्छ । यसरी भरेको ग्यासलाई नै प्रति किलो १३० रुपैयाको दरले बजारमा पठाइन्छ । ग्यास एकातिरबाट निस्किन्छ भने अर्कोतिर बाट हरेक दिन १०–१५ टन बायो मल निस्किन्छ जसलाई बोरामा प्याक गरेर बजारमा प्रति किलो १५–१८ रुपैया (थोक रेट)को दरले पठाइन्छ । यो प्रोजेक्ट सम्पन्न भएको करिब ३–४ वर्ष भित्र हाम्रो सम्पूर्ण लगानी उठ्ने देखिन्छ । त्यसपछि कम्तिमा ३०वर्षसम्म यसले राम्रो आम्दानी दिईरहन्छ । अर्को एउटा चाखलाग्दो कुरा पनि छ त्यो के हो भने यदि स्थानीय नगरपालिकाहरूको कुहिने फोहोर ब्यबस्थापन गर्नु परेमा हाम्रो कारखाना राम्रो विकल्प हुन सक्छ । हामीले नगरपालिकासंग सहकार्य गर्न सकेको खण्डमा नगरपालिकाको फोहोर पनि ब्यबस्थापन हुने र हाम्रो आम्दानीको स्रोत पनि बढ्ने देखिन्छ । दमकमा नगरपालिकाहरूले नै यस्तो प्रोजेक्टमा सुरु लगानीमा पनि सहयोग गरेको अनि फोहोर ब्यबस्थापन बापत प्रत्येक महिना ३०–४०लाख पनि दिने गरेको देखिन्छ । हामीले यसमा नगरपालिकाहरूको तर्फबाट प्रस्ताब आएमा विचार गर्ने छौं । यो काममा हामी सफल हुन सक्यौ भने हाम्रो लगानी अझ अगाडी नै सम्पूर्ण रुपमा फर्काउन सकिने छ ।
३.तपाई इलेक्ट्रोनिक व्यापारदेखि सहकारीसम्मको यात्रा तय गर्नु भयो । अहिले यो कृषि बनतिर कसरी लाग्नु भयो ?
—आज कृषिकै कुरा भइरहेको भएर मैले इलेक्ट्रोनिक र सहकारीको बारेमा खासै केही भन्न चाहिन । कृषिको कुरा गर्नुपर्दा करिब १० बर्ष भयो होला हामी विभिन्न व्यापार ब्यबसाय गर्दै थियौँ जसमा तपाईले भने जस्तै मोबाईलको ब्यापारमा कीर्तिपुरमा मात्र होइन नेपालमा नै तहल्का पिटेका थियौ । अहिले पनि मोबिल्याण्ड इलेक्ट्रीक को नाम लिएपछि ठुला ठुला मोबाईल ब्यापारी पनि हचकिन्छन नेपालमाIphome जस्तो महँगो मोबाईल अनि अहिले संसारभर सबैभन्दा बढी बिक्नेMI mobile को नेपालको इतिहासमा import गर्ने पहिलो कम्पनी हाम्रो नै हो । यसरी trading र mobile business मा एउटा इतिहास नै बनाएको भएता पनि त्यो बेला मलाई लाग्यो कि यो trading business कुनै बेला ओरालो लाग्यो भने के विकल्प रोज्ने भनेर सोच्न थालें विभिन्न क्षेत्रको बारे अध्ययन अनुसन्धान गर्दा भविष्यमा कृषि बन र कृषि पर्यटन नेपालमा चम्किन सक्छ कि भन्ने मलाई लाग्यो । तत्कालै हामीले यो क्षेत्रमा हामफाल्ने निर्णय ग¥यौ । त्यसपछि कृषि अभियानको लागि हामी काठमाडौंबाट निस्कियौ ।
सुरुमा हामीले पहाडको धादिङ र मकवानपुर तिरबाट सुरु गरि दाङ्ग जिल्ला समेत पुगेर कृषि भनेर तरकारी खेति, धान, गहु र मकै आदि रोप्नेतिर लाग्यौ तर पहिलो गाँसमै ढुंगा भनेजस्तै हामीलाई खासै राम्रो सफलता मिलेन । बाटोको असुविधा, पानीको असुविधा, product गलत selection तथा अरू विविध कारणले गर्दा सुरुमा हामी कृषिमा सफल हुन सकेनौं । तर हाम्रो समूहले हिम्मत हारेन । त्यसपछि हामी तराईका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जमिनहरू कृषिका लागि survey ग¥यौ । यो कामको लागि विभिन्न समूह बनाएर तराई झरेका थियौ भने Teamहरूको नेतृत्व मैले नै गरेको थिए । त्यहीबेला निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट बन्ने पनि हल्ला चलिरहेको थियो । सके कृषि गरौला नसके भविष्यमा अन्तराष्ट्रिय एयरपोर्ट बनिसकेपछि जग्गाको भाउ बढ्ला र बेचेर निस्कूला भन्ने सोचका साथ १० बिगाहा जति जग्गा किनेर कृषि सुरु ग¥यौ जुन बेला त्यहा जमिन खरिद ग¥यौ त्यो बेला त्यो ठाउँ परवानीपुर गा बि स थियो । हाल जितपुर सिमरा उपमहानगरपालिका भैसकेको छ । आजको दिनसम्म हामीसँग ५५ विघा जमिन छ । पछिल्लो पल्ट त्यहाँको जमिन केहि महिना अगाडी हामीले बिगाहा होइन कठा होइन धुरको ३ लाखको दरले किन्यौ । जुन जमिनमा अहिले बोधिमाई मोडर्न एग्रोफोरेस्टी प्रोजेक्टको रुपमा विकास गरी सकेका छौं । हामीलाई खुसि किन लाग्छ भने हामीले सुरुका दिनहरुमा बोधिमाई मोडर्न एग्रो फोरेस्ट्रीको लागि जग्गा जमिनहरु खरिद गर्न गरेका लगानीको पैसा त त्यही माटोमा उत्पादन गरेका घाँस बेचेर फिर्ता पाइसकेका छौं । सायद हामीले पनि त्यो जग्गाहरूमा धान, गहु, मकै तरकारी रोपेर बसेको भए अहिले हामीलाई पनि गाह्रो हुन्थ्यो होला तर हामीले चलाखी के ग¥यौ भने धेरै अध्ययन गरेर के रोप्दा ठिक हुन्छ र बढी कमाइ हुन्छ भन्ने अध्ययन ग¥यौ र हामीले निष्कर्ष निकाल्यौ घाँस जुन कसैको नजरमा पनि नपर्ने र आम्दानी पनि बढी हुने । हामीले अहिले रोपी राखेको नेपियर घाँस एक कट्ठामा २ लाख बराबरको वार्षिक आम्दानी हुन्छ भने बिघाको ४० लाख बराबर आम्दानी हुन्छ । आजभन्दा १० वर्षअगाडि किनेको जमिनको पैसा त्यहि बेला घाँस उत्पादनबाट हात पारि सकेका छौं । नेपाल सरकारले पनि यदि अब किसानहरूको स्तरवृद्धि गर्ने हो भने यस्तो उत्पादन र बजारीकरणमा ध्यान दिनु पर्छ । यस्तो घाँसको चीनमा पनि धेरै माग भएकोले सरकारले सहजीकरण गर्नु पर्छ । यस्तो product चीनमा export गर्न सक्यो भने धेरै किसानको आर्थिक स्तर उकासिन्छ साथै जोश जागर भएका कर्णाधार युवाहरु विदेशमा हुने कमाई भन्दा यही माटोमा धेरै गुणा बढी कमाई हुन्छ ।
बरु हामीले धान, मकै, गहु, तरकारी आयात गरेर खाऊ तर हाम्रो माटोमा १० गुणा बढी आम्दानी दिने productहरु मात्र रोप्न प्रोत्साहन सरकारले दिनु पर्छ अनि सम्पूर्ण product नेपाल सरकारले खरिद गरेर सबै expert को जिम्मा सरकारले लिनु पर्छ । जसले गर्दा सरकारको पनि व्यापार घाटा पनि घट्छ । dollor आम्दानी पनि बढ्छ । त्यस्तै कर आम्दानी पनि बढ्छ । तपाईको पत्रिकामा पनि केहि समय अगाडीबाट हामीले यो घाँसको बिज्ञापन हालेका थियौ । किनकि हाम्रा कीर्तिपुरबासीहरुलाई पनि यो घाँसको बारे उत्सुकता जागोस भनेर । मैले कीर्तिपुरका केहि सहकारी अभियन्ताहरूलाई घाँसको सामुहिक खेतिको लागि प्रस्ताब पनि गरेको थिएँ । अहिले जुन liquidity crisis आयो । यदि घाँस खेति गर्ने हो भने यस्तो crisis ले हामीलाई कहिले पनि छुन सक्दैन भन्ने सल्लाह पनि दिएको थिएँ । किनकि यो नितान्त productive sector हो । नेपाल सरकारले पनि सबै बैंक वित्तीय संस्थालाई productive sector माmaximum लगानी गर्न भनिरहेको बेला best option हुन सक्छ भनेर सुझाएको थिएँ । हामी सहकारीहरूले घर जग्गामा मात्र होइन यस्ता क्षेत्रमा समेत लगानी ग¥यो भने सहकारी सधै safe side मा रहन्छ र आज भोलिको जस्तो परिस्थितिमा पनि कुनै tension हुन्न भनेर भनेको थिएँ । त्यती मात्र होइन आफ्नो शेयर धनिहरूलाई बोनस खुवाउन र निक्षेपकर्तालाई ब्याज खुवाउन पनि आरामले सकिन्छ भनेर सल्लाह दिएको थिएँ । यसको लागि सुरुको समयमा लगानीको safe anding को जिम्मा लिनको लागि मैले lead गर्नु पर्छ भने तयार छु भनेर भनेको थिएँ ।
हामीले बोधिमाई मोडर्न एग्रो फोरेस्ट्रीलाई कृषि वन मात्र होइन कृषि पर्यटनलाई समेत विकास गर्ने गरि पूर्वाधारहरू निर्माण कार्य अघि बढाएका छौं । हामीले यो प्रोजेक्टलाई पूर्ण अग्र्यानिक फार्म पनि भनेका छौं । किनकी यहाँ कुनै पनि रसायनिक मल प्रयोग गर्दैनौ । गाईभैंसीबाट निस्केका मलमुत्रलाई नै मलको रुपमा प्रयोग गर्छांै । यो कृषि बन भित्र कगद प्रोजेक्टको रुपमा धेरै अरू कृषि प्रोजेक्टहरू पनि गर्दै छौं । जसको बारेमा पछि कुनै बेला भन्ने छु ।
४.तपाईंको काम र मिहेनत हेरेर एक पछि अर्को काम सफलताका साथ गरिरहनु भएको छ । तपाईंलाई आजकल नेवाः मारवाडी भन्न थालेका छन, तपाईंलाई कस्तो लाग्छ ?
—मेरो विचारमा नेपालको पुराना व्यापारी भनेका नेवारहरूनै हुन् । अहिले पनि ७७ जिल्लामै हेर्ने हो भने त्यहाँको रैथाने व्यापारीको रूपमा नेवारलाई नै भन्दछन् । हाम्रा जिजु हजुर बुवाहरूको पालामा यदि कुनै ठाउँमा नेवार भएन भने त्यहा अरू ठाउँबाट नेवारहरूलाई बोलाएर भए पनि लगिन्थ्यो भनेर सुनेका कुरा पक्कै झुट होइन । तर विदेश मोहले गर्दा आज भोलि प्रायः नेवार पनि यो क्षेत्रभन्दा विदेश जान नै लालायीत भएको देखिन्छ । हामी काठमाडौ र कीर्तिपुरका नेवारहरूले पनि आफ्नो पुरानो व्यापार व्यवसायलाई बिर्सिसकेका छौं । मैले त्यही हाम्रो नेवारहरूको पुरानो परम्परालाई मारवाडी साथीहरूसँग संगत गरि केही सिकेर आधुनिकीकरण गर्न खोजेको मात्र हो । अहिले पनि नासाका बैज्ञानिकहरूले संस्कृत भाषा अध्ययन गर्छन भन्ने कुरा तपाई हामीले सुनेका छौं । तर हाम्रै नेपाल वा भारतबाट उत्पत्ति भएको यो संस्कृत भाषा हामीलाई पढ्न आउदैन । कला संस्कृति र व्यापारको धनी हामी नेवारले प्रायः धेरै कुरा बिर्सिसकेका छौं । हामी नेवारबाट नै सिकेर आज नेवार मार्केट असन र न्युरोड सबैमा मारवाडी ब्यापारीको कब्जा रहेको छ । व्यापारको सिलसिलामा धेरैवर्ष मारवाडी साथीहरूसँग संगत गर्ने मौका पाएँ । मारवाडी साथीहरू भन्नुहुन्छ वहाँहरूले नेवार सभ्यताबाट व्यापारका धेरै कुुरा सिकेको अनि हामी र हाम्रो पुर्खालाई धन्यवाद पनि दिनु हुन्छ । बिनोद चौधरीदेखि धेरै मारवाडीले नेपालभाषा प्रष्ट बोल्नुहुन्छ । किनकि उहाँहरूले नेवारबाट ब्यापार सिक्न नेपालभाषा बोल्नु नै थियो । यो कुरा नासाका बैज्ञानिकहरूले संस्कृत सिके जस्तै कुरा हो । जसरी मारवाडी साथीहरुले नेवार सभ्यताबाट सिकेर धेरै प्रगति गर्नु भयो त्यसरी नै मारवाडी साथीहरूको धेरै वर्षको संगतले मैले पनि उहाँहरुबाट व्यापार ब्यबसाय भनेको के हो enterprenureभनेको के हो भन्ने कुरा राम्ररी सिकेको छु । पसल खोल्नु वा जग्गाजमिन किनबेच गर्नु मात्र व्यापार होइन भन्ने कुरा मारवाडीबाट नै सिकेको मध्ये एउटा कुरा हो । मारवाडीबाटै सिकेर व्यापार व्यवसाय अगाडि बढेको र त्यही अनुसार प्रगति पनि भइरहेको भएकोले आजको दिनमा नेवाः मारबाडी भन्दा पनि मैले चित्त दुखाउनु पर्दैन जस्तो लाग्छ ।
५.तपाईको नेतृत्वमा दर्शन मल्टी इन्भेष्टमेन्ट कम्पनी एउटा पब्लिक कम्पनीको रुपमा स्थापना भएको पनि ४ वर्ष भएको छ त्यो बेला ४ वर्षमा लगानी फर्काउने ग्यारेन्टी गर्नु भएको थियो त्यो कुरा कहाँ पुग्यो ?
—यो प्रस्नको लागि धन्यवाद आज तपाईको interview कृषि र बोधिमाई एग्रो फरेष्ट्रिसंग मात्र सम्बधित होला भन्ठानेको थिएँ बोधिमाई प्रोजेक्ट बारा जिल्लाको जितपुर उपमहानगर पालिकामा विकास गरेको प्रोजेक्ट हो । जुन दर्शन मल्टी इन्भेष्टमेन्टको बारे जिज्ञासा राख्नु भयो त्यो भनेको बिराटनगरमा ४ वर्ष अगाडीबाट विकास गर्न लागेको एग्रो फरेष्ट्री प्रोजेक्ट हो । दर्शन मल्टी इन्भेष्टमेन्ट कम्पनी जुन कम्पनी हामीले पब्लिक कम्पनीको रुपमा स्थापना गरि ३०० भन्दा बढी शेयर धनीहरु रहेका छन् जसमा नजरराम सर तपाई आफै र सपरिवार पनि शेयर होल्डर हुनुहुन्छ । यो प्रोजेक्टबाट भैरहेको आम्दानीको बिषयमा त तपाईले प्रोजेक्ट भ्रमण गरे पछि पनिfacebook बाट post गर्नु भएको मलाई पनि थाहा छ । यदि हामीले उल्लेख्य रुपमा आम्दानी गर्न नसकेको भए तपाई जस्तो खरो पत्रकारले पक्कै लेख्नु हुन्न थियो होला यो वर्ष पनि तपाईलाई एक पल्ट प्रोजेक्टमा visit गराउने रहर छ । अब ४ वर्षमा लगानी फिर्ता गर्ने कुरा हामीले अस्ति नै घोषणा गरिसकेका छौं । यो पौष महिनाबाट सबै लगानीकर्ताको सुरुमा गर्नु भएको ३ लाखको दरले फिर्ता गर्दैछौं । कसैको ३० लाख छ भने ३० लाख नै फिर्ता पाउनु हुनेछ । हामीले सुरुमा बाचा गरे जस्तै लगानी बराबरको रकम फिर्ता पछि पनि सबैको share सुरक्षित नै हुनेछ ।
No comments:
Post a Comment