कथा — दुःखी गरिमा
स्मृति लिम्बु
कक्षा ः ६
हिलटाउन मा.वि., कीर्तिपुर
“बाबा कहाँ जान लाग्नु भएको ?” गरिमाले सोधी .
“बिहान, बिहान तेरो अनुहार देखेर मेरो शुभ साइत बिग्रियो, तँ किन बाहिर निसकेकी हँ ?” बुबाले कराउनुभयो ।
“मैले त तपाई कहाँ जानलाग्नु भएको भनेर सोधेकी मात्र, किन र बुबा मेरो अनुहार यति नराम्रो छ र ? हुनत तपाईले मलाई देखिसहनु हँुदैन फेरि म सोध्ने पनि उस्तै” गरिमाले भनी ।
“तँ छोरी मान्छे भएर छोरीको ठाउँमानै बस्, धेरै बाठी नबन” बुबा फेरि कराउनुभयो ।
ग्रिमाको दाइ पनि थियो । बाहिर भइरहेको हल्ला सुनेर उनका दाजु सुमनले भने, “कति हल्ला गर्नु भएको ? बुबा तपाईको काम छैन ?”
दाईको यस्तो रुखो बोली सुनेर गरिमाले भन्छिन् “दाइ बुबालाई किन कराउनुभएको ? जे भए पनि उहाँ तपाईको बुबा हो, किन थर्काउनुभएको ?”
“उसले के गर्न मिल्छ र के गर्न मिल्दैन तिमीले सिकाउनुपर्छ र ! म उसको बुबा हुँ उसले जे गर्न चाहन्छ गर्न पाउँछ । बरु तँ जान्ने नहो ।” बुबाले भन्नुभयो ।
मैले जति राम्रो गर्न खोजे पनि आखिरमा नराम्रो हुन पुग्छु, मेरो भाग्य नै यस्तो छ, गरिमाले मनमनै सोची । सुमन तँ मसँग बाहिर हिँड न” बुबाले भन्नुभयो, “म किन जाऊ हँ , बा मेरो अन्तै काम छ ।” सुमनले भन्यो ।
“हुन्छ छोरा तँलाई जे गर्न मनपर्छ त्यही गर” भनेर बुवा बाहिर जानुभयो । गरिमा एक सरकारी स्कुलमा पढ्ने विद्यार्थी थिई भने उसको दाइचाहिँ प्राइभेट (निजी) स्कुलको विद्यार्थी थियो । गरिमा सरकारी स्कुलमा पढे पनि सधै पहिलो अङक ल्याउथी तर उसको दाइ प्राइभेट स्कुलमा पढे पनि सधै लास्ट । केही बेर पछि बुबा आउन साथ स्कुलबाट फोन आयो, शुभ प्रभात सर तपाईकी छोरीले स्कुलमा पहिलो स्थान हासिल गरि गुरुआमाले भन्नुभयो, हस्त गुरुआमा मात्र भनी छिटो छिटो बुवाले फोन राख्नुभयो । गरिमा बुबाको छेउमा बसिरहेकी थिई, ऊ मनमनै खुशी हँुदै थिई तर बुबाले भन्नुहुन्छ , “तँ अब देखि स्कुल नजा बरु घरको काम गर्न थाल । त्यसै पनि छोरी मान्छे पढेर के गर्छस् र अर्काको घरमा जाने जात, त्यहाँ गएर पनि भाँडा त मोल्छस् नि बरु यहीँ देखि सुरु गर्न थाल” । गरिमा रुदै थिइ उसले चाहेर पनि केही गर्न सक्दैन थिई ।
गरिमा रोएको सुनेर सुमन बाहिर आयो र भन्यो “फेरि हल्ला ? यो घरमा सुखले बस्नै दिँदैनन् , म पढिरहेको मान्छेलाई त्यसै बाधा पार्छन् ।” सुमनले यति बेला झुट बोलिरहेको थियो । उ पढ्न त के किताब पनि छुदैन थियो । ऊ कुलतमा फसिसकेको थियो । तिमी पढ्न जाऊ बाबुराजा यो अलच्छिनाको बोली सुनेर किन आएको, जाऊ गएर पढ बुबाले भन्नुभयो । भोलिपल्ट सुमन बिहान घरबाट निस्कियो । त्यहीबेला गरिमा पनि घाँस काट्न गई । घाँस काट्न जाँदा उसले सुमनले गाँजा र चुरोट खाँदो रहेछ, मैले भर्खर देखेकी । “तँ धेरै झुट नबोल त, मेरो छोराले चुरोट नै खाँदैन”, बुबाले भन्नुभयो । सुमन घर आएपछि बुबाले सोध्नुभयो, “सुमन के तैले चुरोट खान्छस् र ?”
सुमनले डराउदै भन्यो, “हैन बाबा मैले कहाँ चुरोट खान्छु र !”
सुमन डराएको देखेर बुबाले झुट पक्रनु भयो । सुमनको यस्तो हर्कत देखेर बुबाले रुँदै भन्नुभयो “हरेशिव ! मेरो छोराले ठुलो बनेर पैसा कमाउछ र मलाई पाल्छ भनेको त यो त कुलतमा पो फँसेछ, यसले गर्दा मेरो नाक काटिने भयो । समाजको सामु मेरो केही इज्जत रहेन । अब म कसरी बाहिर जाऊँ ! बरु मैले छोरीलाई पढाएको भए ऊ ठूलो मान्छे बनेर मेरो इज्जत राख्थी र आफ्नो जीवन सफल बनाउँथी ।”
आफ्नो गल्तीको कारणले बुबाले आफ्नो जिन्दगी बर्बाद गर्नुभयो, सँग सँगै आफ्नो छोरीको पनि जिन्दगी बर्बाद गर्नुभयो । यदि छोरीलाई स्कुलबाट ननिकालेको भए आज सफल व्यक्ति बनेर उच्च स्थानमा हुन्थी ।
No comments:
Post a Comment