प्यूठानको स्वर्गद्वारी भ्रमण
---ई. शरद मंगल जोशी
घुमफिरले ताजगी मात्र पैदा गर्दैन भिन्न नयाँ भूगोल समाज परिवेश अनि पर्यावरणको भरपुर ज्ञान पनि दिन्छ । जव हिडिन्छ, जीवन र जगतको प्रत्यक्ष अनुभव गर्न पाइन्छ । त्यो प्रत्यक्ष देखाई, सिकाई र अनुभवले जीवनलाई उर्जा दिन्छ । त्यसैले समय मिल्योकी कतै न कतै हिदिहाल्न मन लाग्छ ।
२०७९/०९/२७,
तब समयले आज साथ दिएकोले सधै ५ः३० बजे उठ्ने म आज त विहान ३ बजे नै उठे । आज विशेष दिन थियो । म लगायत श्रीमती, छोरा, छोरी, सासुआमा लगायत चालक सहित हाम्रो ६ जना स्वर्गद्वारी जाने दिन पो थियो आज । स्वर्गद्वारीको महिमाका बारेमा सुनेर जान इच्छा लागे थियो सो इच्छा आज पूरा हुदैछ ।
कीर्तिपुर नयाँ बजारबाट बिहानको ४ बजे जाने हाम्रो योजना थियो सोहि अनुरुप ४ बजे नै हाम्रो चालकले जिप निकालिसकेको थियो । झटपट नित्यकर्म सकेर हामी जिपमा बस्दा ४ः४५ बजि सकेको थियो ।
मुग्लिङ्ग चितवनको बाटो विहान ११ बजेबाट दिउँसो ३ बजे सम्म बन्द अघि नै चितवन पुगि सक्ने हाम्रो योजना थियो । यसको लागि हामीले करिब करिब १८१ कि.मी. यात्रा तय गर्नु थियो ।
नागढुङ्गा देखि नौबिसे सम्मको बाटो अलि बढि खराब थियो र सो बाटोका जोल्टिङ्गहरुमा हल्र्याङ हुर्लुङ पारेर हल्लाउदै जिप हुँइँकिदै थियो । झिसमिसेमैे हामीले नौबिसे पार गरिसकेका थियौँ । करिब विहान ८ बजे हामी मुग्लिङ्ग पुग्यौँ अब यहाँबाट पोखरा र चितवन जाने बाटो छुटिन्छ । केहीबेर यतै हामी त्रिबेणी होटलमा चिया नास्ता गर्यौँ ।
८ः३० बजे त्रिशुली नदीलाई दाहिने पारेर किनारै किनार हामी अघि बढ्यौँ । ठाउँ ठाउँमा पूल बनाउदैं गरेको र प्रकृतिको अनुपम छटाले भरिएको जंगल, नाबबेली मोटरबाटोमा भर्खरै उदाएको घामका किरणहरु रुखविरुवाको कापबाट सडकमा पोखिन प्रतिस्पर्धा गरिरहेको देखिन्थ्यो । पुष महिनाको बिहानी पख एक छेऊ त्रिशुलीको कलकल बोलिका साथ अबिरल बगिरहने पानी बिहानको समयमा पुषको चिसो, चराचुरुंगीहरुको चिर्विराहट, झ्याउँकिराको संगित यो दृष्य बर्डा रोमाञ्चक तथा चमत्कारिक थियो । हाम्रो यात्रा यसैगरी जारी रह्यो र ९ः३० बजे नारायणघाट पुग्यौं । चोकबाट दाहिने बुटवल र वायाँ लागेमा सौराह पुग्ने रहेछ । सोहि अनुसार हामी दाहिने मोडियौँ ।
नारायणघाट देखि बुटवलसम्म बाटोको चौडा ४ देखि ६ लेन बनाउन लागेको हुँदा ठाउँ ठाउँमा बाटो बिग्रेको रहेछ । हामीले कुनै ग्राभेल मात्र कुनै कालोपत्रेको बाटो करिब १२१ कि.मी. बाटो जोल्ठिङ्गहरुमा हामीलाई हल्र्याङ्ग हुर्लुङ्ग पारेर हल्लाउँदै जिप हुँइँकिदै थियो । सिजीधाम, आरुङ्गखोला, डुम्किवास, डाउन्ने हुदै हामी अघि बढ्यौं बीच बीचमा तराईको शितलहर गर्दा हुस्सु, कुहिरो र बादलको घुम्टोले डाँडाकाँडा छोपिदै सडक नै छेकिन आउँथ्यो । यसरी सडक नै छोपिन आउँदा गाडिको हुईकाई अलि सुस्त गर्नु पथ्र्यौ । यस्तै प्रकृतिको अनुपम दृश्य हेर्दै हामी बर्दघाट, भूमि, सुनवल, श्रीकृष्णधाम, खैरैनि, देवदह हुदै बुटवलमा १ः१२ बजे पुग्यौँ । बुलवलको नेपालगञ्ज रोडमा १ः२६ पुगेर अब खानाको लागि राम्रो होटल खोज्दै थियौँ र बटउली भिउ थकाली होटलमा खाना बस्यौं ।
खाना खाई सकेपछि हामी करिब २ः४६ मा दाङ्गको लागि अघि बढ्यौँ । हाम्रो जिप बुटवलबाट पश्चिम तर्फ मोडियो । नयाँ गाउँ, सैवामैना, पिपरा, जितपुर, गोरुसिङ्गे, इमिलीया, चनौटा, डाडेखोला धनखोला हुदैँ हामी साँझ ५ बजे भालुवाङ्ग पुग्यौँ । हामी यहाँ एकछिन अलमलमा पयौँ । घोराही दाङ्ग भएर स्वर्गद्वारी जाने कि भिङ्गग्रो भएर जाने । एउटा चिया पसलमा पिउँदै पसले साहुले स्वर्गद्वारीको राम्रो र कालोपत्रे भएको बाटो भिङग्रो हो र भिङग्रोको बाटो बन्द छैन भन्ने जानकारी प्राप्त गरि सकेपछि हाम्रो ५ः३० बजे भिङग्रोको लागी अघि बढ्यौँ ।
कालोपत्रेको बाटो हुदैँ जिप हुईकिदै दरर्भाङ्ग, देविस्थान, चकचके हुदैँ हामी भिङग्रीमा ७ः२६ मा पुग्यौँ । यहाँ सम्म आईपुग्दा हामीले करिब ४७८ कि. मी. को यात्रा तय गरिसकेका थियौँ । बाटोहरु कुनै कुनै ठाउँमा बाहेक प्राय धेरै जसो बाटो रामै्र थियो ।
स्वर्गद्वारीको महिमा नेपालमा मात्र नभै भारतमा पनि यसको उत्तिकै महत्व छ । भारतबाट पनि वर्षैनी ठूलो संख्यामा यहाँ धार्मिक पर्यटक भित्रन्छन् । त्यसैले आज भिङग्रोका अधिकतम होटलहरु भारतीय दर्शनार्थीहरुले भरिभराउ थियो । हामीले खोज्दा बल्ल अलि राम्रो होटल डाईमण्ड गेष्ट हाउस भेट्यौँ र एक रात यहि होटलमा बसी भोलि विहान स्वर्गद्वारी जाने भयौँ । करिब ८ बजे बेलुकाको खाना खायौँ ।
२०७९/०९/२८
हिजो दिनभरि जिपमा व्युजिएर बस्दा र जिपले हुइक्याउँदा थाकेर लखतरात भई हिजो दश बजे सुतेको हामी बिहान ५ बजे उठ्न बाध्य भयौँ । किन कि हाम्रो स्वर्गद्वारीको दर्शनगरि बाटोमा पर्ने तौलिहवाको भम्रण गरि पाल्पा सम्म पुग्नु थियो र पाल्पा पनि आजै घुम्ने योजना थियो ।
होटल डाईमण्डमा चिया पिएर करिब ७ः३० बजे स्वर्गद्वारीको लागि अघि बढ्यौँ । हाम्रो चालक प्यूठानकै भएकोले हामीलाई दोबाटो आउँदा अलमलिनु पर्ने स्थिति आएन । स्वर्गद्वारीको बाटो जादै गर्दा स्वर्गद्वारीको महत्वका बारेमा आफूले पढेको र सुनेको कुरा परिवारमा बताउँदे गएँ । जस्तोकि यस पौराणिक कालमा पाण्डवहरु यही बाटो हुदै स्वर्ग गएकोले यस स्थानको नाम स्वर्गद्वारी रहन गएको हो । यस पुण्य भूमिमा विभिन्न ऋषिमुनिहरुका अतिथिहरु सृष्टिकर्ता ब्रम्हाले पनि तपस्या गरेको विश्वास गरिन्छ । वि. स. १९१६ मा रोल्पाको रुम्टोमा जन्मिएका बाल तपस्वी १०८ महाप्रभु श्री नारायण गौतमले स्वर्गद्वारीमा आएर बेदका मन्त्रद्वारा अग्नि प्रज्वलित गरी वि. सं. १९५२ बैशाख पुर्णिमा देखि अखण्ड महायज्ञ चलाएपछि यो स्थान धार्मिक हिसाबले थप प्रख्यात बनेको हो । स्वर्गद्वारी गएपछि मनै फुरुगं हुन्छ । मनले शान्तिको अनुभव गर्छ । शान्त र सुन्दर वातावरण, शीतल मौसम, आँखैमा ठोक्किने हिम शृखला, गुफा, मन्दिरले मन तानि रहन्छ । नेपालका सात धाम मध्ये एक हो स्वर्गद्वारी । जहाँ सयौ बर्ष देखि वैदिक संस्कार बाँचिरहेको छ । पशुपतिनाथबाट शुरु हुने धार्मिक यात्राको अन्तिम विन्दुका रुपमा स्वर्गद्वारीलाई लिइन्छ । हिन्दु धर्मालम्बीलाई विश्वास गर्ने हो भने प्यूठानको पवित्र तीर्थस्थल स्वर्गद्वारी नपुगेसम्म हिन्दुको तीर्थयात्रा नै पूरा हुदैन । त्यसैले हरेक वर्ष लाखौँ तीर्थयात्री स्वर्गद्वारी पुग्छन् । स्वर्गद्वारीले प्यूठानको परिचय दिएको छ । स्वर्गद्वारी नगरपालिका स्थित खालमा स्वर्गद्वारी आश्रम छ । हिन्दु धर्मालम्बीले गर्ने सबै खालका पुजा स्वर्गद्वारीमा हुने भएकाले पनि पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गहारीको विशेष महत्व छ । गाडीमा उकालो लाग्दै गर्दा हामीले नागबेली आकारमा बगेको माण्डव्य नदीका साथै प्यूठान र रोल्पाका विभिन्न भागको पनि अवलोकन गर्दै गर्यौँ । समुद्री सतहबाट २१२१ मि. उचाईमा रहेको स्वर्गद्वारी र आसपासको क्षेत्रमा लगभग बाह्रैमहिना चिसो हुँदो रहेछ । जाडोबाट बच्न हामीले वाक्लो लुगा लगाएका थियौँ । त्यसो त पुसको ठन्डी भएकोले काठ्माडौंमा पनि बाक्ला लुगा लगाउनु पथ्र्यो । चैतमा गएका भए बाटोमा हामीले लाली गँरास बोट मात्र देख्यौँ ।
गाडी पार्किङ्ग गर्ने ठाउँबाट स्वर्गद्वारीसम्म पुग्नका लागि करिब एक किलोमिटर उकालो हिडेरै जानुपर्ने रहेछ । अन्य भक्तजनसँगै हामी पनि त्यहाँबाट उकालो हिडेरैजानुपर्ने रहेछ । अन्य भक्तजन सँगै हामी पनि त्यहाँबाट उकालो लाग्यौँ । अझ कति भक्तजनहरु भिङ्गग्रीबाट ३ देखि ४ घण्टा लगाएर हिडेरै स्वर्गद्वारी पुग्दछ ।
भक्तजनको सुविधाका लागी बाटोमा व्यवस्थित ढङ्गले सिढी र रेलिङ्ग निर्माण गरिएको रहेछ । सिढीको उचाई सानै र सिढीको चौडाई ठाउँठाउँमा ठूलै भएकोले जेष्ठ नागरिकहरुलाई समेत सिढी चढ्न सजिलै हुन्छ । त्यही बाटो हुदै ३०÷३५ मिनेटमा मन्दिर सम्म पुग्न सकिदो रहेछ । ठाउँठाउँमा निशुल्क सौचालयको व्यवस्था पनि गरिरहेको छ । शुल्क लिएर भक्तजनलाई घोडचढीको सुविधा पनि दिदो रहेछ । स्वर्गद्वारी पुगेपछि भने हामीलाई स्वर्गीय आनन्दको अनुभुति भयो । मन्दिरलाई फन्को लगाएर चारै तिर हे¥र्यौ । त्यहाँबाट अन्नपूर्ण, धवलागिरि र मनास्लु हिमालका अतिरिक्त थुप्रै पहाड पर्वतहरु अवलोकन गर्न पाईदो रहेछ ।
मन्दिरमा पूजा गरेर हामीले टिका प्रसाद ग्रहण गर्यौ । निश्चित रकम तिरेपछि मन्दिरमै खानाको व्यवस्था गरिदो रहेछ । मन्दिर भन्दा माथि एउटा गुफा भएको थाहा भएर हामीले गुफामा पनि जाने आँट गर्यौँ । स्वर्गद्वारी महाप्रभु त्यही गुफा हुदै २३०० मिटर तल लुङ्गग्रो माडीको दोभानमा झरेर स्नान गर्ने र फर्किने गरेको विश्वास गरिन्छ । गुफा जाने क्रममा हामीले स्वर्गद्वारी स्थित गौशालाको अवलोकन ग¥र्यौँ ।
गौशालामा तीनसय भन्दा बढी गाईगोरु भए पनि दिउँसो चराउनका लागि जङ्गल लगिदो रहेछ । त्यसैले हामीले त्यहाँ भएका मध्ये केहीलाई मात्र देख्न पायौँ । १९९७ सालसम्म पनि त्यहाँ भएका करिब एक हजार गाई रहेको विश्वास गरिन्छ । वैशाख पूर्णिमा, जेष्ठ, भदौ, कात्र्तिक र माघ सङक्रान्तिमा बढो चहल पहल हुने यस पुण्य भुमिमा भारतबाट पनि थुप्रै दर्शनार्थी आउँदा रहेछन् । आज पनि अधिकास भारतिय दर्शनार्थीहरु नै छन् ।
गुफाको यात्रा गर्दा बीचबाटोमा हेलिप्याड पनि रहेछ र हेलिप्याड हेर्दै हामी गुफा भए ठाउँसम्म गयौँ । गुफामा पुगेर गुफा भित्र भगवानको मूर्ति दर्शन गरि फकर््यौँ ।
यसरी स्वर्गद्वारी, स्वर्गद्वारीको वरिपरिको दृश्य हिमालका दृश्य हेर्ने र अघाउने धोको अधुरै छाडी हामी दिउँसो १२ बजे तिर त्यहाँबाट फकर््यौँ । हामी हतारिएका थियौँ किनकि हामीलाई आजै बेलुका पाल्पा पुग्नु थियो र पर्सिसम्म पोखरा घुम्दै गोरखा पुग्नु पर्ने थियो । यात्राको चौथो दिन मनकामनाको दर्शन गरि काठ्माडांै पुग्ने योजना थियो ।
“ जय भोले जय स्वर्गद्वारी ”
No comments:
Post a Comment