कीर्तिपुरमा रातो मच्छिन्द्रनाथको प्रतिमुर्ति स्थापना बारे
कीर्तिपुरको सुखी गःछेँ समाजद्वारा स्पष्ट पारिएको बारे
सुखी समाज गःछेँको प्रेस विज्ञप्ति
उपत्यकाका नेवाःहरुको एकता, सद्भाव तथा परिश्रमले यस्ता सम्पदाहरुलाई हजारौं वर्ष देखि निरन्तर हाम्रा पुष्ताहरुले चलाउंदै आइरहेका छन् । यसैको पहिचानबाट आज हामी विश्वसामुु शिर ठाडो पारी बस्न सक्षम भएका छौं । भनिन्छ यहाँ नेवाः नभएको भए देशको पहिचान पनि रहन्न । त्यस कारणले पनि यहाँ हामीहरुबीच कुनै हालतमा विवाद गरी आफ्नो शक्तिलाई क्षीण हुन दिनुहुन्न ।
वास्तवमा कीर्तिपुुरमा रातो मच्छिन्द्रनाथ तथा याकः मिसाको प्रतिमूर्ति प्रतिस्थापन गर्ने सम्बन्धमा आदरणीय पाञ्जुुज्यूूहरुसंग २०७६ सालदेखि अनौपचारीक सम्वाद गर्दै आइरहेको र वहाँहरुबाट यो प्रतिस्थापन गर्न हुुन्न भन्ने आदेश कहिल्यै पाएका थिएनौं । उही बेला प्रतिस्थापन गर्न नहुने आदेश पाएको भए हामीले पक्कै पनि समय, पैसा, मेहनत खर्च गर्ने थिएनौं र उत्ति नै बेला यो कार्य बन्द गर्ने थियौं ।
आदरणीय पाञ्जुुज्यूूहरुले हाम्रो जिन्दगीमा कहिल्यै नजिकबाट हेर्न नपाएको भोटो जात्रापास बनाई कुुमारी देवताको नजिक बसाई दर्शन गर्ने सुुअवसर समेत जुुटाई दिनुु भयो । त्यसरी नै वहाँहरुलाई २०७५ देखि नै वाजागाजा सहित भोटो जात्राको ४ दिन अघि प्रसाद दिन आउने पाञ्जुुहरुलाई स्वागत गरी कीर्तिपुुरको प्यंगथाँ याकःमिसाको मन्दिरसम्म ल्याउने कार्यको थालनी ग¥र्यौ । यो एक प्रकारको हाम्रो सांस्कृतिक सम्पदालाई बिकसित र संरक्षण गर्ने हामी दुुवै पक्षको अभ्यास थियो ।
पान्जु र सरोकारवालाहरुसंग कीर्तिपुरमा प्यंगःथांमा बसेको बैठकको फोटो
यो मूूर्तिप्रतिस्थापन गर्नुुको मुुख्यध्येय भनेको लोककथामा उल्लेख भएको याकःमिसा र मच्छिन्द्रनाथ बीचको “फेरी मलाई भेट्न आउनुु” भन्ने आसयको झलक मूूर्तिमार्फत भक्तजन र सर्वसाधारणमा सम्प्रेषण गर्ने हो । त्यस कारण उक्त मन्दिरमा पहिले नै निर्माण गरिएका बसुन्धाराको मूर्ति, याकःमिसा र मच्छिन्द्रनाथको प्रतिमूर्ति साथै ठूलो ढुुंंगा (शिला) र तीनवटा मण्डप छन् । हाम्रो मतलब, सिङ्गो मच्छिन्द्रनाथ मात्र छैन । हाम्रो ठम्याईमा यो एउटा कीर्तिपुुरको लागि पाटन र बुुंगमतीसंग घनिष्टता बढाउने पहल कदमी पनि हो । अतःहाम्रो आसय पाटन र बुुंगमतीको सक्कल मच्छिन्द्रनाथ स्वयम् स्थापना गर्नुु होइन ।
मच्छिन्द्रनाथको पूूजापाठ विधि जस्तो नियममा बस्ी हामी कदापी गर्न सक्दैनौं । हाल कीर्तिपुरमा प्रतिस्थापन गर्न लागेको मूर्तिलाई मात्रहाम्री संरक्षण र व्यवस्थापन मात्र गर्न सक्छौ । हाम्रो विचारमा कीर्तिपुरमा स्थापना गरिएको प्रतिमूर्ति हरेक हिसावले फरक छ । आकार, प्रकार, बनौट, तौल, प्रयोग भ्एका सामान, सिङ्गार आदीमात्र झट्ट हेर्दा मुुखाकृति उस्तै हो की भन्ने लाग्छ तर त्यो पनि दुरुस्त छैन ।
त्यसकारण हाम्रो अन्न तथा वर्षाका देवता लोकेश्वर पाटन तथा बुंगमती कै हो र हामी पूजा गर्न, दर्शन गर्न तथा जात्रा हेर्न उहीं पग्छौं । अतः हामी पाञ्जुहरुबाट विभिन्न समयमा निकालिएका विज्ञप्ती बारे निम्नलिखित बूँदागत रुपमा प्रष्ट पार्न चाहन्छौं ।
१) २०७६ साल देखि २०७९ मार्ग १४ सम्ममूर्ति प्रस्थापनगर्ने सम्बन्धमा हामी बीच पटक पटक कुराकानी भएको छ ।
२) पाञ्जु संघबाट प्रेश विज्ञप्ती प्रकाशित गर्नु पूर्व आफुलाई लागेको कुरामा दुबै पक्षबीच छलफल गरिएन । यहाँहरु तधर्म, संस्कृति, सम्पदाका विद्वान हुनुहुन्छ, हामीले त टाढैबाट “पाञ्जु भायाय् ती” भनेर आदर गर्छौं ।
३) याकःमिसा वा द्यः मयजूलाई उक्त निर्णयबाट पुगिने चोटको सन्दर्भमा छलफलल समेट भएन ।
४) प्रतिमूर्ति स्थापना गरेका उदाहरणह्ररु त थुप्रै छन् ।
५) यो प्रतिमूर्ति प्रतिस्थापन गर्न ज्योतिषी कृतिकिरण जोशी, स्व. सत्यमोहन जोशी, बरिष्ठ पाञ्जु कपिल शाक्य, धकु समूह तथा पाञ्जु सघका अध्यक्ष यज्ञरत्न शाक्यसँग विभिन्न समयमा भेटघाट गरी वहाँहरुको सहमतिबाट यो कार्य सम्पन्न भएको हो ।
अतः हामी दुवै पक्षको आपसी सहमतिद्वारा उपयुक्त समाधानको उपाय निकाली अघि बढ्नु अत्यन्तै जरुरी देखिएको छ । यो धर्म, संस्कृति, परम्परा वचन र विश्वासकै भरमा अडिएको हुन्छ । यसरी विश्वास डगमगाएमा हाम्रो पूर्खाले निर्माण गरेका धर्म संस्कृतिहरु धमाधम नष्ट हुद्रै जानेछन् । अतः हामी समयमै सचेत सजग हौं । यसैमा हाम्री सवैको कल्याण हुनेछ ।
जय करुणमय ।।
सुखी गःछें समाज र कीर्तिपुरबासी २०७९/०९/१८
झुठ माथि झुठ कुरा गर्ने प्यङ्ग थाँ कीपुमिवासीहरुले पाप के हो समयमै बुझुन्, पानेजु संघले कहिल्यै प्रतिमुर्ति स्थापना बारे अनुमति दिएको छैन ... कुराकानी मात्र भएको हो, पानेजुसंघलाई कहिल्यै लिखित आग्रह पनि गरेको छैन र प्रत्यक्ष सरोकारवाला कसैसँग लिखित अनुमति लिएको छैन ... बुङ्गद्य अरु देउता जस्तो होइन कपि गर्न, यो जीवित देउता हो र केवल ललितपुरमा मात्र रहन्छ । परापुर्वकाल देखि तान्त्रिक पद्धतिबाट नेपालमण्डलमा अस्तित्वमा रहेको बुङ्गद्यको आस्था र जीवित सँस्कृतिमा आघात पुर्याउने प्रतिमुर्ति स्थापना एक तान्त्रिक अपराध हो र यसको विपाक प्यङ्गथाँवासीले हेर्न पाउनेछ यदि समयमै प्रतिमुर्ति नहटाउने हो भने ...
ReplyDelete