कथा–निमलको सफलता
स्वर्णिमा तण्डुकार
कक्षा ः ९
हिलटाउन मा.वि., बाघभैरवस्थान, कीर्तिपुर
“निमल, ए निमल ! उठ कति सुतिरहेकी” निमलको आमाले भन्नुभयो ।
“हैन के आमा, मलाई अझै ५ मिनेट सुत्न दिनु न क्या” निमलले आमालाई जवाफ दिइन् ।
निमल आफ्नो आमा र बुबासँग कीर्तिपुरमा बस्थिन् । निमलको याद गर्ने शक्ति धेरै भएकाले कुन सामान कता छ भनेर सजिलै थाहा पाउँथ्यो । निमलका आमा बुबा आफ्नो काममा जहिले व्यस्त हुने भएकाले उनीहरूले निमललाई उसको सानी आमाकोमा छोडेर जान्थे । सानी आमाको घरमा सानी आमाकी छोरी र आमा बस्थे । निमलकी सानीआमालाई निमलकी आमा मन पर्देनथ्यो ।
एक दिन निमलकी सानीआमा ‘रिसा’को घरमा उनको साथी आयो । “रिसा, त्यो गीताको छेउमा बसिरहेकी केटी को हो ?” रिसाको साथीले सोधिन् ।
रिसाले ठुलठुला आँखा तर्दै कठोर आवाजले भनिन्, “ए , त्यो त मेरो दिदीकी छोरी हुन् । विचरा यो बच्चाको आमाबुबाले यसको वास्ता नै गर्दैनन् । भोलि पर्सि यो बच्चा बिग्रिन्छ भनेर मलाई नै डर लागि सक्यो ।” आफ्नी सानीआमाको कुरा सुनेर निमललाई धेरै रिस उठ्यो । सानीआमाले हेला गरे पनि हजुरआमाले भने निमललाई साह्रै माया गर्नुहुन्छ ।
“हजुरआमा, सानीआमाले मेरी आमालाई किन हेला गर्नुहुन्छ ?” आँखाभरि आँसु राख्दै निमलले सोधिन् ।
हजुरआमाले मसिनो आवाजमा भन्नुभयो, “सफलता हासिल गर्न नसकेका मानिसहरुले सफलता हासिल गरेका मानिस देखेपछि डाहा गर्छन् ।”हजुरआमाको कुरा सुनेर निमल हाँस्न थालिन् ।
वर्षहरु बित्दै गए । निमल पनि ठुलो हुँदै गइन् । जति ठुलो कक्षामा निमल र गीता गए ,त्यति नै गीतालाई निमलसँग घृणा हुनथाल्यो । एक दिन गीता निमललाई जिस्काउँदै थिइन् । निमललाई रिस उठेर निमल गीताको पछि पछि दौडन थालिन् । अचानक निमल बेहोस भइन् । उसको वरिपरि मानिस भेला हुनथाले र निमललाई अस्पताल लगियो ।
निमलको जब आँखा खुल्यो तब उसले आफूलाई अस्पतालको शैय्यामा पाइन् । निमलको आँखा खुलेपछि निमलका आमाबाबुले चिन्तित हँुदै भने, “छोरी, तिमी उठ्यौ । तिमीलाई के भएको ?” निमलले केही नभनी चुपचाप बसिन् । निमल भर्ना भएको वार्डमा शान्ति छाएको थियो । केही बेरपछि डाक्टर आउनुभयो । डाक्टर आउनुभएको देखेर निमलका आमाबुबाले सोधे, “डाक्टर, सब ठिक छ नि ? हाम्री छोरीलाई केही त भएको छैन नि ?”
डाक्टरले निराश हँुदै भन्नुभयो, “हजुरकी छोरीलाई हड्डीको क्यान्सर भएको छ । त्यसैले अब हजुरकी छोरी हिँड्न सक्दिनन् ।” डाक्टरको कुरा सुनेर निमल र निमलका आमाबुबा रुन थाले । आफ्नो आमाबुबा रोएको देखेर उसले भनी, “आमा, बुबा नरुनू सबै ठिक हुन्छ ।” आमाबुबा दुबैले निमललाई आँगालो मारे ।
निमलको उपचार महिनौँसम्म जारी भयो र पाँच महिनापछि निमल क्यानसरबाट मुक्त भइन् । निमलले आफ्नो पढाइ जारी राखिन् । एक दिन निमलले आमाबुबाका कुरा सुनिन्, “छोरीको उपचारमा हाम्रो करिब करिब सबै पैसा सकिन लागिसक्यो ।” आफ्नोे उपचारमाथि खर्च गरेको भनेर सुन्दा निमल निराश भइन् तर आफूले हार नमान्ने र आफू डाक्टर बन्ने सपना पूरा गर्न तर्फ लाग्ने भनेर ठान्यो । एकातर्फ निमल मिहिनेत गरेर पढिरहेको थियो भने अर्को तर्फ गीता हरेक दिन केटा फेरी फेरी घुमिरहेकी थिइन् ।
निमलले धेरै पढेर अमेरिकाको मेडिकल कलेजमा छात्रवृत्ति पाउन सफल भयो तर गीताले पढाइ पूरा नगरेकाले उनका अभिभावकले धनी केटा खोजेर बिवाह गरिदिए । निमलको परिश्रमले उनलाई ठुलो डाक्टर बनायो । निमल आफ्नो देश फर्कदा धेरै खुसी थियो । निमल आफ्नी सानीआमाको घरमा गएर गर्वका साथ भन्यो, “हेर्नुस् सानीआमा अब म ठुलो डाक्टर भइसकेँ । हजुरले भन्नुहुन्थ्यो निमैले केही गर्न सक्दिनँ भनेर तर मैले हजुरको कुरालाई गलत साबित गरेँ ।” निमलको कुरा सुनेर रिसले गीतातर्फ हेरिन् । आफ्नीआमाले आफूतर्फ हेरेको देखेर गीताले भनिन्, “मलाई त्यो आँखाले त्यसरी हेर्ने हैन । मेरो श्रीमान्ले मलाई छोडेर जानु मेरो गल्ती हैन बुझिस् ।” गीताको बिहे भएको केही समयसम्म त उनको पारिवारिक मेलमिलाप ठिकै थियो तर धेरै खर्च गर्ने र मुख चलाउने बानीका कारण घरपरिवारसँग बिस्तारै सम्बन्ध चिसिँदै गयो । र अन्तमा उनलाई श्रीमान्ले अदालती प्रक्रिया पूरा गरेर सम्बन्ध बिच्छेद नै गरे । त्यसपछि देखि गीता माइतीमै बसेकी थिइन् । झन आज निमलको सफलता र आफ्नो विफलताले उनको मनमा आगो दन्किरहेको थियो । त्यसैको झ्वाँकका गीताले आफ्नी आमालाई तथा नाम भन्न थालिन् ।
निमलले गीतालाई गाली गर्दै भन्यो, “आफ्नी आमासँग झर्केर बोल्छ ?” निमलले आफुलाई गाली गरेको देखेर गीतालाई रिस उठ्यो तर केही बोल्न सकेन । रिसाले रुँदै भनिन्, “मबाट धेरै ठुलो भुल भयो । मैले आफ्नी छोरीलाई सबै सुविधा दिएँ तर राम्रो संस्कार दिन सकिँन ।” सानीआमा रोएको देखेर निमलले भनिन्,“यो हजुरको गल्ती हैन । यो सबै गीताको गल्ती हो । उनले नै समयमा राम्रो निर्णय गर्न सकिनन् ।” निमलको कुरा सुनेर निमलको आमाबुबाले भने, “छोरी हामी तिम्रो आमाबुबा हुन पाएकोमा धेरै खुसी छौँ । “हजुरआमा पनि खुसी हुनुभयो तर गीतालाई भने आफ्नो व्यवहार प्रति पछुतो लाग्यो ।
No comments:
Post a Comment