चिनारी महिलाको
नामःसानुमैया महर्जन
ठेगानाः की.न.पा–८ ढोकासी
जन्मघरः नैकाप
आवद्धः सह सचिव (नेपाली काँग्रेस कीर्तिपुर नगर समिति)
कीर्तिपुर वडा ८ अध्यक्ष
तपाईं जनप्रतिनिधि भैसकेपछि के कस्ता विकास निर्माणका कामहरु भए त ?
— पहिला कर्मचारीहरुले चलाइ राखेको थियो । हाम्रो ठाउँमा जनप्रतिनिधि आईसकेपछि धेरै कामहरु भएको छ । ती मध्येमा पनि ८ वडामा धेरै विकास निर्माणका कामहरु भएको छ । अहिले म आईसकेपछि जुन मुख्य सडकहरुको काम सकिरहेको थिएन । पहिला हामीले बजेत ल्याउन नसकेको कुरामा पनि गाडीको चापले गर्दाले सडक पनि फराकिलो बनाउनु पर्ने थियो । त्यसैले हनुमानघाटबाट पाँगामा आउने बाटोलाई फराकिलो गरि धलान गरें । त्यसको लगत्तै हामीले ए वान पार्टी प्यालेस साइडतिर जुन नगाउँदेखि पाँगातिर आउने बाटो छ । त्यसको लागि बजेत राख्न सकिराखेको थिएन । त्यसमा पनि पानी पर्दा हिलो हुने पानी नपर्दा धेरै धुलोले गर्दा मानिस हिड्नै सक्दैन थियो । त्यसमा पनि नगरबाट १० लाख बजेत दिएको थियो । नपुगेको अरुबाट पनि मिलाएर गरें । त्यहाँका बासीले काम पूरा गर्ने भए मात्र गर्नु भनेका थिए । मैले भने तपाईहरुले जहाँबाट भन्नू हुन्छ । म त्यहीबाट शुरु गरि पूरा पनि गरि दिन्छु भने र अहिले बाटो पूरा भएर राम्रो भएको छ । देःशै भित्र पनि घर अगाडि गाडी आउने भएकोले पातलो ढुङ्गा छपाई गरेको कारण सबै फुट्ने गथ्र्यो । जुन वर्षमा बजेत राख्यो त्यही वर्षमै बिग्रने कति मात्र मर्मत गर्ने त हामीले भनेर बाक्लो ढुङ्गा राख्नको लागि पहिला मुनि पाईप लाईन, ढल लाईन सबै पूरा गरेर मात्र माथि यसरी ढुङ्गाको काम गरें । ढोकासीको बोरिङ पानीको लागि पाईप लाईन पनि राखेर ल्याउदैछौं । भन्न सकिन्न कुन समयमा के हुन्छ भनेर । यदि विपद् आई परि हालेमा आगलागी भएमा ठाउँठाउँमा त्यो पाईपबाट पानी दिन मिल्ने गरि पूर्व तयारीको काम पनि गर्दैछौं । त्यसको लागि पहिलो वर्षमा २५ लाख बजेत मिलाएको थियो । त्यतिले तुँचाखेल सम्म पुग नपुग भएको छ । अहिले पनि लाछीसम्म पु¥याउने सोचले बजेत राखिराखेको छ । मेरो कार्यकाल सम्म यो काम पूरा गर्छु भन्ने ईच्छा छ ।
तपाईंको वडामा महिला लक्षित बजेत भनेर के के काम भैरहेको छ ?
—यसको लागि अहिले पनि बजेत राखेका छौं । यो बजेत छुट्टाउनुको कारण महिलाहरू पनि अगाडि आउन सकोस, केही काम गरोस भनेर नै सरकारबाट नै गरेको हो । तर हामीले पनि बजेत लिनलाई मात्र होईन काम गर्नकै लागि तालिम लिनुपर्छ जस्तो लाग्छ । सरकारले दिएको बजेत हामीले सदुपयोग भन्दा पनि दुरुपयोग पो भैरहेको छ कि जस्तो मलाई महसुस भैरहेको छ । तालिमको विषयमा भन्नुपर्दा मैले जनप्रतिनिधि हुनु अघि देखि नै दिएको थिए । आज भन्दा १० वर्ष अगाडि पनि म संयोजक भएर बेकरीको तालिम ल्याएको थिए । तर हाम्रो नेवार समुदायका महिलाहरु अग्रसर भएको देखेको छैन । अहिले म अध्यक्ष भैसकेपछि पनि दालमोठ, सरफ, झोल साबुन, ज्बलम ध्बकज, डल्लो साबुनको तालिम दिईसकें । अनि मेरो सोच एउटा के छ भने, हाम्रो पाँगामा बाहिरबाट कोही पाहुना आयो भने तत्कालै केही मिठो खाजा खुवाउन सक्ने राम्रो पसलहरु त्यती छैन । कीर्तिपुरमा त त्यस्तो ठाँउहरु धेरै छन् । त्यस्तै हाम्रो पाँगामा पनि बनाउने मन छ । त्यसैले पहिलो वर्षमा पनि मैले होम स्टेको तालिम पनि ल्याएको थिएँ । यस्तो कामको लागि दिदीबहिनीहरुलाई पटक पटक भने पनि तपाईहरु काम गर्नुस चाहेको सहयोग हामी वडाबाट, नगरबाट गर्नेछौं । महिला समूहहरु मिलेर अगाडि बढेमा अगाडि जाने बाटो, सहयोग लिन सक्ने धेरै ठाँउहरु छन् । तर हामी नेवाः महिला दिदीबहिनीहरु अलि पछि नै परेको हो कि भनेर मलाई महसुस हुन्छ । यसमा चाहिँ तालिम आयो तालिम लियो पछि काम गर्नु न हामीले साथ सहयोग गर्छाै भन्यो भने आउन चाहदैन त्यसैले हाम्रो वडामा र यो नगर भित्रको महिला दिदीबहिनीलाई के भन्छु भने तालिम लिने केवल तालिम मात्र नभएर हाम्रो घरको आर्थिक स्तर बढाउने, परिवारलाई सहयोग गर्न, टेवा दिन कै लागि हो ।
महिलाहरुलाई कसो गरेमा अझ अगाडि बढाउन सकिन्छ जस्तो लाग्छ ?
—मुख्य त हाम्रो दिदीबहिनीमा नै मैले केही गर्छु भन्ने चाहना हुनुप¥यो । चाहना भयो भने अगाडि बढ्न गाह्रो छैन । त्यसमा पनि हाम्रो नेवार समाजमा कही कतै जानको लागि त घरमा पनि हेर्नू प¥यो । बच्चाबच्ची,खेतबारी कसैको आफ्नो छुट्टै काम होला हाम्रो दिदीबहिनीहरुले कहाँ मात्र हेर्ने हो र ? एकहोरो काम गर्ने हो भने सकिन्छ । सबै धान्न पर्ने भएकोले पनि पछि परेको हो कि मलाई लाग्छ । त्यसैले उहाँहरुलाई पनि परिवारले तिमीहरु के गर्ने मन छ गर हामी साथ सहयोग दिन्छौ भनेर हौसला दिनु प¥यो । महिला दिदीबहिनीहरु आफैले पनि कामलाई महत्व दिनु भयो भने अवश्य अगाडि बढ्न सकिन्छ ।
वडामा कुन कुन विषयमा बजेत छुट्टाएको हुन्छ ? र त्यो बजेत कसरी चलाउन सकिन्छ ?
—बजेत त विभिन्न विषयमा छुट्टाएको हुन्छ । आर्थिक रुपमा, कृषि, युवा रोजगार, बालक कोष, रोजगार भनेर हुन्छ । अनि सामाजिकमा भन्नू पर्दा जेष्ठ नागरिक, बालबालिकामा बालबालिका क्षमता अभिवृद्धि अनि खेलकूदमा छ । त्यसमा बजेत लिने हो भने खेलकूदमा तालिम दिन सक्छ । महिला लक्षितमा पनि हामीले वर्षैपिच्छे संचालन गरिरहेका छौं । केही गरि दिदीबहिनीहरुले पनि यो बजेत चलाउन चाहेमा अवश्य सकिन्छ । स्वास्थ सम्बन्धि पनि हामीले वर्षैपिच्छे जाँच परिक्षणमा पनि राखेका छौं । पहिला पनि महिलाहरुलाई पाठेघरको जाँच, जनरल जाँच, बालबालिकाको जाँच, जेष्ठ नागरिकलाई रगत जाँच परिक्षणमा पनि राखेका थियौ । म पहिला सदस्य हुँदा जेष्ठ नागरिकको बजेतले उहाँहरुलाई घुमाउन लिएर गएका थियौं । घुमाउन लग्दा बलियो ब्यक्ति मात्र जान सक्छ, रमाईलो गरेर आयो धार्मिक कुरामा राम्रै छ । उनीहरु खुसी हुन्छन् । तर जान नसकेका आमा बुबाहरुलाई मन दुख्छ । धार्मिक स्थलमा जान त सबैलाई मन लाग्छ त्यस्तो ठाँउमा जान पाएन भन्ने उनीहरुलाई लाग्छ । अर्काे कुरा भनेको हामी बिरामी भैसकेपछि मात्र जाँच गराउने गर्छाै । ३ महिना ६ महिनामा जाँच गराउने हामी नेपालीको बानी छैन । त्यसैले पहिलाको वर्षमा आमाबुबाको स्वास्थ जाँचमा प्रयोग गरे । त्यसरी रगत जाँच गर्दा कतिपय आमाबुबामा किड्नी सम्बन्धि समस्याहरु पत्ता लागेर समयमै उपचारमा लाग्न सक्यौ । अनि महिलाको लागि अति आवश्यक पाठेघरको मुखको क्यान्सरको जाँच पहिलाको वर्षमा राखेका थियौ भने यो वर्ष पनि राखेका छौं । त्यसमा पनि धेरैको क्यान्सरको लक्षणहरु देखाएको थियो । त्यसैले हामी आफैले हो भने स्वास्थको वास्ता नगर्ने भएको कारण वडाले हो भने गर्न आउछ कि भनेर नै यो गरेको हो । यो वर्षमा अलि जाडोको लागि केही सामान दिने कि भनेर पनि सोचेका छौं । अनि बजेत लिन आउने कुरामा कुनै कमिति बनाएर उद्देश्यका साथ आउनु भयो भने अवश्य हुन्छ ।
तपाईंको राजनितिक पृष्ठभूमि बारे थोरै बताईदिनु न ?
=यो विषयमा भन्नुपर्दा म राजनितिमै गहिरिएर हिडेको व्यक्ति त होईन । पहिला मेरो माईती देखि राजनितिक माहोलमा हुर्केको कारणले पनि होला सायद । मेरो काका वडा अध्यक्षमा उठ्नु भएको बेला म सानै छदादेखि भोट माग्न जाने गर्थें । काकाले जहाँ लगे पनि संगै जान्थे सायद त्यहि भएर पनि मेरो मनमा राजनितिक थियो होला । यसैकारण यता कीर्तिपुर आईसके पछि पनि मेरो सानो बच्चा लिएर पनि म नेपाली काँग्रेसका नेता गगन थापाको भाषण सुन्न जान्थें । यस्तै माहोलले नेपाली काँग्रेसका दाईहरुले अब राजनितीकमा लाग्नुपर्छ भन्नुभयो र मेरो परिवारले पनि धेरै साथ सहयोग गरेको कारणले म यो क्षेत्रमा आउन सकेको हो । आज म यो स्थानमा हुनुको श्रय मेरो अग्रज दाईहरु राजेन्द्र के सी र पुकार दाइ नै हुनुहुन्छ । उहाँहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु ।
हजुर वडा अध्यक्षमा आउनु अघि चुनावको लागि तयार गरिरहँदाको अनुभव कस्तो रह्यो ?
—म वडा सदस्य भैरहदा पनि सबैको दुःख मेरो आफ्नै हो जस्तो लाग्थ्यो । मेरो परिवार मात्र नभएर चिनेजानेको कोही दुःखमा परेको गाह्रो अप्ठ्यारोमा परेको हेर्न सक्दिन थिएँ । त्यही भएर कसैले आफ्नो समस्या देखायो भने त्यसको समाधानको लागि नै भनेर म काम गर्दै गएँ । मैले सकेको सहयोग नगर्ने भन्ने अहिलेसम्म पनि मेरो बानी छैन र हुन पनि सक्दैन । सदस्य र अध्यक्ष भएर काम गर्दा अलि फरक हुन्छ । सदस्यको जिम्मेवारी अलि कम हुन्छ । अध्यक्ष भएपछि पूरा वडाकै जिम्मेवारी लिनुपर्ने हुन्छ । चुनावीको विषयमा भन्नुपर्दा हुन त हामी कुनै पनि काममा अगाडि बढ्नको लागि एउटा आश लिएर हिडिन्छ । म दोहोरिएर सदस्य चाहिँ बन्दिन बरु केही पदमा नरहे पनि ठिकै छ भनेर सोचकी थिएँ । तर नेपाली काँग्रेसले सपोर्ट गरेर वडा अध्यक्षको पद दिनुभयो । त्यही समयमा मेरो श्रीमान पनि बित्नु भएको थियो । श्रीमानको १२ दिनको मात्र काम सकेको थियो । त्यो बेला म सेतो लुगामै थिएँ । दाईहरुले मलाई घरबाट बाहिर निस्किनको लागि हौसला दिनुभयो । सबैको साथ सहयोगले चुनावी माहोल पनि भएकोले घरमा नबसिकन निस्किन सकें । भोट पनि माग्न जानुप¥यो । यस्तो अवस्थामा पनि दाईहरुले अगाडि बढ्नको लागि साथ सहयोग, अनि म प्रति गर्नु भएको एउटा आशा विश्वास देख्नुभएको कारण म पनि पछाडी नहटी अगाडि नै बढे र सफल पनि भएँ ।
पुरुषको तुलनामा आफू महिला वडा अध्यक्ष भएर काम गर्दा कति सहज र गाह्रो भयो ?
—सहज र गाह्रो विषयमा भन्नू पर्दा बजेत लिने कुरामा पहिलो वर्षमा अरुको वडामा भन्दा मेरो वडामा कम बजेट नै राखिदिएको थियो । मैले पनि सोचे कि म महिला भएकै कारण यस्तो गरेको हो कि ? तर यो वर्षमा राम्रै बजेत राखिदिनु भएको छ । अहिले चाहिँ त्यस्तो भेदभाव भएन । हाम्रो समाज पुरुष प्रधान देश भएर हो कि त्यसमा पनि महिलाहरु अगाडि आउनै चाहदैन । म आफैले देखेको कुरा कोही महिला कहि जानू प¥र्या भने पनि एक्लै जादैन त्यसमा पनि नेवारी महिला त झन भन्नै पर्दैन । यहाँ प्राय महिला पढेलेखेकै छ । तर राजनिति क्षेत्रमा महिलाको सहभागिता एकदम कम छ । अरु क्षेत्रमा जस्तै यो क्षेत्रमा अगाडि बढ्नुपर्छ । भनिन्छ नि भगवानले पनि “तिमी आँट म पूरा गर्छु” मैले यति महसुस गरे कि हामीले अगाडि बढ्न चाहेमा पछाडीबाट साथ सहयोग दिने व्यक्ति पनि हुने रहेछ । जब हामीले आँट गरेर अगाडि बढ्छ तब त्यो ठाउँमा पुग्ने रहेछौं । यदि हामी सधै आफ्नो चार कोठामा सिमित हुन्छौ भने कसरी अगाडि बढ्न सक्छौ र ? हामी महिला जति पनि अगाडि आएका छौ त्यो सबै कोटाको हिसाबले पनि आएको हो । नगरमा पनि मेयर कि उपमेयर महिला भनेको कारण हामीले पनि कीर्तिपुर न.पामा महिला उपमेयर पाएका हौ । पहिला त मेयर उपमेयर दुवै पुरुष नै हुन्थ्यो त्यसैले हामीलाई पनि कसैले धकेलेर अगाडि आउने होईन कि आफ्नो इच्छाशक्ति राखेर अगाडि बढ्नुपर्छ ।
हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ ? हजुर एकजना एकल महिला भएर यो क्षेत्रमा काम गर्नुहुँदाको अनुभव कस्तो रहयो ?
—हाम्रो समाजमा त्यो पनि काठमाडौ जस्तो ठाउँको नेवाःसमुदायमा पनि दुर्गममा रहेकाहरुको जस्तो सोच छ कि भन्ने जस्तो लाग्छ । अहिले मानिसहरु कहाँबाट कहाँ पुगिसक्यो । हाम्रो सोचभने पुरानै छ । त्यही भएर हाम्रो महिलाहरु अगाडि आउन डराएको हो कि एउटा यो पनि हो । हामी नेतृत्व वर्ग भएर आएकाहरु शिक्षित वर्गहरु छन् यो ठाँउमा तापनि हाम्रो महिलालाई गाह्रो छ । त्यसमा पनि एकल महिलालाई त झन गाह्रो छ । कही बाहिर जानुप¥यो भने यता उता हिड्नुप¥यो, म नेतृत्व गर्ने ठाउँमा बसेर जहाँ पनि जो संग पनि समस्या भएको ठाँउमा पुग्नुपर्ने हुन्छ । म मात्र नभएर प्राय महिलाहरुलाई यसरी हिड्दा हाम्रो समाजमा नकारात्मक दृष्टिले अवश्य हेरिन्छ । भन्ने बेलामा पुरुष र महिला समान भन्छ । तर कति पनि छैन । हामी महिलालाई पाईला पाईलै पिच्छे गाह्रो छ । यो सोच बरु काठमाडौ बाहिरका व्यक्तिमा कम होला कि तर हाम्रो गाँउमा त्यो पनि नेवाःसमुदायमा यो सोच परिवर्तन गर्न अति आवश्यक छ ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
=आज मलाई यो स्थान सम्म पुग्नको लागि साथ सहयोग हौसला दिनु हुने नेपाली काँग्रेसका अग्रज दाजुहरु राजेन्द्र के सी र पुकार महर्जन लगायत वडा ८ का सम्पूर्ण वडाबासीलाई हृदयदेखि धन्यबाद । साथै मेरो मनको कुरा, मैले गरेका कामको अनुभव राख्ने मौका दिनु भएकोमा साप्ताहिक पत्रिका “कीर्तिपुर सन्देश” लाई र सम्पूर्ण टिमलाई धन्यबाद
No comments:
Post a Comment