Wednesday, February 28, 2024

विश्व सिमसार दिवस –२०२४ को उपलक्ष्यमा टौदह महत्व र संरक्षण विषयक अन्तक्र्रियात्मक छलफल सम्पन्न

 विश्व सिमसार दिवस –२०२४ को उपलक्ष्यमा टौदह महत्व र संरक्षण विषयक अन्तक्र्रियात्मक छलफल सम्पन्न

विश्व वातावरण दिवस २०२४ को उपलक्ष्यमा कीर्तिपुर नगरपालिकाले फागुण १४ गते टौदह बैंक्वेटमा एक कार्यक्रम गरी मनाईयो । वडा नं.६ का वडाध्यक्ष खिरमान सिंह वस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर न.पाका उपमेयर शुभलक्ष्मी शाक्य हुनुहुन्थ्यो ।

कीर्तिपुर नगरपालिका पर्यटन शाखा प्रमुख अनुज प्रधानले स्वागत मन्तव्यको साथै कार्यक्रमको बारे जानकारी दिनुभयो । यस कार्यक्रमले सिमसार क्षेत्रमा रहेका वा आगन्तुक जीवजन्तु र वनस्पतिका प्रजातिको संरक्षण गर्न सम्बद्ध निकायहरु बीच आवश्यक सूचना आदान-प्रदान, समन्वय र साझेदारीका उपायहरु अवलम्बन गरिनेछ । रैथाने जीवजन्तु तथा वनस्पतिहरुका प्रजातिलाई विस्थापित वा विनाश गर्ने वा एक ठाउँबाट अर्को ठाउँमा छिटो बिस्तार हुने बाह्य मिचाहा प्रजाति र अन्य हानिकारक जीवाणुहरुको प्रभावकारी नियन्त्रण गरिनेछ । उहाँले सिमसार क्षेत्रको संरक्षण तथा सम्बर्धन गरिनुपर्ने प्रयासहरु बारे जानकारी दिनुभयो ( तिनै तहको सरकार बीच अधिकतम समन्वय, कार्यगत एकता तथा जिम्मेवारी बोध हुन जरुरी, स्थानीय तथा प्रादेशिक तहमा संचालित कार्यक्रमहरुको नियमित अनुगमन हुन जरुरी देखिन्छ, कुनै पनि तहको सरकारले आफ्नो कार्यक्रमहरु गर्दा बिषयगत समूह तह विशेषज्ञहरुलाई अनिवार्य समावेश गरिनु पर्ने, सिमसार क्षेत्रको क्षेत्रअधिकार धेरै मन्त्रालयहरुसंग जोडिएको हुँदा कार्यक्रम गर्दा स्थानीय सरकारले अन्तर मन्त्रालयहरु संग समन्वय गरिनुपर्ने बताउनु भयो ।



बर्ड कन्जरभेशन संस्थाका आरती नेपालले टौदह पोखरीमा आउने चराहरुको प्रकारको सन २०१४ देखि सन् २०२१ सम्म अध्ययन गर्दा क्रमशः कमी हुँदै गएको एक तालिकाबाट देखाउनु भयो । सन् २०१४ मा २८ प्रकारका चराहरु आउँथ्यो भने सन् २०२१ सम्म जम्मा १७ प्रजातिका चराहरु मात्र आएका छन । टौदहमा चराहरु आउन कमी हुनुका कारणमा उहाँका अनुसार टौदहमा चराहरु बस्ने बातावरण नभएको, खानाको पनि कमि, टौदह पोखरी वरिपरि बढेका रेष्ट्रराँहरुले ठूलठूलो स्वरमा म्युजिक बजाउनाले चराहरुको कानमा असर पर्ने भएकोले चराहरुलाई सास्ती भएको छ । त्यस्तै टौदह क्षेत्रमा झिलिमिली बतीका कारण पनि चराहरु आउन कमी भएको बताउनु भयो । चराहरुलाई टौदहमा आउन आकर्षित गराउन ठूलठूलो स्वरले म्यूजिक बजाउन नियन्त्रण गर्नु पर्छ, झिलमिल बत्तीलाई पनि नियन्त्रण गर्नुपर्ने, माछाहरु बाहिरबाट छोड्न ल्याउनेलाई नियन्त्रण गरी स्थानीय माछालाईनै प्राथमिकता दिनु पर्ने, पोखरीको वरिपरि रुखहरु रोप्नु पर्छ, जहाँ चराहरुले गुँड बनाएर बच्चा कोरल्न सकोस । विजय डंगोल, श्रीकृष्ण भारती, राम आचार्य, विकास विक्रम राना,  नन्दलाल महर्जन, रमेश नोपाल, चन्दा नेपाल, लगायतले छलफलमा भाग लिएका थिए ।




प्रमुख अतिथिको आशनबाट की.न.पा.का उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ले मन्तव्य राख्नेक्रममा भन्नुभयो , “यो कार्यक्रम हामीले गत वर्ष पनि गरेका थियौ । यो वर्ष अलिकति ढिलो भयो । यो कार्यक्रम त्यतिबेला हामीले बिहान गरेका थियौ । यो पाली बेलुका गर्दा अझै उपस्थिति प्रभावकारी जस्तो 






लाग्यो । त्यो बेला पनि हामीले यहाँ वरिपरिको संघसंस्था, होटल व्यवसायी, पर्यटन व्यवसायमा लागि राख्नु भएका साथिहरुलाई निमन्त्रणा गरेका थियौ । त्यतिबेला उहाँहरुको उपस्थिति न्यून नै थियो । अहिले कर्कोटक नागराज नागरानीको संरक्षणका लागि टौदह व्यवस्थापन समितिमा जो हुनुहुन्छ उहाँहरू लगायत अरु साथिहरु, महिला समूहदेखि लिएर सबै आजको कार्यक्रममा उपस्थिति हुनुभयो । जुन उद्देश्यले हामीले यो कार्यक्रम राखेका थियौ । यो भनेको यही वरपर बस्ने, व्यवसाय गर्ने, आफ्ना सामाजिक काममा अगाडि बढ्ने ३ जना दाईहरुले पनि आफ्नो कुरा राखिसक्नु भएको छ । उहाँहरुले अझ मुख्य गरि बुझ्नुपर्ने र आगामी दिनहरुमा यसलाई संरक्षण गर्न कसरी अगाडि बढ्छौ भन्ने 

कुरा आज हुनुपर्छ जस्तो लाग्छ । यो विषयमा कुरा गरिरहँदा टौदहको अवस्था यहाँको जलचरको अवस्था पहिला कस्तो थियो र अहिले कस्तो छ भन्ने हामीमा अवगत नै छ । पहिलाको जुन प्राकृतिक अवस्थामा थियो त्यो अहिले अलिकति सम्भव छैन । किनभने अहिले हरेक अवस्थामा आर्थिक पाटोसंग पनि जोडेर हेर्दाखेरि यदि यहाँ पहिला जस्तै वातावरण हुने थियो भने यो चराहरु जलचरलाई एकदम राम्रो वातावरण बन्ने थियो । यो टौदह एक हिसाबले सुनको थाली नै हो । यसलाई अब यही थालीका रुपमा मात्रै राखिराख्ने कि आयआर्जनको हिसाबले पनि अगाडि बढ्ने कि भन्ने कुरा पनि आउँछ । एक हिसाबले जुन सिमसार क्षेत्रको नम्स् अनुसारले यसलाई यथावत राखेर हामीले यहाँका पर्यटक प्रवद्र्धन गर्न सकेको भए अझ राम्रो हुनेथियो । तर यहाँ अरु होटल व्यवसायीहरु अलि फस्टाईरहेको हामीले  देखिरहेका छौ । अब यो बाहेकको काम गर्ने भन्दा पनि अझै यसलाई टाढाबाट आउने चराहरु, माछाहरु संरक्षण गरेर संख्या बढाउनको लागि धेरै प्रजातिका चराहरुलाई डिजिट गराउने वातावरण कसरी बनाउने भन्ने तर्फ अब जानुपर्छ जस्तो लाग्छ । यसको लागि नगरपालिकामा पनि नीति नियम त छ तर स्थानियको हिसाबले हामीले वा जनप्रतिनिधिको हिसाबले कडा गर्न पो सकेको छैन कि जस्तो लाग्छ । स्थानियलाई सहज बनाउने कुरामा लाग्दा प्राकृतिक रुपमा जुन हुनपर्ने हो त्यसमा केही कमीकमजोरी आईरहेको हामीले पाईरहेका छौ । अहिले पनि हाम्रै ४ वडाका दाजुभाइको चैत्र १ गते भंगेरा दिवस मनाउने भनेर एउटा प्रोपजल नगरपालिकामा आईरहेको छ । यसमा सहयोग हामीले अवस्य गर्छाैं पनि होला । यसको लागि हाम्रै घर वरिपरि पनि सानो जातका चराहरु भंगेराहरुको कमी आईरहेको हामीले पाईरहेका छौं । किनभने धेरै खेती योग्य जमिनमा घरहरु बनिसकेको र घरहरु बनाउदा पनि भंगेरा बस्ने प्वालहरु राखेका छैनौ त्यो हामीमा सचेतना छैन । त्यहीकारण हामीले घर बनाउदा नक्शा पास गर्दा नै भंगेरा बस्ने प्वाल आवश्यक छ भनेर राखेका छौं । दुईटा रुख रोप्ने प्रावधान पनि छ । त्यसैले अबका दिनहरुमा निर्माण सम्पन्न गर्दा यो हेरेर मात्र दिनुपर्छ । हामी अलि कडा नै हुनपर्छ कि जस्तो मलाई लाग्छ । अर्को कुरा हामीले प्रत्येक वर्ष वृक्षरोपण पनि वडा, नगर, संघसंस्थाले गरिरहेको हुन्छौं । तर त्यो विरुवाहरु पनि चरामैत्री छ कि छैन भन्ने कुरामा अलिकति हामीले विचार गर्नुपर्छ कि जस्तो पनि मलाई लाग्छ हामीले सौन्दर्यकरण गर्नको लागि फूल फुल्ने जातको विरुवा रोप्छौ । तर मैले बुझेको कुरा वनजंगलसंग सम्बन्धित व्यक्तिसंग बुझ्दा त्यो रुखमा चराहरुले गुँड नबनाउने रहेछ । हेर्दा राम्रो हरियो फूल फुल्ने देखिने तर त्यसमा चराहरु बस्दै नबिसिने रहेछ । त्यहीकारणले अबका दिनमा वृक्षारोपण गर्दा चराहरुलाई आहार र बास हुने खालको विरुवाहरु छनोट गरि रोप्नुपर्छ कि जस्तो लाग्छ । अर्काे कुरा तथ्यांकले सिमलको रुखमा मात्र चील बस्ने रहेछ । त्यसैले सिमलको रुख कम भएको कारण चील पनि कम भएको रहेछ भन्ने बुझ्नमा आएको छ । यो संसार जैविक विविधता (भ्अय कथकतझ)का कारण चलिरहेको हुन्छ त्यो भएन भने जिवनयापन मै कमी हुन्छ । मानव जीवनमै असर पर्दछ । त्यो कारणले जुन संरक्षणको कुरा छ चराहरु माछाहरुको संरक्षण तर्फ हामी एकदमै लाग्नुपर्छ । हुन त आज एकदिन मात्र यो सिमसार दिवस मानेर  यसको औचित्य रहदैन । भोली बजेट निर्माणदेखि लिएर कार्यक्रम गर्दा खेरि कार्य योजना र बजेट विनियोजित गर्दा वृक्षारोपण लागि हामीले ध्यान दिएमा मात्र कार्यक्रम गरेको सार्थकता हुन्छ जस्तो मलाई लाग्छ । आगामी वर्षमा पनि चराहरुलाई आउने वातावरण बनाएर अन्य प्रजातीका चराहरु आउने वातावरण बनोस । मनोरञ्जन र खानपानको लागि मात्र आउने नभएर अध्ययनका लागि पनि विद्यार्थीहरु आउने वातावरण बनाउनका लागि नगरपालिकाबाट पनि समन्वय गरेर काम गर्नका लागि सधै साथमा छौं । सभापतिको आशनबाट कार्यक्रम समाप्त गर्दै वडाध्यक्ष खिरमान सिंह बस्नेतले टौदहलाई महत्व दिएर यो कार्यक्रम टौदहमा गरेकोमा सबैलाई धन्यवाद दिंदै अहिले यहाँ उठेका सल्लाह सुझावहरु मनन गरी सचेतना फैलाएर टौदहको धार्मिक तथा पाकृतिक संरक्षण गर्ने अठोट जनाउँदै कार्यक्रम समाप्त  गनुभयो ।

28/02/2024

No comments:

Post a Comment