Friday, September 6, 2024

कीर्तिपुरको उपनिर्वाचनमा मेयरमा स्वतन्त्र उम्मेदवारको चर्चा

 कीर्तिपुरको उपनिर्वाचनमा मेयरमा स्वतन्त्र उम्मेदवारको चर्चा



मंसिरमा हुन लागेको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका को मेयर पदको प्रत्यासीमा पार्टीका नेताहरु धमाधम टिकटको दावी गर्न थालेका छन । यसै सन्दर्भमा अब स्वतन्त्र उम्मेदवारहरुको पनि बाढी आउने सम्भावना छ । किनकी काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले स्वतन्त्र उम्मेदवार दिएर जितेपछि सबैको हौसला बढेको छ ।

यसै सन्दर्भमा अधिवक्ता नरेश श्रेष्ठले पहिलो पल्ट फेसबुकमा चर्चा पाएपछि धेरैजनाले उहाँको बारेमा जान्न उत्सुकता देखाउनु भएको थियो । त्यसैकारण हामीले अधिवक्ता नरेश श्रेष्ठ को हो ? उनको परिचय सहित उनको सामाजिक योगदानको सक्षिप्त जानकारी दिन लागेको छु ।

नरेश श्रेष्ठ कीर्तिपुर नपा वडा नं. ३ स्थित कुटुझोल टोलमा जन्म भै हाल वडा नं. १० टयाँलमा वस्दै आउनु भएको छ । वहाँ पेशाले अधिवक्ता हुनुहुन्छ र सामाजिक अभियन्ता तथा अधिवक्ताको हैसियतले समुदायको हक अधिकारको पक्षमा वहश पैरवी गर्दै आउनु भएको छ । 

नरेश श्रेष्ठ सस्थाहरुमा सग्लनताः

१) नेवाः देय् दवू स्वःनिग प्रदेश सचिवालय सदस्य ।

२) Nepal Indigenous Lawyer Society (NILS) को अध्यक्ष ।

३) Indigenous Bar Association (IBA) को महासचिव ।

४) पाँगाली विष्णुदेवी दिखु संरक्षण सर्घष समितिको सदस्य ।

५) स्वतन्त्र कानून व्यवसायी मञ्चको केन्द्रिय सदस्य ।

६) आदिवासी हक अधिकार फल्चा चिन्तन चौतारीको संयोजक ।

७) त्याँल एकता समाजको सचिव ।

सामुदायिक हक अधिकारको पक्षमा वहाँले निःशुल्क वहश  गरेका मुद्दाहरु तथा वहाँले प्राप्त गरेको सम्मान तथा धन्यवाद पत्र यस प्रकारको छः

क) मुद्दामा निःशुल्क वहश पैरवी गरी न्याय दिलाउन सफल मुद्दाहरुः

१) सुमन सायमी समेत वालाजु प्रहरी चौकीमा नेपाल भाषा(मातृभाषा) वोलेको आधारमा वोल्न निषेध गर्दा नमानी मातृभाषावाट प्रतिवाद गर्दा पकाउ गरेकोमा वहाँहरुलाई पक्राउवाट मुक्तिका लागि सर्वोच्च अदालतमा वन्दीप्रक्षकरण मुद्दामा सहभागी भै मिति २०७७।११।१८ मुक्त गर्न सफल ।

२) सरस्वती प्रधान विरुद्ध रुपा सुनारले जातीय विभेद गरी कामी भएको कारण कोठा दिएन भन्ने काठमाडौं जिल्ला अदालतमा निज प्रधानको विरुद्ध दायर  मुद्दामा सरस्वती प्रधानलाई  जिताउन सफल भएको ।

३) पृथ विन्दू महर्जन विरुद्ध लाँलीगुरास सहकारी संस्थाले लपु जिल्ला अदालतमा दिएकोमा पृथ विन्दू महर्जनलाई जिताउन सफल भएको । 

४) नेवाः समुदायको संस्कृति माथि जथाभावि वोल्ने तथा नेवाः समुदायको भावनाको अपमान गर्ने अपुर्व क्षितिज सिं लाई पृथ विन्दु महर्जन समते १०२ जना दिएको जाहेरीवाट चलेको सार्वजनिक शान्ति विरुद्ध कसूर समेत मुद्दामा  काठमार्डौ जिल्ला अदालतवाट सजाँय दिलाउन सफल ।

५) रुक्सना कपालीले जोगी (कपाली,जोगी र दर्शनधारी) समुदायको विगत देखी मन्दिर छेउमा रहेको सत्तलमा वस्ने भोगाधिकार एवं आवास सम्वन्धि हकलाई सम्वोधन गर्न  कामनपाले कानून वनाउनु भनी उच्च अदालतमा दिएको परमादेश रिटमा सहभागी भै परमादेश जारी गर्न सफल ।

ख) विभिन्न वडाको पक्षमा निःशुल्क वहश पैरवी गरेको मुद्दाहरुः



१) कीर्तिपुर नपा वडा नं.१० स्थित टयाःलँ मा रहेको कमल पोखरी अतिक्रमण रोक्ने सम्वन्धमा लक्ष्मी महर्जनले १० नं. वडा विरुद्ध दिएको मुद्दा वडालाई जिताउन सफल ।

२) ललितपुर जिल्ला महालक्ष्मी नपा वडा नं. ६ विरुद्धको उच्च अदालत पाटनमा दिएको उत्प्रेशन परमादेश विरुद्धको मुद्दामा वडा नं. ६ लाई जिताउन सफल ।

३) ललितपुर जिल्ला ललितपुर महानपा वडा नं. ११ स्थित शंखमूल आवास क्षेत्रमा महानपाले राख्न खोजेको विद्युतीय शवदाहा गृह राख्न हुँदैन भन्ने शंखमूलक आवास क्षेत्रको मणिडोल टोल सुधार समितिले उच्च अदालत पाटनमा दिएको उत्प्रेशन परमादेश जारी गर्न सफल ।



ग) हाल चालू सहभागी मुद्दाहरुः

१) छाँयादेवी कम्पलेक्स प्रा.लि.समेत विरुद्ध भागवत प्रधान मुद्दामा भागवत प्रधानको पक्ष निःशुल्क वहश पैरवी गरी आएको ।

२) खोकना स्थित फास्ट टूयाक विरुद्धको खोकना समुदायको मुद्दामा निःशुल्क वहश पैरवी गरी आएको ।

३) कीर्तिपुर नपाले जारी गरेको कीर्तिपुर नगर सास्कृतिक सरक्षित क्षेत्र सम्वन्धि ऐन, २०७८ लागू पुर्व यसको मर्म समाप्त हुने गरी संशोधन गर्ने कार्य अधिवक्ता नरेश श्रेष्ठ समेतको नेतृत्वमा सर्वोच्च अदालतमा मुद्दा दायर गरी वहश पैरवी लगायत आवश्यक अन्य कार्य गरी आएको । हाल अन्तरिम आदेश जारी छ ।

४) ललितपुर जिल्ला ललितपुर महानपा वडा नं. ११ स्थित शंखमूल आवास क्षेत्रमा महानपाले राख्न खोजेको विद्युतीय शवदाहा गृह राख्न हुँदैन भन्ने शंखमूलक आवास क्षेत्रको मणिडोल टोल सुधार समितिको विरुद्ध महानपाले गरेको सर्वोच्च अदालतमा पुनरावेदन गरेको मुद्दामा सहभागी भै आएको ।

घ) सम्मान पत्र तथा धन्यवाद पत्रहरुः

१) कीर्तिपुर नपा वडा नं.१० स्थित नवीन पुस्तकालयले वडा नं.१० स्थित पल पुखू सम्वन्धमा वडा समेत विरुद्ध लक्ष्मी महर्जनले दिएको मुद्दामा निःशुल्क उच्च अदालतमा वहश 

पैरवी गरे वापत दिएको सम्मान पत्र ।

२) ललितपुर महानपा वडा नं.११ को शखमूल आवास क्षेत्रमा विद्युतीय शवदाहा गृह स्थापना गरेको विरुद्ध मणिडोल टोल सुधार समितिले ल.पु.महानपा विरुद्धको उच्च अदालतमा समितिको तर्फवाट निःशुल्क वहश पैरवी गरे वापत सो समितिले दिएको सम्मान पत्र ।

३) ललितपुर जिल्ला स्थित महालक्ष्मी नपा वडा नं.६ उपरको उच्च अदालतमा वडाको पक्षमा निःशुल्क वहश गरे वापत सो वडाले दिएको सम्मान पत्र ।

४) नेवाः देय् दवूको भवन वनाउन रु.२५०००।( सहयोग गरे वापत नेवा समाजको साझा तथा राष्टिूय संगठन नेवाः देय् दवूले गरेको सम्मान पत्र ।

५) कीर्तिपुर नगर साँस्कृतिक क्षेत्र घोषणा गराउन योगदान दिए वापत नेवाः देय् दवूले दिएको धन्यवाद पत्र ।

६) साँस्कृति संरक्षण सम्वर्धन विषयमा श्रोत व्यक्तिको रुपमा नेवाः मिसा खलले आयोजित कार्यक्रममा निःशुल्क तालिम दिए वापत दिएको धन्यवाद पत्र ।

७) कीर्तिपुर नगर साँस्कृतिक सरक्षित क्षेत्र सम्वन्धि ऐन, २०७८ मस्यौता कार्यदलमा वसी ऐन जारी गराउन योगदान दिए वापत नेवाः देय् दवू कीर्तिपुर नगर समिति समेत ६ सामुदायिक संस्थाले सयुक्त रुपमा दिएको धन्यवाद पत्र ।


No comments:

Post a Comment