Monday, September 16, 2024

कीर्तिपुरमा वीर योद्धा कीर्तिलक्ष्मीको शालिक राख्न नजरराम महर्जनको अध्यक्षतामा समिति गठन

कीर्तिपुरमा वीर योद्धा कीर्तिलक्ष्मीको शालिक राख्न नजरराम महर्जनको अध्यक्षतामा समिति गठन


१.बीर योद्धा कीर्तिलक्ष्मीको काल्पनिक स्केच चित्रकार कमलेश महर्जनले बनाउनु भएको


२.बीर योद्धा कीर्तिलक्ष्मीको काल्पनिक स्केच चित्रकार योगेश महर्जनले बनाउनु भएको यसको अलावा अरु पनि स्केच आउँदैछ । सबै मिलाएर जुन उपयुक्त हुन्छ सो मुर्ति राखिने छ 

कीर्तिपुरको इतिहाससँग सम्बन्धित, कीर्तिपुरका पुर्खाहरुले बताएर पुस्तान्तरण हुँदै आइरहेको घटनासँग सम्बन्धित कीर्तिपुरका वीर योद्धा कीर्तिपुरका चेली कीर्तिलक्ष्मीको शालिक कीर्तिपुरमा राख्नको लागि एउटा समिति गठन गरिएको छ ।



भाद्र २८ गते शुक्रवार यस विषयमा चासो राख्नेहरु र सरोकारवालाहरुको भेलाले नजरराम महर्जनको अध्यक्षतामा १९ जनाको सालिक निर्माण समिति गठन गरिएको छ । बागमती प्रदेशका पूर्व मन्त्री सांसद पुकार महर्जनको संरक्षकत्वमा समिति गठन गरिएको थियो । 



सदस्यहरुमा श्रीकृष्ण महर्जन, 

शुद्धरत्न महर्जन, 

जनकलाल महर्जन, 

बिरेन्द्र शाक्य, 

सरलगोपाल महर्जन, 

नरेश श्रेष्ठ, 

राजमान महर्जन, 

अनिता महर्जन, 

देवचन्द्र महर्जन, 

शर्मिला जोशी, 

ज्ञानेन्द्र महर्जन, 

अमन महर्जन, 

दिलिप महर्जन, 

इच्छा कुमार महर्जन, 

संघरत्न महर्जन, 

कमलेश महर्जन र 

विनोद श्रेष्ठ रहेका छन ।

सल्लाहकारहरुमा प्रयागमान प्रधान, 

राजभाई जकःमि, 

प्रा.डा.शिवशरण महर्जन, 

दिपेन्द्र आचार्य, 

बद्रिलाल महर्जन, 

रबिन्द्र प्रधान, 

बुद्धिलाल ज्यापु, 

कृष्णमान डंगोल, 

वीर महर्जन रहनु भएको छ ।

कीर्तिलक्ष्मीको शालिक राख्न पहिले पनि केही काम भैसकेको थियो । त्यसैले उक्त समितिका सदस्यहरु र सल्लाहकारहरुलाई समावेश गरिएको छ । त्यस्तै कीर्तिपुर नगरका वडा नं.१,२,३,५,८,९ र १०का वडाध्यक्षहरुलाई पहिलेजस्तै निर्देशन समितिमा राख्ने निर्णय गरिएको छ ।


समितिका अध्यक्ष पत्रकार नजरराम महर्जन र संरक्षक बागमती प्रदेश पूर्व मन्त्री एवं लोकप्रिय सांसद पुकार महर्जन

शुक्रवार कृष्ण क्याटरिंगमा भएको छलफल कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री, सांसद पुकार महर्जन, वडा नं.१० वडा अध्यक्ष नरेश महर्जन, कृष्णमान डंगोल, जनलाल महर्जन, बिरेन्द्र शाक्य, बद्रीलाल महर्जन, प्रा.डा.शिवशरण महर्जन, शुद्धरत्न महर्जन, समन महर्जन, ज्ञानेन्द्र महर्जन, राजभाई जकःमि, प्रयागमान प्रधान, रामभोला महर्जन, नरेश श्रेष्ठ, सरलगोपाल महर्जन, श्रीकृष्ण महर्जन र नजरराम महर्जनले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बागमती प्रदेशका पूर्वमन्त्री एवं सांसद पुकार महर्जनको पहलमा बागमती प्रदेशले यस आर्थिक वर्षमा कीर्तिलक्ष्मीको शालिक राख्नको लागि २० लाख रुपैया बजेट राख्नु भएको छ । 


No comments:

Post a Comment