Saturday, September 28, 2024

“जिन्दगीका छालहरू” उपन्यास बारे

“जिन्दगीका छालहरू” उपन्यास बारे








जिन्दगीका छालहरूका लेखक नजरराम महर्जन

“जिन्दगीका छालहरू” बारे केही शब्द

भूमिका लेख्न यसरी जु¥यो— आज भन्दा करिव चार हप्ता पहिले शिक्षा शास्त्र केन्द्रीय विभाग, त्रि.वि.का प्रमुख प्रा.डा.शिवशरण महर्जनज्यूले मलाई आफ्नो च्याम्बरमा भेट भएका बेला भन्नुभयो— सर ! मेरो एउटा साथीले उपन्यास लेख्नु भएको छ, प्रकाशनको तयारीमा हुनुहुन्छ । एउटा भुमिका लेखिदिनु प¥यो । मैले सरलाई उपन्यासको पाण्डुलिपि ल्याईदिन्छु ।”

डा.महर्जन मेरा आदरणीय मित्र, अन्रङग मित्र । मैले उहाँको अनुरोधलाई कसरी नकार्न सक्थें र । भनें–हवस्, म्याटर पाउँ, यसो हेरेर केही लेखुँला ।

झण्डै दुई हप्तापछि मैले उहाँबाट पाण्डुलिपि पाएँ । उहाँकै च्याम्बरमा मेरो भेटभयो । यो भनेको २०७० बैशाख २७ गते ३ बजेतिरको कुरा हुनुपर्छ । पाण्डुलिपि हात परेकै दिन सरसर्ती ५–७ पृष्ठ पढें । विषयवस्तुले आकर्षण ग¥यो । मैले उपन्यासकार नजरराम महर्जनज्यूलाई चिन्दिन । चिनेको भए, देखभेट भए पनि अहिले सम्झना छैन । त्यसका निम्ति क्षमा चाहन्छु । सर्जकलाई भौतिक रुपमा किन चिन्नु प¥यो र ! उसका कृति÷सिर्जनाका माध्यमबाट चिन्न पाए सबभन्दा राम्रो उहाँको लेखन यात्राबारे. पनि मलाई जानकारी छैन । त्यसैले मेरो भूमिका विशुद्ध यसै कृतिको पर्यवेक्षणमा केन्द्रीत छ ।

आज शनिवारको दिन, अर्थात् २०७० बैशाख २८ गते । झन्डै तिन बज्नै लागेको छ । उपन्यास हेर्दै गएँ । पाना पल्टाउँदै गएँ ।एफोर साइजको ६८ पृष्ठमा १४ प्वाइन्टमा कम्प्युटर सेटिङ गरिएको यस उपन्यासको पृष्ठ सङ्ख्या आवरण, लेखकको व्यक्ति वृत्त केही छैन । मात्र ६८ पृष्ठको पाण्डुलिपि मेरा हातमा छ । नढाँटी भन्ने हो भने मलाई भूमिका लेख्न आउँदैन । भूमिका लेख्ने काम निकै कठिन हो भन्ने मलाई लाग्छ । तर पनि वर्षमा २/४ वटा कृतिबारे नलेखी सुखै पाइन्न । त्यसैले ‘जिन्दगीका छालहरु’ बारे भूमिका लेख्नु अघि यति भूमिका बाँधेको हुँ ।

‘जिन्दगीका छालहरु’ विषयवस्तुका दृष्टिले सामाजिक सन्दर्भ र पृष्ठभूमिमा आधारित छ । यो असङ्ख्य बेरोजगार नेपाली युवा युवतीहरुको कथा हो । जागिरको निम्ति भौतारिएका विक्रम र पार्वती (युवा प्रतिनिधि पात्र) को यथार्थ कथा हो । पार्वत िढकाल, विक्रम चौधरी अन्तर्जातीय नायक–नायिका । सम्भवतः लेखकले देखे–भेटेका चरित्र हुन सक्छन यी । पार्वत िपूर्वी तराई सर्लाहीबाट काठमाडौं आएकी, विक्रम चौधरी पश्चिम तराई नवलपरासीबाट काठमाडौं आएको । यसमा विक्रम चौधरीको उत्साह, मनोबल, धैर्य र पेसाप्रतिको निष्ठा छ । ऊ इमान्दार पात्र हो । उसभित्र दया, करूणा, मानवता र प्रेमको बास छ । ऊ जाँगरिलो र पूmर्तिलो ३० वर्षे युवा हो । मनको कुरा सजिलै व्यक्त गर्न सक्ने अदम्य साहस भएकी २१ वर्षे युवती पार्वती सङ्घर्षशील नारी पात्र हो । यी जोडीको प्रेम कथा हो जिन्दगीका छालहरू ! विक्रम र पार्वतीको जिन्दगीको आरोह, अवरोह, उत्तारचढाव यसमा अभिब्यक्त छ । हातहतियार डकैत र लुटपाटको केसमा आठ वर्ष जेल सजाय पाएको भए पनि विक्रम जीवन बुझेको संघर्षशील नेपाली युवाहरुको प्रतिनिधि पात्र हो ।

काठमाडौंको कीर्तिपुर त्रि.वि. परिसर, कालीमाटी र यसकै सेरोफेरो र उपत्यका बाहिर सर्लाहीदेखि नवलपरासीसम्म घुमेको छ र पर्यावरणीय क्षेत्र । उपन्यासले चर्चेको स्थान । यथार्थमा लेखकको भाषिक अभिव्यक्ति कौशल र सुन्दर/छरितो वाक्य संरचनाले उपन्यासलाई पढूँ –पढूँ तुल्याएका छन जस्तै असार महिनाको तेस्रो साता (पहिलो वाक्य) चिया पिउन मसँग पैसा छैन (पार्वती) अर्थात सम्वादमय जुन भाषिक सामथ्र्य देखिन्छ त्यसले लेखकलाई परिपक्व देखाउँछ ।

सानो/छोटो र मसिनो विषयलाई पनि खेलाई–खेलाई प्रभावपूर्ण बनाउन सक्नु लेखकको विशिष्ट पहिचान हो । उपन्यासभित्र पसेर यसका अन्तरङ्ग विषय भूमिकामा प्रस्तुत गरियो भने पाठकलाई खल्लो लाग्न सक्छ । त्यसैले नेपाली युवाहरुको जीवनमा आधारित प्रस्तुत उपन्यास सर्वप्रथम तिनै युवा पङ्क्तिले पढ्नु आवश्यक छ । त्यसपछि संपूर्ण पाठकहरु जसले साहित्यको माध्यमबाट जीवनका अनेक÷विविध पक्षलाई बुझ्न चाहन्छन् तिनीहरुले पढ्नु आवशयक छ ।

यति सुन्दर औपन्यासिक कृति दिएर नेपाली साहित्यमा योगदान दिने लेखक श्री नजरराम महर्जनज्यूलाई हृदयतः साधुबाद टक्राउँछु । अन्तमा उहाँको लेखनको उत्तरोतर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

डा.पारसमणि भण्डारी

प्राध्यापक

शिक्षा शास्त्र केन्द्रीय विभाग, त्रि.वि.कीर्तिपुर

 “जिन्दगीका छालहरु” उपन्यास पढीसकेपछि

नेपालभाषाका उपन्यासकार नजरराम महर्जनको पहिलो नेपाली भाषाको रुपमा ‘जिन्दगीका छालहरु’ उपन्यास उदायको छ । समसामयिक नेपाली समाजमा विद्यमान विसङ्गति र विकृतिलाई यसले एकातिर दृष्टि दिएको छ भने अर्कोतर्फ जीवनको यात्रा सोचेजस्तो सरल एवम सहज नभई विभिन्न आरोह अवरोहमा गुज्रिनु पर्ने जटिलता प्रस्तुत गरिएको छ । पन्ध्र ओटा परिच्छेदमा विस्तारित यस उपन्यासमा आधारभूत वर्गका समस्यालाई केन्द्र बनाइएको छ । उपन्यासको नायक विक्रम चौधरीले बाल्यकालमा अभिभावकको गल्तीको पीडा भोग्न विवश हुनु परेको छ । यसको जरोको रुपमा गरिबी रहेको छ । केटाकेटीको लालनपालन गर्न स्वदेशमा रोजगारी नपाएपछि विक्रमको बुबा विश्वनाथ रोजगारका लागि भारत जान्छ । आफ्ना केटाकेटी र जवान श्रीमतीलार्य छोडेर वैदेशिक रोजगारमा जानु रहर नभएर नेपाली युवाका लागि विश्वनाथको जस्तो वाध्यता हो । यस खालको वैदेशिक रोजगारले आज विश्वनाथको जस्तै पारिवारिक विघटन र विखण्डनतर्फ डो¥याएको छ । यसको प्रत्यक्ष मार उनीहरुका वालवालिकाहरुले भोगिरहेका छन । विक्रमको आमा सरस्वतीका विच कायम रहेको अबैध यौन सम्बन्धका कारण सामाजिक लोकलाजथका भयले आफुले जन्म दिएका विक्रम र उसको भाइ विवेक जो नावालक थिए, उनीहरुलाई निर्मोही आमा बनी चटकक छोडेर त्रानुरामसँग पोइल गई । यस अवस्थामा आमा–बुबा यस संसारमा हुँदा हुँदै विक्रम र विवेकले टुहुराको नियती भोग्न विवश हुनु परेको छ । समाज कति कठोर र निर्दयी छ । नेपाली समाजमा अहिले पनि दया, सेवा र करुणाको भावना न्यून छ । आपतविपतमा परेका केटाकेटी तथा बृद्धबृद्धाका लागि सहयोगी बन्नुको सट्टा कहिलेकाहीं उनीहरुका चहराइरहेका घाउमा उल्टै नुन चुक छर्किन पनि पछाडि पर्दैन । एकातिर बेसहारा जीवन अर्को तर्फ समाजको हेय दृष्टिबाट छुट्कारा पाउन सडक बालबालिकाको रुपमा विक्रम भाइ विवेश सहित नारायणघाट बजारमा बरालिन बाध्य भयो । एउटा रेष्टुराँमा भाँडा माझ्ने काम पाएपछि आफ्नो भाइको लालनपालन गर्दै विक्रम जीवनको यस मोडमा आइपरेका नियतिका विरुद्ध संघर्ष गर्न विवश बनेको छ । त्यहाँको वातावरण र रेष्टुराँमा आउने विकृति र विसङ्गतिमा फसेका युवाहरुको देखासिखीबाट निकै पैसा कमाउने लालसा विक्रममा पलायो । जसको फलस्वरुप ऊ गुण्डागर्दी र लुटपाट जस्ता ग्याङसँग संलग्न रह्यो । यस्तै लुटपाटको एउटा घटनामा ऊ प्रहरीको फन्दामा परी आठ वर्षको जेल जीवन जिउन बाध्य भयो ।

अहिले नेपाली समाजमा लुटपाट, गुण्डागर्दी, अपहरणजस्ता अपराधका घटना बृद्धि भैरहेका छन् । यी घटनाप्रति भत्सर्ना गरेर वा अपराधीलाई दण्ड सजाय गरेर मात्र पुग्दैन । यसको मूल जरो पहिलाउन आवश्यक छ । यसको मूल जरो भनेको गरिबी र वेरोजगारी हो । यसको साथै मसाजमा देखिएको स्वार्थीपन पनि प्रमुख कारण हो । आपूmमात्र सुखी र सम्पन्न बन्ने होड चलेको छ । समाजमा रहेका गरिब, निमुखा र असहायप्रतिको वेवास्ता र उपेक्षाको परिणाम नै लुटपाट, गुण्डागर्दी र अपहरणका कारण हुन भन्ने विचारतर्फ यस उपन्यासले संकेत गरेको छ । केन्द्रीय कारागरमा रहेको राजनीतिक बन्दी सूर्यमान साहूको सगत तथा उनको सरसल्लाहबाट विक्रममा सुधार आयोे जसको परिणाम स्वरुप ऊ छिट्टै जेलबाट छुट्यो र उसले आफ्नो विगतको जीवनशैलीमा सुधार गरी सूर्यमानको सहयोगले बहुराष्ट्रिय कम्पनीको सेल्स म्यान बन्यो । उसले सामाजिक सम्मान, पारिवारिक जीवनको सानिध्यता र आर्थिक रुपमा पनि राम्रै उन्नति ग¥यो । उसको बुबा विश्वनाथले पनि विक्रमको साथी भरतको सहयोगमा रामै्र तरिकाले कृषि व्यवसाय सुरु ग¥यो । यसैक्रममा पार्वती ढकालसँग विक्रमको प्रेम सम्बन्ध । विवाहित जीवनमाा बाँधिएको दाम्पत्य जीवन उसको जेल यात्राले टुटेको थियो । पार्वतीसँगको प्रेमसम्बन्धमा पनि पार्वतीको दिदी दुर्गाको उजुरीका कारण आफ्नो प्रेमीकालाई बेचेको झुट्टा मुद्धामा पुनः जेल जानु प¥यो । यसमा उसले अनावश्यक शारीरिक र मानकि पीडा सहन वाध्य हुनु परेको यथार्थलाई चित्रण गरिएको छ ।

हरेक अपराधीको अपराध गर्नुका पछाडि निश्चित खालको पारिवारिक तथा सामाजिक वातावरणको महत्वपूर्ण भुमिका हुन्छ । त्यस्ता अपराधका घटनालाई केलाउनु आवश्यक छ । अपराधीलाई भन्दा पनि अपराधलाई घृणा गर्नु पर्छ । सूर्यमान साहूजस्ता समाजसेवी तथा सहयोगी भएमा कुनै पनि व्यक्तिले अपराधको बाटो त्याग्न सक्छ । व्यक्तिमा सुधार आउन सक्छ भन्ने विचार समेत यस उपन्यासले प्रवाह गरेको छ । अर्कोतर्फ प्रहरीले कुनै व्यक्तिलाई कुनै अपराधको तहकिकातका लागि हिरासतमा लिन सक्छ । अदालतले थुनामा राखेर थप छानविन र कानुनी कार्वाही अगाडि बढाउने अनुमति दिन सक्छ । व्यक्ति थुनामा पर्दैमा अपराधी भई हाल्दैन । त्यसको लागि उसमाथि लागेको अभियोग अदालतबाट प्रमाणित हुनुपर्छ भन्ने शिक्षा पनि यस उपन्यासले दिएको छ । आफ्नो प्रेमिका बेचेको अभियोगमा थुनामा रहेको विक्रमले पार्वती अदालतमा उपस्थित भई सत्य तथ्ययुक्त बयान दिएपछि उसले सफाई पाएको छ ।

प्रस्तुत उपन्या सामाजिक यथार्थवादी उपन्यासको रुपमा रहेको छ । सामाजिक विकृति विसङ्गतिलाई केलाउने काम गर्दै त्यसप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गरेको छ । अर्कोतर्फ यस उपन्यासले स्वस्थ मनोरञ्जन पनि पाठकलाई दिन खोजेको छ । ज्ञानुरामसँग आफ्नो यौनको भोक मेटाउने भूल गरेकी सरस्वतीको गल्तीलाई उसका छोराहरु र पति समेतले क्षमा गरी अपनाएको घटनाले कतै उपन्यास बढी आदर्शवादी त भएन भन्ने आभाष हुन्छ तर यस मार्फत उपन्यासकारबाट दया, मानवता, क्षमा र करुणाको भावना जागृत गराउन खोजिएको छ । विशिष्ट परिस्थितिमा मानिसले जानेर वा अन्जानमा गल्ती गर्दछ । उसले गल्तीको परिणाम भोगिसकेपछि र गल्तीलाई महसुस गरिसकेपछि सुधारको मार्ग दिनुपर्छ । उसका गल्ती र भूललाई पनि क्षमा दिनु पर्छ भन्ने विचार संप्रेषण गरिएको छ । यस उपन्यासको स्थानिय परिवेश काठमाडौं, नवलपरासी, नारायणघाट र सर्लाहीमा विस्तारित रहेको छ । पात्रहरुको प्रजातिगत उपस्थितिका दृष्टिले पनि चौधरी, ब्राम्हण र नेवारको उपस्थिति रहेको छ । समावेशी खालका पात्रहरु छन । क्षेत्रीय हिसावले उपत्यका र तराईको उपस्थिति रहेको छ । प्रेम र विवाहमा गरिने जातीय भेदभावको विरुद्धमा उपन्यास रहेको छ । यस दृष्टिले प्रस्तुत उपन्यासले प्रगतिशील दृष्टि बोकेको छ । मानवलाई केन्द्रमानी मानवतालाई वकालत गरेको यस उपन्यासले समकालीन नेपाली समाजमा नेपालीहरुले जीवन निर्वाहको लागि भोग्नु परेका आरोह–अवरोह, संघर्षको प्रस्तुति रहेको छ । स्वस्थ मनोरञ्जन तथा सन्तुलित विचार चेतनाका दृष्टिले ‘जीन्दगीका छालहरु” उपन्यास पठनीय र संग्रहण योग्य सफल उपन्यास रहेको देखिन्छ ।

—खगराज जोशी

नेपाली शिक्षक

जनसेवा उच्च मा.वि

पाँगा, कीर्तिपुर–५

2081/6/12

No comments:

Post a Comment