Friday, September 6, 2024

कीर्तिपुर नयाँबजारमा हेयर कटिङ सेवाको उद्घाटन

 कीर्तिपुर नयाँबजारमा हेयर कटिङ सेवाको उद्घाटन


कीर्तिपुर नगरपालिकाले हरेक वर्ष महिलाहरुलाई स्वरोजगार बनाउन प्रत्येक वडाले विभिन्न तालिम दिने गरेका छन । त्यसको अलावा नगरपालिकाले नगरस्तरीय तालिम पनि दिंदै आइरहेका छन । त्यस मध्ये गरिबी निवारणका लागि लघु उद्यम विकास (MEDPA) अन्तर्गत कीर्तिपुर नगरपालिकाले हेयर कटिंङ तालिम २०८० सालमा ३ महिने द्यबकष्अ तालिम दिइएको थियो । 


त्यतिबेला ३० जनाले तालिम लिएका थिए । ३० जनामा एक जना सविन महर्जन पुरुष सहभागि थियो । उहाँले तालिम पछि पाँगामा नगरपालिकाको सहयोगमा हेयर कटिङ सैलुन चलाउनु भयो । जुन अहिलेसम्म निरन्तर चलाईरहनु भएको छ । यस वर्ष पनि मिति २०८१÷०२÷०८ गतेदेखि २०८१÷०३÷०६ गतेसम्म सञ्चालित एडभान्स हेयर कटिङ्ग तालिममा गोमा विष्ट, सविन महर्जन, सुप्रिया महर्जन र मिलि दुलालले सहभागिता जनाएका थिए । ती मध्ये सुप्रिया महर्जन र मिलि दुलालले नगरपालिकाको सहयोगमा कीर्तिपुर नगरपालिका वडा नं.१० नयाँबजार कभर्डहलनिर एउटा शटरमा हेयर कटिङ् सेवा संचालन गरिएको छ । 

गत भाद्र १३ गते कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ले रिवन काटी पसलको उद्घाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य दिनेक्रममा उहाँले नगरपालिकाले महिलाहरुलाई स्वरोजगार बनाउन विभिन्न तालिमहरु दिए पनि आफुले सिकेको शीपको उपयोग कमैले मात्र गर्ने गरेका छन । अहिले उहाँहरुले आपूmले सिकेको सीप प्रयोग गरी स्वालम्बन बन्न खोजेकोमा साह्रै खुशी लागेको छ । उहाँहरुको काम देखेर अरुलाई पनि प्रोत्साहन मिल्ने आशा गर्नुभयो । चोभार निवासी सुप्रिया महर्जन र भत्क्यापाटी निवासी मिलि दुलालले संचालन गर्नु भएको छ । उहाँहरुले प्रतिव्यक्ति रु.१०० र विद्यार्थीलाई रु.८० रेट टोकिएको छ ।




No comments:

Post a Comment