जिन्दगीका छालहरु—नजराम महर्जनको घटना प्रधान उपन्यासको प्रथम भाग
काम भनेको सानो तिनो हुँदैन । मनमा दृढ संकल्प र मिहेनत गरेमा जस्तो सुकै काममा पनि सफलता पाउन सक्छ ।
एक
असार महिनाको तेस्रो साता । झमझम पानी परिरहेको थियो । किसानहरू रोपाईको लागि खेततिर लागिरहेका थिए । यो साल असार महिनाभरिमा पहिलो पटक ठूलो वर्षा भइरहेको थियो । यो साल पर्याप्त मात्रामा वर्षा नभएर कीर्तिपुर क्षेत्रमा धान रोप्नै पाएको थिएन । पहिले कुलोको राम्रो व्यवस्था थियो । कीर्तिपुर क्षेत्रमा सहरीकरणको साथै बाटो फराकिलो बनाउँदा ती कुलाहरू पुरिएका थिए । कतिपय ठाउँमा मानिसहरूले अतिक्रमण गरेर घर बनाए । अहिले ‘आकाशको फल आँखा तरी मर’ भने झै भयो ।
विक्रम काम गर्ने ठाउँमा गयो । त्यहाँ काम गर्नेहरू कोही पनि भेटेन । उसले काममा लगाउने साहुसँग कामको बारे सोध्यो ।
“आज सबैजना रोपाई गर्न गए । अब रोपाईं नसकेसम्म काम बन्द हुन्छ ।” साहुले भन्यो ।
विक्रम घरमा आयो । उसको घरपतिसँग एउटा दैनिक पत्रिका लिएर आफ्नो कोठामा गयो । पत्रिका पढ्दै जाँदा उसको आँखा एउटा वर्गीकृत विज्ञापनमा प¥यो । त्यो विज्ञपनमा आवश्यकता भन्ने कोलम हे¥यो । त्यसमा लेखिएको थियो “एउटा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामानहरु बेच्न केही सेल्सम्यान÷सेल्सगल्र्सहरू चाहिएको छ । शैक्षिक योग्यता एस.एल.सी. वा सो सरह पास भएको हुनुपर्ने छ । पारिश्रमिक आपसी समझदारीमा तय गरिने छ ।”
उसलाई यो कम्पनीप्रति अलि विश्वास लाग्यो । योभन्दा पहिले पनि उसले यस्तै विज्ञापन हेरेर चार पाँच ठाउँमा निवेदन दिएर अन्तर्वार्ता पनि दिइसकेको थियो । तर कहीं पनि उसको नाम निस्केन । ती कम्पनीहरूमा मासिक तलब नै पन्ध्र हजारदेखि बीस हजारसम्म तोकिएको हुन्थ्यो । एस.एल.सी. पास गरेको मानिसले शाखा अधिकृतको तलब पाउने भए पछि लोभ लागिहाल्छ । एउटा फारा मभर्न दुई सय रुपैया निवेदन दस्तुर, चारवटा रङ्गीन फोटाहरु चाहिन्छ । यसरी एक ठाउँमा फाराम भर्दा दुई सय पचास रुपैयाँ खर्च लाग्छ । यस हिसावले पाँच ठाउँमा फाराम भर्दा उसले एक हजार दुई सय पचास रुपैयाँ खर्च गरी सकेको थियो । फाराम भरेर दिएको एक हप्तापछि अन्तर्वार्ता लिन्थ्यो । अन्तर्वार्ता लिएको एक हप्तापछि सम्पर्क राख्न भन्थ्यो । जतिसुकै राम्ररी अन्तर्वार्ता दिए पनि सम्पर्क राख्न जाँदा ‘सरी तपाई पर्नु भएन’ भन्ने जवाफ दिन्थ्यो ।
कहीं पनि जागिर नपाएर उसले कीर्तिपुरमा घर बनाउने ठाउँमा ज्यामी काम गर्दै आइरहेको थियो । ज्यामी काममा इज्जत छैन, पैसा पनि छैन । तर के गर्ने पेट पाल्नको लागि काम गर्नुप¥यो ।
जे होस आज काम छैन । त्यहाँ पनि फाराम भरेर हेरुँ भनेर विक्रमले आफ्नो शैक्षिक योग्यता, नागरिकताको फोटोकपी र चारवटा पासपोर्ट साईजको रङ्गीन फोटो लिएर काठमाडौं गयो । ऊ बसबाट कालिमाटीमा ओर्लियो । उसले कम्पनीको साईनबोर्ड खोज्न थाल्यो । कालीमाटीको एउटा सुपर मार्केट भवनको वीचमा कम्पनीकोसाईबोर्ड झुण्डयाइराखेको देख्यो । त्यो सुपर मार्केटभित्र सोध्दै खोज्दै जाँदा तेश्रो तल्लामा अफिस भेट्टायो । उसले अफिसमा गएर दुई सय रुपैयाँ तिरेर एउटा फाराम लियो र फाराम भरेर दियो । त्यहाँ दरखास्त दिन आउनेहरुको भीड थियो । फाराम बुझीलिनेले अर्को हप्ता सोमबार अन्तर्वार्ता दिन आउनु भन्यो ।
अन्तर्वार्ता दिन जाने दिन पनि पानी परिरहेको थियो । कहिले दर्केर, कहिले सिमसिम पानी परिहेको थियो । कीर्तिपुर क्षेत्रमा आँखाले भ्याएसम्म खेतमा रोपाई भइसकेका थिए । समयमै खाना खाएर विक्रम सूर्यमानलाई भेट्न उसको कोठामा गयो ।
“बा अहिले म अन्तर्वार्ता दिन जान लागेको” उसले भन्यो ।
“हुन्छ नडराईकन, नहडबडाईकन सोधेको प्रश्नहरूको राम्ररी जवाफ दिएर आउनू ।”
“हवस” भनेर ऊ बाहिर आयो ।
बाहिर वर्षा भइरहेको थियो । विक्रमसँग छाता थिएन । ऊ घरको छाना मुनी मुनीबाट बस रोक्ने ठाउँसम्म गयो । एउटा पनि बस रोकीराखेको थिएन । न माइक्रोब नै थियो । अफिस समयमा कीर्तिपुरमा बस पाउनै गाह्रो,पहिले त कीर्तिपुर यातायातका ठूलाठूला बसहरू चल्थे । एउटा बसले एकचोटिमा सत्तरी अस्सी जनासम्म यात्रुहरू लैजान्थ्यो । अहिले ती बसहरू आधा जति बिक्री भइसकेका छन् । बाँकीरहेका धेरैजसो गाडीहरू स्कूल ट्रिपमा जान्छन् । अरुहाइस गाडीहरू मात्र चलिरहेका छन् । जसमा उभिएर कोचाकोच गरेर जाँदा पनि पच्चीस छब्बीस जनाभन्दा बढी अट्दैनन् । विक्रमले घडी हे¥यो । दश बजिसकेछ । कालीमाटी पुग्न उसको मन हतारियो । कहीं अन्तर्वार्ता छुट्यो भने के गर्ने ? त्यहीबेला एउटा हाइसगाडी आयो । ऊ त्यसैमा झुण्डिएर गयो । कालीमाटीमा ओर्लेर अफिस गयो । अफिस कोठाको बाहिर एकजना मानिस कुर्सीमा बसिरहेको थियो । सायद पाले होला ।
“दाइ, अन्तर्वार्ता सुरु भइसकेको हो ?” उसले पालेसँग सोध्यो ।
“सुरु भइसक्यो । तपाईंको क्रम संख्या कति हो ?”
“थाहा छैन । अहिले कति नम्बर पुग्यो ?”
“भर्खर सुरु भएको हो । ऊ ...त्यहाँ नोटिस बोर्डमा आफ्नो क्रम संङ्ख्या हेर्नुहोस । पालो आएपछि बोलाउँछु अनि मात्र यहाँ आउनुहोला । नत्र उतै वेटिंग रुममा बसीरहनु होला ।”
ऊ नोटिस बोर्ड भएको ठाउँमा गयो । त्यहाँ थु्रपै युवाहरू आ–आफ्नो नाम खोजिरहेका थिए । आफ्नो नाम हेरेर कोही भोलि,कोही पर्सि भनेर फर्कंदै थिए । उसले पनि नोटिस बोर्डमा आफ्नो नाम हे¥यो । उसको नाम पैंतीस नम्बरमा रहेछ । उसको अन्तर्वार्ता आजै हुन्छ । फार्म बुझाएको दर्ता नम्बरलाई नै अन्तर्वार्ताको क्रमसंख्या बनाएकोरहेछ । उसले आफ्नो पालो कहिले आउँछ भनेर समयको हिसा वगर्न लाग्यो । एकजनाको अन्तर्वार्ता लिन लिन पाँच मिनेट मात्र लागे पनि उसको पालो आउन तीन घण्टा लाग्थ्यो । त्यहाँ हुलमुलमा के बस्ने भनेर ऊ त्यो भवनको प्रत्येक कोठा कोठामा घुम्न लाग्यो । प्रत्येक कोठाको सोकेसमा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित सामानहरुको प्रदर्शनी गरीराखेका थिए । विभिन्न देशबाट आयात गरिएका ड्राइफुडका प्याकेटहरु, लिक्विड प्याकेट र कस्मेटिकका थरी–थरीका सामानहरुको थुप्रो देखेर ऊ दंग भयो । यदि यी सामानहरू यही कम्पनीको हो भने यो कम्पनी सक्कली नै हो भन्ने ठान्यो ।
केहीबेर यताउता घुमिसकेपछि ऊ अन्तर्वार्ता भइरहेको कोठाको अगाडि गयो । अन्तर्वार्ता दिन आएका अरुहरू पनि त्यहीं बसिरहेका थिए । युवा युवती बराबर संङ्ख्यामा थिए । त्यसमध्ये एउटी केटी अरुभन्दा अलग बसिरहेकी थिइन् । विक्रमको आँखा उनैमा गएर टक्क अडियो । उनले आकाशे रङ्गको साधारण कुर्ता सुरुवाल लगाएकी, घाँटीमा आकाशे रङ्गकै सल बेरेकी, निख्खर कालो बाक्लो कपाललाई एक मुठा बनाएर रबर बैण्डले बाँधी राखेकी थिइन् । गोरो, गोलो अनुहार, चुच्चे नाक, ठूलठूला आँखा भएकी, उनको उचाइ करीव पाँच फुटको खुट्टामा साधारण चप्पल लगाइराखेकी थिइन् ।
विक्रमले एकटकले हेरीरहेको ती केटीले पनि चाल पाइहालिन् । उनले पनि उसलाई चोर आँखाले पुलुक्क पालुक्क हेर्न थालिन । नारी स्वभाव न हो विक्रमले जस्तो एकटकले हेरिरहन सकिनन् । ती केटीलाई देख्ने बितिक्कै उसको मन किन आकर्षित भयो ? उसले त्यसरी हेरेको ती केटीलाई मन पर्छ कि पर्दैन ? मन परेन भने केटीले गाली गर्न सक्छिन्, त्यहाँ हंगामा मच्चाउन सक्छिन् । उसको मनमा डर पैदा भयो र आँखा अन्ते मोड्यो ।
उसले अन्तर्वार्ता लिइरहेको कोठातिर हे¥यो । अब त्यहाँ त्यति भीड थिएन । ऊ त्यही ढोकातिर गयो । पालेको हाातमा एउटा कागज थियो । जसमा अन्तर्वार्ता दिन आउनेहरूको नामावली थियो । अन्तर्वार्ता दिन कोठाभित्र पसेकाको नाममा पालेले टिक मार्क लगाउँथ्यो । ऊ बाहिर आएपछि अर्को मान्छेको नाम लिएर बोलाउँथ्यो । त्यो मान्छे आयो भने ढोका खोलेरभित्र पठाउँछ । बोलाएको मान्छे आएन भने उसको नामको अगाडी क्रस चिन्ह लगाउँछ र अर्को मान्छेलाई बोलाएर भित्र पठाउँछ । ढोकामा कालो शिशा राखेको थियो । भित्र के भइरहेको छ कसैले थाहा पाउँदैन थिए । विक्रमले नजिक गएर त्यो कागज हे¥यो । अहिलेसम्म बीस जनाको नाममा टिक मार्क लगाईसकेको रहेछ । जसमा छ जना अनुपस्थित थिए ।
“दाइ, यो क्रस चिन्ह लागेका मानिसहरू अहिले आयो भने फेरि भित्र पठाउनु हुन्छ ?” विक्रमले पालेसँग सोध्यो ।
“अहँ, आफ्नो पालोमा नआउनेहरूलाई फेरि पठाईंदैन । हाम्रो मालिक समयको पक्का पावन्दी राख्नुहुन्छ । एक मिनेट ढिला पनि सहनुहुन्न ।”
विक्रम पालेसँग कुरा गरिरहेको देखेर ती केटी उसको नजिक आइन् । ती केटीले शिष्टतापूर्वक सोधिन्,“दाई तपाईं पनि अन्तर्वार्ता दिन आउनु भएको हो ?”
“हो, तपाईं पनि अन्तर्वार्ता दिन आउनु भएको हो ? तपाईंको कति नम्बरमा परेको छ ?”
“मेरो त सैंतीस नम्बरमा परेको छ । तपाईंको कति नम्बरमा परेको छ ?”
“मेरो पैंतीस नम्बरमा परेको छ । तपाईंको नाम के हो ?”
“पार्वती ढकाल । तपाईंको नि ?”
“विक्रम चौधरी”
“घर कहाँ हो ?”
“नवलपरासी जिल्लाको बेतहानी गाउँ । हाल कीर्तिपुरमा कोठा लिएर बसिरहेको छु । तपाईको घर कहाँ हो नि ? तपाई पनि काठमाडौंवासी त होइन जस्तो लाग्छ ।”
“हो, म पनि काठमाण्डौंवासी होइन । तपाईं पश्चिमतिरको वासिन्दा पर्नुभयो । म पूर्वको परें ।” पार्वतीले हाँस्दै भनिन्, “मेरो घर सर्लाही जिल्लाको ढुंग्रेखोला हो । तपाईंको घरमा को को हुनुहुन्छ ?”
“मेरो घरमा को को हुनुहुन्छ भनेर सोध्नुको अर्थ परिवार संख्या हो भने अहिले म एक्लै छु घरमा बुबा र भाइ हुनुहुन्छ । अहिले उहाँहरू कहाँ हुनुहुन्छ मलाई थाहा छैन । यसको कारण चाहिं नसोध्नुहोला । समग्रमा भन्ने हो भने म एक्लो जीवन बिताइरहेको छु ।” विक्रमले खुलेर आफ्नो कुरा राख्दै पार्वतसिँग सोध्यो, “तपाईं यहाँ कोसँग बसिरहनु भएको छ ?”
“मेरो त घरमा आमाबुबा, दाजु–भाउजु, भाइ–बहिनी सबैजना हुनुहुन्छ । अहिले सतुंगलमा दिदी भिनाजुसँग बसिरहेकी छु । पोहोर साल दिदी सुत्केरी हुँदा स्याहार्न आएकी थिएँ । त्यसपछि गाउँ फर्कन मन लागेन । आमाबाबु भने गाउँ फर्कन कर गर्दै हुनुहुन्छ । यहाँ काम गरेर बसूँ भनेर कामको खोजी गर्दै हिंडेकी, खोई यहाँ काम पाउनै गाह्रो रहेछ।”
“अहिलेसम्म कति ठाउँमा काम खोजीसक्नुभयो ?”
“कति ! कति !! सर्वप्रथम ब्यूटीपार्लरमा काम सिकूँ भनेर गएको त एक महिना पछि आफ्नै देह व्यापार गर्न प्रोत्साहन दिन थाल्यो । त्यसपछि त्यहाँ गइन । एउटा नाम चलेको रेष्टुराँमा तालिम लिएर वेट्रेशको काम गर्न गएको थिएँ । त्यहाँ पनि अस्मिता बन्धक राख्नुपर्ने रहेछ । मलाई शरीर बन्धक राखेर पैसा कमाउने मन छैन । यस्तो सेल्सगर्लको काम पाए राम्रो हुन्छ भनेर निवेदन दिएर हिंडेको कहीं काम पाएन । मैले काम खोजेको यो पाँचौं ठाउँ हो । कति दुःख गरेर पैसा जम्मा गर्छु निवेदन दस्तुर बुझाउन मात्र ठीक । कहीं कहिल्यै छानिन । मलाई त यी कम्पनीहरुले यस्तो वर्गीकृत विज्ञापन निकालेर हामीजस्ता बेरोजगारहरूलाई ठगीरहेको जस्तो लाग्छ । अब हेर्नोस् यहाँ तलब तोकेको छैन, तैपनि दुई सय जनाभन्दा बढीले निवेदन दिएका छन । जनही दुई सय रुपैयाँले दुई सय जनाको मात्र पनि चालीस हजार रुपैयाँ भयो । जहाँ पन्ध्र सोह्र हजार रुपैयाँ तलब तोकोको हुन्छ त्यहाँ त हजार पन्ध्र सय जनाले फाराम भरेको हुन्छ । यहाँ के हुने होला ?”
“यदि यस भवनको प्रत्येक कोठामा राखिएको सामानहरू यस कम्पनीको हो भने यो ठग कम्पनी होइन ।”
“विक्रम चौधरी” उनीहरू कुरा गरिरहेकै बेला गेट किपरले बोलायो ।
विक्रम ढोकामा गयो । गेट किपरले ढोका खोली दियो । ऊ भित्र पस्यो । ढोकाको सामुन्ने काठको एउटा आाधुनिक ठूलो टेबुल राखिएको थियो । टेबुलमाथि एउटा ल्यापटप राखिएको थियो । टेबुलको छेउमा प्रदीपमान म्यानेजिङ्ग डाइरेक्टर लेखिएको तीनकुने काठको टुक्रा राखिएको थियो । निवेदन फारामको ठेली पनि त्यही टेबुलमाथि नै थियो । टेबुलको बायाँतिर एउटा सोकेस थियो । जहाँ बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामानहरू सजाएर राखेका थिए । टेबुलनिरकोे घुम्ने मेचमा एकजना टाई सुट लगाएको युवक बसिरहेको थियो । सायद प्रदीपमान उही होला । उनको बायाँतिर एकजना अधवैसे मानिस बसिरहेको थियो ।
“नमस्कार” नजिक पुगेपछि विक्रमले दशऔंला जोडेर दुवैजनालाई पालैपालो नमस्कार ग¥यो ।
“तपाईंको नाम के हो ?” प्रदीपमानले उसँग आँखा जुधाएर सोध्यो ।
“विक्रम चौधरी” उसले शान्त शिष्ट स्वरमा निश्चिंत भएर जवाफ दियो ।
“घर कहाँ हो ?”
“म जन्मेको, हुर्केको ठाउँ त नवलपरासी जिल्लाको बेतहानी गाउँ हो । तर अहिले कीर्तिपुरमा डेरा लिएर बसेको छु”
“यदि मैले तपाईंलाई काम दिएँ भने तपाईं कति तलब लिनुहुन्छ ?”
“मलाई काम चाहिएको छ । मेरो काम हेरेर तलब दिनुहोला ।”
प्रदीपमानले विक्रमलाई तलदेखि माथिसम्म र माथिदेखि तलसम्म नियालेर हे¥यो । फेरि विक्रमको मुहारमा हे¥यो । विक्रमलाई के गरुँ, के भनूँ भयो । तैपनि उसले धैर्यतापूर्वक प्रदीपको जवाफको प्रतीक्षा गरिरह्यो ।
“हेर्नोस, हामीले तपाईंहरूलाई काम दिने भनेको हाम्रो सामान पसल–पसलमा पु¥याएर बढीभन्दा बढी सामान बिक्री गर्नु हो ।”
“गाडी कसले व्यवस्था गर्ने ? कति तलब दिनुहुन्छ ?”
“गाडीको व्यवस्था हामी गरिदिन्छौं । प्रतिमहिना दश हजार रुपैयाँ तलब दिन्छौं । जति सामान बिक्री गर्नुहुन्छ त्यसको एक प्रतिशत कमिशन दिन्छौं । तर त्यसको लागि तपाईंले बैंक ग्यारेन्टी या धितो जमानी दिनुपर्छ ।”
“किन ” विक्रमले उत्सुक भएर सोध्यो ।
“किनभने हामी तपाईंलाई लाखौं रुपैयाँको सामान उधारोमा दिन्छौं । तपाईंले त्यो सामान बेचेर पैसा लिएर भाग्नुभयो भने के गर्ने ?
“ममाथि विश्वास गर्नुहोस । म इमान्दारीताका साथ काम गर्नेछु एक पैसा गोलमाल गर्दिन ।”
“हेर भाइ ! यो व्यापार हो । व्यापारमा दया माया र भावनाले काम चल्दैन । को कति इमान्दार छ कसैको निधारमा लेखी राखेको हुँदैन । त्यो त काम गर्दै गए पछि थाहा हुन्छ ।”
प्रदीपमानको कुरा सुनेर विक्रम ट्वाल्ल प¥यो । उसलाई के भनूँ, के भनूँ भयो । उसको लागि कसले जमानत राखिदिन्छ ? उसको यहाँ को छ र ? उसले घरपतिबा सूर्यमानलाई सम्झ्यो । सूर्यमानले उसलाई सकेको मद्दत गर्छु भनेको छ । उसको त्यत्रो घर जग्गा छ । गाडी छ । उसले चाहेमा जे धितो राख्नु परि पनि कुनै समस्या हुँदैन ।
“यही सोचेर विक्रमले भन्यो, “म अर्काको घरमा डेरा गरी बस्ने मानिसले के ग्यारेन्टी दिन सकूँला ? तैपनि व्यक्ति जमानीको लागि मेरो घरपतिबासँग कुरा गरेर हेर्छु । उहाँले मान्नु भयो भने कहिले आउँ ?”
“अर्को हप्ता आजकै दिन आउनु । म तपाईंको बाटो हेरिरहन्छु ।”
“हुन्छ सर” भनेर विक्रम बाहिर निस्क्यो ।
कोठा बाहिर पार्वती उसलाई पर्खिरहेकी थिइन् । उसलाई देख्ने बित्तिक्कै सोधिन्, “के भयो दाइ ?”
विक्रमले जवाफ दिन अगाडि नै पालेले ‘पार्वती ढकाल” भनेर बोलायो ।
“दाइ, एकछिन पर्खनु होला । म भित्र गएर आउँछु ।” विक्रमलाई यति भनी उसको जवाफको प्रतीक्षा नै नगरी पार्वती कोठाभित्र गइन ।
घर जान लागेको विक्रमको पाइला टक्क रोकियो । उसलाई त्यहाँबाबट बाहिर आऊँ कि नगाऊँ भयो । उसले केही निर्णय गर्न सकेन । उसको पाइला अगाडि बढेन । ऊ बरण्डातिर गयो । उसले बाहिर हे¥यो । अहिले फेरि पानी पर्न सुरु भएको छ । अघि पानी थामेर घाम पनि लागिसकेको थियो । यो असार–श्रावण महिना भनेकै वर्षातको महिना हो । ऊ आपूmदेखि आफै छक्क प¥यो । पार्वती एकछिन रोक्नुस् दाइ भन्ने बित्तिक्कै उसको पाइला किन रोकियो ? पार्वती उसको को हो ? कति दिनदेखिको चिनजान हो र ?
करिव दश मिनेट पछि पार्वती निन्याउरो मुख लगाएर कोठाबाट निस्किइन् । उनको आँखा यताउता घुम्न थाल्यो । सायद विक्रमलाई खोजेको होलिन् । विक्रमलाई बरण्डामा देखेपछि उनी उतैतिर लागिन् ।
“के भयो ?” विक्रमले उत्सुकतासाथ सोध्यो ।
“के हुने नि दाइ ! हामी बाहिर जिल्लाका मानिसहरूले काठमाडौंमा जागिर पाउन गाह्रै रहेछ ।”
“किन निराश भएकी ? के भयो भन न !”
“यहाँ नोकरी पाउनको लागि धन जमानी या व्यक्ति जमानी चाहिन्छ रे । यहाँ मेरो त आफ्नो मान्छे कोही छैन । भिनाजु एकजना हुनुहुन्छ । उहाँ पनि ठूलो मान्छे होइन । एकजना फ्याक्टरी मजदुरको व्यक्तिगत जमानी के मान्ला ? तपाईको के भयो ?”
“मलाई पनि त्यस्तै भनेको छ । यदि कोही जमानी बसीदिने मान्छे भए अर्को हप्ता आजकै दिन आउनु भनेको छ ।”
“कसले जमानी बसीदिन्छ होला ? जमानी बसीदिने मान्छे छ ?”
“घरपतिबासँग कुरा गरेर हेर्छु । उहाँले मान्नु भयो भने अर्को हप्ता आउँला नभए अर्कै काम खोजूँला ।”
“म त अब गाउँ नफर्की नहुने भयो । यहीं काम गरेर बस्ने मेरो सपना पुरा नहुने भयो ।” पार्वतीले लामो सुस्केरा हालेर निराश भावमा भनिन् ।
“किन निराश हुनुभएको ? एक हप्ता पर्खनोस् । मेरो घरपति बाले जमानी बसीदिन्छु भन्नुभयो भने हामी मिलेर काम गरुँला ।” विक्रमले प्याच्च भन्यो ।
विक्रमको कुरा सुनेर पार्वती छक्क परिन् । आज पहिलो दिन प्रथम पटक भेट भएको, एकचोटि कुराकानी हुँदैमा यति नजिक भएको छ । एक हप्ता पर्खिन भन्दैछ । विक्रमको कुरा उनलाई सपना हो कि विपनाजस्तो लागिरहेको छ । उनको निराश भइसकेको मनमा आशाको किरण ल्याई दियो । उनले शंका निवारण गर्न सोधिन, “घरपति बाले जमानी दिनुहुन्छ भन्ने तपाईंलाई पक्का विश्वास छ ?”
“शत प्रतिशत त होइन । नब्बे पतिशत विश्वास छ । मलाई तपाईंको सम्पर्र्क नम्बर दिनोस ।”
“सम्पर्क नम्बर किन ? मेरो आफ्न मोबाईल छ नि । खोई तपाईंको मोबाईल दिनोस ।” भन्दै पार्वतीले विक्रमको मोबाईल लिएर आफ्नो नम्बर डायल गरिन् । आफ्नो मोबाईल बजेपछि उनले कट गर्दै भनिन्, “ल अब नम्बर सेभ गर्नोस् ।”
दुबैजनासँगै तल ओर्ले । बाहिर पानी परिरहेकै थियो । विक्रमसँग छाता थिएन । पार्वतीसँग छाता थियो । बस चढ्न विक्रम बाटोको पारी जानुपर्दथ्यो । पार्वतीले उसलाई आफ्नो छातामा राखेर बसस्टप पु¥याउन गइन् अर्थात दुवैजना एउटै छातामा नारिएर आए । एउटै छातामा आउँदा दुवैजनाको शरीरको स्पर्श भयो । विक्रमको शरीरमा नयाँ किसिमको तरंग तरंगितभ यो । उसलाई रमाइलो लाग्यो । पार्वतीको मुहार रात भयो । विक्रमलाई पार्वतीसँग छुट्टिन मन लागिरहेको थिएन ।
“पार्वती, पानी परिरहेको छ । एक–एक कप चिया पिउँन जाउँ ।” विक्रमले प्रस्ताव राख्यो ।
“चिया पिउन मसँग पैसा छैन । चियाको पैसा तिरें भने पैदलै कोठामा जानु पर्नेछ ।” पार्वतलिे नढाँटीकन आफ्नो बाध्यता पोखिन् ।
उनको यो स्पष्टवादिता विक्रमलाई मन प¥यो । उसले पार्वतीलार्य ढाडस दिंदै भन्यो, चिया खान मैले निमन्त्रण् दिएको हुँ । म पैसा तिरी हाल्छु नि । जाउँ ।”
दुबैजना एउटा मिठाई पसलमा गए । विक्रमले समोसा र चिया अर्डर दियो । दुबैजना कुमकुम जोडेर बसे ।
“तपाईंको घरपति बाले जमानी दिनुहुन्छ होला ?” पार्वतीले फेरि सोधिन् ।
“मलाई पुरा विश्वास छ घरपतिबाले विश्वास गर्नु हुनेछ । मेरो लागि अवश्य जमानी बसी दिनु हुनेछ ।” विक्रमले दृढ निश्चयका साथ भन्यो ।
उसको कुरा सुनेर पार्वतीको मुहार उज्यालो भयो । मुखमा हालेको समोसा निलेर पार्वतीले सोधिन्, “हिजो अस्ति तपाई के काम गर्नुहुन्थ्यो ?”
“के गर्ने नि ? ज्यामी काम गर्थे । घर बनाउने ठाउँमा ईट्टा, वालुवा, सिमेन्ट बोक्ने, सिमेन्ट घोल्ने काम गर्थें । त्यो काम पनि सँधै पाउने होइन । त्यसैले त नोकरी खोज्दै हिंडेको ।” विक्रमले आफ्नो कुरा भनेर पार्वतीसँग सोध्यो, “तपाईं के काम गर्नुहुन्थ्यो नि ?”
“खानपिनको लागि दिदी भिनाजुले दिनुहुन्थ्यो । फर्माइसी खर्चको लागि एक पैसा हुँदैनथ्यो । दिदी सुत्केरी भएपछि त भिनाजुलाई ऋण लागेछ । त्यसैले म पनि त्यहीं नजिक घर बनाइरहेको ठाउँमा काम गर्न गएँ । त्यहिं काम गरेर यो मोबाईल किनेको थिएँ । ज्यामी काम राम्रो भए पनि हामीजस्ता तरुनी केटीहरूलाई नाईके र डकर्मीहरूले नराम्रो आँखाले हेर्दा रहेछन् । मसँगै काम गर्ने अर्की केटीलाई त डकर्मीले खेलौना बनाइ सक्यो । एक महिनापछि त्यो घर बनाउन सकेपछि मिस्त्रीले अर्को ठाउँमा काम गर्न बोलाउनु भएको थियो । दुई दिन गएँ । काम गने ठाउँ टाढा भमएकोले गइनँ ।”
उनीहरु निकैबेर कुराकानी गरिरहेको देखेर होटलका केटाले छिन छिनमा अरु के ल्याउँ भनेर सोध्न आइरह्यो । त्यसको अर्थ विक्रमले बुझ्यो । उसले पैसा तिररे बाहिर आए । बाहिर पानी पर्न बन्द भइसकेको थियो ।
“कीर्तिपुर ! कीर्तिपुर !!” एउटा हाइस गाडीको खलासी कराइरह्यो ।
“ल त बहिनी, अब घरतिर लागुँ ।” यति भनि विक्रम हाइसमा बस्न गयो ।
दोबाटोमा उभिएर पार्वतीले विक्रमलाई हात हल्लाएर विदाई गरिन् । विक्रमको बस गुडेपछि मात्र पार्वती बाटो काटेर पश्चिमतिर लागिन् ।
साँझ छ बजेतिर विक्रम घरपति बा भेट्न गयो । सूर्यमान कोठामा बसेर पत्रिका पढिरहेको थियो ।
“नमस्कार बा ।” विक्रमले उसलाई नमस्कार ग¥यो ।
“आजको अन्तर्वार्ता के भयो ?” सूर्यमानले सोध्यो ।
“अन्तर्वार्ता त दिएर आएँ । काम पनि पाउँलाजस्तो छ । तर एउटा सर्त राखेको छ ।”
“कस्तो सर्त ?”
“त्यहाँ काम पाउन व्यक्ति जमानी या धितो जमानी राख्नु पर्छ रे ।”
“किन ?” आश्चर्यचकित भएर सूर्यमानले सोध्यो ।
“त्यहाँ काम गर्नु भनेको सामान पसल पसल गएर बेच्नु हो । त्यसरी सामान बेच्दा हजारौं लाखौं रुपैयाँको सामान उधारो दिनुपर्छ । मैले पैसा उठाएर भाग्यो भने के गर्ने रे ?” विक्रमले निराशभावमा भन्यो, “मजस्तो सुकुमवासी मान्छेले के जमानी दिने ?”
“अनि तलब कति दिने भनेको छ ?”
“महिनाको दश हजार रुपैयाँ तलब, जति सामान बेच्यो त्यसको एक प्रतिशत कमिशन दिने रे ।”
“तिमीलाई सामान बेच्ने आँट छ ?”
“आँट त छ तर अनुभव छैन ।”
“अब कहिले बोलाएको छ ?”
“यदि धितो या व्यक्ति जमानी दिने हो भने अर्को हप्ता सोमबार आउनु भनेको छ ।”
“तिमीले आफ्नो बिगतको बारे अरु कसैलाई बताएको त छैन नि ?”
“छैन”
“तिमी आफ्नो खुट्टामा नउभिएसम्म कसैलाई नभन्नु । यो धेरै राम्रो काम हो । यो एउटा व्यापार नै भने पनि हुन्छ । यस्तो मौका चुकाउनु हुँदैन । साहुले जे जमानी माग्छ म दिन्छु । एक हप्तासम्ममा तिमीले कीर्तिपुर क्षेत्रको पसलहरुको तथ्यांक संकलन गर । अर्को हप्ता तिमीसँगै म पनि कम्पनीमा जान्छु ।”
“हुन्छ बा । भोलिदेखि नै म यो काम थाल्छु ।”
“यो तिम्रो जिन्दगीको ठूलो परीक्षा हुनेछ । यस परीक्षामा सफल भयौं भने तिम्रो जिन्दगी बन्छ ।” सूर्यमानले सम्झाउन थाल्यो, “कुनै पनि काम गर्दा इमान्दारीता, लगनशीलता, मेहेनत र मानिस चिन्ने क्षमता हुनुपर्छ । काम, क्रोध, लोभ, मोह र अहकारबाट मुक्त हुनुपर्छ ।”
सूर्यमानकहाँ निकैबेर बसेर विक्रम आफ्नो कोठामा आयो । खाना बनाई खाएर ऊ सुत्यो ।
दुई
विहान सवेरै विक्रमको आँखा खुल्यो । ऊ नित्यकर्म गरेर बाहिर घुम्न निस्कियो । यो उसको दैनिक तालिका थियो । फुर्सदको बेला उसले लामो बाटो पहिल्याउँछ भने काम भएको बेला चाँडै फर्कन्छ । आज विक्रम लामो बाटो घुमेन र फर्कंदा बजारबाट तरकारी पनि किनेर ल्यायो । आज उसको मन स्थिर थिएन ।
विक्रम घरमा आएर खाना बनायो । आठ बजेसम्म खाना पाक्यो । अहिलेदेखि खाना खाएर के गर्ने ? दिउँसो चाँडै भोक लाग्छ । बिहान किराना पसलहरूमा भीड हुन्छ । दश बजेपछि मात्र अलि होला हुन्छ । पसलमा ग्राहक आइरहेको बेला पसलेले ऊसित कुरा गर्न गाह्रो मान्छ । एक हप्ता समय छँदैछ ।
सूर्यमानसित हिजो बेलुका कुरा भएदेखि उसको मन हर्षित थियो । उसले चाहिने जति मद्दत दिन्छु भनेको थियो । आफै प्रदिप साहुकहाँ आएर कुरा गर्छु भनेको थियो । सूर्यमानले कुरा गरेपछि उसको जागिर पक्का हुनेछ । सूर्यमान अनुभवी मान्छे हो, नहुने काम गर्न भन्दैन । त्यसैले ऊ धेरै खुशी भएको थियो । उसको यो खुशी बाँडन उसले मनमनै साथी खोज्यो । उसले पार्वतीलाई सम्झ्यो । उनलाई भोलि विहान फोन गरुँला भनेको पनि थियो । उसले पार्वतीको नम्बर डायल ग¥यो ।
“हेलो नमस्कार विक्रम दाइ ।” पार्वतीको सुरिलो आवाज आयो ।
“ओहो ! मैले हेलो भनेको छैन । मै हुँ भनेर कसरी थाहा पायौं ?”
“आफ्नो मान्छेको नम्बर सेभ गरिराखेपछि थाहा पाउँदैन ? चिया खानु भयो ?”
“भात खाने बेला भइसक्यो । तिम्रो स्मरणशक्तिको ठेली त निकै तेजिलो छ नि ? के गर्दैछौ ?”
“के गर्ने नि । केटी मान्छेको काम चुल्हो चौक ागर्ने त हो नि । अहिले एकछिनमा तपाईंको फोन नआएको भए म आफै फोन गर्थें ।”
“हो र ? त्यस्तो विघ्न मलाई सम्झेकी ?”
“अँ, भन्नुस तपाईंको घरपति बाले सहयोग गर्ने भयो ?”
“अँ, कम्पनीले चाहेको जमानी या धरौटी दिन राजी हुनुभएको छ । आज कीर्तिपुर क्षेत्रको पसलहरुको तथ्यांङ्क सङ्कलन गर्न जाँदैछु ।”
“तथ्याङ्क लिएर के गर्नु हुन्छ ?”
“एकदिन, एकहप्ता र महिनामा कति सामान विक्री हुन्छ हिसाव निकाल्नु पर्छ । त्यही अनुपातमा कम्पनीसँग
सम्झौता गर्ने ।”
“शुभकामना, सफलताको लागि । आफ्नो त के गर्ने त्यसरी मद्दत गर्ने कोही छैन ।”
“ल तिमीले पनि कहिलेकहीं फोन गर न ।”
“गरिहाल्छु नि । बरु साहुजी भएपछि फोन उठाउन फुर्सद हुन्छ कि हुँदैन ?”
“हेरुँ न पहिले कसले फोन गर्छ ।” यति भनी विक्रमले फोन राख्यो ।
विक्रम खाना खाएर एउटा कापी र कलम लिएर बाहिर गयो । ऊ पसल पसलमा गएर पसलको नाम नभए साहुको नाम र टेलिफोन नम्बर लेख्न थाल्यो । कति जनाले किन नाम चाहियो भनेर हतपती नामै बताएन । कति जनाले कर कार्यालयबाट कर उठाउन आएको हो कि भनेर शङ्काको दृष्टिले हे¥यो । सबैसँग शिष्टताका साथ आपूm आउनुको कारण सामान बेच्नको लागि मात्र आएको भन्ने विश्वास दिलायो । कुन सामान बढी विक्री हुन्छ भनेर सोधेर लेख्दै गयो । अहिले कुन सामान चाहिन्छ भनेर सोध्दा सबै सामान छ । हप्ता दुई हप्ता पछि चाहिन्छ होला भन्यो । पुरानो डिलरले आफ्नो सामानको स्टक सिध्याउन उधारोमा नै भनेजति सामान छाडेर गएका रहेछन ।
उसले चार दिनसम्म विभिन्न ठाउँमा गए पसलहरूको तथ्यांङ्क सङ्कलन ग¥यो । कतिपय ठाउँमा पुरानो डिलरको मानिस पुगेकै थिएन । उनीहरूले आपूmलाई चाहिने सामान बजारबाटै किनेर ल्याउँथे । उनीहरूले त अहिल्यै सामान ल्याउन अर्डर दिए ।
पांचौ दिन विक्रमले सतुङ्गल र थानकोटसम्म घुम्ने बिचार ग¥यो । आपूm सतुङ्गल जाने विचार आउने बित्तिक्कै पार्वतीलाई सम्झ्यो । तुरुन्तै उनको नम्बर डायल ग¥यो ।
“नमस्कार ! सञ्चै हुनुहुन्छ ? के छ हालखबर ?” पार्वतीले प्रश्नै प्रश्न गरिन् ।
“हालखबर त ठिकै छ । मैले कीर्तिपुर क्षेत्रको तथ्याङ्क लिइसकें । तिमीले. सतुङ्गलतिरको तथ्यांङ्क लियौं ?”
“लिएको छैन । तथ्याङ्क लिएर के गर्ने ? आपूmले सामान बेच्न पाउने होइन ।”
“अनि तिमीले मलाई किन फोन नगरेको ?”
“मेरो मोबाईलमा ब्यालेन्स नै छैन ।”
“म आज उता घुम्न आउने विचार गरेको छु । मसँग घुम्ने हो ? तिमीलाई फुर्सद छ ?”
“तपाईंले भन्नु भएपछि फुर्सद निकाल्नै प¥यो नि । भन्नुस कहाँ भेट्ने ?”
“नैकापको मेनरोडमा बसिरहनु म आउँछु ।”
“छिटो आउनुस् ।” पार्वतीले खुशी हुँदै भनिन् ।
“खाना खाएर एक घण्टा पछि आउँछु ।” विक्रमले फोन राख्यो ।
विक्रमले खाना खायो ।लुगा लगाएर एउटा कामप् र कलम लिएर कीर्तिपुरको दीखुतिर लाग्यो । दीखु भएर वीष्णुदेवी मन्दिर हुँदै पैदलै नैकाप गयो । ऊ नैकाप वारी डाँडामा पुग्दा नैकाप पारी मेनरोडमा पार्वती उभिरहेकी देख्यो । उनको आँखा बारम्बार कलङ्कीतिर गइरहेको थियो । सायद विक्रम बसबाट आउँछ भनेर उनले ठानेकी होलिन् । विक्रमलाई पार्वतीसँग जिस्किन मन लाग्यो । उसले पार्वतीलाई फोन ग¥यो ।
“हेलो कहाँ पुग्नुभयो ?”
“सरी पारु, आज म आउन नसक्ने भएँ ।”
“किन के काम आइप¥यो ?”
“एउटा इमरजेन्सी काम आइप¥यो ।”
“नाईं, कतिबेर भइसक्यो नैकापको मूल बाटोमा पर्खिरहेको । छिटो आउनुस ।”
“सरी पारु, अरु कुनै दिन घुमूँला ।”
“तपाईंको इच्छा । मैले तपाईंलाई घुमाउन सक्ने होइन, बाइ ।” यति भनि पार्वतीले फोन बन्द गरिन् । उनको स्वरमा निराश भाव झल्किएको थियो ।
विक्रमले फेरि पार्वतीलाई फोन ग¥यो ।
“के हो ? आज त खूब फोन गर्दै हुनुहुन्छ नि ।” पार्वतीले रिसाएकोजस्तो गरी सोधिन, “तपाईंको इमरजेन्सी काम सकियो ?”
“मैंयासाहेबको इच्छ पूरा गर्न इमरजेन्सी काम छाडेर आएँ । तिम्रो सिधा कीर्तिपुरतिरको डाँडामा हेर त ।” विक्रमले आरोलो लाग्दै भन्यो ।
पार्वतीले बाटोको पारीतिर डाँडामा हेरिन् । ओरालो लागिरहेको विक्रमलाई देखिन् । विक्रमले मजाक गरेको भनेर थाहा पाइन् । उनी मोबाईल बन्द गरेर बाटो कट्दै पारीतिर लागिन् । “कुईइया” एउटा ट्रकले जोडले ब्रेक समात्यो । पार्वती झस्किएर हुत्तिएर विक्रमतिर दौडिन् । ट्र ड्राइभरले ब्रेक नसमातेको भए पार्वती धूलोपिठो बनाउँथ्यो । आत्तिएर हुत्तिएर आएकी पार्वतीलाई विक्रमले च्याप्प समात्यो । पार्वतीले उसलाई अङ्गालो मारिन् । विक्रमले पनि अङ्गालो मा¥यो ।
“बाटो काट्न पनि आउँदैन कि क्या हो ? पाखे ।” ड्राइभरले मुख छाडेर गयो ।
बाटोमा हिंडिरहेका सबैको आँखा उनीहरूतिर तानिए । विक्रम लाजले भुत्तुक्कै भयो । उसले पार्वतीलाई आपूmबाट अलग्यायो ।
उनीहरू दुबैजना पैदलै सतुङ्गलतिर लाग्यो । विक्रमलाई आपूm किन आएको भन्ने नै विर्सेजस्तो भयो । दुवैजना मौन फटाफट अगाडि लम्किरहें । सतुङ्गलको पुल तरेर अलिकति उकालो गएपछि पार्वतीले एउटा ठूलो घर देखाएर भनिन् “यो घरको पछाडि मेरो डेरा छ । मेरो डेरामा जाऊँ न ।”
विक्रम यन्त्रवत् रुपमा पार्वतीको पछि लाग्यो । एउटा ठूलो घरको पर्खालको छेउमा एउटा चारफुटे बाटो थियो । त्यो बाटोमा मुस्किलले एउटा मोटरसाईकल छिर्छ होला । त्यो ठूलो घरको ठीक पछाडि नै एउटा तीनतल्ले घर थियो । त्यो घरको भुई.तल्लामा पार्वतीको डेरा रहेछ ।
घरभित्र छिर्ने बित्तिक्कै पूर्वतिरको एउटा कोठामा पार्वतीले विक्रमलाई लगिन् । पार्वतीको कोठा त्यही रहेछ । ढोकाको छेउमै पार्वतीको लुगाहरू भुन्ड्याई राखेको थियो । त्यो सुत्ने कोठा हो कि भान्सा कोठा हो भन्नै गा¥हो थियो। त्यो कोठाको एकातिर एउटा सिंगल बेडको खाट राखेको थियो । त्यसमा एउटा पातलो विछ्यौना राखिएको थियो । एउटा सस्तो खाले तन्नाले त्यो विछ्यौनालाई छोपिराखेको थियो । अर्कोतिर एउटा सानो किचेन टेबुल थियो । विक्रम ठीङ्ग उभिएर कोठाको निरीक्षण गरिरह्यो । पार्वतीले उसलाई खाटमा बस्न भनिन् ।
पार्वतीले उनको दिदी दुर्गालाई बोलाएर ल्याइन् । बच्चा च्यापेर दुर्गा कोठामा आइन् । उनले बच्चा समेत उचालेर विक्रमलाई नमस्कार गरिन् । विक्रमले पनि औपचारिकतावस दुर्गालाई नमस्कार ग¥यो ।
“दिदी, उहाँ विक्रम दाइ, अस्ति कालीमाटीमा अन्तर्वार्ता दिन जाँदा चिनजान भएको थियो । उहाँ नवलपरासी जिल्लाको हुनुहुन्छ । अहिले कीर्तिपुरमा कोठा लिएर बसिरहनु भएको छ ।” पार्वतीले फटाफट विक्रमको परिचय दिंदै भनिन्, “उहाँको घरपति बा कति दयालु हुनुहुँदो रहेछ । उहाँको लागि जे जमानी दिन पनि तयार हुनुभएको छ रे ।”
“उहाँको घरपति बा नेवार हुनुहुन्छ होला ।”दुर्गाले भनिन् ।
“हो” विक्रमले जवाफ दियो ।
पार्वतीले स्टोभ बाल्न हावा भर्न लागिन् ।
“स्टोभ बाल्नु पर्दैन ।पहिले जुन कामको लागि आएको हो त्यो काम गरुँ तिम्रो कोठा देखी हालें । दिदीसँग पनि परिचय भइहाल्यो । भोलिपर्सि कुनै दिन फेरि आउँला ।” विक्रमले भन्यो ।
पार्वतीले स्टोभको हावा खुस्काइन । वास्तवमा उनले स्टोभ बाल्ने बहाना मात्र कहिल्यै गरेकी थिइन । उनीहरूसँग चिया पकाउने साधन नै थिएन । उनीहरू कहिल्यै चिया खाँदैनन् थिए । चियाको लागि खर्च गर्ने उनीहरूको क्षमता नै थिएन ।
विक्रम पार्वतीलाई लिएर बाहिर निस्क्यो । दुबैजना पसल पसलमा घुमेर पसलको नाम र टेलिफोन नम्बर टिप्दै गए । सतुङ्गलको भित्री बस्तीमा समेत गएर सम्पर्क राखे । त्यसपछि बलम्बु हुँदै थानकोटसम्म घुम्दा साँझ भयो । दुबैजना थानकोटको एउटा खाजा पसलमा गएर खाजा खाए ।
हिंड्दा हिड्दै विक्रमलाई थकाई लाग्यो । ऊ बसमा फर्कन चाहन्थ्यो । पार्वती भने गफ गर्दै हिंडेर जाने भन्न थालिन । विक्रमसँग गफ गर्दै हिंड्दा पार्वतीलाई रमाइलो लाग्थ्यो । विक्रमलाई पनि रमाइलै लागिरहेको थियो । पार्वतीले चाहेजस्तै हिंडेरै आए। पार्वतीले आफ्नो गाउँको कुरा, साथीहरूको कुरा सुनाउँदै आइन् । पार्वतीलाई सतुङ्गलमा छाडेर विक्रम कीर्तिपुरमा आयो ।
कम्पनीले बोलाएको दिन सूर्यमानलाई लिएर विक्रम कम्पनीमा गयो ।अफिसमा पुग्ने बित्तिक्कैै विक्रमले पालेलाई आपूm आउनाको कारण बतायो । पालेले भित्र साहुकहाँ खवर दियो । पालेले उनीहरूलाई भित्र जान दिए ।
“नमस्कार सर, म विक्रम चौधरी । १० नं.क्षेत्रमा सामान बेचूँ भनेर आएको ।”
“व्यक्ति जमानी लिएर आएको कि धितो जमानी लिएर आएको ?”प्रदीपमानले सोध्यो ।
“बालाई लिएर आएको छु । उहाँसँग कुरा गर्नुहोस् ।”
“तपाईंको परिचय पाउँ ।” प्रदीपले सूर्यमानतिर हेरेर भन्यो ।
“म सूर्यमान, घर कीर्तिपुर । पहिले म पनि व्यापारी नै थिएँ । हाल समाज सेवा गर्दैछु ।”
“यो भाइ तपाईंको को हो ?”
“भौतिक नातामा ऊ मेरो कोही पनि होइन ।भावनात्मक रुपमा ऊ मेरो सबैथोक हुन् । मैले नजन्माएको छोरो हो । उसमा एकजना असल मानिसमा हुनुपर्ने गुण देखेको छु । त्यसैले उसलाई सहयोग गर्न तयार भएको हुँ ।” सूर्यमानले स्पष्टीकरण दिए झै भन्यो ।
“तपाईंसँग भेट्न पाएर म धेरै खुशी भएको छु । तपाईंले पनि व्यापार गर्नुभएको छ भने व्यापारको नीति नियम सम्झाउन सजिलो होला । हाम्रो व्यापार भनेको एउटा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामानहरूको व्यापार प्रवद्र्धन गर्ने हो । त्यसको लागि हामीलाई सेल्समैन र सेल्सगर्लहरूको जरुरत परेको थियो । हामी गाडीमा सामान राखेर पठाई दिन्छौं । दिनभरी सामान विक्री गरेर आएको रुपैयाँ साँझ अफिसमा बुझाउने हो । सामान सँधै नगदमा मात्र विक्री हुन्छ भन्ने छैन । उधारो पनि दिनुपर्ला । त्यो अवस्थामा रुपैयाँ उठाएर पनि उठेको छैन भनेर खाइदिन सक्छ । त्यसैले हामीले ग्यारेन्टी मागेका हौ ।”
“अनि तलब कसरी दिनुहुन्छ ?” सूर्यमानले जिज्ञासा राख्यो ।
“अहिलेको लागि मासिक तलब दश हजार रुपैयाँ र कमिसन सामान विक्रीको एक प्रतिशत दिनेछौं ।”
“अनि हामीले आफ्नै गाडी प्रयोग ग¥यौं भने कति भाडा दिनुहुन्छ ?”
“तपाईंसँग गाडी छ ?”
“उसोभए राम्र्रै भयो । मैले गाडी व्यवस्था गर्नु परेन । गाडी चलेको किलोमिटरको हिसाबले तेल खर्च दिन्छु । गाडी भाडादिनको एक हजार पाँच सयको दरले दिन्छु ।”
“अनि तपाईंको विक्री लक्ष्य कति हो ? लक्ष्य पूरा भयो भने बोनस कति दिनुहुन्छ ?”
“विक्री लक्ष्य त सबै क्षेत्रमा गरेर एक अरब रुपैयाँको छ । बोनसको सवालमा लक्ष्य पूरा गर्नेलाई खूद नाफाको आठ प्रतिशत दिन्छु । यो सर्त तपाईंलाई मञ्जूर छ ?”
“मञ्जूर छ । हामी कीर्तिपुरका बासिन्दा हौ । काठमाडौंको दश नम्बर क्षेत्र हामी लिन्छौं । हाम्रै गाडीले सामान लैजान्छौं । अब भन्नुस कुन बैंकको कति रुपैयाँको ग्यारेन्टी दिउँ या घरजग्गा धित्तो राखूँ ?”
“दश नम्बर क्षेत्र पूरा लिनुहुन्छ भने एभरेष्ट बैंकमा तीस लाख रुपैयाँको बैंक ग्यारेन्टी ल्याउनुस् । अनि हामी सम्झौता गरौंला ।”
“कहिलेसम्म ल्याउनु पर्ने ?” सूर्यमानले उत्सुक भएर सोध्यो ।
“एक हप्ताभित्र जहिले बैंक ग्यारेन्टी ल्याउनुहुन्छ सामान दिएर पठाउँछु ।”
“धन्यवाद, अहिले हामी जान्छौं । छिट्टै भेट्न आउँछु ।” सूर्यमानले भन्यो ।
विक्रम र सूर्यमान बसबाट घर फर्के । बाटोभरि सूर्यमानले विक्रमलाई व्यापार सम्बन्धी ज्ञान दिंदै आयो । व्यापारमा पैसालाई भन्दा विश्वास र इमान्दारीतालाई प्राथमिकता दिनुपर्छ । मेहेनत पनि गर्नु पर्छ । विक्रमले टाउको हल्लाई मौन स्वीकृति दियो ।
सूर्यमानले एभरेष्ट बैंक कीर्तिपुरबाट आफ्नो कारोबार गरिरहेको थियो । उसको मुद्दती, बचत खाता सबै त्यही बैंकमा थियो । एकैदिनमा बैंकले बैंक ग्यारेन्टी कागज बनाई दियो ।
बैंक ग्यारेन्टी कागज लिएर विक्रम र सूर्यमान प्रदिप साहुकहाँ गए । सम्झौता पत्र तयार गरेर प्रदीप साहुले र विक्रमले सम्झौता पत्रमा सहि ग¥यो । कम्पनीको तर्फबाट साछीमा मैनेजरले सही ग¥यो । विक्रमको तर्फबाट सूर्यमानले सहि ग¥यो ।
त्यसपछि स्टोरबाट सामान लैजाँदा कसरी हिसाब राख्ने, सामान फिर्ता बुझाउँदा कसरी बुझाउने, बिल कसरी काट्ने सबै कुरा मैनेजरले विक्रमलाई सिकायो ।
विक्रम र सूर्यमान दुबैजना घर आए । सूर्यमानले पनि विक्रमलाई हिसाव किताव राख्ने तरिका सिकायो ।
सूर्यमानले आफ्नो टाटा मोबाईल गाडीलाई ताला लगाउन मिल्ने गरी बन्द डिब्बा जस्तो बनाई दियो ।
विक्रमलाई यी सबै घटना सपना हो कि विपनाजस्तो लागिरहेको थियो ।
तीन
जिन्दगीमा विक्रमले राम्रो कामको सुरुवात गर्न लागेको आज पहिलो दिन अर्थात् कम्पनीको सामान ल्याएर बिक्री गर्ने पहिलो दिन । हिजो नै सूर्यमानले गाडीको ड्राइभरलाई छिटो खाना खाएर आउनु भनेको थियो ।
सामान बेच्न जान विक्रमलाई साथी चाहियो । को साथी राख्ने ? उसले पार्वतीलाई सम्झ्यो । पार्वतीलार्य काममा राख्छु भनेको थियो । उसले पार्वतीलाई फोन ग¥यो ।
“नमस्कार दाइ ! आज त विहानै सम्झनु भयो ।”
“तिमीजस्तो निष्ठूरी होइन म बुझ्यौं ?”
“ममात्र कहाँ निष्ठूरी हूँ र ? हरेक पल तपाईंलाई सम्झिरहन्छु । तपाईंसँग घण्टौ घण्टा फोनमा कुरा गरिरहाजस्तो लाग्छ । तर के गर्ने ? मोबाईलमा रिचार्ज गर्न पनि सक्नु प¥यो ।”
“रिचार्ज नै गर्न नसक्ने मान्छेले मोबाईल किन राख्नु प¥यो ? फालिदेउ ।”
“फालूँजस्तो लागेको थियो । यो मोबाईल फालेको भए अहिले तपाईंको मीठो बोली सुन्न पाउँथें म ? भन्नुस के काम प¥यो ?”
“काम परेर मात्र फोन गर्ने हो र ? तिम्रो हालखबर बुझ्न फोन गरेको नि । के छ तिम्रो हालखबर ?”
“कुनै हाल नभएको मान्छेको के खवर हुन्छ ? बाँचेकी छु भन्न आपूmलाई मन पर्दैन । मरेको छु भन्दा अरुले विश्वासै गर्दैन ।”
रर“यस्तो कलकलाउँदो जवानीमा मर्ने कुरा गरेर जिउने कहिले ?”
“कसैको लागि उपयोग नै नहुने जवानी के काम ? न कोही माली छ, न कोही भमरा छ ।”
“ल भइगो भेटेर कुरा गरुँला । आज तिमीलाई फुर्सद छ ?”
“कुनै काम नभएको मानिसलाई फुर्सदै फुर्सद त हो नि ।”
“आज मसँग घुम्ने हो ?”
“आज मात्र किन ? जिन्दगीभर घुमाउने भने पनि घुम्छु ।”
“कहाँ घुम्न चाहन्छौं भन ।”
“हिमाल, पहाड, तराई मरुभूमि तपाईंले जहाँ लगे पनि जान्छु ।”
“किन म तिम्र्रो को हूँ ? मदेखि डर लाग्दैन ?
“तपाईं मेरो को हो मलाई थाहा छैन । तपाईं जो भए पनि मलाई तपाईंदेखि डर लाग्दैन ।”
“धन्यवाद, आज म कम्पनीमा सामान उठाउन जाँदैछु । मैले काठमाडौं जिल्लाको दश नम्बर क्षेत्रमा सामान बेच्ने अधिकार पाएको छु । त्यो भनेको थानकोटदेखि दक्षिणकालीसम्मको हो । तिमीले मलाई साथ दिने हो ?”
“अघि नै भनिसकें नि । तपाईंले जे भन्नुहुन्छ म मान्छु भनेर ।”
“साढे दश बजेसम्म कम्पनीको अफिस कालीमाटीमा आउनु ।”
“काम पाउनु भएकोमा बधाई छ ।”
“धन्यवाद, बाई ।” भन्दै विक्रमले मोबाईल बन्द ग¥यो ।
समयमै खाना खाएर विक्रम सूर्यमानलाई भेट्न गयो । सूर्यमानको कोठामा हर्के डाइभर बसिरहेको थियो । विक्रम पनि नजिक बस्न गयो ।
“हेर हर्के, तिम्रो काम गाडी चलाउनु मात्र होइन । सामानको रेखदेख गर्नु पनि हो । विक्रम सामान लिएर पसलमा जाने बेला तिमी गाडीमा बसेर सामान हेरिरहनु । सामान हरायो भने तिम्रो पनि जिम्मेवारी हुनेछ । विक्रमसँग घुमे वापत तिमीले दिउँसो खाजा खान पाउनेछौ । मैले दिएको तलब बाहेक पनि विक्रमले थप रुपैया दिनेछ ।” सूर्यमानले दुवैजनालाई सम्झाउन थाल्यो, “विक्रम आज तिम्रो व्यापारको पहिलो दिन हो । होशियारपूर्वक काम गर्नु । सामान लिंदा राम्ररी गनेर लिने, फिर्ता दिंदा पनि राम्ररी गनेर दिनु । व्यापारको मेरुदण्ड भनेको विश्वास हो चाहे ग्राहकको होस वा साहुको । आज एक दिन कहीं पनि उधारो नदिनु । पसलेहरुसँग परिचय भएपछि उनीहरुको व्यवहार हेरेर मात्र उधारो दिनुपरे भोलिदेखि मात्र दिने । हरेक हप्ता तिमीले मलाई हिसाब दिनुपर्छ ।”
विक्रम र हर्क गाडी लिएर काठमाडौं गए। उनीहरु कम्पनीमा पुग्दा पार्वती ढोकानिर बसिरहेकी थिइन् ।विक्रम र पार्वती माथि अफिसमा गए । प्रदीप साहु पनि आइसकेका रहेछन । विक्रमले पदीपलाई आपूm आउनाको कारण बतायो । प्रदीपले मैनेजरसँग गोदाममा गएर सामान उठाउन भन्यो ।
मैनेजरसँग गोदाममा जाँदा अरु कसैले पनि सामान उठाउन आएको थिएन । अरुले सम्झौता पनि गरेको पनि छैन भन्ने थाहा पायो । विक्रमको गाडी नै सामान लैजाने पहिलो गाडी भयो । गोदामबाट जति सामान बाहिर आयो विक्रमले एउटा कागजमा टिप्यो । पार्वतीले गाडीमा राखेको सामान टिपेर एउटा लिस्ट राख्यो । सामान लोड गरि सकेपछि तीनैजनाको लिस्ट भेरिफाई गरेर हेरे । लिस्ट मिलेपछि गाडी बाहिर ल्याए ।
उनीहरुले आज पहिलो दिन सतुङगलदेखि सामान बिक्री गर्ने बिचारले गाडी कलंकीबाट पश्चिमतिर लागे । प्रत्येक किराना पसल र कस्मेटिक पसलहरुको अगाडि गाडी रोक्दै हातमा केही सामान लिएर गए ।
“साहुजी अबदेखि यो कम्पनीको यी सामानहरु बेच्ने अधिकार हामीले पाएका छौं । तपाईंलाई के के सामान दिउँ ?” विक्रमले शिष्टतापूर्वक सोध्यो ।
“तपाईंले कतिको सामान उधारो दिनुहुन्छ ।” एकजना पसलेले सोध्यो ।
“आजदेखि मात्र सामान बेच्न थालेको छु । आज जति चाहिन्छ त्यतिमात्र लिनुस् तर नगद दिनुस् । एक दुई हप्ता काम गरिसकेपछि उधारो पनि दिउँला । आज राम्रो बोहनी गराई दिनुहोला ।”
पसलेले केही सामानको अर्डर दियो । विक्रमले सामान दिएर बिल बनाई दियो । बिलमा पहिलेभन्दा भाउ बढेको देखेपछि किन भाउ बढाएको भनेर पसल करायो ।
“हेर्नुस् साहुजी, अस्तिको बजेट भाषणले यी सामानहरुको कर बढाई दियो । त्यसैले सबै सामानको भाउ बढेको हो । हामीले भाउ बढाएको होइन । कम्पनीबाटै भाउ बढाएर ल्याएको हो । ल हेर्नुस् ।” भनेर विक्रमले मूल्य सूची दियो ।
बल्ल पसलेले केही सामान लियो ।यस्तै ठाउँ ठाउँमा रोक्दै कुरा गर्दै सामान दिंदै गयो। कतिजनाले सामान महंगो भयो भनेर लिएन । विशेष मूल बाटोका पसलहरुले कम मात्रामा सामान लियो ।मूल बाटोभन्दा भित्री वस्तीका पसलहरुमा सामन रामै्र विक्री भयो ।यति हुँदा पनि त्यो दिन बीस हजार रुपैयाँको मात्र सामान बिक्री भयो । त्यो दिन सतुङ्गलमै बित्यो ।
भोलिपल्ट कीर्तिपुर क्षेत्रमा सामान बेच्न गयो । त्यहाँ कसैले सामान महङ्गो भयो भनेर लिएन भने कसैले अझै सामान छ भनेर लिएन । त्यहाँ पनि मूल बाटोमाभन्दा भित्री बस्तीमा बढी सामान बिक्री भयो ।
पर्सिपल्ट दक्षिणकाली क्षेत्रमा घुम्न गयो । त्यहाँ भने सामान राम्रै विक्री भयो । तीन दिन बिक्री गर्दा पनि एक लाखको सामान बिक्री भएन । हप्तामा दुई लाख पचास हजार रुपैयाँको सामान बिक्री गर्ने लक्ष्य थियो । लक्ष्य पूरा नहोला कि भन्ने विक्रमलाई पीर प¥यो ।
साँझ ऊ सूर्यमानलाई भेट्न गयो । तीन दिनको विक्री विवरण दिंदै विक्रमले भन्यो, “बा, तीन दिनमा एक लाख रुपैयाँको पनि सामान बिक्री भएन । अब तीन दिनमा कतिको सामान बिक्री होला ?”
“हेर विक्रम, व्यापारमा हरेश खानु हुँदैन, धैर्य गर्न सक्नुपर्छ । अहिले पसलमा पुरानो सामान स्टकमा छ होला । त्यसैले पसलेले नयाँ सामान लिएन । त्यो सामान सकिएपछि लिइ हाल्छ नि । सामान विक्री भएन भनेर धेरै उधारो नदिनु । पुरानो चुक्ता नभईकन नयाँ नदिनु ।”सूर्यमानले सल्ला दियो ।
“बा, मेरो सहयोगीको रुपमा मैले पार्वतीलाई राखेको छु ।”
“कहाँकी केटी ? कसरी चिनेको ?” सूर्यमानले प्रश्नै प्रश्न तेस्र्यायो ।
“सर्लाहीकी केटी, यहाँ सतुङ्गलमा दिदी–भिनाजुसँग बसिरहेकी थिइन् । अस्ति कम्पनीमा अन्तर्वार्ता दिन जाँदा भेट भएको थियो । उनको जमानी दिने मान्छे नभएर काम पाईनन् । त्यसैले मैले काम दिएको हुँ ।”
“एकै भेटमा यत्रो विश्वास गरेको ?”
“साह्रै सोझी र इमानदार छिन् । शहरका केटीहरुभन्दा गाउँका केटीहरु विश्वास गर्न लायक ठानेर काम दिएको हुँ ।” विक्रमले स्पष्टीकरण दिए झै गरी भन्यो ।
“गाउँका केटीहरु जति सोझी र मेहेनती हुन्छन् आफ्नो स्वार्थमा धक्का लागेपछि जङ्गली शेरनी बन्नेछिन् । आइमाईका विभिन्न रुप हुन्छन् । आइमाईलाई एकैचोटि चिन्न गाह्रो हुन्छ ।” सूर्यमानले विक्रमलाई सचेत पार्दै भन्यो, “महिला भनेको आगो हो । आगोलाई राम्ररी चलाउन जान्यो भने फाईदै फाईदा हुन्छ । चलाउन जानेन भने वर्वाद पनि पार्न सक्छ ।” सूर्यमानको कुरा सुनेर विक्रम गम्भीर भयो । उसले केही जवाफ दिन सकेन ।
“ल, ल, किन गम्भीर भएको ? सोचेर सम्झेर मात्र काम गर्नु भनेर सचेत मात्र गराएको हूँ । यदि तिमीले पार्वतीलाई प्रेम नै गरेको हो भने पनि धेरै गम्भीर हुनुहुँदैन । पहिले तिमी आफ्नो खुट्टामा उभिनु अनि मात्र विवाहको बारेमा सोच्नू ।”
“हुन्छ बा” भनेर विक्रम उठेर आयो ।
विक्रम आफ्नो कोठामा आयो । उसलाई आज भात पकाउन पनि मन लागेन । अघि दक्षिणकालीमा पार्वती र उसले देवीको दर्शन पछि नास्ता गरेर आएको थियो । उसलाई सूर्यमानले भनेको कुरामात्र झलझली आइरहेको थियो । उसको मानसपटलमा फेरि एकचोटि आमाको चित्र अंकित हुन थाल्यो । उसको आमा पनि एक महिला नै हुन् । कसैकी स्वास्नी, कसैकी आमा । दोहोरो भूमिका निभाइरहेकी थिइन् । उसको बाबु आफ्नो परिवारको सुख समृद्धिको लागि परदेश गयो । परदेशमा गएर कति दुःख कष्ट गरेर पैसा कमाएर घर पठाइरह्यो । उसको आमाले त्यो धनमात्र नाश गरेन परिवारै बिगारेर गइन् । कति निष्ठुरी आइमाई ? लोग्नेको माया नभए पनि दुई दुईजना बच्चाहरुलाई माया गरेर बस्नु पर्ने थियो । उनीहरु दुवैजनालाई अनाथ बनाएर गइन् ।
विक्रमको काम राम्ररी चल्न थाल्यो । उसले सामान बेच्न थालेको दोस्रो हप्तादेखि सामानको बिक्री बढ्न थाल्यो । ऊ जहाँ गए पनि पार्वतीसँगै हुन्थिइन् । सतुङ्गलतिर सामान बेचेर फर्कंदा पार्वतीलाई सतुङ्गलमै छाडेर आउँथ्यो । अरुबेला कालीमाटीमा पैसा बुझाउन जाँदा मात्र उनी कालीमाटीबाट बस चढेर जान्थिइन् । एक महिनामा दश लाख रुपैयाँको सामान बेच्ने लक्ष्य थियो । बीस लाख रुपैयाँको सामान विक्री भयो । पाँच लाख रुपैयाँको मात्र उधारो भयो ।
एक महिनाको विक्री हिसाव गरेर दिंदा प्रदीप साहुले विक्रमसाग सोध्यो, “तपाईं महिनाको तलब मात्र लिनुहुन्छ कि कमिसन पनि लिनुहुन्छ ।”
“कमिसन पनि दिनु भए राम्रो हुन्छ । मैले मेरो सहयोगीको रुपमा मसँगै यहाँ अन्तर्वार्ता दिन आएकी पार्वतीलाई पनि राखेको छु । उनलाई तलव दिनुपर्छ । ड्राइभरलाई पनि तलब दिनुपर्छ ।”
“ठीक छ । उसो भए तपाईंले यो महिनामा पन्ध्र लाख रुपैयाँ बुझाउनु भएको छ । एक प्रतिशतका दरले पन्ध्र हजार र तलव गरेर पच्चीस हजार रुपैयाँ लिएर जानु ।” भनेर प्रदीप साहुले एउटा कागजमा लेखेर दियो ।
विक्रमले लेखामा त्यो कागज बुझाएर पच्चीस हजार रुपैयाँ लिएर गयो । ड्राइभरलाई कालीमाटीमा एकछिन पर्खिनु भनेर विक्रम र पार्वती बजार गए । बजारमा गएर विक्रमले पार्वतीको लागि दुईजोर लुगा किनीदियो । लुगा दिंदै विक्रमले भन्यो, “यो मेरो जिन्दगीको पहिलो कमाईले तिमीलाई किनी दिएको लुगा हो ।”
लुगा पाएर पार्वती खुशी भइन् ।फेरि उनलाई तलब भनेर पाँच हजार रुपैया पनि दियो । एकैचोटि पाँच हजार रुपैयाँ हातमा थाम्न पाउँदा पार्वतीलाई सपना हो कि विपनाजस्तो लाग्यो । उनलाई गाडीबाट नै सतुङगलमा पु¥याएर मात्र विक्रम घर फर्कियो ।
विक्रमले एक महिनाको हिसाब सूर्यमानलाई दियो । आपूmले पच्चीस हजार रुपैयाँ ल्याएको पनि बतायो । ड्राइभर र पार्वतीलाई तलब दिएर बचेको पैसा सूर्यमानलाई दियो ।
“यो रुपैयाँ मलाई दिनु पर्दैन । तिमी आफै राख ।तिमीलाई एक महिनासम्म खर्च गर्न चाहिन्छ ।” रुपैयाँ लिन इन्कार गर्दै सूर्यमानले भन्यो ।
विक्रमले रुपैयाँ आपूmसँगै राख्यो ।
अर्को महिना विक्रमको सामान झन बढी विक्री भयो । तीनै क्षेत्रमा गरेर तीस लाख रुपैयाँको सामान विक्री भयो । तीस लाख रुपैयाँ पनि उठ्यो । यो देखेर प्रदीप साहु झन खुशी भयो । काठमाडौंको दश वटा क्षेत्रमा सबभन्दा बढी सामान उसैको क्षेत्रमा बिक्री भयो ।
दोस्रो महिनाको तलब र कमिसन पाएपछि विक्रमले पार्वतीलाई जुत्ता, चप्पल र श्रृंगार सामाग्री किनीदियो ।
अब पार्वतीले पनि सहरीया केटीहरुले झै श्रृंगार पटार गर्न थालिन् । श्रृंगार पटार गरेपछि उनी पनि राम्री देखिइन् । कलकलाउँदो जवानीको उमेर आफ्नो कमाइले रसिलो पोसिलो मीठा–मीठा खानेकुरा खान पाएपछि जिउ लाग्ने नै भयो ।
विक्रम र पार्वतीसँगै हिंडे पनि उनीहरु जतिसुकै ख्याल ठट्टा गरे पनि उनीहरु दुईजनाको के नाता छ भनेर ठम्याउन सकेको थिएन । दुबैजना मध्ये कसैले पनि म तिमीलाई माया गर्छु भन्न सकेको थिएन । शनिवार एक दिन छुट्टिंदा पनि उनीहरु छटपनि थालेका थिए ।
विक्रमको कोठा सफा गरिदिने र लुगा धोइदिने बहानामा पार्वती शनिवारको दिन पनि विक्रमको कोठामा आउन थालिन् । घरमा काम गर्ने भनेर आएकीलाई नआउ भन्न सकेन । विक्रमको लुगा धुँदा घरपति बा आमाको लुगा पनि पार्वतीले धोइदिन्छिन् । विक्रमले कुुखुराको मासु किनेर ल्याएर बनाउँछन् । अनि घरपति बा आमासँग बसेर खान्छन् । यसरी पार्वती पनि त्यो घरको सदस्यजस्तै भइन् ।
समय बित्दै गयो । दशैं आयो । दशैंमा कम्पनी एक हप्ता बन्द हुने भयो । अफिसको अन्तिम दिन प्रदीप साहुले पार्वती र ड्राइभर हर्केलाई पनि बोलाएर दशैं खर्च भनेर पाँच–पाँच हजार रुपैयाँ दियो । विक्रमले पनि दुबैजनालाई दश–दश हजार रुपैयाँ दियो ।पैसा पाएपछि पार्वती पनि गाउँ जाने तयारी गर्न लागिन् । पार्वतीले आफ्ना आमा–बाबु, भाइ–बहिनीलाई समेत लुगा किनिन् । आफ्नो कोठाको लागि नयाँ सिरक डसना बनाइन् ।
पार्वती दिदी–भिनाजुसँगै काठमाडौंबाट घर गइन् । दुर्गा र उनको लोग्ने नारायणघाटमा ओर्लिए । पार्वती एक्लै सर्लाही गइन । उनले आपूmले लगेको लुगा सबैलाई बाँडी दिइन । लुगा पाएर घरका मानिसहरु खुशी भए । दशैं खर्च भने बाबुलाई पाँच हजार रुपैयाँ पनि दिइन् ।
घर पुगेको भोलिपल्टदेखि पार्वतीलाई फुर्सदै भएन । उनी साथीहरुसँग भेटघाट गर्दै उनको समय बित्न लाग्यो । सहरमा जागीर भएकी भएर साथीहरुले उनको प्रशंसा गरे । उनलाई इज्जत दिए । उनका कतिजना साथीहरुको बिहे भैसकेको थियो भने कसैको मंसिर र कसैको माघमा विवाह हुँदैथियो ।
दशैंमा टीका थाप्न बिहे भइसकेका पार्वतीका साथीहरु माइतीमा आए । उनको दुर्गा पनि लोग्नेसँग माईती आइन् । सबैले पार्वतीको प्रशंसा गरेको देखेर दुर्गाको मनमा ईष्र्या पैदा भयो । उनले पार्वतीलाई होच्याउन पार्वती साहुसँग लहसिएकी छिन् । त्यही साहुले खर्च दिएकोले मनपरि खर्च गर्न सकेकी हल्ला फिजाइन ।
“केटा कस्तो छ ? जात मिल्ने भए भइहाल्छ नि ।” पार्वतीको आमाले भनिन् ।
“पार्वतीभन्दा दश वर्षले जेठो होला । केटाको नाम विक्रम चौधरी हो ।” दुर्र्गाले भनिन् ।
“चौधरीसँग पनि बिहे गर्न मिल्छ ?” पार्वतीको बुबाले भन्यो ।
“म विक्रम चौधरी कहाँ काम गर्छु । काम गरे वापत तलब पाएको हो । हामी दुईजनामा प्रेमसेम केही पनि छैन ।” यसरी पार्वतीले सबैकोा मुखमा बुजो लगाई दिइन् ।
दशैंमा साथीहरुसँग घुम्दाको मज्जा नै अर्को हुँदोरहेछ । पहिले साथीहरुसँग घुम्दा सबैभन्दा नराम्रो लुगा पार्वतीको हुन्थ्यो । सबैभन्दा उनकै अवस्था दयनीय हुन्थ्यो । अहिले सहरिया फेशन पार्वतीले नै गरेकी थिइन् । उनी साथीहरुसँग कहिले हरिओन त कहिले लालबन्दी घुम्न जान्छिन् । घुम्न जाँदा हरेक पटक नयाँ नयाँ लुगा लगाएर जान्छिन् । काठमाण्डौं गएर नक्कल पार्न सिकेर आई कतिले राम्री छिन भनेर प्रशंसा पनि गरे । कसैले काठमाण्डौंजस्तो सहरमा जागिर खाएकी छे कमाइ छ । कमाइ भएकीले फेशन गरि हाल्छ नि भन्ने पनि थिए ।
उनले फेशन गरेको हेर्न नचाहने ईष्र्यालुहरुले उनको चरित्रमाथि नै शङ्का गरी कुरा काट्न थाले । काठमाडौंमा तरुनी केटीलाई पैसा कमाउन के गाह्रो ? जति घोटे पनि नखिइने, जति ताने पनि नलम्बिने सामान छँदै छ नि ? के को पीर भनेर व्यङ्ग्य हाने ।
पार्वतीको मनमा कुरा खेल्न थाल्यो । विक्रम र उसको बारेमा परिवारले विभिन्न थरिका कुरा सोध्न थालिसके । तर विक्रम र उनको बीच त्यस्तो केही कुरै भएको छैन। विक्रमसँग विभिन्न ठाउँमा घुम्न गए पनि मनको कुरा भन्न सकेकी थिइनन् । न उसले नै भन्यो । पार्वतीलाई विक्रम मनपर्छ । विक्रमलाई उनी मन पर्छ कि पर्दैन उनलाई थाहा थिएन । विक्रम र उनको उमेरमा लगभग दश वर्षको फरक थियो । तैपनि विक्रमले उनको मनको भावना बुझेको थियो । अब त्यस्तो कुनै मौका पायो भने विक्रमलाई मनको कुरा भन्ने निश्चय गरिन् ।
दशैंका टीका पनि सकियो । दशैंमा टीका लगाएर दुर्गा ससुराली गइसकिन् । माइतीमा टीका लगाउन गएकी उनको भाउजू पनि फर्की सकिन । टीका पनि सकियो दशैं पनि सकियो । अब पार्वतीलाई घरमा बसिरहन मन लागेन । अब उनलाई गाउँमा एक एक पल बिताउन गाह्रो लाग्न थालीसक्यो । तैपनि दुर्गा नगइकन काठमाण्डौ जान मिल्दैन थियो । उनलाई विक्रमको यादले सतायो । उनले विक्रमको मोबाईलमा मिस कल गरिन् । एकैछिनमा उनको मोबाईलको घण्टी बज्यो । उनले कल रिसिभ जर्ने बितिक्कै उताबाट विक्रमको स्वर गुञ्जियो ।
“ओ मैंया ! मिस कल गर्ने बानी छुटेका छैन होइन ?’
“मोबाईलमा ब्यालेन्स छैन । यहाँ गाउँमा रिचार्ज कार्ड पाईंदैन । अनि के गर्ने ?”
“ए ! अहिलेसम्म गाउँमै छौं । अब काठमाण्डौं नआउने विचार छ कि के हो ?”
“खोइ ! आउने कि नआउने सोच्दैछु । काठमाडौंमा मेरो को छ ? दौडेर आउन ।”
“गाउँमै माया प्रिति बस्यो कि ? मलाई पनि बिर्सियौं कि क्या हो ?”
“तपाईलाई यो जुनीमा त बिर्सन सक्दिन अर्को जुनीमा थाहा छैन । मैले त तपाईंलाई मेरो मुटुको धड्कन बनाइसकें “आइ लब यू” पार्वतीले प्वाक्क भनी हालिन् ।
एकछिन मोबाईलमा कुनै स्वर सुनिएन । पार्वती ‘हेलो हेलो’ भनेर कराई रहिन । लाईन काटेको होला भनेर मोबाईल अफ गरिन् ।
एकछिन पछि फेरि पार्वतीको मोेबाईल बज्यो । उनले फोन उठाउँदै भनिन,“यहाँ नेटवर्क कमजोर छ, छिन छिनमा लाईन काटीरहन्छ ।”
“तिमी काठमाडौं कहिले आउने ? यहाँ काम सुरु भइसकेको छ ।”
“तपाईंले मेरो प्रश्नको जवाफ नै दिन भएको छैन ।”
“यो बारेमा मैले सोचेकै छैन । मेरो लक्ष्य धेरै टाढा छ । भन न तिमी कहिले काठमाण्डौं आउने ?”
“दिदी ससुराली जानु भएको छ । उनी पूर्णिमा पछि मात्र आउने रे । म एक्लै डेरामा बस्न डर लाग्छ ।”
“त्यत्रो दिनदेखि बसेर आइरहेको डेरामा पनि के को डर नि ?”
“नाईं एक्लै कोठामा बस्न मलाई डर लाग्छ । तपाईं साथी आउने हो ?”
“ज्याला दिने भए साथी बस्न आउँला ।”
“हुन्छ आउनुस तर ज्याला मैले दिन सक्ने र मसँग भएको हुनुपर्छ ।”
“तिमीसँगै भएको हो । कसैसँग उधारो माग्नु पर्ने होइन ।”
“मैले दिन सक्ने भनेको मेरो माया हो । मैले भनिसकें म तपाईंलाई माया गर्छु । तपाईंले मागेर मात्र हेर्नुस म तपाईंलाई तन, मन र सर्वश्व नै अर्पण गर्न तयार छु ।”
“तिमी मलाई सर्वस्व अर्पण गर्न चाहन्छु भन्छौं फेरि ‘तपाई तपाई’ भनेर आदर गर्दैछौं ।”
“ल त अबदेखि म पनि तिमी नै भन्छु । माइन्ड नगर्नु ल ।”
“हुन्छ । तिमीदेखि मलाई डर लाग्छ । तिम्रो सर्वस्व लिने ममा क्षमता छैन । तिमी पहिले काठमाण्डौं आउनु ।”
“ल हुन्छ । म भोलि नै काठमाण्डौं आउँछु ।” यति भनि पार्वतीले फोन राखिन् ।
पार्वतीले दुर्गालाई फोन गरिन् । दुर्गा तीन चार दिनपछि मात्र काठमाण्डौं जाने भनिन् उनी नआए पनि पार्वती काठमाडौं जाने जानकारी दिइन् । पार्वतीले मानिनन् । उनी काठमाण्डौं जाने साथी खोज्न थालिन् । उनको साथी राधा माईती आएकी थिइन् । उनको लोग्ने काठमाण्डौंमा नै बस्छन् । ऊ दुई दिन पहिले नै काठमाण्डौं गइसकेको थियो । राधा माईतीबाट नै काठमाण्डौं जाँदैथिइन् । पार्वती साथी पाएपछि उनी पनि खुशी भइन् ।
भोलिपल्ट नै दुबैजनासँगै काठमाण्डौं गए । काठमाण्डौं पुग्ने बित्तिक्कै पार्वतीले विक्रमलाई फोन गरिन् ।
“हेलो कहाँ छौ ?” पार्वतीले विक्रमसँग सोधिन ।
“तिमी कहाँ छौं ? काठमाण्डौं आइपुग्यौं ?”
“आएँ नि ! तिमीले बोलाएपछि म नआउने त कुरै छैन ।”
“तिम्रो दिदी पनि आएकी हो ?”
“होइन । म एक्लै आएकी । माछा लिएर आउनु है ? पकाएर खाने ।”
“माछा पकाउन आउँछ ?”
“आउँछ छिटो आउनु । आज यहीं खाना खाने गरेर आउनु ।”
“बास पनि बस्ने हो कि ? बास बस्ने भए स्लिपिङ्गब्याग लिएर आउनु प¥यो ।”
“मैले भनि हालें नि तिम्रो इच्छा भनेर तर स्लिपिङ्गब्याग लिएर आउनु पर्दैन । हामी दुई जना अट्ने खाट मैले बनाई सकेकी छु ।” यति भनी पार्वतीले फोन राखिन ।
पार्वती भान्सामा गइन् । माछा पकाउन तेल मसला हेरिन् । केही पनि थिएन । स्टोभमा मट्टितेल छ कि भनेर हेरिन् । स्टोभ हलुका थियो । सायद मट्टितेल थिएन । ग्यालेनमा मट्टितेल छ कि भनेर हेरी । त्यसमा पनि मट्टितेल थिएन । पार्वतीले विक्रम कहाँ काम गरेदेखि खाना बनाएकी थिइनन् । विहान उठेर मुख धोएर आउँदा खाना खाने समय हुन्थ्यो । खाना खाएर कपाल कोर्दा सिङ्गार पटार गर्दा अफिस जान हतार हुन्थ्यो ।विक्रमले उनलाई जथाभावी नआउनु चिटिक्क परेर आउनु भनेको थियो । सेल्सगर्लको व्यक्तित्वले ग्राहक आकर्षित गर्छ भन्ने विक्रमको ठम्याई थियो ।
पार्वतीले पहिलो तलब लिएदेखि नै दिदीको भान्सामा सहयोग गर्दै आइरहेकी थिइन् । पहिलो महिनाको तलव लिएर आउने बित्तिक्कै पार्वतीले एक बोरा चामल ल्याई दिइन् । बच्चालाई नयाँ नयाँ कपडा किनी दिइन् । त्यसैले दुर्गा पनि खुशी थिइन् ।
विक्रम आउञ्जेल मट्टितेल किनेर ल्याउनु प¥यो भनेर पार्वती ग्यालेन लिएर पसलमा गइन् । मट्टितेल लिन अलि परै जानुपर्दथ्यो । उनी निस्केको एकछिनमै विक्रम आइपुग्यो । ऊ सरासर पार्वतीको कोठामा गयो । कोठामा ताला झुण्ड्याईएको देख्यो । अर्को कोठामा हे¥यो । त्यहाँपनि ताला लगाइएको थियो । विक्रम छक्क प¥यो । पार्वतीले ऊसँग मजाक गरेकी त होइन ? उनको फोन आउने बित्तिक्कै माछा किनेर आएको थियो । उसले पार्वतीको मोबाइलमा फोन ग¥यो । घण्टी गयो तर फोन उठेन । उसलाई के गरुँ के गरुँ भयो ।
एकछिन बाहिर बसेर पर्खुँ । उनी आइनन् भने फर्कनु पर्ला भन्ने सोचेर विक्रम त्यो घरबाट बाहिर निस्क्यो । बीच गल्लीमा पार्वतीलाई भेट्यो । उनी मट्टितेलको ग्यालन र प्लाष्टिको झोलामा अरु सामान लिएर आइरहेकी थिइन ।
“क्या हो मैया ! पाहुना बोलाएर आफु बेपत्ता ?”
“पाहुना सत्कार गर्न बजार गएर आएको । कति छिटो आइपुगेको नि ?”
“तिमीले बोलाएपछि उडेर आउँ कि गुडेर आउँ कि गुडेर आउँ भयो । पखेटा भएको भए उडेर आउँथें । पखेटा नभएर गुडेर आएँ ।”
दुवैजना का.ेठामा गए । पार्वतीले मट्टितेलको ग्यालेन उचालेर स्टोभमा मट्टितेल हाल्न लागिन् । विक्रमले सुली समात्यो । पार्वतीले स्टोभ बाल्न लागिन् । विक्रम उनको नजिक उभिरह्यो । स्टोभ बाल्न लाग्दा मट्टितेल बर्नरबाट बाङ्गो निस्केर पार्वतीको लुगामा प¥यो । उनलाई होस भएन । उनले आगो बालिन् । आगो बल्यो । आगोको लप्काले पार्वतीलाई टिप्न खोज्दा उनी तर्सिइन् । विक्रमले उनलाई तानेकाले आगोले छुन पाएन । विक्रमले एक हातले स्टोभको हावा फुस्काई दियो ।
विक्रमले पार्वतीलाई आफ्नो बाहुपासमा कस्यो । पार्वती छक्क परिन् । उनले विक्रमको बाहुपासबाट फुत्कन प्रयास गरिनन् । आफ्नो शरीरको पूरा बोझ विक्रममाथि हालिन् । विक्रमले उनलाई जुरुक्क उचालेर खाटमा विस्तारै उतानो पारेर राख्यो । पार्वती लम्पसार परिन् । जे गर्न मन लाग्छ गर भनेर आत्मसमर्पण गरे झै उनी हलचल नगरीकन एक टकले विक्रमलाई हेरीरहिन् । विक्रमले उनको ढाड मुनि रहेको आफ्नो दाहिने हात विस्तारै निकाल्यो । उसलाई पार्वतीको नरम नरम भागको स्पर्शले मोहित पा¥यो । पार्वतीको जिउमा कहाँ छोउँ, के गरुँ भयो । उसले एक टकले पार्वतीलार्य हेरिरह्यो । उसको ओठले उनको ओठ छुन लाग्यो । पार्वती लाजले हो वा समर्पणको भावले हो आँखा चिम्लेर चुपचाप बसिरहिन् ।
विक्रमले समाजले बनाई राखेको नैतिकताको पर्खाल भत्काउन खोज्दा उसलाई करेन्ट लागे झै भयो । आफ्नो अतीत, वर्तमान र भविष्यको ख्याल आयो । उसले आफुलाई सम्हाल्यो । उसले आँखा चिम्म गरेर सुतिरहेकी पार्वतीको हात समातेर उठायो । पार्वती छक्क परिन् । उनले आँखा खोलेर हेरिन् । विक्रमको मुहार रातो भएको देखिन् ।
“पार्वती आई लब यू” विक्रमले पार्वतीलाई अङ्गालोमा हालेर भन्यो, “मलाई माफ गर पारु । बिहेभन्दा अगाडि हुँदैन ।”
“हाम्रो बिहे कहिले हुन्छ ?” पार्वतीले उत्सुक भएर सुस्तरी सोधिन् ।
“जब हाम्रो आफ्नै घर हुन्छ ।”
पार्वती विक्रमको अङ्गालोबाट फुत्किइन् । उनी मसला पिस्न लागिन् । विक्रमले स्टोभ बाल्यो । दुवैजना मिलेर माछा बनाए ।
एउटै थालमा राखेर माछा खान थाले । यतिका बेरसम्म दुबैजनाले एक शब्द बोलेनन् । कोठामा सन्नाटा छाइरह्यो ।
कोठाको सन्नाटालाई चिर्दै विक्रमले भन्यो, “पार्वती, तिमीले मलाई मन पराउँछौं । मलाई थाहा छ । तर तिमीलाई मेरो अतीत थाहा छैन । मेरो अतीत भयानक छ । मेरो अतीति थाहा पाएपछि तिमीले मलाई घुणा गर्नेछौं । त्यसैले पार्वती म घृणाको पात्र बन्न चाहन्न ।”
“विक्रम तिम्रो अतीतसँग मेरो कुनै सरोकार छैन । मलाई सरोकार छ, अहिले मेरो सामुन्ने उभिएको विक्रमसँग ।”
“होइन पारु, हरेक मानिसको वर्तमानलाई अतीतले पिरोलीरहेको हुन्छ । वर्तमानमा पनि कहीं न कहीं अतीतको छाप रही रहन सक्छ । मेरो अतीत अहिले नसोध । समय आएपछि बताउनेछु ।”
“त्यो समय आज अहिल्यै आइसकेको छ । म आजै सुन्न चाहन्छु ।” पार्वतीले विक्रमलाई अगाडिबाट दुई हातले अङ्गालो मारेर भनिन् ।
विक्रम उनको अङ्गालोबाट फुत्किन खोज्यो । तर फुत्किन सकेन । “ल छोड मलाई, म भन्छु सुन । मन दह्रो पार ।” विक्रमले भन्यो ।
No comments:
Post a Comment