Thursday, October 10, 2024

युवा पलायन र रोक्ने उपाय

 युवा पलायन र रोक्ने उपाय


संगीता उप्रेती श्रेष्ठ

          अहिले पत्रपत्रिका, सामाजिक संजाल चोक चौतारी जताततै देशको दक्ष जनशक्ति कसरी र किन विदेश पलायन हुन्छ । पढेको जनशक्ति विदेश पलायन हुन दक्ष जनशक्ति रोक्नुपर्छ । विदेश पलायन र यसले निम्त्याएको निराशा शिक्षा नीति सुधारौं आदि जस्ता समाचारहरुले स्थान ओगटेको देखिन्छ । सुनिन्छ । यस्ता नकारात्मक सन्देश दिने खालका समाचारहरु जो व्यवसायमा छैनन्, जो उद्यमशील छैनन्, जसले केह ीगर्न हिम्मत गर्दैनन् त्यस्ता व्यक्तिहरुले फैलाइरहेका छन । यो पंक्तिकारको आशय यहाँ कुनै समस्याहरु छैनन् भन्न खोजेको चाहिं होइन । युवा पलायनलाई हटाउने उपायबारे छलफल गर्नु अघि यसका कारणहरु बुझ्नु पर्छ व्यापक रुपमा फैलिएको युवा पलायनका थुप्रै कारणहरु छन ।

नेपालको सामाजिक एवं शिक्षा प्रणाली यस्तो छ कि स्कुलदेखि कलेजसम्म घरमा बालबालिकाहरुलाई ठूलो भएपछि केही उद्यम गर्छु भनेर सिकाउँदैन । बालबालिकाहरुलाई कक्षामा फेल भयो भने हली बन्छस् भनेर कृषि फर्म गर्नेलाई निरुत्साहित गरिन्छ । कृषि कर्म भनेको स्कुलमा फेल भएपछि वा केही गर्न नसकेपछि मात्र गर्ने पेसा हो भनेर बुझाइन्छ । यहाँको शिक्षा खासगरि स्कुल पछिको लामो महङ्गो र सैद्धान्तिक छ । यस प्रकारको शिक्षा प्रणाली र संस्कारका कारण युवाले जागिर नपाउँदा निराश हुन्छन् र आपूmलाई बेरोजगार ठान्न थाल्छन र त्यसले विदेशमा पढदै कमाउन सकिन्छ भन्ने पुल फ्याक्टरले समेत काम गरेको छ ।

नेपालको शिक्षा नीति पनि दोषपुर्ण छ । नियमित र औपचारिक शिक्षा कक्षा कोठाभित्र सीमित छ । अहिले शिक्षा प्रणाली रोजगारमुखी छैन । डिग्रीमुखी छ जसका कारण सामान्य शिक्षा हासिल गरेका मानिसले कुनै पनि काम गर्न  सक्दैनन् । विद्यालयमा सिकाईने कुराको वास्तविक जीवनसँग धेरै सरोकार हुँदैन । विद्यालय र कलेजमा बढीमा १० प्रतिशत ज्ञान वास्तविक जीवनमा उपभोगी हुन्छ । विद्यालय र कलेजहरुमा विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिनुपर्छ । रोजगारमूलक शिक्षाको अभावले हामीलाई अपाङ्ग बनाएको छ । हाम्रा विद्यालय र कलेजहरु सेवकहरु उत्पादन गर्ने कारखानाको रुपमा काम गर्छन । व्यवसाय गरेर मालिक बन्ने कुरा सिकाउँदैनन । किनभने हामीले अपनाएको शिक्षा प्रणालीनै यस्तै छ । अहिले जागिर सिमित छ ।  सबैले जागिर पाउन सक्दैनन् र उद्यमशीलता वा स्वरोजगारको शिक्षा नपाएकोले युवाहरु शिक्षित भए पनि अशिक्षित र बेरोजगार भएर घुम्न बाध्य छन । शिक्षाले न बजारको माग अनुरुप ज्ञान र सीप दिन सकेको छ । न स्वरोजगारको बाटो खोज्न सकिन्छ भन्ने सिकाएको छ । त्यसैले यहाँ काम छैन भनेर पलायनको बाटो रोज्न सिकाएको छ । हाम्रो समाजमा ठूलोवडा भनेको राजनीतिक दलका नेताहरु हुन । कुनै पनि दलको नेताको आर्थिक उपार्जनका लागि कुनै पेसा छैन वा देखिंदैन । तर तिनीहरुको रहनसहन र जीवनशैली लोभलाग्दो छ । राजनीतिक दला र त्यसका नेताहरुले आफ्ना कार्यकर्ताहरुको सीप विकाशसमा स्थान दिन चाहँदैनन् । सबैजसो सरकारमा भर पर्न चाहन्छन् । त्यसैले कुर्न पनि सरकार वा नेताले जनतालाई धेरै सरकारी जागिर सितैमा दिने बाचा गर्छन् । त्यही लोभ र लालचका कारण ले कुनै पनि व्यक्ति राजनीतिक दलमा आवद्ध हुन्छन् र जागिर खान लालायित हुन्छन् । जनताको मनमा काम भनेको सरकारी जागिर हो जागिर पाउनको लागि जसको लागि वर्षौ बित्छ, बर्षौ केही नपाउँदा पनि नेताहरुको पछाडि जागिरका लागि दौडिरहन्छन् । तर उसले सीपमुलक तालिम लिन चाहँदैन । जागिर सीमित छ तर पनि हरेक घरमा सबैले जागिर पाउनुपर्छ भन्छन जुन सम्भब छैन । मानिसहरु स्वरोजगार बन्न चाहँदैनन् किनभने तिनीहरुका लागि यो एकदम सानो काम हो र सबै मान्छे सरकारी जागिरे बन्न सक्दैनन् । अनि तिनीहरु बेरोजगार हुन्छन् । यो बेरोजगारको अर्को मुख्य कारण हो ।

नेपालका युवाहरुले रोजगारीको अर्थ सरकारी जागिर बनाएका छन । जबसम्म युवाहरुको रोजगारीप्रतिको सोच परिवतृन हुँदैन, तबसम्म बेरोजगारी रहिरहनेछ । दक्ष बन घरबाहिर निस्क, केही नयाँ सोच, केही नयाँ गर, आफ्नो सीपमा मिहिनत गर भन्ने सोच नभएर कलेज पढिसकेपछि टाई–सुट लगाउर कामको खोजमा जान्छन् । यो पंक्तिकारले धेरै युवाहरुको अन्तर्वार्ता लिएको छ तर बजारको अनुरुपको ज्ञान सीप हुँदैन । जब कुनै कम्पनीमा अन्तर्वार्तामा सहभागी हुन्छन् । तब मात्र तिनीहरुलाई थाहा हुन्छ कि बजारको माग अनुरुपको ज्ञान र सीप मसँग रहेनछ भन्ने कुरा । अनि बेरोजगारीको नारा लगाउँनै बस्छ र यो मुलुकमा बसेर काम छैन भनेर विदेश जाने सपना बुन्न थाल्छन् । कलेज छोड्ने बितिक्कै म के कुरामा दक्ष छु भन्ने कुराको निश्चितता भएपछि मात्र कम्तिमा दुई वर्ष आफ्नो सीप अनुसारको काममा लाग्यो भने बेरोजगार बस्नु पर्दैन । 

आज पनि समाजमा विभेद भेदभाव र छुवाछुतको भावना व्याप्त छ । समाजमा सर्टिफिकेट र डिग्री भएको जनशक्ति छ तर बजारको माग अनुसारको ज्ञान र सीप भएको दक्ष प्राविधिक जनशक्ति छैन । शिक्षित र असल सीप भएका व्यक्तिहरुका लागि राम्रो संरचनात्मक व्यवस्था छैन । र तिनीहरुका लागि परिश्रमिकको पर्याप्त व्यवस्था छैन । समाजमा लगभग सबै क्षेत्र र तहमा समानता छैन । राज्य संयन्त्रमा पहुँचमा भएका व्यक्तिहरुका छोराछोरी, परिवार र आफन्तको अवस्था राम्रो र अरु बाँकीको नराम्रो देखिने हुनाले उदासिनता बढ्दो छ । जसको पहुँच माथिल्लो तहमा छैन, उसले आपूmलाई भएको ठान्छ, जसले उनीहरुलाई पलायन हुन बाध्य बनाउँछ । विकाश, रोजगारी र जनसंख्या वृद्धिमा तालमेल र सामन्जस्यता भएन भने बेरोजगारी बढ्छ । जनसंख्या वृद्धिले प्रत्यक्ष रुपमा श्रमशक्ति बढाएर बेरोजगारी निम्त्याउँछ किनभने रोजगार विस्तारको दर जनसंख्या वृद्धिको जस्तो छिटो हुन सक्दैन । यो सत्य हो कि बढ्दो श्रमशक्तिलाई बढ्दो दरमा नयाँ रोजगारीका अबसहरु चाहिन्छ तर व्यावहारिक रुपमा रोजगारीको विस्तारले श्रमशक्तिको बृद्धि र बेरोजगारीलाई क मगर्न पर्याप्त हुँदैन । जनसंख्या वृद्धिले अप्रत्यक्ष रुपमा पुँजी निर्माणका लागि स्रोतहरु बढाएर बेरोजगारको अवस्थालाई असर गर्छ । नेपालमा ठूलो संख्यामा गरिवीको आधाररेखामा भएको जनसंख्या भएकोले उनीहरुको परिवारमा पालनपोषण, खाद्यान्न लताकपडा, बास, औषधीमुलो र शैक्षिक सुविधा जस्ता सार्वजनिक उपभोगमा अतिरिक्त खर्च वा बढी स्रोतहरु खर्च हुन्छ । यसले आम्दानीको ठुलो हिस्सा बचत र लगानीमा मोड्नेअवसरहरु घटाउँछ । जसले आर्थिक वृद्धिको बाटोमा अवरोध खडा गरेको छ र रोजगारीका अवसरहरुको वृद्धिलाई सुस्त बनाएको छ । जनसंख्या वृद्धिको तुलनामा सरकारको रोजगारी योजगारी योजना पर्याप्त छैन । नेपालको विद्यमान जनसंख्यामा वार्षिक दुई लाख मानिस थपिन्छन । तर जनसंख्या वृद्धिको समानुपातिक दर अनुसार रोजगारीका अबसर बढेको छैनन् । रोजगारीका अवसरहरु र जनसंख्या वृद्धिको बीच ठूलो खाडल रहेकोले सबै जनतालाई पर्याप्त रोजगारीको सुविधा उपलब्ध गराउनु सरकारका लागि निकै गाह्रो काम हो । सरकारले यस दिशामा पर्याप्त कदम चालेको छैन । सरकारको त्रुटिपूर्ण योजनाले यो समस्या धेरै हदसम्म बढाएको छ । जसका कारण बेरोजगारको समस्या दिनानुदिन बढ्दै गएको छ । जसका कारण बेरोजगारको समस्या दिनानुदिन बढ्दै गएको छ । त्यस कारण अब नेपाल सरकारले आफ्नो दक्ष युवाशक्तिलाई विदेश पलायनबाट रोक्न बजारको माग अनुरुपको अर्थात अवस्था अनुसारको व्यवस्था मिलाउँदै जानु बाहेकको पर्छ र उर्जाशिल युवाशक्तिलाई विदेश पलायनबाट रोक्नुपर्छ । आफ्नो स्वार्थपुर्तिको लागि मात्र सोच्ने हो भने देश यथास्थितिमा पुग्ने छ देशै रहेन भने केको र कसको लागि राजनीति गर्ने ?त्यसैले बेलैमा आफ्नो मनको ढोका खोली छातीमा हात राखी सोच र राजनीति भन्दा थोरै माथि उठेर जनता निधिमा लागौ अब हामी सबै देशभक्त जुटौं युवा पलायन रोकौं ।


No comments:

Post a Comment